Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 04:49am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
एउटा समस्याको समाधान
र्सवज्ञ वाग्ले

Monday, 11.03.2008, 04:37pm (GMT+5.5)

लोकतान्त्रिक गणतन्त्रको पहिलो यमपञ्चक मनायौं । यमराजले बहिनी यमुनासंग टीका लगाउन जाँदा पाँच दिनसम्म तिहार मानेका थिए भन्ने कुरा हाम्रो धर्मशास्त्रमा पाइन्छ । यमराजले जुवा खेलेर रमाइलो गरेको नपाइए पनि हाम्रा पर्ुखाले तिहारमा जुवा खेलेर रमाइलो मान्ने चलन अझैसम्म पनि छँदैछ । हिन्दु धर्मशास्त्र अनुसार पनि विशेष पर्वका बेला जुवा खेल्नाले धनकी देवी लक्ष्मी खुसी हुन्छिन् भनिन्छ । तर यसको आफ्नै मर्यादा र नियम भने छ । जीत-हार र र्सवश्व हारभन्दा मनोरञ्जन र धनको सामान्य खेललाई मात्र त्यहाँ मान्यता दिइएको छ । त्यसै भएर राणाकालमा पनि तिहारको बेला जुवा फुक्थ्यो । त्यसैलाई अनुसरण गर्दै २००७ सालको प्रजातान्त्रिक सरकारले पनि तिहारमा बहत्तर घण्टासम्म जुवा खेल्न पाउने गरेको थियो ।

जुवाको आफ्नै इतिहास छ । जुवालाई मात्र मनोरञ्जको साधन मान्ने र यसलाई अपराध मान्ने दर्ुइ भिन्न प्रकृति देखा पर्दछन् । यसबीचमा समाजलाई व्यवस्थित गर्ने र शान्ति सुरक्षा कायम गर्ने भन्दै रोगको उपचारतिर नलागी रोगीलाई नै सिध्याउने खेलमा सरकार लागेको आरोप राजधानीको दोहोरी, डान्सबार तथा क्यासिनोहरुको छ । उता कतिपय जानकारहरु भने काँडा बिझेको खुट्टाबाट काँडा झिक्नुको साटो खुट्टै काट्ने प्रवृत्ति अहिले देखिएको समेत बताउँछन् । विकृति, विसंगती रोक्नर्ुपर्छ भन्ने सवालमा कसैको दर्ुइमत रहँदैन । रात्री जीवन अव्यवस्थित र मर्यादाविपरीत छ भन्नेमा पनि कसैको विरोध होइन, कुरा के मात्र हो भने त्यसलाई समय सीमामा तोक्नुभन्दा मर्यादित बन्ने र बनाउने आचारसंहिता ल्याउनु पर्छ ।

अहिले र्सवाधिक चर्चा र चासो क्यासिनोको छ । अघिल्लो हप्ता मंगलबार क्यासिनो अन्नाभित्र प्रहरी प्रवेश गरी धरपकड भएपछि सिंगो क्यासिनोको तनावग्रस्त भयो । राजधानीमा रहेका सम्पर्ूण्ा क्यासिनोका कर्मचारीहरु आन्दोलनमा उत्रिए । उनीहरुले चरणवद्ध आन्दोलनको कार्यक्रम समेत र्सार्वजनिक गरे । यसबीचमा सरकार र आन्दोलनकारीहरुबीच सहमति भएको छ । क्यासिनो अन्नाबाट सुरु भएको प्रहरी धरपकडले समग्र पर्यटन क्षेत्र समेत हतोत्साही बनायो । पर्यटकहरुले खचाखच भरिएको होटल अन्नपर्ूण्ामा धतियारधारी प्रहरी प्रवेश गरी अश्रुग्यास समेत प्रहार हुनु र तोडफोड हुनुलाई कुनै मानेमा पनि शुभसंकेत मान्न सकिन्न । मुलुकको आर्थिक क्षेत्रको एउटा महत्वपर्ूण्ा अंगको रुपमा रहेको पर्यटन व्यवसायलाई नै नकारात्मक प्रभाव पुग्ने गरी भएको प्रहरी हस्तक्षेपले मुलुकको पर्यटन उद्योगको भावी स्वरुपको कस्तो कल्पना गर्न सकिएला - यस्ता दृश्य देख्ने र भोग्ने पर्यटकहरुले नेपालका बारेमा कस्तो धारणा बनाउलान् -

