गएको असोज १४ गते -अंक १५) प्रकाशित भएपछिको अंक आज ५ गते मात्र प्रकाशित हुने भएपछि लेख्ने विषयमा नै अन्योल भयो । सायद लेख्ने निरन्तरतामा क्रमभङ्गताले मूख्य भूमिका खेलेको पनि हुन सक्छ । अहिले त के पनि लाग्न थालेको छ भनेे लेख्ने निरन्तरताको क्रमभङ्गतालाई नै निरन्तरता दिउँ कि -, यस्तो सोचाई पनि निकै पहिलेदेखि मौलाएर नआएको होइन । तर आदरणीय पाठक समूह - -त्यस्तो संख्याबारे पटक्कै अनुमान र हेक्का भएन) झण्डै साढे तीन वर्षन्दा बढी समयदेखि अटूट रुपमा स्तम्भ लेखिआएको व्यक्ति किन एकाएक भूमिगत भयो वा हरायो - भन्ने जिज्ञाषा अथवा भनौं खुल्दुली जगाई दिन पनि मन लागेन ।
हुन पनि यस -युगसम्वाद) पत्रिकाका प्रकाशक सम्पादकको आदर्श, उद्देश्य र विचारर्-दर्शन पक्कै पनि स्तम्भकारसँग मेल नखान सक्दथ्यो वा सक्दछ । तर आदरणीय मित्रवर श्री सोमनाथ घिमिरेले यौटा स्तम्भकारलाई जति उन्मुक्ति दिनुभएको छ, जसले जति सुकै स्वतन्त्रताको पक्षग्राही र हिमायती हुँ भन्ने गुड्डी हाँके पनि व्यवहार र प्रयोगमा यतिविधि पर्ूण्ा उन्मुक्ति कसैले पनि दिएको देखेको छैन ।
प्रसङ्ग वषात् अलिक पुरानो कुरा कोट्याउँ । २०४६ सालको परिवर्तनपछि फेरि -२०५९/६/१८ पछि) जुनबेला देशमा राजाको पुन सकृय नेतृत्वमा राज्य हाँकिन थालेको थियो, आज ने.क.पा. माओवादी भन्दा क्रान्तिकारी र 'जनगणतन्त्र प्रति पनि असहमत नभएको' धाक दिने दलका "कृपा र कलोजीवी पत्रिकाहरू, आफ्ना मालिकको भजन गाउँदै, सत्ता र शक्तिको पछि लागेका थिए । र अहिले "त्यसबेला राजा निरंकुशता वा प्रतिगमनको आत्मघाती बाटोमा दौडिरहेको" भन्नेले नै "आधा प्रतिगमन साच्चियो" भन्ने खाले बाहेकका लेखलाई ठाउँ दिँदैनथे ।
तर त्यस्तो "राजाको निरंकुश रजाईंको कालखण्ड"मा पनि "राजा सडकमा -" भन्ने शर्ीष्ाक दिएर - "राजाले दलहरू सित लाप्पा खेलेर के गर्न खोजिबक्सेको हो -, जुन लाप्पा खेलाइमा राजाले जिते अर्को ताज पहिरिने ठाउँ छैन, हारे र्सवस्व हुने वा जाने वाला छ । यस्तो स्थितिमा कसले एक्काइसौ शताब्दीका राजालाई कम्व्याट पोसाक पहिर्याएर, दलहरू र जनता हिँड्ने बाटाहरू खाली गराउँदै, "आटो खान नपाएका जनताका भोका सन्तानलाई अटो -ग्राम) बाड्दै हिड्ने बाटोतिर लगाइरहेको छ -, र यसरी "राजा गलत बाटोतिर लाग्दा" पनि यो 'विनासकाले विपरित बुद्धि' हो महाराज !" भनेर भनिदिने साहसिक राजभक्त व्यक्ति देखा परिदिएन् -, किन -" भनेर यस स्तम्भका लागि लेखिएको