वषर्ा ऋतुको अन्त्यपछि प्रकृतिमा शरद ऋतुको आगमन हुन्छ । यो शरद ऋतुको आफ्नै विशेषता छ । ऋतुचक्रमा भएको यो परिवर्तनका साथै जीवनशैलीमा आउने र पर्ने प्रभावको समेत दशैंमा महत्व छ । जमरा यसैको प्रतीक हो । जमराको अर्थ जौ वा मकै उमारेको वनस्पति वा विरुवामात्र नभई यसमा औषधीय गुण र रोग प्रतिरोधक तत्व पनि प्रशस्त छन् । त्यस्तै जय-विजयको पूजा होस् वा घटस्थापनाको जलको अभिशेष होस् । यो पनि औषधीय गुण र विशेष तत्वकै ऊर्जाको प्रतीक छ । मारण, मोहन, वश्य, स्तम्भन, उच्चाटन लगायतका अनेक उद्देश्य सिद्ध गर्ने बीज मन्त्रका अर्थ त्यसको शक्ति बुझेर वा जानेर सकिन्न । यसमा एउटा मात्र मन्त्रको चर्चा गरौं- त्यो मन्त्र हो 'ç ऐं ह्रीं क्लिं चामुण्डायै विच्चे' ।
ऐकारका रुपमा सृष्टिरुपिणी, ह्रींकारका रुपमा सृष्टिपालनकर्त्रि, क्लिंकारका रुपमा कामरुपिणी तथा योंकारका रुपमा वरदायिनी, विच्चे रुपमा नित्य अभय स्वरुप र समग्र विश्वकै निखिल व्रहृमाण्डकै शक्ति भनेर मानिएको छ ।
धां धीं धूं धर्ूजटा अर्थात मंगलमर्ूर्ति शिवकी पत्नि र वां, वीं वूंंका रुपमा वाणी अर्थात् वचनकी अधिष्ठात्री क्रां क्रीं क्रूं का रुपमा कालिका, शां, शीं शूंका रुपमा कल्याणकारी हुं हुं हुंकार हुंकारकै प्रतीक र जं जं जं जम्भनासिनी, भ्रां भ्रीं भूंका रुपमा कल्याणकारी भैरवी र भवानीका रुपमा यस्ता वीजमन्त्रमा देवीकै स्वरुप र शक्ति छ भन्ने बुझ्नर्ुपर्छ ।
पां पीं पूंका रुपमा पार्वती अर्थात् पूर्ण्ाा र खां खीं खूंका रुपमा खेचरी -आकाशचारिणी) अथवा खेचरी मुद्रा र सां सीं सूंका रुपमा स्वरुपिणीले सबै शप्तशतीका मन्त्र सिद्ध गरुन् भनेर कुञ्जिका नै बनाइएको छ । यो तन्त्रोक्तसूक्तको एउटा टिपोट हो ।
मारणको अर्थ- काम, क्रोध, मद, मार्त्र्सय आदि दर्ुर्गुणको नाश हो ।
मोहनको अर्थ- इष्टदेव- मोहन हो ।
वशीकरणको अर्थ- मनको वशीकरण हो ।
स्तम्भनको अर्थ- इन्द्रियहरुको विषयप्रति उपरति हो ।
उच्चाटनको अर्थ- मोक्ष प्राप्तिको लागि छटपटाहट हो । यो कुञ्जिकास्तोत्रमा यही उद्देश्य सन्निहित छ ।
सांस्कृतिक महत्वका अनेक चार्डपर्व प्रचलनमा छन् । त्यस्ता चार्डपर्वहरुमा र्सवाधिक महत्व राख्ने पर्व दशैं अर्थात् विजया दशमी हो । यो प्रतिवर्षशुभकामनाको सन्देश लिएर घरघरमा आउँछ । जीवनमा ऊर्जाको संचार गर्छ । यसको भौतिक पक्षबारे धेरै चर्चा भएको छ । तर, आध्यात्मिक पक्षबारे हुनुपर्ने जति चर्चा भएको सुनिंदैन । यद्यपि यस सम्बन्धी साहित्य र प्रमाणिक अभिलेख प्रशस्तै छन् । ती सबैजसो संस्कृतमा छन् । ऋग्वेदमै यसबारेमा प्रशस्त उल्लेख भएको छ । देवीभागवत र मार्कण्डेय पुराणका महात्म्यहरुमा सविस्तार विजया दशमी अर्थात् दशैंको वर्ण्र्ााछ । 'शरदकाले महापूजा क्रियते याच वाषिर्कि' जस्ता हरफहरुमा यसबारे विस्तारमा वर्ण्र्ाागरिएको छ ।
