Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 07:16am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
महामहिम राजदूत श्री राकेश सूदसमक्ष अर्जी-पत्र
तारा सुवेदी

Monday, 11.10.2008, 04:43pm (GMT+5.5)

नेपाल विश्वका दर्ुइ महान् राष्ट्रको अन्तरावर्त्तर्ीीाज्य ९द्यगााभच कतबतभ० हो । यौटा जनसंख्या र विकासको बाटोमा त्रि्रतम गतिमा अघिबढेको, अर्को सबैभन्दा बढी जनसंख्यासहितको संसदीय प्रजातान्त्रिक गणतान्त्रिक राष्ट्रका बीचमा अवस्थित विश्वकै निर्धनतममध्येको नेपाल सानो राष्ट्र भन्ने जगजाहेर छ । तर दुवै छिमेकीसँगको नेपालको घनिष्टता झण्डै हजारौं वर्षेखि अटूट र अपरिवर्तित छ । यद्यपि वैशिष्ट्यता वा गौरवपर्ूण्ा स्थानमानको मानदण्डबाट हर्ेदा प्राकृतिक रूपमा र भौगोलिक संरचनाको दृष्टिबाट सर्वोच्च सगरमाथा र असीमित प्राकृतिक एवं जल सम्पदाहरूले नेपालले पनि निकै गौरवान्वितिको अनुभूति गर्न सक्ने ठाउँ नभएको होइन ।

छिमेकीहरूसँगको घष्टिताको ऐतिहासिक पाटो र बाटोतिर फर्केर हर्ेने हो भने हजारौं वर्षो अवधि, विना उतार-चढाव पूरा भएको छ भन्नेमा विवाद गर्ने ठाउँ छैन । त्यस तथ्यलाई दुवै छिमेकी मुलुकका शर्ीष्ास्थ व्यक्ति -राष्ट्र प्रमुखहरू), सरकार प्रमुख वा परराष्ट्र मन्त्रीहरूका भ्रमणकालका अभिव्यक्तिहरूबाट पुष्टि, पुनः पुष्टि, सतत सम्पुष्टि गरिदैँ आइएको छ ।

नेपाल चीन सम्बन्ध

उत्तरी छिमेकीसँग नेपालका परम प्रतापी भूपति अंशुवर्माले 'सङ्चन गम्पो'लाई आप\mनी छोरी दिई, अन्र्त्तजातीय विवाहका माध्यमबाट कौटुम्बिक स्थापना गरेका थिए । त्यो सम्बन्धको परम्परालाई दर्ुलङ्ध्य विशाल हिमशैलहरूले न कहिल्यै छेक्न न कहिल्यै चिस्याउन सकेको थियो । त्यसरी अंशुवर्माले स्थापित गरेको अतिघनिष्ट सम्बन्धलाई नेपालका सुप्रसिद्ध बौध्दभिक्षु "शीलमञ्जु"ले अगाडिबढाए । राजा नरेन्द्र देवको पालामा 'वाङ्'हुएन ची' नामका राजदूतको नेपाल आगमनपछि कूटनैतिक स्तरमा समेत विस्तार र विकास गर्ने उपक्रम प्रारम्भ भएको थियो ।

उत्तरी छिमेकी राष्ट्रमा महान् राजनेता अध्यक्ष माओत्सेतुङबाट चिनिया किसानको मुख्य सहयोगमा विश्व इतिहासमा नै अपर्ूव मानिएको क्रान्ति भयो । पुराना रैथाने भू-सामन्तहरू र जापानी उपनिवेशीहरूको चंगुलबाट मुक्त साम्यवादी राष्ट्रनिर्माण गर्न अध्यक्ष माओत्से तुङ्ले जुन सर्वोपरि सकृय नेतृत्व गर्नु भयो, त्यसको परिणाम स्वरूप आज चीनले "आफू एक दशकभित्रै विश्वको परम शक्तिशाली र विकसित राष्ट्र बन्ने" सशक्त सम्भावनाको बलियो पुष्टि गरिरहेको छ । तर पनि उदेकलाग्दो उदारता र महानताको परिचय उसले जसरी नेपालसँगको व्यवहारबाट प्रस्तुत गर्‍यो, त्यो नै मित्रताको अतुलनीय उदाहरण हो भन्नेमा शंका गर्ने ठाउँ छैन ।