लेख समेत निःसंकोच र निर्भिक भएर, जस्ताको त्यस्तै जसले प्रकाशित गरिदिए -हर्ेर्नुहोस् वर्ष१८ अंक ११ मिति २०६२ भाद्र १४ को स्तम्भ) त्यस्तो आदरणीय प्रकाशक प्रधानसम्पादक श्री सोमनाथ घिमिरे जस्तो मित्रलाई छोडेर हातबाँधि बस्नु पनि उचित लागेको छैन । यही र यस्तै अर्न्तर्द्वन्द्वका बीच झण्डै तीन हप्तापछि नियमित प्रकाशित हुन गइरहेको स्तम्भमा लेख्ने विषयबारे घोत्लिएँ ।
गएका दर्ुइ हप्तामा विवेच्य विषय बग्रेल्ती थिए । तर नेपालमा बग्रेल्ती पत्रपत्रिकाहरूको भयङ्कर बाढी आएको कारणले हो, अथवा विद्युतीय मनोरञ्जनका माध्यम-खास गरी सयौं टीभी. च्यानलहरूले मान्छेका पढ्ने समय र मन मस्तिष्कभित्र टेलिशृंखला र चलचित्रहरूका सुनामी छालले आलस्य र व्यामोहको जलकुम्भी ल्याएर भरिदिएकोले हो कि - पाठकको व्यापक खडेरी परेको देखियो । अरु त अरु, देशको र्सवाधिक शक्तिशाली र निरंकुशतम बन्दै गएको न्यायमन्दिरका पूजारीहरूले जनताको आस्था र सम्मानमाथि जति सक्यो त्यति नै निसंकोच र निर्लज्ज बलात्कार गर्दै, न्यायका भिखारीहरूलाई लुटिरहेको नग्न कुरुप शब्द-चित्रहरू उतारेर, पटक पटकका अंकमा निर्ममता साथ छरपस्ट गर्दा समेत "बारीको कुख्याचालाई कोर्रर्ााानेको" भन्दा खासै फरक परेन । त्यसमा समेत कुनै प्रतिक्रिया नआएको परिवेश पर्रि्रेक्ष्यमा अब कुनै विषयमा लेखेर नै के कस्तो प्रतिक्रिया र प्रयोजनीयताको अपेक्षा गर्ने - भन्ने पनि लाग्यो ।
यही र यस्तै कुराहरू मन मथिङ्गलतिर खेलाउँदा खेलाउँदै आइतबार बित्यो । सोमबार नजीक आइसकेको छ । सायद यो भन्दा पछिल्लो अंक आउन पनि तिहारले भाँजो हालेको हुन सक्छ । तिहारपछि मात्रै यो र यसबाहेकका अन्य पत्रिकाले पनि नियमित रुपमा वा पर्ूववत् सहज गतिमा अघिबढेको हुन सक्लान् - यद्यपि झण्डै चारवर्षदेखि यही क्रम वा निरन्तरताका धारामा नै हामी बग्दै आयौ । दशैं तिहारहरू पनि आउने जाने गरिरहे । यस्तै चाड पर्वको मौका छोपेर 'हुने खाने' वा कमाउँदै आएकाले राम्रो कमाइ गरे । तर "हुँदा खाने" र अभाव र गरिबीका जाँतोमा पिस्सँदै आएकाहरूका लागि यस्ता चार्डपर्वले यसपटक झन महासंकटको भूमरीमा फँसाएको हुन सक्छ । तर त्यस पाटो र बाटो तिरको चर्चाको पनि अर्थ छैन भन्ने लाग्यो । "जहाँ बर्ेदर्द मालिक हो, फरियाद क्या करना" भन्ने शायरी सम्भिmएँ ।
