Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 08:24pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

आत्मा नै नमान्नेहरुले आत्मनिर्ण्र्ााो अधिकार दिने !


Tuesday, 02.10.2009, 09:53am (GMT+5.5)

राजनीतिक, सामाजिक, आर्थिक, भौतिक, धार्मिक र सांस्कृतिक रुपमा आत्मनिर्ण्र्ााे अधिकार दिन्छु भन्नेले ८० प्रतिशतभन्दा बढीको संख्यामा रहेको हिन्दु धर्मावलम्बीको आत्माको आवाज सुन्ने चेष्टा गरेनन् । विश्वमा एकमात्र हिन्दु अधिराज्यको रुपमा चिनिएको नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रुपमा घोषण गरियो । जव धर्म नै निरपेक्ष हुन्छ भने यही धर्मले स्वीकार गरेको आत्माको निर्ण्र्ाागर्ने अधिकार कसरी स्थापित हुन्छ रु भौतिकवाद र अध्यात्मवादबीचको यो द्वन्द्वबाट मुलुकले कसरी निकास पाउने हो - चिन्ताको विषय छ । अहिलेसम्म हिन्दु धर्मावलम्बीहरुले आफ्नो आवाज उठाएका छैनन् । आत्मनिर्ण्र्ााो अधिकार सहितको स्वायत्तता दिने गरी नयाँ संविधान बनेपछि हिन्दुहरुले आफूहरुलाई आत्मनिर्ण्र्ााो अधिकार चाहियो भन्दै पुनः हिन्दु राज्यको घोषणा गर्ने माग गरे भने त्यतिबेला सरकार वा राजनीतिक दलहरुले के गर्छन् - जसरी तर्राईका मधेसी समुदायलाई आत्मनिर्ण्र्ााो अधिकार सहित स्वायत्तता दिने भनियो त्यसै गरी देशभरका हिन्दुहरुले एक स्वरमा यो आवाज विलन्द गरेको अवस्थामा के हुन्छ - जातको आधारमा, सम्प्रदायको आधारमा, धर्मको आधारमा स्वायत्तता हुने र आत्मनिर्ण्र्ााो अधिकार हुने भनेको मुलुकमा दर्ीघकालीन द्वन्द्वलाई निम्ता दिनु हो । तर मुलुकको आत्मा नसुन्ने, मुलुकबासीको आत्माको आवाज नसुनेर अरुकै इशारा, भरोसा र निर्देशनलाई शिरोधार्य गर्दै आफ्नो पद र शक्ति जोगाइराखेकाहरुको आत्मा जागृत नभएसम्म आत्मनिर्ण्र्ााो अधिकार केवल राजनीतिक नारा मात्र हुनेछ र यसले द्वन्द्वलाई मलजल गर्ने बाहेक अर्को कुनै काम गर्ने छैन ।

वैदिक सनातन हिन्दु धर्मको मान्यता अनुसार मानिस कहिल्यै मर्दैन र उसको आत्मा अमर हुन्छ । तर अहिले आत्मको अस्तित्व स्वीकार गर्ने हिन्दु धर्मलाई पाखा लगाइएको भए पनि आत्मनिर्ण्र्ााो राजनीतिक नारा भने घन्किरहेको छ । अर्कोतिर आत्मनिर्ण्र्ााो अधिकारसहितको संघीयता दिंदा मुलुकको राष्ट्रिय एकता खण्डित हुने भन्दै यसको विरोध गर्नेहरुको आवाज पनि बुलन्द हुँदैछ । विशेष गरी तर्राईका राजनीतिक दलहरुले बलपर्ूवक आत्मनिर्ण्र्ााो अधिकारसहित 'एक मधेस एक प्रदेश'मा सहीछाप गराएका छन् । अहिले यही नारा कार्यान्वयन हुनुपर्ने, नत्र व्रि्रोह गर्ने धम्की समेत आउन थालेको छ । आत्मनिर्ण्र्ााो अधिकार भनेको व्यक्तिले आफ्नो चाहना व्यवहारमा उतार्न पाउनु हो । यस हिसाबले भोलि तर्राई नेपालको भुगोलबाट अलग नहोला भन्ने ग्यारेन्टी छैन तर पनि राजनीति गर्नेहरुले अनेक कर्ुतर्कद्वारा आफ्नो अहंकारलाई पुष्टि गरिरहेका छन् । धर्मका बारेमा बुझ्दै नबुझी निरपेक्ष र सापेक्षको नारा लगाइए र सोही बमोजिम घोषणा गरिए । धर्म कहिल्यै निरपेक्ष हुँदैन र्।र् इश्वर मान्ने र नमान्ने मात्र धर्म होइन भन्ने सामान्य कुरा समेत बुझ्न चाहिएन । हिन्दु धर्म प्राकृतिक धर्म हो र यो निरपेक्ष वा सापेक्ष छैन भन्ने बुझ्नै चाहेनन् र्।र् इसाइकरणको अभियानलाई मलजल गर्दै धर्म निरपेक्ष घोषणा गरियो र आत्मनिर्ण्र्ााो अधिकार दिने कुरा पनि गरियो । विचारको द्वन्द्व यहीबाट सुरु भएको छ ।

