Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:47pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौ
महेश्वर शर्मा

Monday, 10.20.2008, 04:21pm (GMT+5.5)

२०६५ असोज ६ गते अन्तर्रर्ााट्रय सभा भवन प्राङ्गणमा जस्तो दृश्य देखियो त्यसले छातीभित्र नेपाली मुटु हुने जोसुकैलाई पनि चिमोटेको छ । नेपालका संसद् सदस्यहरुलाई ओसार पसार गर्न भारतीय उपहार -सहयोग) भनेर बसका दुवै पाटामा भंगेरे अक्षरमा -अंग्रेजीमा समेत) लेखेर भारत नेपालका झण्डा चिन्हित ३३।३३ सिटका पाँचथान बसका अगाडि पोज मिलाएर फोटो खिचाउन लाममा उभिएका सभामुख सुभाष नेम्वाङ र भारतीय राजदूत सुद समेतको रमाइलो उपस्थिति थियो । राजदूतले सभामुखलाई चाबी बुझाएपछि सवैले ताली बजाए । सांसदहरुले यो उपहार पाएर अब आफूले पाउने यातायात सुविधा खर्च जोगिने भयो भनेर होला मख्ख देखिन्थे ।

सम्झनोस्- कसैले कसैलाई कोट उपहार दिन्छ, तर फलानोले दिएको भन्ने छाप ठोकेर दिन्छ भने कस्तो लाग्ला - नलगाउनु भने जाँडो छल्नुपर्ने वाध्यता, लाउँदाखेरि अर्काले जडौरी लेखेर दिएको अपमान पचाउनुपर्ने । यहाँ त्यस्तै स्थिति देखियो । आफूले लगाएका कोटका पछाडि बडेमाका अक्षरमा फलानाले दिएको भन्ने पढेपछि हाम्रो मगन्ते र पराश्रति स्थित्रि्रति अरुले कस्तो सोचाई राख्लान् - जडौरी दिएर दुनियाका अगाडि हामीलाई भिखारी देखाएर एकातिर कृतज्ञ बनाउन खोज्ने र अर्कातिर अपमानको पात्र बनाउने अनि त्यसको बदला ब्वाँसालेझैं आन्द्रा भुँडी थुत्ने दाताको प्रवृत्ति बुझ्दा बुझ्दै पनि सानो सहयोग पाउँदा पनि मख्ख पर्नु सुहाउँदो हो त -

आजको युग परस्पर निर्भरताको युग हो, तर निर्भरता भन्दैमा सम्मान समेत गुमाउन बाध्य पारिन्छ भने त्यसलाई के भन्ने - हो, नेपाललाई र्सवाधिक सहयोग गर्नेमा भारत अग्रणी छ, तैपनि नेपाली जनता भारतप्रति सन्तुष्ट छैनन् भन्ने यथार्थ पनि लुकेको छैन । किन यस्तो त - भन्ने स्वाभाविक प्रश्न उठ्छ । तर यो प्रश्नको उत्तर पनि भारतसित नै छ । हामीले नै उत्तर दिनुपर्ने हो भने त्यो हो- भारतले जेजति सहयोग गरेको छ त्यो सवै हेपेर अपमानको भाषामा दिएको छ । बढी सहयोग गरेका छौं भन्ने अहम्ले मात्रै हुँदैन, सहयोगको तरिका पनि हर्ेर्नुपर्ने हुन्छ । हामी चाहन्छौं- हामीलाई सहयोग गरिन्छ भने एउटा र्सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको हैसियतमा सदासयताका साथ दिइयोस् । हामी भौतिक सहयोगभन्दा सदासयतालाई बढी महत्व दिन्छौं ।

हामीलाई सहयोग गर्ने नै हो भने अन्तर्रर्ााट्रय सिमाना मिच्न छोडेर सहयोग गरियोस् । नेपालको भूभाग कालापानीबाट व्यारेक हटाइयोस् । सुस्ता र अन्य अनेकौं ठाउँको अतिक्रमण छोडियोस् । अन्तर्रर्ााट्रय कानुन नियम र सन्धि सम्झौता विपरीत प्रतिबाँध लगाएर पाइलैपिच्छे दुःख दिने काम नगरियोस् । हामी कृतघ्न छैनौं, हामीलाई दिइएका सहयोगप्रति कृतज्ञ छौं, तर हेपेर हियाएर होइन, एक असल छिमेकीको नाताले र समानताको हैसियतबाट पाउनुपर्ने सम्मानको हिसाबले व्यवहार गरियोस् भन्ने मात्र हाम्रो आग्रह हो ।