यसै बीचमा ठूला पार्टर्ीीले "राजनीतिक पिङ" पनि निकै मच्चाएको" देखियो । मौसमी छाया परेर हो वा अब हरेक दलले आ-आफ्ना पर्ूवजहरूले देखाएका बाटो सम्झेर खोजेर हिड्नु पर्ने सोच बनाएका हुन् - भावी दिशाबारे स्पष्ट हुने र त्यही अनुसार अघि बढ्ने संकेत दिन थाले । विजया र दीपावलीको अवसर पारेर चियापान र शुभकामना आदान-प्रदान गर्ने वहानामा "विष कुम्भं पयो मुखम्" गरी तिक्तता मेट्ने र सद्भावना साट्ने औपचारिकता निर्वाह गरे । तर यस बीचमा हरेक ठूला दलले भित्रभित्रै भने "कसरी आफूभन्दा अघि बढेको दललाई कुन मोड र निम्छरो ठाउँमा छिर्क्याएर भडखारोतिर खसाउने -" भन्ने गुप्त रणनीति तयार गरिरहेको पनि सहज अनुमान गरियो । र हरेक पार्टर्ीी अब आफ्ना वर्गीय आधारलाई सुसंगठित गरेर र विश्वासमा लिएर बढ्नुको विकल्प छैन भन्ने निष्कर्षा पुग्दै गरेको जस्तो पनि लाग्यो ।
त्यस्तै जुन "राष्ट्रका भाग्यविधाताहरू" आफ्नो भाषा, भेष, संस्कृति, परम्परा, रीतिथितिको अनुशीलन गर्नुलाई असभ्यता र सामन्ती संस्कार ठान्छन्, त्यसलाई हेय, त्याज्य र अस्वीकार्य सावित गर्नुलाई प्रगति र परिवर्तनको परिचायक मान्दछन्, त्यस देशका शासक प्रशासकहरूलाई राष्ट्रियताको मूल्य वा महत्ताबोध गराउनु पनि अर्थहीन हुनसक्छ । यो देशका कुनै पनि कालखण्डका शासक, प्रशासकहरू अलिकति लाज शर्म भएका हुन्थे भने, "नेपाल राष्ट्र"बाट अपहेलित, तिरस्कृत र निस्काशित "नेपाली राष्ट्रियता" नेपालको सीमा पारिको भूखण्डमा सम्मानित, संवर्द्धित र संपूजित भएको देखे, सुने, पढेर थाहा पाएपछि या त "डाडूमा पानी उमालेर त्यसैमा डुबि आत्महत्या गरेका" हुन्थे, या "धोतीको पासो" लगाएर झुण्डिएका हुन्थे होलान् --) तर दर्ुभाग्य मुलुक बाहिरका नेपालीले जति "कुरी कुरी वा सेमसेम" भने पनि हाम्रा नेताहरुलाई बिहारी राष्ट्रियता र संस्कारको दासताको संस्कृतिमोहले छोडेन । पहिचानदेखि निर्वाचनसम्मका व्यवहारबाट त्यही सावित गरे ।
गएको वर्षयसैताका "नेपाली राष्ट्रियता कहाँ कसरी सुरक्षित रुपमा मौलाइरहेको रहेछ -" भनेर डा. एस् एन. अर्यालको सौजन्यतामा हर्ेन जाने अवसर प्राप्त भयो । दार्जिलिङ्गदेखि सिक्किमसम्मको यात्राबाट २०४४ साल तिर आसाम, मेघालय तिर जाँदा, प्रवासी नेपाली प्राध्यापक श्री लीलबहादुर थापाले दिनुभएको आफ्नो रचना "ब्रह्मपुत्रको छेउछाउतिर --)" पुन पढे जस्तो लागेको थियो । दार्जिलिङ्गदेखि अगरतलासम्म जीवन्त र सशक्त "नेपाली मौलिक राष्ट्रियता"ले "जहाँ नेपाल राष्ट्र छ, त्यहाँ नेपाली राष्ट्रियता छैन, जहाँ राष्ट्रियता मौलाई रहेको छ, त्यहाँ 'नेपाल' 'राष्ट्र छैन' भन्ने टड्कारो अनुभूति भएको थियो । त्यसैले २०६४ मंसीर ५ गतेदेखि मध्यपौषसम्म लगातार जसो आधादर्जन अंकमा त्यही विषयमा लेख लेखियो ।
