"
मन्दिरै मन्दिरको देश" भनेर चिनिने नेपाल अब र्'चर्च नै चर्चको देश' बन्ने तरखरमा पुग्दैछ । मुलुकलाई धर्मनिरपेक्ष राष्ट्रको घोषणा गरिएपछि सांस्कृतिक अतिक्रमणको लहर नै चलेको छ । अहिले इर्साईकरणको बाढी आएको छ ।
नेपालमा ७ वर्षो बीचमा इर्साई धर्मावलम्बीहरुको संख्या अत्यन्त तीब्रताका साथ वृद्धि भएको छ । २०५८ सालको जनगणनामा ०.५ प्रतिशतमा रहेका इर्साई धर्मावलम्बी २०६५ सालसम्म आइपुग्दा १.५ प्रतिशत पुगेका छन् । यो संख्या २००७ साल अघि ०.०५ प्रतिशत रहेको थियो । नेपालमा प्रजातन्त्र प्राप्तिसंगै खुला सामाजिक वातावरण र कतिपय कानुनी प्रावधानहरु खुकुलो हुनु, पद र प्रतिष्ठाका लागि पैसाको खेल हुनु, विकासका नाममा धर्म प्रचारकहरुलाई विनाशर्त नेपाल भित्र्याइनु जस्ता कारणहरुले नेपालमा डरलाग्दोसंग इर्साई धर्मावलम्बीहरुको संख्या बढिरहेको छ । नेपालमा २०४६ सालको परिवर्तनपछि इर्साईकरणको अभियान तीब्र भएको हो । यसको पुष्टि प्रजातन्त्र प्राप्तिपछि बनेका चर्चको संख्याले नै गर्दछ । अझ लोकतन्त्र प्राप्तिपछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनु "इर्साई धर्मावलम्बीहरुकै चाहना र आग्रहको सम्मान गरिएको" बताइन्छ । र्
धर्म निरपेक्षताको नाममा कुनै एक धर्म विशेषलाई आफ्नो मौलिक धर्म मान्ने पश्चिमा राष्ट्रका नेताहरु नेपाल जस्ता गरिब देशमा धर्म निरपेक्षताको अर्थ र परिभाषा नै बदल्ने गरेका छन् । उनीहरु 'बाइबल' छोएर शपथ खान्छन् भने अरुलाई कुनै एक धर्मको पछि लाग्नुहुन्न भन्दै उपदेश दिने गरेका छन् । 'भ्याटिकन सिटी'लाई धार्मिक राष्ट्रको रुपमा मान्यता दिने संयुक्त राष्ट्रसंघ नेपालजस्तो विश्वका अर्बौ हिन्दुहरुको पवित्र भूमिलाई हिन्दु राष्ट्रको रुपमा मान्यता दिनर्ुपर्छ भन्न सक्दैन । स्वयं नेपाली शासकहरु पनि आफ्नो मौलिकता बेचेर सत्ता शिखरमा बसिरहने लालचमा छन् । मुलुक विस्तारै इर्साईकरणको दलदलमा फस्दै गएको छ ।
राजनीतिक लाभ हानी, व्यक्तिगत स्वार्थ, पैसा तथा सेवाका नाममा धर्म परिवर्तन गराउने गरिएको छ । नेपालमा शिक्षा, स्वास्थ्य तथा विकासको नाममा खुलेका विभिन्न 'मिसन'हरुले सेवाभन्दा बढी धर्म प्रचार गर्ने गरेका छन् । गरिबी, अशिक्षा र अभावले पिस्लिएका दर्ुगम गाउँहरुमा धर्म पविर्तनको माहोल तयार गर्ने गरिएको छ । अहिले नेपालमा चर्चको संख्या वाषिर्क १२ प्रतिशतका दरले वृद्धि भैरहेको बताइन्छ । २०१९ सालमा नेपालमा चर्चको संख्या केवल दर्ुइवटा थियो भने २०४६ सालसम्म आइपुग्दा २ सय ९२ पुग्यो । त्यसै गरी ०५९ सालसम्ममा १ हजार ८ सय ३९ पुगेको थियो भने अहिले त्यो संख्यामा निकै वृद्धि भएको छ ।
जसको जे चाहना थियो लोकतन्त्र-गणतन्त्रले त्यही चाहनामा मलजल गरेको जस्तो देखियो । नेपाललाई जसरी धार्मिक-सांस्कृतिक रुपमा तहसनहस पार्नु थियो त्यो अभियानमा विधर्मीहरु सफल हुँदै गैरहेका छन् । सदियौंदेखि चलिआएको धार्मिक-सांस्कृतिक-सामाजिक सद्भाव त खल्बलियो नै अब मुलुकको मौलिक पहिचान समेत मेटिने अवस्था सिर्जना हुन थालेको छ । लोकतन्त्रपछि नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न नेपालमा सक्रिय इर्साई धर्मगुरुहरुको आग्रह रहेको कुरा उनीहरुले नै बताउने गरेका छन् । हिन्दु धर्म-संस्कृतिमाथि सधैं वक्रदृष्टि लगाउने इर्साईहरु विश्वलाई नै इर्साईकरण गर्ने अभियानमा अझै कम्मर कसेर लागिपरेका छन् । उनीहरुको यो अभियानलाई सफल पार्न वैदिक सनातन हिन्दु धर्मलाई कमजोर पार्नैपर्ने आवश्यकता रहेको छ । यसैकारण उनीहरु 'एक हातमा तरबार र अर्को हातमा बाइबल बोकेर' 'यसो नगरे तेरो जीवनको रक्षा हुँदैन' भन्दै धर्म प्रचारको अभियानलाई तीब्र बनाइरहेका छन् । धर्मग्रन्थ र हतियारलाई साथसाथ बोकेर अरुको अस्तित्व सिध्याउने र आफ्नो उपस्थिति जनाउने कतिपय इर्साई धर्मगुरुहरुको अमानवीय व्यवहारको शिकार नेपाली समाज भैरहेको छ ।