ऋग्वेदोक्त देवीसूक्तका ८ ओटा मन्त्रहरु यसप्रकार छन्ः
ç
अहं रुद्रेभिवसुभिश्चराम्यहमादित्यैरुप विश्वदेवैः
अहं मित्रावरुणोमा विभर्म्यहम्रि्राग्नी अह म्यश्विनोभा ।।१।।
अहं सोममाहनसं विभर्म्यहं त्वष्टारमूत पूषणं भगम्
अहं दधामि द्रविणं हविष्मते सुप्राव्ये यजमानाय सुन्नते ।।२।।
अहं राष्टी संगमनी वसूनां चिकितुषी प्रथमा यज्ञियानाम् ।।
ता मा देवा व्यदधु पुरुत्रा भूरिस्थात्रां भूयर््या वेशयन्तिम् ।।३।।
मया सो अन्नमति यो विपश्यति यः
प्राणिति यर् इ शृणोत्युक्तम् ।
अनन्तवो मां त उपक्षियन्ति श्रुधि
अहमेव स्वमिदं वदामि जुष्टं
श्रुत श्रध्दिवं ते वदामि ।।४।।
देवेभिरुत मानुषोभिः
यं कामये तं मृषिं तं सुमेधाम ।।५।।
अहं रुद्राय धनुरा तनोमि व्रहृमद्विषे शरवे हन्तवा उ ।
अहं जनाय समदं कृणोम्यहं द्यावापृथीवी आ विशेष ।।६।।
अहं सुवे पितरमस्य मर्ूधन्यम
योनी रप्स्वन्तः समुद्रे ।
ततो वि तिष्ठे भुवनानु विश्वो
तामूं धां वष्मणोप स्पृशामि ।।७।।
अहमेव वात इव प्रभाभम्यारभमाणा भुवनानि विश्वा
परो दिवा पर ऐना पृथ्वीव्यैतावति महिना संवभूव ।।८।।
-ऋग्वेद १० अ. १० सू.- ०१२५ का ८ ऋचा)
यी मन्त्रको भावार्थ हो- म र्सवात्मा देवी, रुद्र, वसु, आदित्य तथा विश्वेदेवगण अनेक रुपमा विचरण गर्छर्ुु वरुण, इन्द्र, अग्नि, अश्विनीकुमार, आकाशचारी देवता, सोम, प्रजापति एवं पूषालाई धारणा गर्छर्ुु सम्पर्ूण्ा प्राणी -भूत)मा मेरो प्रवेश छ । अन्नखाने शक्ति मेरै शक्ति हो । जो देखिन्छ मेरै शक्तिले देखिएको हो । सास फेर्नु वा कसैले भनेको सुन्नु पनि मेरै शक्तिविना सम्भव छैन । मेरै शक्तिका सहायताले कुनै पनि कर्म गर्न र्समर्थ हुन्छ । ....... कारण रुप विश्वको रचना गर्ने र स्वेच्छाले कर्ममा प्रवृत्त हुने मै हुँ । म पृथ्वी र आकाशभन्दा धेरै पर छु ।...
यस्ता वैदिक मन्त्रका अतिरिक्त तन्त्रोक्त देवीसूक्तहरुमा पनि देवीको अपरम्पार महिमा वर्ण्र्ाातीत छ । महषिर् अम्भृणकी सुपुत्रीको नाम वाक् हो । व्रहृमज्ञानीनी यी नै वाक्द्वारा रचित देवीसूक्तको अतिरिक्त वेदमा रात्रिसूक्तका रुपमा अरु पनि सूक्तहरु छन् । ती सबैमा देवीको शक्ति र महिमाको यथोचित वर्ण्र्ााछ ।
विजया दशमीको प्रचलित मान्यता रामले रावणमाथि विजय प्राप्त गरी विजयोत्सव मनाएको प्रसंग अहिले र्सवाधिक चर्चित प्रसंग मानिएको छ । तर, यसभन्दा पर्ूव नै इन्द्रादि देवताले देवी भगवतीको मुग्धकण्ठले पर््रार्थना गरेर आफ्नो विजयको श्रेय भवानी दर्ुगालाई दिएका छन् । दर्ुगा शप्तशतीमा यस्ता प्रसंगको अनेक स्थानमा वर्ण्र्ााछ । चौथो, पाँचौं र एघारौं अध्यायमा देवीको विशेष पर््रार्थनाकै पद्य छन् ।
सुरथ नाम गरेका राजा र समाधि नाम गरेका वैश्यले पनि भगवतीकै आराधना गरेर मनोवाञ्छित फल प्राप्त गरेका छन् । यो पनि दर्ुगाशप्तशती -चण्डी)मा सविस्तार वर्ण्र्ााछ ।