बीस वर्षेखि त्यस बेलासम्म सुभाष घिसिङ्ग "गोर्खा पार्वत्य परिषद"को र्सर्वे र्सवा प्रशासक-शासक त कोलकाताका बुद्धदेव नै थिए - को रुपमा वहाल थिए । यता नेपालमा 'श्री सुभाष नेम्वाङ्ग' भर्खरै "आधा काम चलाउ राष्ट्र प्रमुख" हुनुभएको थियो । त्यसरी गत वर्षदार्जिङ्ग जाँदा श्री विमल गुरुङ्गले "गोर्खा राष्ट्रिय मुक्ति मार्चा हो कि -जनमुक्ति मोर्चा हो -) को नामको संगठन खडा गरेर, दार्जिलिङ्गका सडकमा "गोर्खाल्याण्ड राज्य" स्थापनाको संकल्प गर्दै शान्तिपर्ूण्ा आन्दोलनको शंखनाद गरिरहेका थिए । तर एक वर्षवित्दा नबित्दै कोलकाता र दिल्लीका बलबूतामा जीवन पर्यन्त "लाल बेग्ला"मा बसेर रजाई गर्ने सपना बोकेका सुभाषा घिसिङ्गलाई दार्जिलिङ्ग र आसपासका वीर गोर्खालीहरूले लेखेटेर सिलिगुडी पठाएको थाहा भयो ।
संयोग नै मान्नर्ुपर्छ, जुन दिल्लीको बलबुतामा विश्वास गर्दा सुभाष घिसिङ्गको बगरबास भयो । त्यही कालखण्डमा, त्यही दिल्लीको आड विश्वासमा "अब नयाँ नेपालको नयाँ संविधान निर्माण गर्ने मेरो दायित्व पूरा गरेर मात्र छोड्छु" भन्ने र्सार्वजनिक घोषणा गर्दै सिंहदरबार र बालुवाटारबाट नारायणहिटी जाने दिवास्वप्न बोकेका श्री गिरिजाप्रसाद कोइरालाको चाहना नेपाली जनताले अधुरै पारे । र गलहत्याएर मण्डिखाटार पुर्याएको दुःखद दिन देख्नुपर्यो । जेहोस्,
तर कस्तो विडम्बना !, जुन भूखण्डमा पुगेर रैथाने बनिसकेका नेपाली जाति, समुदायले गोर्खाल्याण्डमा छोराहरूले दौरा-सर्ुवाल, चेली बुहारीहरूले गुन्यू-चोली लगाएर दशैंलाई आफ्नो राष्ट्रियताको जीवन्त आधार माने, आज तिनैका पर्ूखाका थलो कुरेर बसेका दाजुभाई दिदी बैनीहरू कोही आदिवासी जनजातिको, कोही मधेस, कोही दलित, कोही गैर हिन्दुको व्यानर बोकेर दशै तिहार, दौरा-सर्ुवाल, गुन्यू-चोली र नेपाली भाषा, संस्कृति, एवं रीति थिति परम्पराको खेदो खन्दैछन् र विउमास्न कट्टु फालेर जग हँर्साई रहेका देखिएका छन् ।