सन् १९५० को दशकमा चीनले आप\mनो संरक्षणमा रहेको तिब्बत स्वायत्त प्रदेशलाई तिब्बेतीयनहरूको स्वायत्ताको अधिकारलाई प्रत्याभूत र प्रति सुरक्षित गर्दै, त्यहाँको शासन व्यवस्था आप\mनो हातमा लियो । सन् १९६० को दशकको पर्ूवार्ध्दमा तिनै आप\mना कठपुतली र हित साधक दलाई लामाको शासन सत्ता पुनस्थापित गर्ने अन्तर्निहित उद्देश्यले भारतले नेपालका पर्ूव र पश्चिमका चीनसँग सीमा जोडिएका नेफा ९ल्भ्ँब्० र "लद्दाख"का सीमामा खिचलो झिक्यो । केही समय दर्ुइ देशका विच घोषित युद्ध समेत भयो ।

तर त्यसरी विश्व कम्युनिष्ट आन्दोलनको अग्रणी नेतृत्व गर्दै, पूँजीवादी विश्वकोे अगुवा र परम शक्तिशाली अमेरिकालाई ठाडो चुनौती दिंदै अघिबढेको विशाल चीनले उसलाई अप्ठ्यारोमा पार्ने खेल खेल्दै आएको भारतसँग जति नराम्रो सम्बन्ध हुँदा पनि "नेपाल जस्तो निर्वल, निर्धन राष्ट्रको र्सार्वभौमिक स्वतन्त्रता, अखण्डता, अक्षुण्णता र गौरवपर्ूण्ा अस्तित्वमा आँच नआओस्" भन्नेमा पर्ूण्ात सजग रह्यो । र विश्व मञ्चमा "नेपाल पर्ूण्ा र्सार्वभौम राष्ट्रका रूपमा अघिबढि रहोस्" भन्ने सोचाई र व्यवहार देखायो ।

त्यति मात्रै होइन । माओको राजनीतिक दर्शन, नीति र सिद्धान्तका दृष्टिकोणमा "सामन्त्ती शासन व्यवस्था" ठहरिने राजतन्त्रात्मक शासन पद्धत्रि्रति पनि उसले पर्ूण्ा सम्मान जाहेर गर्‍यो । र त्यस मार्फ उसले नेपाल र नेपालीहरू प्रति घनिष्ट- मित्रता र उच्च सम्मान रहेको पुनपुष्टि गर्‍यो । जसको कारण नेपाल र नेपालीहरूले धर्म, सम्प्रदाय, सामाजिक व्यवस्था, संस्कृति र सभ्यताका बीच धेरै भिन्नता भएको चीन र चिनियाहरूप्रति उच्च सम्मान प्रकट गदै आए । चिनियाहरूले पनि "नेपालमाथि कुनै अनिष्ट -धम्की वा आक्रमण) भए चिनिया घनिष्ट मित्रहरूबाट नेपालीहरूको राष्ट्रिय अस्तित्वको लडाइमा सधैं हरेक प्रकारको र्समर्थन र सहयोग रहने" पर्ूण्ा आशा र विश्वास दिए । सम्भवतः यस्तो घनिष्टताको आधार "पञ्चशीलमा आधारित दौत्य सम्बन्ध" प्रति दुवै देशले पर्ूण्ा इमान्दारिता र प्रतिबद्धताको व्यवहारजन्य साक्ष्य प्रस्तुत गरेको कारण नै हो भन्नेमा शंका गर्ने ठाउँ छैन ।

नेपाल भारत सम्बन्धः

नेपाल र भारत दुवै राष्ट्रका बीच राजनीतिक, भौगोलिक, सामाजिक, धार्मिक समानताले मात्रै नभई जनता समेतले यतिवढी घनिष्टता, निकटताको सम्बन्ध स्थापित गरिदिएका छन् कि कुनै पनि आधारमा पार्थक्यता प्रस्तुत गर्न कठिन हुने स्थिति छ । नेपाल र भारतका सीमावर्ती समाजमा "रोटी -वेटी"का सहज सम्बन्धले राष्ट्रिय सीमा रेखाको समेत निर्रथकता सावित गरेको देखिन्छ ।

