Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:56pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
अब बन्ने संविधानमा समेटिने कुरा
हरेकका आ-आफ्नै स्वार्थ कि राष्ट्र ?

Tuesday, 03.03.2009, 09:58am (GMT+5.5)

अहिले नयाँ नेपाल निर्माणको चर्चा निकै जोडतोडले चलिरहेको छ । अब बन्ने संवधानमा हरेकका हरेक पक्षलाई समेट्नुपर्ने आवाज उठिरहेको छ । दलितका कुरा, मधेसीका कुरा, महिलाका कुरा, बालबालिकाका कुरा, युवाका कुरा, वृद्धका कुरा, बेरोजगारका कुरा, कृषकका कुरा, कर्मचारी, व्यापारी, उद्योगी, सवारी चालक, रिक्सा चालक सवैका कुरा र समस्या संविधानमै लेखिनर्ुपर्छ र त्यसले मात्र भलो गर्छ भन्ने गरिएको छ । वास्तवमा संविधानको पालना गरिएन भने त्यो कागजको खोस्टो बाहेक केही होइन । राजनीति गर्ने र सत्ता संचालन गर्नेहरु इमान्दार र जनमुखी भैदिएनन् भने जस्तोसुकै संविधान बनाए पनि त्यसको केही अर्थ रहँदैन । २०४७ सालमा 'हामीले विश्वकै उत्कृष्ट संविधान बनायौं' भनेर धक्कु लगाउनेहरुले त्यो संविधानको पालना पनि गरिदिएको भए मुलुक रक्तरञ्जित अवस्थाबाट गुज्रनै पर्ने थिएन । त्यसकारण संविधानमा सवैका सवै कुरा राख्ने होइन संविधानमा देशका कुरा राख्नर्ुपर्छ ।

महिलाका हक अधिकारका विषयमा संविधानको प्रस्तावनामै लेखिनुपर्ने । जनजातिका सवालमा त्यही, आदिवासीका सवालमा त्यस्तै र दलित, अल्पसंख्यक, पिछडिएका समुदाय तथा अपाङ्ग लगायत हरेक वर्गका समस्याको सम्बोधन संविधानको प्रस्तावनामै हुनुपर्ने माग अहिले उठिरहेको छ । हरेक जाति र वर्गको हितका कुरा संविधानको प्रस्तावनामै गर्ने हो भने त्यो संविधानको प्रस्तावना मात्रै सयौं पृष्ठको हुनेछ । अनि संविधान कत्रो बन्ने हो - अहिलेदेखि नै कुतुहलता जागिरहेको छ ।

मुलुकमा कुनै पनि प्रकारका भेदभाव हुनुहुन्न । सवैले समान अधिकार पाउनर्ुपर्छ र अवसरको समान उपभोग गर्ने वातावरण सिर्जना हुनर्ुपर्छ । अबको संविधानमा मानव-मानवबीचको भेदभावको दुष्चक्रको अन्त्य हुनर्ुपर्छ । यसका लागि हरेकका हरेक कुरा उल्लेख गरेर मात्र होइन त्यसको प्रतिवद्धतापर्ूण्ा कार्यान्वयन पनि हुनर्ुपर्छ । संविधानमा लेखेकै भरमा अधिकार स्थापित हुँदैन । मानव हुनुको नाताले उसले निर्वाध उपभोग गर्न पाउने मौलिक हकको रक्षा हुनर्ुपर्छ । संविधानको पालना गराउनेहरु इमान्दार हुनर्ुपर्छ । जस्तो बेरोजगारले रोजगारी पाउने हक संविधानमै स्थापित हुनर्ुपर्छ तर मुलुकमा रोजगारीको वातावरण नै सिर्जित छैन भने रोजगारी कहाँबाट प्राप्त हुने । संविधानको ठेलीले जागीर दिंदैन । त्यस्तै भएका विद्यालयहरु बन्द गर्नतिर उद्यत हुने हो भने शिक्षा प्राप्त गर्ने हक संविधानमा लेखेर मात्र त्यो प्राप्त हुँदैन । तर्सथ संविधान भनेको कुनै जात, वर्ग वा क्षेत्र विशेषको नभएर त्यो राष्ट्रको हुनर्ुपर्छ । अहिले नेपालको राष्ट्रिय संविधान बन्नर्ुपर्छ । कुनै जनजातिको संविधान वा कुनै वर्गको होइन । आजकल के सुन्ने गरिएको छ भने यो संविधान हाम्रो हो भन्ने अनुभूत हुनुपर्‍यो रे ! के भनेको हो थाहा छैन । संविधान पनि कहीं अरुको र आफ्नो हुन्छ - आफूले भनेको कुरा भए आफ्नो हुने नत्र नहुने व्यापारी चरित्रले गर्दा संविधान नबन्ने मात्र होइन बनिहाले पनि नौटंकी हुने छाँटकाट देखिएको छ ।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने संविधान कागजको पुलिन्दा मात्र हो । त्यो आफैं सक्रिय हुने होइन । त्यसको कार्यान्वयन गर्ने मानिस इमान्दार भैदिएनन् भने जस्तासुकै कुरा लेखिए पनि त्यसको केही अर्थ छैन । बेलायमा आजसम्म लिखित संविधान छैन तर त्यो मुलुक सम्पन्न छ, त्यहाँ कसैले आफ्नो अधिकार खोसिएको भनेका छैनन् । अपवाद भनेको जहाँ र जेमा पनि हुन्छ । त्यसकारण आफ्नो अधिकार स्थापित गराउन दबाब दिने होइन राष्ट्रिय अधिकार स्थापित गर्न पहल गर्नु आवश्यक छ । राष्ट्रको संविधान बन्यो भने तपाई हामी सवैको संविधान बन्नेछ । त्यसले मात्र हामी सवैको भलो गर्नेछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
जे नहुनुपर्ने हो त्यही भैरहेछ ! (03.01.2009)
जस्तो शिक्षा त्यस्तै नतिजामानव (03.01.2009)
आत्मा नै नमान्नेहरुले आत्मनिर्ण्र्ााो अधिकार दिने ! (02.10.2009)
राष्ट्रिय भावनाको खडेरी (02.03.2009)
शहीद सप्ताह र वर्तमान अवस्था (01.27.2009)
बोली र व्यवहारबीचको असमाञ्जस्यता (01.20.2009)
ढङ्ग (01.09.2009)
नीति र निर्देशन नमान्ने अपराधी ! (12.30.2008)
राज्य पुनःसंरचनाका बेतुके प्रस्ताव (12.23.2008)
विश्व मानव अधिकार दिवस र&l (12.16.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]