यस्तो परिवेश र परिदृश्यलाई अगाडि राखेर राष्ट्रियताशून्य हामी जस्ता नेपालका सन्ततिले कञ्चनजङ्घा हिमशैलका काखका भूखण्डका गोर्खालीले नेपाली जातिको गौरवको प्रतीक "नेपाली राष्ट्रियता"को संरक्षण र सर्ंवर्द्धनका पक्षमा, कञ्चनजङ्घा जस्तै उच्चशीर र अटल साहसका साथ लडिरहेको देख्दा - "स्याबास वीर गोर्खाली - त्रि्रो साहसको हामी अभिनन्दन गर्र्छौ, त्रि्रो "स्वतन्त्र राज्य"को मात्रै नभई "स्वतन्त्र राष्ट्र"को संकल्पसमेत पूरा होस् भन्ने लाखौं नेपालीको लाख लाख शुभकामना" भनेर लेखौं भन्ने लागेको थियो । तर ठूलो देशले त्यसरी भन्दा नैतिक र्समर्थन र विश्वव्यापी मानवाधिकारको मानदण्डले, सकारात्मक दृष्टिकोण ठहरिने । निमुखा, गरिब र निरीह नेपालीले बोलिदिए हस्तक्षेप ठहरिने दोहोरो मानदण्डको पनि हेक्का राख्नै पर्ने लाग्यो ।
तथापि आफ्नै सरहद भित्र, "विहारीराष्ट्रियता"को निसासिंदो आवरण भित्र छटपर्टाई रहेकाहरूलाई "गोर्खाल्याण्ड"वासी अथवा भनौं "राष्ट्र"बाहिरका राष्ट्रियताका हिमायतीहरूको "दौरा सुरुवाल वा गुन्यू चोली लगाउने र दशै तिहार मनाउने" आन्दोलनले कति आनन्दित तुल्याएको होला - त्यो अनुमानबाट नभएर अनुभवबाट अनुभूत हुन सक्ला -
तर पनि "राष्ट्रभित्रबाट मासिएको वा मेटिएको राष्ट्रियताको जीवन्त अस्तित्व हर्ेन र पढ्न चाहने सन्ततिले, सरहदको सीमा पारी गएर वा हेरेर आँशुको घुट्का सँगै आनन्द मानिरहन पाउलान्" भनेर सन्तोष लिएर मर्न पाइने भयो । राम्रै मान्नु, भन्नर्ुपर्छ । त्यसैले दर्ुगा भवानीले नेपाली राष्ट्रियताप्रतिे "गोरखा भूमि" वासीकोे अगाध प्रेम आस्था र जगर्ेना गर्ने मनसुवा चन्द्र र्सर्ूय रहँदा सम्म जीवन्त राखून, त्यस्तो राष्ट्रियताको मूल्य बोध, अटुट र अटल देखियोस्, शुभकामना !
अन्त्यमा
यो पटकको अंक "विना मत, विना विमत", खाली नराखिदिने सोच बनाइरहेको बेला, दर्ुइ वटा उदेक लाग्दा अथवा पत्याउनै नसकिने कुरा र्सार्वजनिक सञ्चार माध्यमले प्रकाशित प्रशारित गरे । पहिलो, "नेपालका सधैँ पुच्छर झुण्डयाउँदै आएका कम्युनिष्टहरूले आफ्नो पुच्छर हटाउने वा कटाउने निधो गरेर अघि बढ्दै छन्" भन्ने, ठूला कम्युनिष्ट दलहरुबाट प्रवाहित सूचनामूलक समाचार,
अर्को, जसले उहिले कुनै एकासमयमा आफ्नो दलले बहुमत- "त्यो पर्ूण्ातः कुन माध्यम र शक्तिबाट आएको भन्नेतिर नजाउँ - आएको थियो भन्ने नाताले सत्ता र शक्ति हत्याउँदा "अवशिष्टअधिकारी प्राप्त सरकार" हुने, तर पर्ूण्ा र्सार्वभौम भएका जनताले भर्खरै आफ्नो मताधिकार प्रयोग गरी, निर्वाचित गरेका परमाधिकार सम्पन्न संविधानसभा र व्यवस्थापिकाले विधिवत् निर्वाचित गरेको प्रचण्ड बहुमतको प्रचण्डको वर्तमान सरकारलाई "कामचलाउ मात्र हो" भन्ने कोइराला बन्धुहरूका उदेक लाग्दा अभिव्यक्ति,
