Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:16am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
पटके व्यवस्था ः अस्थायी प्रजातन्त्र
महेश्वर शर्मा

Monday, 11.10.2008, 04:47pm (GMT+5.5)

१९९३ सालदेखिको प्रयासको फलस्वरुप २००७ सालले संसदीय व्यवस्था स्थापित गर्‍यो । २०१७ सालले त्यसको सट्टा पञ्चायत व्यवस्था ल्यायो । २०४६ सालले संसदीय व्यवस्था पुनःस्थापित गर्‍यो । त्यसपछि २०६२।०६३ सालले संसदीय प्रजातन्त्रलाई लोकतन्त्रको खोल ओढाउँदा ओढाउँदै माओवादीका बाढीमा बगेर कांग्रेस-एमाले समेत गणतन्त्रवादी हुन पुगे । अहिले फेरि जनगणतन्त्रको चर्चा चलाइएको छ । वास्तवमा यहाँ छ दशकदेखि कुरा र शब्दमा मात्र परिवर्तन भएको छ, काममा होइन । राज्य संचालन गर्ने व्यवस्थालाई नै यहाँ पटके, कामचलाउ या अन्तरिम बनाइयो । प्रजातन्त्र आएको साठी वर्षम्म पनि अस्थायी तदर्थवादी व्यवस्थापनमा अल्भिmनुलाई नियति नै भन्नुपर्ने भएको छ ।

प्रजातन्त्रलाई यहाँ औपचारिक लोलोपोतोमा मात्र सीमित पारियो । निका नभैनभै गायत्री जपेको स्वाङ जस्तो भयो यहाँ प्रजातन्त्र । दलहरुमा व्यक्तिप्रधान राजनीति लादियो अथवा नेता विशेषका हालीमुहालीमा अरुहरु अँÝएि । व्यक्तिवाद र परिवारवादले प्रजातान्त्रिक मूल्य-मान्यतालाई पाखा लगाइदियो । स्वत्व भएका कार्यकर्ता पार्टर्ीी अटाएनन्, दासहरुको मात्रै जमघट भयो । जस्तो- अहिले नेपाली कांग्रेसमा छ । जनताले माओवादीबाट गरेको आशा पनि अल्प अवधिमै टुटेको छ । नेताहरुका आचरण -जुनसुकै पार्टर्ीी पनि) प्रजातन्त्र अनुकूल नभएर षड्यन्त्र र अविश्वासमा आधारित हुनु नै चिन्ताको विषय बनेको छ ।

अहिले ढिलै भए पनि र जसरी बनेको भए पनि संविधानसभा खडा भैसकेको स्थितिमा अब देशमा कस्तो व्यवस्था स्थापित गर्ने भन्ने प्रश्नको टुंगो संविधानसभाले नै लगाउनुपर्नेमा सरकारमा सम्मिलित दलका नेताहरुले यस्तो र उस्तो व्यवस्था हुनर्ुपर्छ भन्ने प्रचारवाजी गर्नु र संविधानसभा मन्त्रालय समेत खडा गरेर निर्दिष्ट काम गराउने निहित उद्देश्य राखेर संविधानसभामाथि दबाब पार्ने र संविधान लेखनमा आदेश -डिक्टेट) गर्ने प्रवृत्तिका लक्षण देखिनुलाई विश्लेषकहरुले नराम्रो संकेत सम्झन थालेका छन् ।

कुरा यहाँ 'छलाङ'का भैरहेका छन् । छलाङ भनेको उप|mनु हो । एकले अर्कालाई धोकादिने उप|mाई तीब्र छ । वास्तवमा छलाङ होइन छलाई -जनता छल्ने काम) भैरहेको छ । छलाङ अथवा उप|mाई जे भने पनि त्यो फड्को मार्ने काम हो । गुटवाजीका फड्का मार्ने हिसावबाट यहाँ प्रजातन्त्रले धेरै फड्का मारिसक्यो । कांग्रेस र एमालेले प्रजातन्त्र पुरानो -साठी वर्षो) भैसक्यो भनेर लोकतन्त्र शब्दमा फड्को मार्दा मार्दै माओवादीले लतारेर गणतन्त्रको छलाङमा पुर्‍याए । यसरी छलाङ मार्दै प्रजातन्त्र त यहाँबाट उहिल्यै हिंडिसक्यो । अब त यहाँ भीडतन्त्र, अराजकतन्त्र, मनपरीतन्त्र, बलजफत र आतंकतन्त्र जस्ता तानाशाहीतन्त्रका लक्षण मात्र बाँकी रहेका छन् ।