सन् १९७७ का भारतीय परराष्ट्रमन्त्री श्री अटलविहारी वाजपायीले नेपालको औपचारिक भ्रमणमा आउँदा दिएको वक्तव्यमा नेपाल भारत बीचको घनिष्ट सम्बन्धको राम्रो चित्र प्रस्तुत भएको थियो । वहाँले "भारतबाट आएको मनसुनले नेपालमा वषर्ा गराउने र नेपालका हिमाली नदीका जलमलले भारतीय भूमिलाई सिञ्चित र उर्वरा गराउने गर्दै आएको, दुवै राष्ट्रलाई शासकीय भन्दा तिरूपति र पशुपतिका कृपापर्ूण्ा संरक्षणप्राप्त भएको" आदि जस्ता कुरालाई दृष्टान्तको रूपमा राख्दै, आप\mना प्राज्ञिक, कूटनैतिक राजनैतिक र साहित्यिक उच्च स्तरीय शिल्प र शैलीमा अभेद्य- मैत्री- भाव प्रस्तुत गर्नु भएको थियो । त्यस्तो सजीव वा जीवन्त भारतीय अभिव्यक्तिबाट नेपाल भारत वीच अब घनिष्टम मित्रता कायम हुने र 'पञ्चशील' का माध्यमबाट अनन्तसम्म निरन्तरता दिने भारतको सोचाइ भएको नेपालको ठमाई रह्यो । र नेपालले स्वतन्त्र भारतसँग पनि त्यसै "पंचशील" को नीति अनुसारको व्यवहारको प्रयास गर्‍यो ।

तर छिमेकी विशाल भारतले "देशको आकार अनुरूपको छाती" देखाएन । गंगोत्री र वाग्द्वार निस्सृत मैत्रीधारा नित्यनिरन्तर बढ्दै जाने विश्वास नेपालीले गर्‍यो । तर कुनै स्तरमा पनि त्यस्तो मित्रता र उदारताको निष्कपट व्यवहार देख्न पाएनौं ।

अलिकति अतीत तिर फर्केर, इतिहासको कुरा गरौं । यौटा मित्रको दक्षिणी विशालकाय देशमा सात समुद्रपारीका साम्राज्यवादीले आप\mनो औपनिवेशिक शासन सत्ता जमाएकोमा, स्वतन्त्र मुलुक नेपालका स्वाभिमानी नेपालीले छिमेकी मित्रहरूको स्वाधीनताका लागि मरिमेटेर मद्दत गर्न तयार भए । दर्जनौं नेपाली युवाहरू भारतीय स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धी र भारतका महान् नेताहरूका अनुयायी र सहयोद्धा भए, अंग्रेजी उपनिवेशिविरूद्ध संर्घष्ामा उत्रे ।

नेपालमा एकसय बर्षभन्दा बढी अगाडि देखि वर्वर र स्वेच्छाचारी शैलीमा शासन गर्दै आएका राणा अधिवंशवादीहरूका पञ्जाबाट नेपालको राज्य शासन सत्ता खोसी, नेपाली जनताका हातमा लिने उद्देश्यले सन् १९४० को दशकमा नेपालीहरूले शुरू गरेको प्रजातान्त्रिक जनआन्दोलनमा पनि भारतीय राजनेताहरूको नैतिक र राजनैतिक एवं शासकीय दबाबमूलक सहयोग र्समर्थन नभएको होइन ।

त्यसरी एक देशका स्वतन्त्रता वा प्रजातान्त्रिक आन्दोलनमा एक अर्कालाई दिलोज्यान दिएर मद्दत दिई "आपत-बिपतमा नै मित्रताको घनिष्टताको संपरीक्षण हुन्छ" भन्ने उक्तिलाई र्सार्थक पारेर लागेका नेपाल र भारतबीचको जनस्तरको त्यो परम मित्रतापर्ूण्ा घनिष्टताको पवित्रतम् धारालाई पनि उत्तरी छिमेकी चीनसँगको जस्तो उदार, निस्कपट, देशको आकार अनुसारको विशाल छाती युक्त रूपमा व्यवहारमा उतारिने आशा एवं विश्वास निश्छल नेपालीले लिएका थिए ।

तर दुःखका साथ भन्न कर लाग्छ, नेपालले "विशाल काय मित्रराष्ट्र भारतबाट हेपिने, पेलिने, ठगिने मात्रै नभई आफूले मुगल र अंग्रेजी शासन काल खण्डमा व्यहोरेको दासतापर्ूण्ा व्यवहार नेपाल र नेपाली माथि थोपर्ने घटिया काम भयो गरियो" भन्ने अनुभव जनित निष्कर्षनिकाल्नु पर्‍यो । सायद ठूलो छिमेकी देशको त्यही हेपाहा, पेलाहा र नाङ्गो हस्तक्षेपकारी व्यवहारका कारणले होला - नेपालका र्सार्वभौम स्वतन्त्राका हिमायतीहरूमा भारतलाई "काला अंग्रेज" र "विस्तारवादी, नव उपनिवेशवादी"का रूपमा हर्ेर्ने संस्कृति र प्रकृति बलबती हुँदै गयो ।

