Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:13pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

सांस्कृतिक अतिक्रमणको लहर
Tuesday, 04.14.2009, 09:50am (GMT+5.5)

"मन्दिरै मन्दिरको देश" भनेर चिनिने नेपाल अब र्'चर्च नै चर्चको देश' बन्ने तरखरमा पुग्दैछ मुलुकलाई धर्मनिरपेक्ष राष्ट्रको घोषणा गरिएपछि सांस्कृतिक अतिक्रमणको लहर नै चलेको अहिले इर्साईकरणको बाढी आएको

नेपालमा वर्षो बीचमा इर्साई धर्मावलम्बीहरुको संख्या अत्यन्त तीब्रताका साथ वृद्धि भएको २०५८ सालको जनगणनामा . प्रतिशतमा रहेका इर्साई धर्मावलम्बी २०६५ सालसम्म आइपुग्दा . प्रतिशत पुगेका छन् यो संख्या २००७ साल अघि .०५ प्रतिशत रहेको थियो नेपालमा प्रजातन्त्र प्राप्तिसंगै खुला सामाजिक वातावरण कतिपय कानुनी प्रावधानहरु खुकुलो हुनु, पद प्रतिष्ठाका लागि पैसाको खेल हुनु, विकासका नाममा धर्म प्रचारकहरुलाई विनाशर्त नेपाल भित्र्याइनु जस्ता कारणहरुले नेपालमा डरलाग्दोसंग इर्साई धर्मावलम्बीहरुको संख्या बढिरहेको नेपालमा २०४६ सालको परिवर्तनपछि इर्साईकरणको अभियान तीब्र भएको हो यसको पुष्टि प्रजातन्त्र प्राप्तिपछि बनेका चर्चको संख्याले नै गर्दछ अझ लोकतन्त्र प्राप्तिपछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनु "इर्साई धर्मावलम्बीहरुकै चाहना आग्रहको सम्मान गरिएको" बताइन्छ र्

धर्म निरपेक्षताको नाममा कुनै एक धर्म विशेषलाई आफ्नो मौलिक धर्म मान्ने पश्चिमा राष्ट्रका नेताहरु नेपाल जस्ता गरिब देशमा धर्म निरपेक्षताको अर्थ परिभाषा नै बदल्ने गरेका छन् उनीहरु 'बाइबल' छोएर शपथ खान्छन् भने अरुलाई कुनै एक धर्मको पछि लाग्नुहुन्न भन्दै उपदेश दिने गरेका छन् 'भ्याटिकन सिटी'लाई धार्मिक राष्ट्रको रुपमा मान्यता दिने संयुक्त राष्ट्रसंघ नेपालजस्तो विश्वका अर्बौ हिन्दुहरुको पवित्र भूमिलाई हिन्दु राष्ट्रको रुपमा मान्यता दिनर्ुपर्छ भन्न सक्दैन स्वयं नेपाली शासकहरु पनि आफ्नो मौलिकता बेचेर सत्ता शिखरमा बसिरहने लालचमा छन् मुलुक विस्तारै इर्साईकरणको दलदलमा फस्दै गएको

राजनीतिक लाभ हानी, व्यक्तिगत स्वार्थ, पैसा तथा सेवाका नाममा धर्म परिवर्तन गराउने गरिएको नेपालमा शिक्षा, स्वास्थ्य तथा विकासको नाममा खुलेका विभिन्न 'मिसन'हरुले सेवाभन्दा बढी धर्म प्रचार गर्ने गरेका छन् गरिबी, अशिक्षा अभावले पिस्लिएका दर्ुगम गाउँहरुमा धर्म पविर्तनको माहोल तयार गर्ने गरिएको अहिले नेपालमा चर्चको संख्या वाषिर्क १२ प्रतिशतका दरले वृद्धि भैरहेको बताइन्छ २०१९ सालमा नेपालमा चर्चको संख्या केवल दर्ुइवटा थियो भने २०४६ सालसम्म आइपुग्दा सय ९२ पुग्यो त्यसै गरी ०५९ सालसम्ममा हजार सय ३९ पुगेको थियो भने अहिले त्यो संख्यामा निकै वृद्धि भएको

जसको जे चाहना थियो लोकतन्त्र-गणतन्त्रले त्यही चाहनामा मलजल गरेको जस्तो देखियो नेपाललाई जसरी धार्मिक-सांस्कृतिक रुपमा तहसनहस पार्नु थियो त्यो अभियानमा विधर्मीहरु सफल हुँदै गैरहेका छन् सदियौंदेखि चलिआएको धार्मिक-सांस्कृतिक-सामाजिक सद्भाव खल्बलियो नै अब मुलुकको मौलिक पहिचान समेत मेटिने अवस्था सिर्जना हुन थालेको लोकतन्त्रपछि नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न नेपालमा सक्रिय इर्साई धर्मगुरुहरुको आग्रह रहेको कुरा उनीहरुले नै बताउने गरेका छन् हिन्दु धर्म-संस्कृतिमाथि सधैं वक्रदृष्टि लगाउने इर्साईहरु विश्वलाई नै इर्साईकरण गर्ने अभियानमा अझै कम्मर कसेर लागिपरेका छन् उनीहरुको यो अभियानलाई सफल पार्न वैदिक सनातन हिन्दु धर्मलाई कमजोर पार्नैपर्ने आवश्यकता रहेको यसैकारण उनीहरु 'एक हातमा तरबार अर्को हातमा बाइबल बोकेर' 'यसो नगरे तेरो जीवनको रक्षा हुँदैन' भन्दै धर्म प्रचारको अभियानलाई तीब्र बनाइरहेका छन् धर्मग्रन्थ हतियारलाई साथसाथ बोकेर अरुको अस्तित्व सिध्याउने आफ्नो उपस्थिति जनाउने कतिपय इर्साई धर्मगुरुहरुको अमानवीय व्यवहारको शिकार नेपाली समाज भैरहेको