पाण्डवहरुले १२ वर्षो वनवासपछि १ वर्षो गुप्तवासमा जानुअघि पनि भगवतीकै आराधना गरेको र त्यसैको पुण्य प्रतापले विजय प्राप्त भएको वर्ण्र्ाामहाभारतमा गरिएको पाइन्छ ।
वसुदेव र देवकीले कृष्णको सकुशल प्रत्यागमनका निमित्त पनि देवी भगवतीको आराधना गरेको वर्ण्र्ाापुराणमा पाइन्छ । सत्राजितले प्रशेनको हत्याको दोष श्रीकृष्णमाथि लगायो । श्यमन्तकमणिका लोभमा भाइको हत्या भएको शंका गर्यो । श्रीकृष्ण यो दोषबाट मुक्त हुन र वास्तविकता पत्ता लगाउन हिंडे । गुफाका द्वारमा आफ्ना साथी सहयोगीलाई राखेर गुफा प्रवेश गरेका कृष्ण १२ दिन वित्दा पनि फर्केनन् । यही समाचार सुनेका कृष्णका आफन्तहरुले देवी भगवतीको आराधना गरेका थिए । यस्तो वर्ण्र्ाापनि सविस्तार पुराणहरुमा पाइन्छ ।
यस्ता कैयौं आख्यान, उपाख्यानसंग बडा दशैंको सूत्र जोडिएको छ । देवी भगवतीको महात्म्य वर्ण्र्ाातीत छ । दर्ुगाशप्तशतीमा विभिन्न १३ अध्यायमा भएको यस सम्बन्धी रोचक वर्ण्र्ााे देवी भगवतीको अपरम्पार महिमाको वर्ण्र्ाागर्दछ ।
यसबाट सृष्टिचक्रमा असन्तुलन ल्याउने राक्षसी प्रवृत्ति विरुद्ध प्रथम युद्ध लडेर आसुरी प्रवृत्तिलाई पराजित गर्ने शक्तिरुपा भवानीको महिमा बोध गर्न सकिन्छ । सुरथ नामका राजा र समाधि नामका वैश्यको जिज्ञासामा मेधा ऋषिको यो उद्गारले शक्तिरुपा भवानीको अपरम्पार शक्तिको बोध गराउँछ ।
"ज्ञानिनामपि चेतांसि देवी भगवति हिसा
वलादाकृष्य मोहाय महामाया प्रयच्छति"
मधुकैटव दैत्यको बध प्रसंग होस् वा महिषासुरको, चण्डमुण्डको बधको विस्तारमा वर्ण्र्ााहोस् वा रक्तवीजको समूल नाशको वर्ण्र्ााहोस्, निशुम्भको बध र शुम्भसंगको संग्रामको वृतान्त शप्तशतीमा सविस्तार जसरी वर्ण्र्ाागरिएको छ, त्यसको पृष्ठभूमिमा पनि बडा दशैंको महिमाकै प्रतीक देवी भगवतीको शक्ति र सृष्टिस्थिति र प्रकृतिको रहस्य छ । देवताहरुले माहिषासुरको अन्त्यपछि गरेको भगवतीको स्तुति होस् वा शुम्भ निशुम्भको विनाशपछि भगवतीको महिमाको र शक्तिको गुणगान गर्दै गरिएको स्तुति होस्, देवी भगवतीको आराधना र उपासना वैदिककाल, सत्य, त्रेता र द्वापरयुगमा अति उत्साहका साथ हुने गरेको तथ्य प्रमाणित हुन्छ ।
यो भूखण्डका राजा-महाराजाहरु देवीका भक्त र उपासक थिए । यसका अनेक साक्ष पाइन्छन् । कोट-कोट र थुमथुममा देवीका मन्दिर यसैका प्रतीक हुन् । यसका अतिरिक्त आमजनता पनि दर्ुगाको उपासना गर्दै विजयोत्सवका रुपमा वर्षा दर्ुइपटक दशैं मनाएर काम, क्रोध, लोभ, मोह, मद, मार्त्र्सयको बलि चढाएर दर्ुगा भवानीको आराधना गरेर आफ्नो जीवनलाई आध्यात्मिकरण गर्दथे भन्ने कुरा दशैंका यी दशदिनले प्रमाणित गर्छन् । यसबाट दशैं शान्ति पर्वका रुपमा शान्तमय जीवन र जगतलाई व्यवस्थित गर्ने चाडका रुपमा अनादिकालदेखि चलिआएको देखिन्छ ।