तर यस बेला यहाँ, सीमामा हुने अतिक्रमण, कोशी गण्डकी हुँदै महाकाली सम्मका नेपाली जल सम्पदाबाट नेपाली नराम्ररी ठगिएको, टीस्टादेखि नालापानीसम्मको नेपाललाई पेल्दै र ठेल्दै पशुपतिनगर देखि कालापानी सम्म खुम्च्याएर, यौटा ठूलो राष्ट्रले सानो र निर्वल राष्ट्रको राष्ट्रिय अस्तित्व अस्मितामाथि कति घटिया व्यवहार गर्न सक्दो रहेछ - भन्ने निकृष्ट दृष्टान्तको प्रसङ्ग कोट्याउन वा तेर्स्याउन खोजिएको होइन, छैन । त्यो सबै तपाईको कार्यकालपर्ूवकका पर्ूववर्तीहरूको कार्यकालका विषय हुन् ।

भलै, तपाईले आज पर्ूण्ाशक्तियुक्त राजदूत ९एभिलष्उयतभलष्यिलचथ भ्लखयथरAmदबककबमयच० को रूपमा प्रतिनिधित्व गरिहरनु भएको राष्ट्र, उही नेपालीहरूले जीवन कर्ुवानी दिएर स्वतन्त्रता दिलाउन योगदान गरेको सावीक कै भारत हो । तथापि ती अतीतका दुःखद क्षणतिर तपाईलाई फर्काएर देखाउन अनुचित नहुने भएपनि, त्यता नजाउँ ।

त्यस्तै, तपाईले आफ्नो ओहदाको प्रमाणपत्र ९ीभततभच या ऋचभमभलअभ० पेश गर्नु पर्ूव नै तत्कालिन प्रधानमन्त्री "श्री गिरिजाबाबु"लाई "नेपालको परिवर्तित सर्न्दर्भमा संविधान सभाको निर्वाचन गराउने नगराउने -, त्यसबाट ने.का. र भारतलाई हित हुन्छ, हुन्न -, नेपालका राष्ट्र, राष्ट्रियताका पक्षधरहरू, कम्युनिष्टहरूलाई यदुवंशी झैं एक आपसमा लडाए-भिडाएर संविधान सभाको निर्वाचनमा मटियामेट गर्न सकिन्छ, सकिन्न -, नेपालको अर्ढाई सय वर्षपुरानो राजतन्त्रको अन्त्य गरी गणतान्त्रिक राष्ट्र बनाएर नेपालको इतिहासमा श्री गिरिजा प्रसाद कोइरालालाई "गणतन्त्रात्मक नेपालको प्रथम राष्ट्रपति" को रूपमा स्थापित गर्ने भारतीय रणनीतिका खेल सफल गर्न सकिन्छ सकिन्न - -स्मरणीय छ, तपाईको पर्ूववर्ती अरबिन्द रामचन्द्र देवले गणेशमानलाई पनि यस्तै विश्वास दिलाएर २०४६ को आन्दोलनको नेतृत्व लिन तयार भएको मंगलादेवीबाट र्सार्वजनिक भएको थियो । त्यो सबै हतारको खेलमा आफू र आप\mनो राष्ट्रलाई पूरै फेल बनाउनु भएको तपाईको मुटुको घाउमा नून चूक लगाउन खोजिएको पनि होइन ।

यौटा दुःखद प्रसङ्ग आप\mनै ः

तपाईको कार्याकालमा पछिल्लो पटक भएको नेपाली चेलीवेटीको अस्मिताको अपहरण र त्यसभन्दा करिब २ महिना पहिले आफू र श्रीमती -प्रा.डा. कमला सुवेदी)ले झण्डै त्यही दर्ुर्नियति भोग्नु परेको घटनाको उल्लेख गरौं । यद्यपि आफूले सुनौली नाकापार गरे लगत्तैदेखि भारतीय यातायात व्यवसायीहरूले नेपालीहरूमाथि गर्ने गरेको व्यवहार कुनै सीनो माथि गिध्दहरूको झम्र्टाई र लुछा चुँडी भन्दा फरक देखि आएको होइन ।