कुनै पनि मुलुकको मौलिक पहिचान हुन्छ हाम्रो पहिचान धार्मिक सहिष्णुता, सामाजिक सद्भाव चार वर्ण्र्ाात्तीस जातको साझा फूलबारी हो जसबाट सधैं सुवास मग्मगाइरहेको थियो, अहिले त्यही सुवासयुक्त समाजमा विष घोलिएको , दर्ुगन्ध फैलाउने षड्यन्त्र भैरहेको राजनीतिक नेतृत्वको गलत सोच तथा प्रतिशोेधी व्यवहारले गर्दा मुलुक आफ्नो अस्तित्वविलीनको अवस्थामा पुगेको वर्षो बीचमा चर्चको संख्या जे जसरी वृद्धि भएको यसले अर्को एक दशकमा मन्दिरै मन्दिरको देश नेपाल चर्च नै चर्चको देश भनेर भन्नुपर्ने अवस्था आउने संकेत गरेको

कस्ता गाउँहरुमा धर्म परिवर्तनको लहर चलेको - धर्म परिवर्तन गर्नुको कारण के हो - कुन वर्गमा धर्म परिवर्तन गराउने अभियन लक्षित - किन इर्साईहरु अरुको धर्ममाथि प्रहार गरिरहेका छन् - यो अत्यन्त महत्वपर्ूण्ा प्रश्न बनेको इर्साईहरुले जहिले पनि संसारलाई उनीहरुको बाटोमा हिंडाउन अनेक प्रयत्न गर्दैआएका छन् दुःखको जाँतोमा पिल्सिएका जनतालाई एक गाँस खानेकुराको लोभमा धर्म परिवर्तन गराउने इर्साईहरु विकास, समाजसेवाको नाममा धर्म परिवर्तनको जघन्य अपराध गरिरहेका छन् नेपालको अन्तरिम संविधानले धर्म निरपेक्षको घोषणा गरे पनि धर्म परिर्वतलाई स्वीकारेको छैन तर अहिले धर्म परिवर्तनको लहर नै चलेको राज्यबाट उपेक्षित विपन्न गरिबीको रेखामुखीको कष्टकर जीवन बाँचिरहेकाहरुलाई एक छाक खानेकुरामा फसाएर धर्म परिवर्तन गराउने गरिएको एउटा 'सिटामोल'ले धर्म परिवर्तन भैरहेको मिसनरीहरुमा जाने हो भने यस्ता दृश्य सजिलै देख्न सकिन्छ

नेपालको मौलिक धर्म-संस्कृति विनाश हुनुको अर्थ हामी सांस्कृतिक रुपमा औपनिवेशिक हुनु हो राजनीतिक रुपमा कहिल्यै कसैको दासत्व स्वीकार नगरेर वीरतापर्ूवक जोगाइएको नेपाल भूमि अपर्ूव राजनीतिक परिवर्तनसंगै धार्मिक-सांस्कृतिक रुपमा दासत्वको शिकार बन्दै गैरहेको नेपालमा अहिले कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी छन् इर्साई धर्मावलम्बीको संख्या . देखि प्रतिशतको हाराहारीमा रहेको बताइन्छ अहिले त्यही ८० प्रतिशत जनताको उपेक्षा गरेर . प्रतिशतलाई रिझाउने काम छैन भन्ने आशंका उब्जिएका छन् कुल जनसंख्याको तीन तिहाईभन्दा बढी जनताको आकांक्षामाथि खेलवाड गरेर धार्मिक-सांस्कृतिक रुपमा सहिष्णु रहेको मुलुकमा धार्मिक विद्वेषको पैदा गर्ने काम भैरहेको पश्चिमाहरुको त्रास के हो भने नेपाल जस्ता वैदिक सनातन धर्म अँगालेका मुलुकहरु नै आगामी दिनमा विश्वमा हैकम जमाउने हैसियतमा पुग्नेछन त्यसकारण यो धर्मको समूल नष्ट गर्ने अभियानमा उनीहरु लागिपरेकै छन् विगतमा हिन्दु धर्ममाथि जेजति प्रहारहरु भएका थिए कुनै कुनै एउटा हिन्दु ज्ञानीले इर्साईहरुको त्यो अभियानलाई परास्त नै गरिदिएको सर्न्दर्भमा नेपालका धार्मिक व्यक्तित्वहरुले बढ्दो इर्साईकरणको वेग रोक्न कस्तो कदम चाल्ने हुन् - यही नै प्रतिक्षाको विषय बनेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सभासद्हरुले स्वीकारेको एउटा सत्य (04.07.2009)
यसलाई नियती मान्ने कि भुल ! (03.31.2009)
जलस्रोतको धनी देशमा काकाकुल नियति (03.24.2009)
गल्ती सच्याउने साहस गर्नुपर्छ (03.17.2009)
महिला अधिकार, वर्तमान आन्दोलन र धार्मिक मान्यता (03.10.2009)
अब बन्ने संविधानमा समेटिने कुराहरेकका आ-आफ्नै स्वार्थ कि राष्ट्र ? (03.03.2009)
जे नहुनुपर्ने हो त्यही भैरहेछ ! (03.01.2009)
जस्तो शिक्षा त्यस्तै नतिजामानव (03.01.2009)
आत्मा नै नमान्नेहरुले आत्मनिर्ण्र्ााो अधिकार दिने ! (02.10.2009)
राष्ट्रिय भावनाको खडेरी (02.03.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]