Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 09:12am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
मन्त्रीज्यूको भाषण
र्सवज्ञ वाग्ले

Monday, 11.10.2008, 04:41pm (GMT+5.5)

बल्ल बल्ल गर्नु नगर्नु गरेर मन्त्री भएको त भूतले खाजा खाने बेलामा पो परिएछ ! आजसम्म आफ्ना दौतरी भनेका तास खोल्ने, रक्सी खाने र सुन्दरीको चाहनामा ठूलाबडाको वाहन हाँक्ने बानीले मन्त्रीको पदमा आशिन गरायो । यो राजनीति भनेको पनि एउटा जूवा नै रहेछ । कोही राजनीतिबाट जोगी भए होलान्, कोही विना लगानी सरकारमा मोदानी नै भए । जस्तै म पनि त्यही ड्याङको मुला परें ।

नानीदेखिको बानी शुक्रबारको जूवा घराँ म पनि साथीभाइको लहैलहैमा मन्त्रालयबाट सिधै रुप फेरेर सुरा-सुन्दरी र जुवाको लताँ दारुले मुटु नै भत्भती पोल्ने गरी खाएर, खेलेर रमाइलाँ जेलिएको मात्रै के थिएँ- आफ्नै सरकारको विपक्षी अर्को मन्त्रीले पुलीस पठाएर जूवा घरलाई रणक्षेत्र पो बनाए बाबा ! त्यसैले धर्मकुमारले विदुरलाई महाभारतमा यसरी भनेका होलान-

"गर्र्छौ जुन धनको अनेक थरिका, सर्त्कर्म हामी त्यहाँ ।र्

गर्दछौं धन खोस्न सोही छलका, वाटै वृथामा यहाँ ।।

मान्दैनन् कहिले पनि असल क्वै, यो द्युत क्रिडा कन ।

हे मामा ! तिमी नित्य तत्पर रहु, यो वृत्ति त्यागी दिन ।।"

तर मैले युधिष्ठिरले भनेझैं आफ्ना बानीहरु त्याग्न सकिँन किनभने म मन्त्री भएकै यही जूवाको, रक्सी र आइमाइको संगतले आफूभन्दा माथिकालाई आशर्ीवाद पाउने आशामा भेटी र ठेकीको चाकरीले नै त हो नि !

तर, मजदुरले पो ताली पिटे ! म पनि जतापायो त्यतै दारुको तालमा पो भाषण गर्दै रहेछु भन्या । हुन त मन्त्री पदको इज्जत भनेको भाषण बाढ्नु हो । फेरि "यो अस्रु ग्यासको पीरो" विदेशी पाहुना आउने ठाउँमा पनि यसरी गोली, लाठी र अस्रु ग्यास हान्ने हो त - 'ल साथी हो ढुङ्गा हानौं'- भनेको मात्र के थिएँ सवै मेरा पार्टर्ीी जस्तो पो लाग्यो गाँठे । सवैले रड, लाठी हान्न थाले । म अगाडि लागेको त पुलिस पनि सलोट गर्दैन भन्या । यो मेरो मन्त्रीपदको इज्जत हो कि बेइज्जत ! सवैले भने बेइज्जती ! सिधै त्यहाँबाट झण्डावाल गाडी चढेर घरमा गएँ । र पत्रकार सम्मेलन बोलाएर कानुनको भाषण जनताले जानुन भनेर हर्ेर्दै भन्दै गरे । म पनि कम बाठो छु र !

जूवाको ऐन २०२० हेरेर अब कण्ठै पार्न पर्‍यो भनेको बिर्सर्ेेे बिर्स्र्यै । फेरि घोक्न थालें । जूवा खेल्न वा निषेध गर्न बनेको ऐन यस्तो रहेछ ः-

नेपालका नागरिकहरुको आर्थिक हित एवं सदाचारको निमित्त जुवा खोल्न वा खेलाउनमा प्रतिबन्ध लगाउन आवश्यक एवं वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

-एक जग पानी घ्वाटघ्वाटी पिएँ) ।

१. संक्षिप्त नाम ः ऐनको नाम "जूवा ऐन २०२०" र यो ऐन २०२० साल भाद्र १ गतेदेखि प्रारम्भ हुने तथा ऐन नेपाल अधिराज्यभर लागू हुनेछ भनिएको रहेछ ।

२. ऐनको परिभाषा ः यस ऐनमा 'जूवा' भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्छ । तर सो शब्दले श्री ५ को सरकारको अनुमति लिई आयोजना गरिएको कुनै र्सार्वजनिक चिÝालाई र मनोरञ्जनको लागि कुनै र्सार्वजनिक मेला वा पर््रदर्शनीमा खेलिएको खेललाई जनाउँदैन ।

३. जूवा खेल्न वा खेलाउन प्रतिबन्ध ः कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जूवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जूवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन्, जूवा खेलेको ठाउँमा बस्न हुँदैन ।

कुनै व्यक्तिले उपदफा -१) बमोजिम कसुर हुने काम कुरा भएको वा हुन लागेको देखि जानी सो गराउन वा त्यस्तो कसुर गर्नको निमित्त अरु कसैलाई कुनै प्रकारको मद्दत वा दुरुत्साहन दिन हुँदैन ।

