Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 09:02am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राजधानीको रात्री जीवन र शान्ति सुरक्षाको सवाल
यादब देवकोटा

Monday, 10.20.2008, 04:23pm (GMT+5.5)

वामदेव गौतम गृहमन्त्री भएपछि निकै विवाद र चर्चामा आउनुभयो । उहाँ यसअघि पनि गृहमन्त्री हुनुभएको थियो । खरो मिजास र बोलेको कुरा पूरा गर्ने भनेर चिनिनुहुने गौतमले यसपटक राजधानीको शान्ति सुरक्षा कायम गर्ने सवालमा केही योजनाहरु अघि सारेर त्यसलाई लागू पनि गर्नुभयो । महानगरीय सभ्यताको एउटा मेरुदण्ड नै बनिसकेको रात्रीकालीन जीवनलाई उहाँले हटाइदिनुभयो । राजधानीका रेष्टुरेन्ट, डान्स बार र डिस्कोहरु रातको ११ बजेपछि खोल्न नपाइने कडा उर्दी जारी भयो । यसको स्वागत र विरोध दुवै भयो । विरोध गर्नेहरु त्यही पेशा व्यवसायमा संलग्न थिए भने स्वागत गर्नेहरु र्सवसाधारण थिए । रात्री जीवनले कसलाई कति असर गरेको छ - यो वेग्लै विश्लेषणको विषय हो । मनोरञ्जनको नाममा कतिको घरखेत उडेको छ - यो पनि बहसमा ल्याउनैपर्ने विषय हो । यसका अतिरिक्त जुन तर्कका आधारमा रात्री जीवनमाथि आक्रमण भयो त्यो भने त्यति न्यायसंगत देखिएन ।

रात्री जीवन बन्द गर्ने कि व्यवस्थित गर्ने - नेपाली समाज सुहाउँदो गरी स्वस्थ र अनुशासित मनोरञ्जन प्रदान गर्ने गरी व्यवसाय संचालनका लागि प्रेरित गर्ने काम पनि भएको देखिएन । भूमण्डलीकरण र विश्वव्यापीकरणको हवाला दिएर सोही मुताविकको राजनीतिर्-अर्थनीति, शिक्षानीति, विकास नीतिको अनुसरण गर्ने र त्यसकै एउटा अंग बनेको डिस्को, डान्स र बारहरुलाई निषेध गर्ने काम पनि आपसमा सुहाउँदो विषय नहुनसक्छ । कतिपयले यस्तै तर्क गर्ने गरेका छन् ।

कस्तो छ राजधानीको रात्री जीवन ?

समाजमा अपराध बढाउने, वेथिति र व्यभिचार बढाउने काम रात्री जीवनले मात्र गरेको छैन । दिनदहाडै पनि यस्तो कृत्यहरु भैरहेका छन् । राजधानी मात्र होइन देशका प्रमुख शहरहरुमा अहिले यौनजन्य क्रियाकलाप खुलेआम चलिरहेका छन् । नाम चलेको ठूलो डिस्को र डान्स रेष्टुरेन्टहरुमा मात्र होइन सामान्य अवस्थामा रहेका 'भट्टी'हरुमा पनि यौन धन्दा हुने गरेको छ । प्रहरीको नाकैमुनी नग्नदृश्य चलिरहेको समाचार पनि आएकै छन् । राजधानीका चावहिलदेखि मैतीदेवी, बागबजार, दरवारमार्गहुँदै बालाजु, नागार्जुनदेखि मुड्खुसम्म, उता भक्तपुर सल्लाघारीदेखि साँगा र नगरकोटसम्मका सडकका दायाँ बायाँ खुलेको 'कटेज'हरुको काम नै यौन धन्दा गराउने हो । प्रहरी प्रशासनको ध्यान 'मोटो' व्यवसायतिर मात्र तानिएको पाइन्छ । सामान्य अर्थमा भन्नुपर्दा यौन क्रियाकलापका लागि युवती उपलब्ध गराउनेदेखि साथैमा लिएर आएकाहरुलाई कोठा उपलब्ध गराउने काम राजधानीका प्रायःजसो गेष्ट हाउसहरुले पनि गरिरहेकै छन् ।