ती दुवै मध्ये कम्युनिष्टहरूले पुच्छर काट्ने कुरा जति सुखद होलान्, तर आर्श्चर्यजनक र "असंभवम्" होला - कोइरालाबन्धुहरूको वर्तमान सरकारलाई "कामचलाऊ मात्र" भन्ने भनाई त्यत्ति नै असन्तुलित, द्वैध चरित्रपर्ूण्ा र सत्ता विलुप्तीको पीडा जनित विक्षिप्त-अभिव्यक्ति" नमानिएला नठानिएला, भन्न सकिन्न । तथापि आशा गरौं । "पुच्छर काटेका कम्युनिष्ट" र "स्वस्थ अवस्थाका कोइराला" बन्धुहरूलाई सडकमा देख्न पाउँ ।
- "अनाम-क्रान्ति-नायक" क. सिद्धिनाथको मृत्युमा ः
गएको कार्तिक २ गते नेपाली कम्युनिष्ट आन्दोलनमा आधा शताब्दीसम्मका संर्घष्ाको मोर्चामा अगाडि रहेर सञ्चार माध्यम र प्रचारबाट सधैँ टाढा रहेका, एक अनाम नेता क. सिद्धिनाथ ज्ञवालीको देहावसान भयो भन्ने दुःखद समाचार सुन्नुपर्यो ।
संर्घष्ा, उर्त्र्सग र लगनशीलताका साथै वयका दृष्टिले समेत वरिष्ठ र व्यवहार एवं आचरणका मानदण्डबाट आदर्श गुमनाम नेताको दुःखद देहावसानमा बल्खु पुगेर पार्थिव शरीरमा श्रद्धाञ्जली दिँदा त्यहाँको शोकभन्दा पातलो उपस्थितिको वातावरणले अझ दुःखित तुल्यायो । र्
वर्तमानकाल खण्डमा कुनै पनि व्यक्तिको संर्घष्ाशीलता, संकल्पशक्ति, उर्त्र्सगभाव, इतिहास, आचरण र व्यवहारको मानदण्ड, स्थान निर्माण र आधार व्यक्ति स्वयंले निर्माण गर्ने होइन रहेछ । संगठन र त्यो भन्दा अझ बढि सञ्चार वा प्रचार माध्यमले नेताको स्थान निर्धारण गरिदिने रहेछ । यदि त्यसो हुँदैनथ्यो भने पार्टर्ीीुल्ला प्रतिस्पर्धामा मात्रै नभई कैयन् पटक सत्ता र शक्तिमा पुग्दा क. सिद्धिनाथ जस्तो आधा शताब्दीदेखि कम्युनिष्ट आन्दोलनमा होमिएको व्यक्ति राष्ट्रिय सभाको सदस्यको लित्को पित्कोबाट पन्छाइएका हुँदैनथे । पाँच सात वर्षराजधानी केन्द्रीत आन्दोलनमा चर्का वा उग्र भाषण गर्ने अवसरका कृपा जीवीहरुको हैकम र बाहुल्यता भएका राजनीतिक दलहरुबाट पाँच दशक भन्दा बढी समयसम्म गुमनाम वा भूमिगत संर्घष्ा गरेर हिडेका माओवादी नेता प्रचण्ड डा. महराजहरुको जस्तै राज्यले टाउको काटेर ल्याउनेलाई ठूलो इनामको घोषणा गरिएका, क. सिद्धिनाथ र वहाँका सहयोद्धाको मृत्युमा फगत श्रद्धाञ्जलीले औपचारिकता पूरा गरिएको हुने थिएन । उनका आश्रति बेहाल, विपन्नतम र वेखबर रहेका हुने थिएन् होला ।
जेहोस्, एक अनाम रहेरै पार्टर्ीी लागि जीवन आत्मोर्त्र्सग गर्न चाहने आफ्ना आदरणीय नेताको अवशासनमा हुतात्माको चिरशान्तिको कामना र 'बेखबर आश्रतिहरु'मा गहिरो समवेदना ।