दर्ुगाका शतसहस्र नाम छन् । शतनाम छुट्टै छन् र अरु ३२ नाम पनि छन् । तर, प्रचलनमा नवदर्ुगाको नाम लिइन्छ । शतसहस्र अर्थात् एकहजार नाम तथा शतनामको यहाँ उल्लेख गर्न स्थान र समयले दिंदैन । नवदर्ुगाका ९ नाम अहिले अत्यधिक प्रचलनमा आउँछन् । यिनै नामबाट नवदर्ुगा पूजा अर्चना गरेर दशैं मनाइन्छ । नवरात्र भनेर नौ दिनलाई बुझाइन्छ ।
प्रथम शैलपुत्री, द्वितीय व्रहृमचारिणी, तृतीय चन्द्रघण्टा, चतर्ुथ कुस्माण्डा, पञ्चम स्कन्धमाता, षष्टम कात्यायनी, सप्तम कालरात्रि, अष्टम महागौरी, नवौं सिद्धिधात्रीका रुपमा यी ९ नाम दर्ुगाका रुपमा विख्यात छन् । यसैगरी ३२ दर्ुगाको नामावली अर्को छ । जो यस प्रकार छ ः- १. दर्ुगा, २. दर्ुगतिशमनी, ३. दर्ुगपद्विनिवारिणी, ४. दर्ुगमच्छेदिनी, ५. दर्ुगसाधिनी, ६. दर्ुगनासिनी, ७. दर्ुगतोध्दारिणी, ८. दर्ुगनिहन्त्री, ९. दर्ुगमापहा, १०. दर्ुगमाज्ञानदा, ११. दर्ुगदैत्यलोक दवानला, १२. दर्ुगमा, १३. दर्ुगमालोका, १४. दर्ुगमात्मस्वरुपिणी, १५. दर्ुगमार्गप्रदा, १६. दर्ुगमविद्या, १७. दर्ुगमाश्रतिा, १८. दर्ुगमज्ञानसंस्थाना, १९. दर्ुगमध्यानभासिनी, २०. दर्ुगमोहा, २१. दर्ुगमगा, २२. दर्ुगमार्थस्वरुपिणी, २३. दर्ुगमासुरसम्हन्त्री, २४. दर्ुगमायुधधारिणी, २५. दर्ुगमाङ्गी, २६. दर्ुगमता, २७. दर्ुगम्या, २८. दर्ुगमेश्वरी, २९. दर्ुगभीमा, ३०. दर्ुगभामा, ३१. दर्ुगमा, ३२. दर्ुगहारिणी । यी बत्तीस नाम दर्ुगाका विशेष नाम हुन् । विश्वका समस्त नारी त्रि्रै रुप हुन् भनेर यसरी पर््रार्थना गरिएको छ ।
विद्याःसमस्तस्तव देवि भेदाः
स्त्रियः समस्ताः सकला जगुत्सु
त्वयैकया पूरित मम्वयैतत
का ते स्तुतिः स्तव्यपरा परोक्तिः
यसको भावार्थ हो- समस्त विद्या त्रि्रै भिन्न भिन्न स्वरुप हुन् । संसारमा जति स्त्रीहरु छन् ती सबै त्रि्रै सचलमर्ूर्तिहरु हुन् । हे जगदम्बे तिमीले नै यो विश्व ढाकिएको छ । तिमी स्तुतिभन्दा पर सबै पदार्थभन्दा पर एवं परावाणी हौ ।
स्त्रीरुप देवीको महिमाको गुणगान साथै जनना भनेर यो लिङ्गधारण गरेका जीवसमेत अवध्य अर्थात् मार्न, नास्न नहुने र नपाइने प्राच्यको जीवनशैली स्मरणीय छ । अर्थात् स्त्री जाति ती पशुयोनीकै किन नहुन्, अवध्य छन् । पुराना ऐन नियममा यो प्रसंग अहिले पनि पाइन्छ । यसरी नै जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउँछन् भन्ने संस्कृत उक्ति छ । "यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः"
पराप्रकृति र अपराप्रकृतिका बारेमा सनातन धर्मशास्त्रमा गहिरो चर्चा छ । अध्यात्मवादीहरुले आध्यात्मिकरण गरेको जीवनशैलीमा यसको गहन अध्ययन र अनुभव गरेर निष्कर्षनिकालिएको छ । त्यो निष्कर्षे नै उल्लासमय जीवनको तत्वबोध गर्नु हो भन्ने कुरा प्रमाणित गरेको छ । यस्तो जीवनशैलीकै निमित्त बडा दशैंको विशेष महिमा छ । मातृशक्तिको प्रतीक मानिने देवीको उपासना गरेर आध्यात्मिकरण गर्ने जीवनशैलीलाई कोरा भौतिकवादी आँखाले देख्न सक्दैन । त्यसैले दशैंप्रति नकारात्मक टिप्पणी गर्नेहरुले यसको स्रोत र पृष्ठभूमिमा अन्तर्निहित रहस्य बुझ्नै चाहँदैनन्, बुझ्नै सक्दैनन् ।