सरकारको उपस्थिति कहाँ कहाँ कसरी र कस्तो रुपमा हुनर्ुपर्छ - यसको स्पष्ट खाका र योजना छैन । जनताको जीउधनको सुरक्षा गर्ने सवालमा प्रहरी प्रशासनको सक्रियता कस्तो हुनर्ुपर्छ भन्ने पनि कुनै दृष्टिकोण छैन । बाढी पीडित, डाका पीडित, राजमार्ग बन्दकर्ता पीडित, चोरी, धम्की, अपहरण, फिरौती मागबाट पीडित भएका जनतामात्र होइनन्, राष्ट्रसेवक कर्मचारीलाई समेत गृहप्रशासनले सुरक्षा प्रदान गर्न सकेको छैन । राज्यको जिम्मेवार सेवक भई काम गरेका राष्ट्रसेवकको दिनदहाडै गोली हानी हत्या हुन्छ, विद्यालयमा पढाइरहेका शिक्षकको गोली हानी हत्या भैरहेको छ । शान्ति सुरक्षाको प्रत्याभूति राजधानी र ठूला शहरहरुमा मात्र होइन गाउँघरमा पनि हुनर्ुपर्छ । गृहमन्त्रीको प्रयासलाई पर्ूण्ारुपमा नकारात्मक मान्न सकिन्न र उहाँको दृढतालाई पनि स्वागत गर्नैपर्छ । फरक के मात्र हो भने कुनै पनि रोगको उपचार गर्नुको साटो रोग लागेको अंग नै काटेर फ्याक्ने काम मात्र गर्नु भएन भन्ने आग्रह हो ।

क्यासिनो, डिस्को, डान्स र बारहरुले कस्तो सेवा पुर्‍याइरहेका छन्, त्यहाँभित्र के कस्ता गतिविधिहरु भैरहेका छन्, हुने काम पनि भएका छन् र नहुने काम पनि भएका छन् । यसमा सवै जानकार छन् । खुला समाज र विश्वव्यापीकरणको यो युगमा कसैले कसैलाई कुनै क्रियाकलापबाट रोकेर रोक्न सकिन्न । समाज जति खुला हुन्छ उन्नतिका द्वारहरु उति नै खुल्दै जान्छन् । वास्तवमा रात्री जीवन जति सक्रिय हुन्छ त्यो देश त्यति नै औद्योगिक देश हो भन्ने बुझ्न सकिन्छ । तर यसमा भएका विकृति र विसंगतीलाई रोक्नर्ैपर्छ । खुलापन र उदारताको नाममा नागरिक समाजलाई नग्नतातर्फमोड्न पाइन्न । व्यवसाय गर्नेले पनि आफ्नो मर्यादा र सीमा बुझ्नु पर्छ । सेवामूलक व्यवसाय गर्नेहरुले त अझ सामाजिक सुरक्षा र मर्यादाको ख्याल राख्नर्ैपर्छ ।

अहिलेको विवाद सरकार र क्यासिनोको मात्र नभएर मजदुर र सरकारबीचको जस्तो देखियो । मजदुरको हित गर्ने सवालमा कुनै गृहकार्य नभएको आरोप सम्बन्धित क्षेत्रमा कार्यरत मजदुरहरु लगाउँछन् । मजदुरको हितका लागि भनेर १९४५ मा इटलीको लेवर पार्टर्ीी संसारमै पहिलोपटक पाँच दिन काम गरेर १ हप्ताको ज्याला दिने निर्ण्र्ाागरेको थियो । यसलाई संसारले नै राम्रो मान्यो । मजदुरलाई ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम दिने त्यही समयदेखि सुरु भएको हो र अहिले यसलाई विश्वव्यापी बनाइएको छ । तर नेपालमा यो कुरा लागू हुन सकेको छैन । र्सवहारावर्गको पार्टर्ीीनेर दावी गर्नेहरुको सरकार गठन भएकै बेलामा मजदुरहरु नै आफ्नो हक अधिकारका लागि सडकमा ओर्लनु पर्‍यो ।र्