४. दफा ४ मा मनाही गरेको काम गर्ने वा गराउनेलाई सजाय ः कुनै व्यक्तिले दफा ३ मा मनाही गरिएको कुनै काम गरे वा गथराएमा निजलाई त्यस्तो प्रत्येक कसुरवापत देहाय बमोजिम सजाय हुनेछ ः

-लामो समस तानेर फेरि पानी खाए ।)

-क) जूवा खेलेमा पहिला पटकलाई २००।- सम्म जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि तीन महिनासम्म कैद र तेस्रो पटकदेखिको १ वर्षकैद ।

तर पहिलो पटक भएको जरिवानाको सजाय तिर्न नसकी सो वापत ऐन बमोजिम कैद म्याद ठेक्दा दर्ुइ महिनाभन्दा बढी कैद हुने भयो भने पनि दर्ुइ महिनाभन्दा बढी ठेकिने छैन ।

-ख) आफ्नो हकको वा आफ्नो भोगचलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जूवाको खाल थाप्ने वा अरु कुनै प्रकारको जुवा खेल्ने काममा लगाएमा वा लगाउन दिएमा पहिलो पटकलाई ३००।- जरिवाना, दोस्रो पटक देखिकोलाई तीन महिनादेखि नौ महिनासम्म कैद,

-ग) जूवा खेल्न लागेको ठाउँमा जूवा खेल्नको निमित्त सरसापट दिएमा साहूको थैली भूस गर्राई सो दिएको थैलीको डेढी बर्ढाई जरिवाना गरिने ।

-घ) अरु काम गरे गराएमा रु. ५०।- सम्म जरिवाना ।

५. जूवा खेल्न गरिएका सवै सामान जफत गर्ने ः दफा ४ बमोजिम सजाय हुने कसुर गर्ने उपयोग गर्ने मनसायले लगिएको वा राखिएका सवै नगदी, जिन्सी जफत गरिने छ ।

जूवा ऐनका बारेमा बोल्दा बोल्दा घाँटी नै सुकिसक्यो । अघिको अस्रु ग्यास र रक्सीको तोडले मुख प्याक प्याक भयो । मन्त्रीज्यू घ्यार घ्यार गर्दै अरु बोल्न के आट्नुभएको थियो-त्यही घप्लक्कै घोप्टे पर्नुभयो । उहाँका पिएले पानी छम्केर ब्यूताएपछि पत्रकारहरुलाई जूवा ऐनका बाँकी प्रावधान आफैं पढ्नु भनेर वितरण गरिदिनुभयो ।

पत्रकारहरुले २०२० सालको जूवा ऐन पढेपछि अहिलेको सर्न्दर्भमा यो कुरा लागू हुने र नहुने विषयमा आपसमै झगडा गर्न थाले । उता मन्त्री भने स्याँस्याँ गर्दै रमिता हेरिरहनुभएको थियो ।

एकएक मन्त्रीमा नयाँ जोश आयो । उहाँ चिच्याउन थाल्नुभयो- "नयाँ नेपालमा नयाँ ऐन आउन लागेको बेलामा महेन्द्रको पालाको र उनैले जारी गरेको ऐनको भरमा पुलिसले डण्डा बर्सर्ाा पाउँदैन । पुलिसले प्रतिगमन गरिरहेको छ ।" मात्र के भनेका थिए- पट्ट्ट्ट ताली बज्यो । यसपछि मन्त्रीमा एकाएक नयाँ ऊर्जा भरिएर आयो । उनलाई आफ्नो अभीष्ट पूरा भएको अनुभूति भयो । अबका दिनमा उनको जूवा नरोकिने भयो । साथ दिने थुप्रै छँदैछन् । मन्त्रीका अघिपछि लाग्ने पत्रकारहरु पनि थुप्रै हुने भए । उनीहरु २० साले ऐनको थोत्रो कागज बोकेर दगर्ुर्ने भए ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
विचार र सिद्धान्त पुच्छर वा सिङ होइनयादब देवकोटा (11.03.2008)
जनतालाई तन्त्रविशेष हैन, शान्ति सुरक्षा चाहिएको छमहेश्वर शर्मा (11.03.2008)
एउटा समस्याको समाधानर्सवज्ञ वाग्ले (11.03.2008)
चर्चाका दर्ुइ पृथक विषयतारानाथ सुवेदी (11.03.2008)
राजधानीको रात्री जीवन र शान्ति सुरक्षाको सवालयादब देवकोटा (10.20.2008)
हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौमहेश्वर शर्मा (10.20.2008)
जे देखियो त्यही लेखियोतारा सुवेदी (10.20.2008)
सत्ता भित्र र बाहिरर्सवज्ञ वाग्ले (10.20.2008)
स्टालिन र माओमाथि हमलाबहुमूल्य लिम्बु (10.20.2008)
बडा दशैं ः केही शास्त्रीय चिन्तनवेदराज पन्त (09.29.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]