हिन्दु धर्मले स्वीकार गरेको धर्म भनेको सवैले आ-आफ्नो गुण, स्वाभाव र धर्मअनुसारको भूमिका निर्वाह गर्नु नै हो । माथि नै भनियो हिन्दु धर्म प्राकृतिक धर्म हो । जस्तो कि पानीले आफ्नो धर्म बिर्सिएर निरपेक्ष बन्यो भने मानव समाज के होला - पानीले तिर्खा मेट्नु, धोई पखाली गर्नुको साटो धुलो उडाउन थाल्यो, जलाउन थाल्यो भने त्यसले आफ्नो धर्म निर्वाह गरेको मानिंदैन । त्यस्तै आगोले जलाउन छाडेर बगाउन थाल्यो, चिस्याउन थाल्यो भने के होला - वायु वहन छाडेर स्थिर बन्यो भने, र्सर्ूय चिसो भयो भने, चन्द्रमा तात्यो भने, ऋतु बेसमयमा परिवर्तन भयो भने के हुन्छ - धर्म भनेको यही हो । सवैले आ-आफ्नो भूमिका इमान्दारीपर्ूवक निर्वाह गर्नुपर्छ र यो भूमिका निरपेक्ष होइन सापेक्ष हुन्छ । धर्म भनेको यही हो ।

आज हिमाल, पहाड र तर्राईबीच एक खालको खाडल बनिरहेको छ । हिजोसम्म 'अनेकतामा एकता'को रुपमा साझा फूलबारी बनेको नेपाल आज गमला गमलाको विभाजन हुने क्रममा छ । राष्ट्रको अस्तित्व नै मेटिएला भन्ने चिन्ता छ । लोकतन्त्रको स्थापनापछि आत्मनिर्ण्र्ााो अधिकारका बारेमा निकै चर्का चर्की बहस भए । यो अहिले पनि जारी छ । आत्म निर्ण्र्ााो अधिकार भनेको के हो र यसको राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा मुलुकको स्वाधिनता र राष्ट्रिय एकतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने कमैले मात्र चासो दिएका छन् । एकातिर जनतालाई आत्म निर्ण्र्ााो अधिकारसहितको संघीय स्वायत्तता दिने घोषणा राजनीतिक नेतृत्वबाट भैरहेको छ भने अर्कोतिर उनीहरु स्वयं आत्मनिर्ण्र्ाागर्न सक्ने हैसियतमा नरहेको समेत पुष्टि भैरहेको छ । अरुलाई आत्मनिर्ण्र्ााो अधिकार दिनेले आफू आफ्नो आत्माको निर्ण्र्ााव्यवहारमा उतार्न किन सक्षम भैरहेका छैनन् र उनीहरुको आत्मामा धावा बोल्नेहरुविरुद्ध किन जनतालाई सचेत पार्न सकिरहेका छैनन् भन्ने प्रश्न जवर्जस्तरुपमा उठिरहेको छ ।

कुनै पनि मुलुकमा व्याप्त अराजकता, दण्डहीनता अन्त्य हुनका लागि र्सवप्रथम त्यस मुलुकका जनताबीच सहिष्णुता हुनु आवश्यक छ । नेपाल धार्मिक, जातिय, साम्प्रदायिक सहिष्णुतका लागि विश्वमै नमूनाको रुपमा रहेको थियो । विश्वको एकमात्र हिन्दु राज्य भए पनि यहाँ अन्य धर्मावलम्बीले आफूहरु अल्पमतमा रहेको महसुस गर्नुपरेको थिएन । तर अहिले धर्म निरपेक्षको घोषणा भएपछि हरेक धार्मिक समुदायले आ-आफ्नो स्वायत्तता माग्दै अस्तित्वरक्षाको चिन्ता व्यक्त गर्न थालेका छन् । ८० प्रतिशतभन्दा बढी रहेको हिन्दु धर्मावलम्बीलाई वेवास्ता गर्दै यसले पाएको राष्ट्रिय धर्मको मान्यता र यसैमा सवैको अस्तित्व रक्षा भएको वास्तविकतालाई राजनीतिकर्मीहरुले बुझ्नै चाहेनन् । सीमित व्यक्तिको स्वार्थका लागि राष्ट्रिय पहिचान गुमाउने काम भयो । तैपनि आत्मनिर्ण्र्ााो अधिकारको नारा भने घन्कन छोडेको छैन । आपसमै विरोधाभाषी यस्ता कथनहरुले मुलुकलाई कुन मोडमा लगेर अलपत्र छाड्ने हो अहिले यसैको चिन्ता छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राष्ट्रिय भावनाको खडेरी (02.03.2009)
शहीद सप्ताह र वर्तमान अवस्था (01.27.2009)
बोली र व्यवहारबीचको असमाञ्जस्यता (01.20.2009)
ढङ्ग (01.09.2009)
नीति र निर्देशन नमान्ने अपराधी ! (12.30.2008)
राज्य पुनःसंरचनाका बेतुके प्रस्ताव (12.23.2008)
विश्व मानव अधिकार दिवस र&l (12.16.2008)
सय दिनमा चाउचाउको विज्ञापन मात्र भयो (12.09.2008)
आफ्नो अभिव्यक्तिसंग नमिल्ने व्यवहार (12.02.2008)
यहीे हो नयाँ नेपालको सुरुवात ? (11.24.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]