पर्यटकको भीडभाड भएको मौसममा पाँच तारे होटलहरुमा खुलेका क्यासिनोका कामदारहरु सडकमा उत्रिनु पक्कै राम्रो होइन । अर्कोतिर क्यासिनो खोल्न दिने, खेल्न नदिने भन्ने तर्कलाई पनि जायज मान्न सकिन्न । क्यासिनोहरु विदेशीका लागि खुलेका हुन् र त्यहाँ नेपालीको प्रवेष निषेध गरिएको छ । नेपालीहरुलाई कानुनले नै क्यासिनो प्रवेशमा रोक लगाएपछि चोर बाटोबाट नेपालीको प्रवेशलाई निर्वाध गराइनु गैरकानुनी काम हो । तर यसलाई रोक्ने तरिका भने उपयुक्त भएन भन्ने क्यासिनो मजदुरहरुको धारणा छ । उनीहरुका अनुसार क्यासिनो संचालन गर्ने विगतको ऐन-नियम अब पुरानो भैसक्यो । मुलुकको समग्र संरचना परिवर्तन गर्ने अवस्थामा पुगेको बेला क्यासिनो तथा होटेलहरुमा पुरानै नियम लगाउनु उपयुक्त होइन । र्

पर्यटन व्यवसायका लागि अलौकिक स्थलको रुपमा रहेको नेपालमा पर्यटन व्यवसायसंग सम्बन्धित क्षेत्रहरुमा सरकारले देखाएको रवैयाले नेपालको अर्थतन्त्र नै चौपट हुने अवस्था पनि सिर्जना हुनसक्छ । राजनीतिक लाभ-हानी र स्वार्थमा रङ्गमगिएर चालिने कुनै पनि कदम आफ्नै लागि प्रत्युत्पादक हुन्छ । त्यसैले उत्पन्न समस्याहरुको उचित समाधानको अचुक उपाय भनेको स्पष्ट नीति नियम र त्यसको परिपालनामा गरिने अनुगमन मात्र हो ।

एउटा विवाद अन्त्यको नजिक पुगेको छ । सरकार र आन्दोलनकारीहरुबीच एउटा सहमति बनेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश दिने कि नदिने भन्ने विषय आफ्नै ठाउँमा भए पनि अहिलेको विवादलाई साम्य पार्न पर्यटन मन्त्री हिसिया यमी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, उपत्यका प्रहरी प्रमुख रमेश श्रेष्ठ, क्यासिनोका प्रबन्ध निर्देशक राकेश वादवा, क्यासिनो र्‍याडका डाइरेक्टर किशोर सिलवाल, तथा मजदुर प्रतिनिधिहरुको संलग्नतामा १५ दिनभित्र ९ सदस्यीय समिति बनाउने पर्यटन मन्त्रालयको संयोजकत्वमा अर्थ, गृह, उद्योग तथा श्रम मन्त्रालय, होटेल एसोसिएशन नेपाल, होटका मालिक, व्यवस्थापकमध्येबाट एक र मजदुर प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिलाई समावेश गरी समिति बनाउने र त्यसकै प्रतिवेदनका आधारमा नीति नियम बनाउने सहमति भएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
चर्चाका दर्ुइ पृथक विषयतारानाथ सुवेदी (11.03.2008)
राजधानीको रात्री जीवन र शान्ति सुरक्षाको सवालयादब देवकोटा (10.20.2008)
हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौमहेश्वर शर्मा (10.20.2008)
जे देखियो त्यही लेखियोतारा सुवेदी (10.20.2008)
सत्ता भित्र र बाहिरर्सवज्ञ वाग्ले (10.20.2008)
स्टालिन र माओमाथि हमलाबहुमूल्य लिम्बु (10.20.2008)
बडा दशैं ः केही शास्त्रीय चिन्तनवेदराज पन्त (09.29.2008)
राजनीतिक 'वाद'भन्दा माथि हुन्छ धर्म-संस्कृतियादब देवकोटा (09.29.2008)
विडम्वनाका संकेतहरुबहुमूल्य लिम्बु (09.29.2008)
'मुटुमाथि ढंुगा राखेर' पनि हाँस्नु पर्ने स्थितितारा सुवेदी (09.29.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]