'पाडो किन्दा भैंसी उपहार' भनेझैं आजसम्म नेपाललाई एउटा मरन्च्यासे पाडो दिएको निहुँमा मर्ुरा भैंसी उछिट्याउने खालको मित्रता देखिएको छ । आज पाँचवटा बस दिनुका पछाडि स्वच्छ मनसाय रहेन भने त्यो सहयोग ब्वाँसाले पिठ्यू कन्याएर आन्द्रा भुँडी थुते जस्तो हुन्छ । यता पाँचथान बस दिएर सांसदका मुख थुन्न खोज्ने र उता सिमानामा अवैध किसिमले बाँध बाँधेर नेपाललाई डुबानमा पारिदिने र सीमा अतिक्रमणलाई निरन्तरता दिंदैजाने कपटपर्ूण्ा व्यवहार भैरहने हो भने त्यसलाई मित्रताका नामको धोका भने हुन्छ । नेपालले आजसम्म यस्तैखाले मित्रतालाई मुटु मिची 'विशेष सम्बन्ध' भन्दै आएको छ । माओवादीको सरकारले केही अडान लेखा भन्ने जनताको विश्वास पनि समाप्त भएको छ ।

भारतले नेपालका नेतालाई एक अर्काविरुद्ध प्रयोग गरेर कमजोर बनाइदिएको छ । एउटाका विरुद्ध अर्कोलाई उचालेर मुठारिदिने नीतिलाई निरन्तरता दिंदैआएको छ । यसै क्रममा अहिले आएर विभिन्न जातीय, प्रान्तीय र वर्गीय तहका केही बाठा-टाठालाई उचालेर नेपाललाई टुक्रा टुक्रा पारेर निल्ने उपक्रम हुँदैछ । त्यसका निमित्त मूलतः माओवादी र विभिन्न जातीय एवं प्रान्तीय संगठनहरु प्रयोग गरिंदैछन् । त्यतिले पनि नपुग्ने देखेर केही भूमिगत संगठन बनाएर तिनैको माध्यमबाट नागरिकहरुको अपहरण, फिरौती, लूटपाट र हत्या समेत गराएर आतंक एवं असुरक्षाको स्थिति सिर्जना गराइएको छ । यस्तै सवै काम 'विशेष सम्बन्ध' र मित्रताका आवरणमा भैरहेका छन् । हाम्रा नेता भने स्थिति बुझ्दा बुझ्दै पनि उतैको 'बीन'मा लठि्ठएका छन् ।

पेट्रोल ट्यांकरमा 'हाम्रो प्रतिवद्धता पेट्रोलियम पदार्थमा शुद्धता' भन्ने नारा लेखेर आयल निगम र त्यसका डिलरले भारी मिसावट गरेका पेट्रोलियम पदार्थ बेचेका छन् भन्ने जान्दाजान्दै पनि त्यही प्रयोग गर्न बाध्य भएजस्तै भारतीय मैत्रीका पनि कैफियतको मिसावट छ भन्ने जान्दाजान्दै पनि हामी भारत-नेपाल मैत्री विशेष र आफ्नै किसिमको भनेर तारिफ गर्न विवश छौं । तर यो नक्कली आवरण कहिलेसम्म - सुधार हुँदैन र सधैं यस्तै कपटपर्ूण्ा व्यवहारलाई निरन्तरता दिइराख्ने हो भने कति दिन सहने - सोच्नैपर्ने हुन्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
जे देखियो त्यही लेखियोतारा सुवेदी (10.20.2008)
सत्ता भित्र र बाहिरर्सवज्ञ वाग्ले (10.20.2008)
स्टालिन र माओमाथि हमलाबहुमूल्य लिम्बु (10.20.2008)
बडा दशैं ः केही शास्त्रीय चिन्तनवेदराज पन्त (09.29.2008)
राजनीतिक 'वाद'भन्दा माथि हुन्छ धर्म-संस्कृतियादब देवकोटा (09.29.2008)
विडम्वनाका संकेतहरुबहुमूल्य लिम्बु (09.29.2008)
'मुटुमाथि ढंुगा राखेर' पनि हाँस्नु पर्ने स्थितितारा सुवेदी (09.29.2008)
बाँदर जम्पर्सवज्ञ वाग्ले (09.29.2008)
दार्जिलिङको दौरासुरुवाल अभियान र नेपालयादब देवकोटा (09.23.2008)
तिब्बत गतिविधि पछाडिका उद्देश्य र यसका संरचनाबहुमूल्य लिम्बु (09.23.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]