कुनै पनि मुलुकको मौलिक पहिचान हुन्छ । हाम्रो पहिचान धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र चार वर्ण्र्ाात्तीस जातको साझा फूलबारी हो । जसबाट सधैं सुवास मग्मगाइरहेको थियो, अहिले त्यही सुवासयुक्त समाजमा विष घोलिएको छ, दर्ुगन्ध फैलाउने षड्यन्त्र भैरहेको छ । राजनीतिक नेतृत्वको गलत सोच तथा प्रतिशोेधी व्यवहारले गर्दा मुलुक आफ्नो अस्तित्वविलीनको अवस्थामा पुगेको छ । ६ वर्षो बीचमा चर्चको संख्या जे जसरी वृद्धि भएको छ यसले अर्को एक दशकमा मन्दिरै मन्दिरको देश नेपाल चर्च नै चर्चको देश भनेर भन्नुपर्ने अवस्था आउने संकेत गरेको छ ।
कस्ता गाउँहरुमा धर्म परिवर्तनको लहर चलेको छ - धर्म परिवर्तन गर्नुको कारण के हो - कुन वर्गमा धर्म परिवर्तन गराउने अभियन लक्षित छ - किन इर्साईहरु अरुको धर्ममाथि प्रहार गरिरहेका छन् - यो अत्यन्त महत्वपर्ूण्ा प्रश्न बनेको छ । इर्साईहरुले जहिले पनि संसारलाई उनीहरुको बाटोमा हिंडाउन अनेक प्रयत्न गर्दैआएका छन् । दुःखको जाँतोमा पिल्सिएका जनतालाई एक गाँस खानेकुराको लोभमा धर्म परिवर्तन गराउने इर्साईहरु विकास, समाजसेवाको नाममा धर्म परिवर्तनको जघन्य अपराध गरिरहेका छन् । नेपालको अन्तरिम संविधानले धर्म निरपेक्षको घोषणा गरे पनि धर्म परिर्वतलाई स्वीकारेको छैन । तर अहिले धर्म परिवर्तनको लहर नै चलेको छ । राज्यबाट उपेक्षित विपन्न र गरिबीको रेखामुखीको कष्टकर जीवन बाँचिरहेकाहरुलाई एक छाक खानेकुरामा फसाएर धर्म परिवर्तन गराउने गरिएको छ । एउटा 'सिटामोल'ले धर्म परिवर्तन भैरहेको छ । मिसनरीहरुमा जाने हो भने यस्ता दृश्य सजिलै देख्न सकिन्छ ।
नेपालको मौलिक धर्म-संस्कृति विनाश हुनुको अर्थ हामी सांस्कृतिक रुपमा औपनिवेशिक हुनु हो । राजनीतिक रुपमा कहिल्यै कसैको दासत्व स्वीकार नगरेर वीरतापर्ूवक जोगाइएको नेपाल भूमि अपर्ूव राजनीतिक परिवर्तनसंगै धार्मिक-सांस्कृतिक रुपमा दासत्वको शिकार बन्दै गैरहेको छ । नेपालमा अहिले कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी छन् । इर्साई धर्मावलम्बीको संख्या १.५ देखि २ प्रतिशतको हाराहारीमा रहेको बताइन्छ । अहिले त्यही ८० प्रतिशत जनताको उपेक्षा गरेर १.५ प्रतिशतलाई रिझाउने काम त छैन भन्ने आशंका उब्जिएका छन् । कुल जनसंख्याको तीन तिहाईभन्दा बढी जनताको आकांक्षामाथि खेलवाड गरेर धार्मिक-सांस्कृतिक रुपमा सहिष्णु रहेको मुलुकमा धार्मिक विद्वेषको पैदा गर्ने काम भैरहेको छ । पश्चिमाहरुको त्रास के हो भने नेपाल जस्ता वैदिक सनातन धर्म अँगालेका मुलुकहरु नै आगामी दिनमा विश्वमा हैकम जमाउने हैसियतमा पुग्नेछन । त्यसकारण यो धर्मको समूल नष्ट गर्ने अभियानमा उनीहरु लागिपरेकै छन् । विगतमा हिन्दु धर्ममाथि जेजति प्रहारहरु भएका थिए कुनै न कुनै एउटा हिन्दु ज्ञानीले इर्साईहरुको त्यो अभियानलाई परास्त नै गरिदिएको सर्न्दर्भमा नेपालका धार्मिक व्यक्तित्वहरुले बढ्दो इर्साईकरणको वेग रोक्न कस्तो कदम चाल्ने हुन् - यही नै प्रतिक्षाको विषय बनेको छ ।