आज यहाँ कुनबेला कसले आएर अपहरण गर्छ र फिरौती दिन नसके मारिदिन्छ भन्ने ठेगान छैन । जनताले हत्केलामा ज्यान राखेर अपराधीका निगाहमा बाँच्नुपरेको छ । अरु सुविधा र अवसरको त कुरै छैन, बाँच्न पाउने हक समेत अपराधीका हातमा छ, कानुन अपराधीकै हातमा छ, सरकार सुरक्षा दिन अर्समर्थ अथवा सरकारकै मान्छे अपराधकर्ममा संलग्न छन् भने त्यस्ता ठाउँमा प्रजातन्त्रको या जुनसुकै छलाङको कुनै अर्थ छैन । सरकारहरुका अकर्मण्यताले गर्दा एकथरि अथाह सम्पत्तिका मालिक बनेका छन् भने सामान्य जनताका चाहना कुल्चिएका छन् । गरिबी बढ्दो क्रममा र महंगी उर्लदो बेगमा छ । सामान्य नागरिकलाई बाँच्न मुस्किल छ । जनताको यो विजोकप्रति उदासीन सरकारले जति छलाङ मार्छर्ुुनेर उप|mे पनि त्यस उप|mाईको कुनै सार छैन ।

नयाँ नेपाल बनाउँछौं भन्नेहरुकै सोचाईमा नवीनता छैन । पछाडि फर्केर हर्ेर्ने हो भने भारतले नेपालमाथि नाकावन्दी गर्दा नेपालका नेताले भारतको पक्ष लिएका थिए । त्यस्तै विश्व समुदायले नेपालको शान्तिक्षेत्र प्रस्तावको र्समर्थन गर्दा नेपाली नेताले नै त्यो प्रस्ताव र्समर्थन नगर्न भारतसंग आग्रह गरेका थिए । तिनै राष्ट्रविरोधी नेताहरु नै आज पनि नेपालको राजनीतिक रङ्गमञ्चमा नाचिरहेकै छन् । आफ्ना असन्तुष्टि प्रकट गर्ने अथवा सरकारका अकर्मण्यको विरोध गर्ने काम गर्नैपर्दछ, तर आफ्नै देशलाई क्षति पुर्‍याउने गरी बाहिरी तत्वलाई साथदिने राष्ट्रविरोधी काम देखेर नै बाहिरियाले हेपिरहेका छन् भन्नेसम्म पनि नबुझ्ने हो भने त्यस्ताहरुका छलाङको के अर्थ - त्यस्ता क्रियाकलापबाट अघि बढ्न सकिन्छ - सोचनीय प्रश्न हुन् यी ।

प्रजातन्त्रमा नेताको मात्र चासो होइन, जनताको चासो हेरिनु पर्दछ । तर नेपालका सर्न्दर्भमा प्रजातन्त्र भनेको बलशाली, हुल्याहा र अपराधीका लागि मात्र भएको छ । यस्तो अराजक स्थिति हटाएर प्रजातन्त्रलाई प्रजातन्त्रकै अर्थमा फुल्न फल्न दिने हो भने र्सवप्रथम सरकारमा हुनेहरुले आफ्ना प्रवृत्तिमा सुधार ल्याएर अपहरण, हत्या र बलजफ्तीका काम बन्द गराउनु पर्‍यो । नेताहरुले आपसी हानथाप छोडेर आफ्ना नन्दी भृङ्गीलाई सीमाभित्र राखेर जनतालाई दुःख दिनबाट रोक्नुपर्‍यो । जनताको जीउधनको सुरक्षा गर्नुपर्‍यो । मुखका छलाङले मात्रै केही हुँदैन, कामै गरेर यहाँ प्रजातन्त्र छ भनेर देखाउन सक्नुपर्‍यो । अहिलेलाई त्यति भए पुग्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
महामहिम राजदूत श्री राकेश सूदसमक्ष अर्जी-पत्रतारा सुवेदी (11.10.2008)
मन्त्रीज्यूको भाषणर्सवज्ञ वाग्ले (11.10.2008)
विचार र सिद्धान्त पुच्छर वा सिङ होइनयादब देवकोटा (11.03.2008)
जनतालाई तन्त्रविशेष हैन, शान्ति सुरक्षा चाहिएको छमहेश्वर शर्मा (11.03.2008)
एउटा समस्याको समाधानर्सवज्ञ वाग्ले (11.03.2008)
चर्चाका दर्ुइ पृथक विषयतारानाथ सुवेदी (11.03.2008)
राजधानीको रात्री जीवन र शान्ति सुरक्षाको सवालयादब देवकोटा (10.20.2008)
हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौमहेश्वर शर्मा (10.20.2008)
जे देखियो त्यही लेखियोतारा सुवेदी (10.20.2008)
सत्ता भित्र र बाहिरर्सवज्ञ वाग्ले (10.20.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]