|
जलवायु परिवर्तनको र्सवाधिक पी
Monday, 11.30.2009, 03:40pm
जलवायु परिर्वतबाट र्सवाधिक पीडित हुने महिलावर्ग हुन् भन्ने तथ्यसंग कसैले पनि विमती राख्नुपर्ने कारण र आधार छैन । किनभने अहिलेसम्म प्राकृतिक विपत्तिमा मर्नेहरूमा पुरुषको तुलनामा महिलाको संख्या अधिक रहने गरेको छ । यो एउटा पक्ष हो भने अर्कोतिर जलवायु परिवर्तनका कारण गरिब देशका महिलाहरू, जो अधिक श्रम गरिहेका छन् उनीहरू श्रम गर्न समेत नपाउने अवस्था सिर्जना हुनसक्छ । कृषि श्रमिकका रुपमा रहेर आफू र आफ्नो परिवारको पेट पालिरहेका महिलाहरूमा बढ्दो सुख्खा र अधिक वषर्ाका कारण श्रम गर्नसक्ने अवस्था पनि रहँदैन ।
|