तर पछिल्लो पटक -१८ अगस्त २००८ मा) बनारसबाट फर्केर गोरखपुर रेल्वे प्लेट र्फमबाट बाहिर सुनौली जाने बसका लागि सरकारी बसपार्कतिर रिक्सामा जाँदा प्राइभेट क्षेत्रका बसका दलाल र स्टाफले - हामी दर्ुइ जनालाई बलात् बसभित्र लगेर जसरी जङ्गली दर्ुर्व्यवहार गरे, र आखिरमा आफूसँग भएको "पत्रकार परिचय पत्र" देखाएर तिनीहरूसँग हात जोड्दै "यदि अझै छोडेनौ भने तिमीहरूलाई पनि निकै महंगो पर्नेछ, काठमाडौंमा गएर त्रि्रो राजदूतलाई यो सबै कुरा सुनाइदिनेछु" भने पछि उनीहरूले घडी सिक्री, ५ किलो मिर्ठाई, ३/४ वटा वनारसी साडी र केही पुस्तक भएको झोला खोसेर लिए, र हामीलाई अर्को रिक्सामा जसरी रेल्वे स्टेशन फर्काए । हामीले पर्ुनर्जन्म पाएको वा महासंकटबाट मुक्त भएको अनुभव गरेका थियौं । तथापि महामहिम र तपाईको मुलुकका लागि सधैँ "अतिसामान्य" ठहरिने घटनाका बारेमा लेख्नुको अर्थ र प्रयोजनीयता देखिएन, त्यसैले लेखिएन ।

भैरहवा आएपछि "तिमीहरू ठूलो कालबाट बच्यौ, ती बस र ट्याक्सी वालाहरूले अपराधी ग्याङ्गसँग मिलेर विचबाटोबाट जंगल वा सुनसान तिर लगेर सबै लुटेर नाङ्ग्झार पारेर छोड्थे । बढि प्रतिवाद गरे मारिदिन्थे" भनेका थिए । तथापी आप\mनो घट्नाबारे थप चर्चा नगरौं । सामान लुटे पनि अरू सबै सुरक्षित भएकोमार् इश्वर प्रति आभार मान्नर्ुपर्छ ।

मूल प्रसङ्ग चेली वेटीको अस्मिताहरणकोः

गएको कार्त्तिक १६ गतेको "कान्तिपुर"को तेस्रो पेजको छेउमा 'उत्तर प्रदेशका प्रहरीद्वारा नेपाली महिलामाथि अमानवीय व्यवाहार' शर्ीष्ाक दिएर यौटा समाचार छापियो ।

महामहिम महोदय,

नारी अस्तित्व अस्मिताको मूल्य तपाई जस्ता ठूला राष्ट्रका अभिजात्य वर्ग र ठूला पदमा आसीन व्यक्तिका पत्नी वा बेटी बुहारीको, र भोक, रोग र बेराजगारीले भौतारीदै विपन्नता र दर्रि्रताको जिउँदो प्रतीक बनेर, तपाइको मुलूक हुँदै बाहिर जाने नेपाली चेली वेटीकेा फरक हुन्छ कि हुँदैन - तपाईले संवेदनशील र मानवीय मनोदशालाई आत्मसात् गर्दै सोचि दिनुहोस् । तपाई कै चेली बुहारीहरूले कुनै विरान ठाउँमा यिनै अभागी नेपाली महिलाहरूको जस्तो दानवीय पाशविक दर्ुर्नियति भोग्नु परेको भए -भगवान्ले त्यस्तो नगरून् । सदा शुभकामना) तपाई के कस्तो मनोदशामा हुनुहुन्थ्यो - अथवा भारतीय 'चेली बुहारी' सीमा पारी चीन वा पाकिस्तानका प्रहरीबाट अथवा चीन वा पाकिस्तानका महिलाहरू माथि तपाईको देशका सुरक्षा कर्मीबाट यस्तै पाशविक कुकृत्य भएको हुन्थ्यो भने कस्तो परिपस्थिति वा दर्ुर्नियतिको परिणाम भोग्नु पथ्र्यो होला -