दशैं पर्व कुनै वर्ग विशेष वा जाति विशेषको पर्व होइन । यो पर्वले प्रकृतिको स्थावरजंगममा पर्ने प्रभावबारे समेत बोध गराउने सामग्री दिन्छ । उल्लासमय जीवन र्सार्थक जीवन हो । त्यो उल्लासमय जीवनको निमित्त ऊर्जा संचय गर्न यो पर्वले प्रेरित गर्छ । पर्ूवकालमा स्वारोचिष मन्वन्तरमा सुरथ नाम गरेका राजा र समाधि नाम गरेका वैश्यका जीवनवृत्तमा बडा दशैंको कथाको सूत्र जोडिन पुग्छ । मनु १४ वटा छन् । यसैलाई मन्वन्तर भन्छन् । प्राच्यमा कालगणनाको निमित्त यिनै मनुको नाम लिइन्छ । आठौं मनुको नाम सावणिर् मनु हो । प्रत्येक मनुले मानव जीवन व्यवस्थित गर्न विशेष व्यवस्था संविधान बनाएका छन् । मनुवादी भनेर अहिले ब्राहृमणको विरुद्ध उम्लनेहरुले प्राच्यका मनुका नाम समेत थाहा पाएका छैनन् । त्यस्ता मनुमध्ये सावणिर् नामका मनु एक हुन् र यी क्षेत्री हुन् । अहिले वैवश्वत मन्वन्तरको यो कालखण्डमा स्वारोचिष मन्वन्तरमा घटेका घटना र देवीका आराधना वा भएका स्तुति अनुरुप नै दशैंको पर्ूवस्मरण गरिन्छ । १४ ओटा मनुले व्यवस्थित गरेको विधानलाई मनुस्मृति भनिन्छ । यो संविधानको प्राच्य रुप हो । यो अनादिकालदेखि नै प्रचलित संविधान हो । यस्तो संविधान अर्थात् मनुस्मृतिका रचयिता मनु ब्राहृमण नभएर क्षेत्रीय वंशका राजाहरु हुन् भन्ने कुरा दर्ुगाशप्तशतीका सुरथ नामका राजा सावणिर् मनु बनेर प्रमाणित गरेका छन् ।
भौतिक विज्ञानीहरुले सृष्टिको यो कालखण्डमा विश्वको यो जीवनशैली आइपुग्दा २३ अर्ब वर्षव्यतित भएको मान्यता स्थापित गरेका छन् । सनातन धर्मावलम्बीले सृष्टिबारे अनादि अर्थात् कुनै कालखण्डको रुपमा गणना नगर्ने सिद्धान्त प्रतिपादित गरेको छ । २३ अर्ब वर्षो सृष्टि माने पनि त्यो अवस्थादेखि नै दैवीशक्ति र आसुरी शक्तिकाबीच द्वन्द्व चलेको प्रमाणित हुन्छ । त्यसमाथि असत्यले कहिल्यै पनि विजय हासिल गर्न सक्दैन । सत्य नै सनातन हो र त्यै सनातन धर्मकै प्रतीक विजया दशमी लगायतका पर्वहरु प्रतिवर्षमनाउनेहरु सनातनधर्मी नै हुन् । यसमा कर्ुतर्क गर्नेले जति कर्ुतर्क गरे पनि यो चाडको आध्यात्मिक पक्षले शान्ति, सद्भाव र शुभकामनाको भावनालाई जीवन्त राख्न प्रेरित गर्छ । यही नै यसको विशेषता हो । दर्ुगा भवानी मातृ शक्तिकी प्रतीक मात्र नभएर सृष्टिकी स्रोत हुन् र सबैलाई पालन, पोषण गर्ने र जीवन्त राख्ने ऊर्जा हुन् । सकाम्भरी देवीका भनाइबाट यही पुष्टि हुन्छ । वेद, उपनिषद्ले यस्तै भनेका छन् । पुराणहरुले यस्तै वर्ण्र्ाागर्छन् । नवदर्ुगा भवानीले सबैको मंगल गर्छिन् । मातृ पक्ष अर्थात् बडा दशैंले यही सन्देश दिन्छ । दशैंको शास्त्रीय चर्चा यही हो ।