यी तमाम क्रियाकलापहरु असामाजिक हुन् कि सामाजिक हुन् - अहिलेको समयमा यसको बहस गर्नु नै बेकार भैसक्यो । समाजलाई अनुशासित बनाउन, समाजमा अमनचयन कायम गर्न र शान्ति सुरक्षा प्रदान गर्नका लागि सामाजिक प्राणीलाई नै अनुशासित र मर्यादित बनाउनर्ुपर्छ । कुनै पनि कुरालाई बन्देज लगाउनेभन्दा त्यसलाई व्यवस्थित बनाउनेतिर पहल गरिनर्ुपर्दछ । पोखरामा गृहमन्त्री गौतमले होटेल, रेष्टुरेन्ट र डिस्को संचालकहरुको विरोधपछि विदेशीलाई 'सेक्स प्रिm'को उद्घोष गर्नुभयो । यो उहाँको कस्तो दिमागी उपज हो बुझ्न सकिएको छैन । एकातिर यौनजन्य क्रियाकलाप भयो भनेर समयसीमा तोक्ने अर्कोतिर विदेशीलाई खुला गर्ने । आफ्ना चेलीबेटीलाई नंग्याएकोमा पछुताव गर्दै त्यस्तो गर्न दिइन्न पनि भन्ने र विदेशीलाई भने छुट दिने - यहाँ बुझ्नुपर्ने कुरा के हो भने विदेशीले आफ्नै साथमा युवती ल्याएमा 'सेक्स प्रिm' हो कि नेपाली युवतीसंग 'सेक्स प्रिm' हो - त्यो खुल्न सकेको छैन ।

गृहप्रशासनले जतिसुकै कडाइका कुरा गरे पनि त्यसको पालना हुन सकेको छैन । प्रहरी प्रशासनसंग नजिकको र मित्रवत् सम्बन्ध कायम भएकाहरु अहिले आफ्नो व्यवसायमा रमिरहेकै छन् । झ्याल ढोका बन्द गरेर मैनबत्तीको आडमा समेत अनैतिक क्रियाकलाप भैरहेका समाचारहरु बारम्बार प्रकाशित भैरहेकै छन् । यति हुँदाहुँदै पनि प्रशासनिक संयन्त्रको दह्रो उपस्थिति हुन सकेको छैन । एउटा नृत्यांगनालाई यौन क्रियाकलापमा बाध्य पार्नेहरुमाथि कारवाही हुनर्ुपर्छ । स्वस्थ मनोरञ्जनका लागि श्लील नृत्य प्रस्तुत गर्नुको साटो मदिराको नशासंगै नग्नता पर््रदर्शन गर्ने कामलाई पनि रोक्नर्ुपर्छ । समयसीमा तोकेर भन्दा पनि अनुगमन गरेर यो कार्यलाई प्रभावकारी बनाउन सकिन्छ ।

अहिले के भैरहेको छ त - यो प्रश्न जताततै उठ्न थालेको छ । साँझ ६ बजे सुरु हुने डान्स र डिस्कोहरु अब दिउँसै सुरु हुन थालेका छन् । ११ बजेपछि सुरु हुने नग्न नृत्य ८ बजे नै सुरु भैसकेका छन् । आफ्ना नजिकका र नियमित ग्राहक आएमा झ्याल-ढोका बन्द गरेर त्यस्तो नृत्य देखाउने गरिएको पाइन्छ । यसतर्फसम्बन्धित निकायको कमै मात्र ध्यान गएको छ ।

कुनै पनि कुरालाई बलजफ्त रोक्न खोज्यो भने त्यसले गलत सन्देश दिन्छ । यौनका विषयमा पनि त्यस्तै हो । यसलाई जति कर्डाई गर्‍यो उति यसका विकृतिहरु समाजमा फैलन थाल्छन् । अहिलेको समाजमा गोप्य भन्ने कुनै कुरा नै रहेको छैन । नगर सभ्यतालाई व्यवस्थित गर्ने हो भने अनियन्त्रित मदिरा विक्री वितरणलाई नियन्त्रण गर्ने, विद्यालयदेखि नै नैतिक र सामाजिक शिक्षा प्रदान गर्ने, विद्यालयस्तरमै आध्यात्मिक जागरण पैदा गर्ने शिक्षा दिने लगायतका कार्यहरु पनि असामाजिक क्रियाकलाप गर्नबाट रोक्ने उपाय हो । यसका अतिरिक्त कुनै पनि व्यक्तिलाई उसको सामाजिक दायित्वबारे बुझाउन सकियो भने पनि यस्ता कार्यहरुतर्फलाग्नबाट रोक्न सकिन्छ । मदिराको सेवन, असुरक्षित यौन सर्म्पर्क लगायतबाट हुने हानीका बारेमा मानिसले बुझेर पनि बुझ पचाइरहेका छन् । यसको एउटै मात्र कारण भनेको राज्यका तर्फाट पाउनुपर्ने सुविधा नपाउनु नै हो । अहिलेको युवा शक्ति आफ्नो भूमिकाको खोजीमा चारैतिर भौतारिइरहेको छ । यसरी अवसरको खोजीमा भड्किएको युवालाई कुलतमा लाग्नबाट रोक्न कसैले पहल गरेन भने ऊ भ्रष्ट हुने निश्चित छ । भ्रष्टको अर्थ सरकारी कर्मचारी र मन्त्रीले खाने पैसा मात्र होइन । मानिसको सवभन्दा ठूलो भ्रष्टाचार भनेको उसो नैतिक आचरणमा आएको गिरावट नै हो । यसै भएर पहिला राज्यले आफ्नो भूमिका स्थापित गर्नुपर्‍यो ।