महामहिम ज्यू,

तपाईले आप\mनो देशका ती महान् मनिषीहरूको सूक्ति वा नीति सम्झनु होस् । उनीहरूले भनेका थिए - "आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्" -तपाईमाथी अर्कोले जस्तो व्यवहार गर्नुहुँदैन, नगरोस् भन्ने तपाई ठान्नु हुन्छ, त्यस्तो व्यवहार तपाइका तर्फाट पनि हुनुहुँदैन) । तपाई त्यसमा सचेत हुनुहोस् । तपाई सिङ्गो विशाल भारतको पूर्ण्ााधिकारी प्रतिनिधि हो । भलै ती महिलामाथि तपाईको राष्ट्रका सुरक्षा कर्मीका बर्दीधारीले सिङ्गो नारी वर्ग, जातिका प्रतिनिधि पात्रमाथि गरेको त्यो सीमान्त घृणित दुष्कर्मलाई नेपालमा तपाईका दूतावासका रछान चहारेर बाचेका विभिन्न पेशा कर्मीका आवरण धारीहरूले मानौं सामान्य घट्ना ठाने । त्यसैले नेपालका पत्रकार, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाज "आधा आकाश ढाक्ने" भनेर राज्यसँग आधा हिस्सा खोज्ने जारीवादी महिलाहरूसमेत कसैले 'चूँ' बोलेनन् । तर त्यसले भोली राष्ट्रिय रूपमा नै सम्पर्ूण्ा भारतीय सज्जन भद्र महिला प्रति नेपालीका मन मथिङ्गलमा क्षोभ, घृणा र वैर भाव पैदा गरिदिन सक्ला सकोइन - भन्न सकिन्न ।

माथि शुरूका प्रसङ्गमा उल्लेख गरेकै कुरा पुन ः स्मरण गराउँ । शदियौं देखि नेपालीहरू उत्तरी छिमेकी र त्यहाँका जाति समुदायका सदस्य प्रति त्यत्रो मित्रता र सम्मान प्रकट गर्ने, तर केही दशक देखि तपाईको मुलुक र त्यहाँबाट नेपाल प्रवेश गर्ने निरीह सज्जन नागरिकलाई समेत अर्कै नजरले किन हर्ेछन् - त्यति मात्रै हाइन । नेपाली जनताले "तपाईंको देशको सहयोग र्समर्थन रहे भएका ठानिएका दल र राजनीतिक नेताहरूलाई मात्र नभई तपाईंसँग बढी घनिष्टता भएका व्यक्तिसमेतलाई हेय, तिरस्करणीय त्याज्य ठहर गरे । र त्यो कुरालाई पटक-पटकका निर्वाचनका माध्यमबाट त्यसको पुष्टि गरे, किन - किनकि २००८ मा भीमदत्त पन्त मार्नेदेखि २०४९ चैत्र १४ गते भारतीय प्रहरी बर्दीसहित नेपाल आएर राजधानीको मुटुमा रहेको वानेश्वरको सीडिओ टोलका खानतलासी गरेको सम्मका निकृष्ट कर्महरू देखेका थिए । भारतीय संसद सदस्य 'सुखदेव पासवान' हतियार लिएर नेपालमा दादागिरी देखाउन आएको समाचार सुनेका थिए । त्यसदेखि आज ती महिलामाथिका बलात्कारसम्मका हजारौं अपकृत्य भए गरिएको कारण त होइन -, अहिले त आमधारणा नै कस्तो भइदियो भने नेपालका कुनै नेता र दललाई सीमान्त वदनाम गर्नु पर्‍यो भने "भारत र्समर्थक" वा "एजेन्ट" भनेर भनिदिए पुग्ने -, महामहिमबाट यस घट्नाको समयमा नै संवेदनशीलताको बोध गरियो भने, अब भारतीय सीमा पारि अलिकति पनि परिवर्तनको बोध गर्न सकियो भने -यदि चाहनु भए, एक हप्तामा नै सम्भव छ पनि) अर्को अवसरमा कृतज्ञताको अर्जी चढाउँला । अस्तु


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मन्त्रीज्यूको भाषणर्सवज्ञ वाग्ले (11.10.2008)
विचार र सिद्धान्त पुच्छर वा सिङ होइनयादब देवकोटा (11.03.2008)
जनतालाई तन्त्रविशेष हैन, शान्ति सुरक्षा चाहिएको छमहेश्वर शर्मा (11.03.2008)
एउटा समस्याको समाधानर्सवज्ञ वाग्ले (11.03.2008)
चर्चाका दर्ुइ पृथक विषयतारानाथ सुवेदी (11.03.2008)
राजधानीको रात्री जीवन र शान्ति सुरक्षाको सवालयादब देवकोटा (10.20.2008)
हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौमहेश्वर शर्मा (10.20.2008)
जे देखियो त्यही लेखियोतारा सुवेदी (10.20.2008)
सत्ता भित्र र बाहिरर्सवज्ञ वाग्ले (10.20.2008)
स्टालिन र माओमाथि हमलाबहुमूल्य लिम्बु (10.20.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]