कुनै पनि कुराको समाधान खोज्नु अघि त्यसको पृष्ठभूमि पत्ता लगाइएन भने त्यो असफल हुन्छ । अहिले रात्री जीवनको सर्न्दर्भमा पनि त्याही लागू भैरहेको छ । त्यस्ता व्यवसायमा संलग्न र रोजगारी प्राप्त गरेका हजारौंले किन विरोध गरेर शहरमा जुलुश निकाले - किन रोजीरोटीको प्रश्न उठाए - सरकारले यस विषयमा केही योजना बनाएको छ कि छैन - यदि यसको सही उपचारको खोजी नगरी निर्ण्र्ाागर्दै जाने हो भने वेथिति घट्नुको साटो झन् बढ्दै जान्छ । हिजो बन्द कोठाभित्र भैरहेका क्रियाकलाप भोलि सडक पेटीमै नहोला भन्न सकिन्न । तर्सथ घटनाको पृष्ठभूमि, त्यसको कारण र कारकतत्व पत्ता लगाएर उपचार खोजियो भने मात्र सफलता प्राप्त हुन्छ ।

सर्न्दर्भ पुनः सामाजिक वेथिति र चेलीवेटीलाई नंग्याउनेहरुकै उठाऔं- एउटी युवती सयौं दर्शकका सामु किन नांगिन तयार भएकी छे - यो महत्वपर्ूण्ा विषय हो । किन उसलाई नंग्याउन बाध्य पारियो - यस्ता क्रियाकलाप गर्ने र गराउनेबीच के भिन्नता छ - यहाँ नांगो नाच गर्ने युवतीलाई पक्राउ गरिन्छ तर नचाउनेलाई केही हुँदैन । यौन धन्दा गर्ने युवायुवतीलाई पक्राउ गरिन्छ तर त्यस्ता 'कोठी' चलाउनेहरु उम्किरहेका हुन्छन् । विभेद र सरकारी नजर नपुगेको ठाउँ यही हो । पेशा बन्द गराउँदा के हुन्छ र यसलाई व्यवस्थित गराउँदा के हुन्छ भन्ने विश्लेषण गरेर काम थालियो भने मात्र त्यसले सकारात्मक परिणाम दिन्छ ।

मदिरा र युवती असुरक्षाका प्रमुख कारण मानिन्छन् । रामायणदेखि महाभारतसम्म र देवासुर संग्राम समेत एउटी युवतीकै कारण भएको थियो । अझ यो त कलियुग- यहाँ मदिराको नशामा झुमेकाहरुले युवतीकै लागि खुकुरी हानाहान गर्नु आर्श्चर्यको विषय होइन । हो, प्रश्न यही छ । त्यो के भने खुला मदिरा विक्री, यौन उत्तेजक पहिरनमा सजाईका युवतीहरुको सेवा, त्यसका लागि प्रेरित गर्ने व्यवसायी र त्यसलाई संरक्षण गर्ने अन्य पक्ष । यिनीहरुलाई कानुनी दायरामा ल्याउने, स्वस्थ पेशा अपनाउन प्रेरित गर्ने त्यतिले नपुगे कानुनी डण्डा चलाउने गर्न सकियो भने मात्र चाहेको जस्तो सामाजिक जीवन कायम हुन्छ र शान्ति सुरक्षामा पनि सुधार हुनेछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौमहेश्वर शर्मा (10.20.2008)
जे देखियो त्यही लेखियोतारा सुवेदी (10.20.2008)
सत्ता भित्र र बाहिरर्सवज्ञ वाग्ले (10.20.2008)
स्टालिन र माओमाथि हमलाबहुमूल्य लिम्बु (10.20.2008)
बडा दशैं ः केही शास्त्रीय चिन्तनवेदराज पन्त (09.29.2008)
राजनीतिक 'वाद'भन्दा माथि हुन्छ धर्म-संस्कृतियादब देवकोटा (09.29.2008)
विडम्वनाका संकेतहरुबहुमूल्य लिम्बु (09.29.2008)
'मुटुमाथि ढंुगा राखेर' पनि हाँस्नु पर्ने स्थितितारा सुवेदी (09.29.2008)
बाँदर जम्पर्सवज्ञ वाग्ले (09.29.2008)
दार्जिलिङको दौरासुरुवाल अभियान र नेपालयादब देवकोटा (09.23.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]