Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:03pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

नेपाली समाजको वर्तमान मनोविज्ञान
अग्रजको गलत बा
Tuesday, 04.21.2009, 10:22am (GMT+5.5)

नेपाली समाजको वर्तमान मनोविज्ञान कता डोरिंदैछ - यसको लेखाजोखा गर्नुपर्ने बेला भैसकेको छ । समाजको मनोविज्ञानकै आधारमा मुलुकको समग्र गतिविधि प्रष्टिने हुँदा गलत मनोविज्ञानको प्रभाव अधिक पर्‍यो भने त्यो समाज अशान्त, अविकसित, अव्यवस्थित, अराजक बन्न पुग्दछ । नेपाली समाज अहिले यस्तै समस्याहरुको जञ्जालमा जकडिएको छ ।

सामाजिक मनोविज्ञान अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण हुँदै जान्छ । अघिल्ला पुस्ता अर्थात् नेतृत्वतहमा बसेकाहरुले वर्तमा पिढीलाई सही र राम्रा संस्कारहरु सिकाउन सक्यो भने मात्र त्यो समाज अगाडि बढ्न सक्छ र भविष्य सुन्दर हुन्छ । नेपाली समाज यतिबेला राम्रा कुराहरुकोभन्दा नराम्रा कुराहरुको माखे साङ्लोबाट जकडिएको छ । समाजमा मेलमिलाप छैन, शान्ति सुरक्षा छैन, विकास निर्माणका कार्यहरु ठप्प छन्, अराजकताको सीमै छैन । मानिसमा नैतिक आचरण र मानवोचित गुणको कुनै संकेत समेत पाइदैन । सवैमा मै खाउँ मै लाउँको भावना मात्र विकसित भएको छ । आपसी सद्भाव, सहिष्णुतामा कालो बादल मडारिएको छ । भ्रष्टाचार, दूराचार, अत्याय, अत्याचार, बलजफ्त जस्ता व्यवहारहरु सामान्य लाग्न थालेका छन् । यस्ता गतिविधिहरु जारी रहेसम्म समाज अग्रगामी छलाङ मार्ने अभियानमा सरिक हुन सक्दैन । अग्रजहरुले गलत बाटो समाउँदा वर्तमान पुस्ता पनि सोही मार्गमा अग्रसर भैरहेको छ र यसले भविष्यलाई अन्धकारतर्फडोर्‍याइरहेको छ ।

हिजोभन्दा आज राम्रो हुनुपर्नेमा आज झन् दर्ुगतिको बाटोतिर समाज अगाडि बढिरहेको छ । राजनीतिक नेतृत्वमै सद्भाव र विश्वासको वातावरण छैन भने अरु क्षेत्रमा त्यस्तो अपेक्षा गर्नु नै बेकार हुन्छ । सवै नीतिहरुलाई सुसंचालन गर्ने राजनीति दूषित भएपछि अरु नीतिहरु स्वतः दूषित नै हुन्छन् । राजनीति स्वच्छ, पारदर्शी र मुलुकको र्सवाङ्गण्िा हितका लागि उपयोग भयो भने शिक्षा, स्वास्थ्य, आर्थिक नीतिहरु सोही अनुसार लक्ष्यमा पुग्न सक्छन् । तर अहिलेको विडम्वना त के भने चारैतिरको राजनीतिकरणले कुनै पनि नीति चल्नुपर्ने जसरी चलेको छैन । आफूलाई फाइदा हुने कुरा सवैले मान्नैपर्ने वाध्यकारी अवस्था छ । समाजलाई जसरी जुनरुपमा गतिशील बनाउनुपर्ने हो त्यतातिर जिम्मेवार समूहहरुले कुनै ध्यान दिएका छैनन् । जनताको दुहाई दिएर जनतालाई नै आहत पार्ने कार्य भैरहेका छन् ।

जनता समग्रमा जनता नै हो । जनताको जात, धर्म, वर्ण्र्ाालङ्ग हुँदैन । हो व्यक्ति र समूहमा त्यस्ता कुरा हुन्छन् । जनता भनेको व्यक्ति-समूह हुँदै बनेको संगठित जमात हो । तर यहाँ समग्र जनतालाई हेरेर बोल्ने-गर्ने गरिएको पाइदैन । कुनै समूह वा वर्गलाई मात्र जनता मान्ने परिपाटीको विकास भएको छ । राजनीतिक दलहरु आफ्ना कार्यकर्तालाई मात्र जनता मान्न थालेका छन् । माओवादी उनकै र्समर्थक र कार्यकर्तालाई जनता मान्ने, कांग्रेस त्यही भन्ने, एमाले पनि त्यही भन्ने र साना तथा क्षेत्रीयता र जातीयतावादी दलहरु पनि आफूहरुको चाहना जनताकै चाहना भएको बताइरहेका छन् । यसरी समाजलाई विभाजित गर्ने काम भैरहेको छ । माओवादीको चाहना पनि जनताकै चाहना, कांग्रेस, एमाले तथा अरुको चाहना पनि जनताकै चाहना बनाइएको छ । निरपेक्ष जनताको चाहनालाई भने कसैले पनि ध्यान दिएका छैनन् । संगठनभित्र आवद्ध भएको मानिस जनताभन्दा पनि सम्बन्धित संगठनको कार्यकर्ता मानिन्छ । जनताको परिभाषाा समग्रतामा गर्नुपर्ने हुन्छ । तर अहिले यही कुराको अभाव देखिएको छ ।

मुलुक जुन गतिमा अगाडि बढिरहेको छ यो शुभसंकेत नभएको समाजशास्त्रीहरु बताउँछन् । उनीहरुका अनुसार अगाडि बढ्ने बाटो खोल्नुपर्नेहरुले झन्झन् पछाडि धकेलिरहेका छन् । समाजमा नेतृत्वदायी भूमिकामा रहेकाहरु स्वार्थको थाङ्नामा लुटपुटिएका छन् । त्यसकारण पनि नेपाली समाजको मनोविज्ञान नकारात्मक दिशातिर बढी अग्रसर देखिएको छ ।

समाज भताभुङ्ग भयो भने राष्ट्र पनि त्यसरी नै तहसनहस हुन्छ । जसरी एउटा व्यक्तिका कारण परिवार नासिन्छ त्यसै गरी परिवार-परिवार हुँदै समाज र समाज-समाज, गाउँ-जिल्ला-क्षेत्र हुँदै समग्र मुलुक अस्तव्यस्त हुन पुग्छ । अहिलेको आवश्यकता समाजलाई गतिशील बनाउने हो । राजनीतिक स्थिरता, सद्भाव र सद्व्यवहार तथा सहिष्णुता हो । जनताले आफ्नो चाहना व्यवहारमै पूरा भएको देख्न पाउनु हो । शान्ति, सुशासन तथा सहज जीवनशैली नै नेपाली जनताको मनोविज्ञान भए पनि अहिले त्यसमा हत्या, हिंसा, अराजकता, भ्रष्टाचार लगायत जति पनि विकृतिहरु छन् त्यसलाई थोपर्ने काम भैरहेको छ । यसका अन्त्य हुनु जरुरी छ । सामाजिक मनोविज्ञानमा परिवर्तनको आवश्यकता छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सांस्कृतिक अतिक्रमणको लहर ः (04.14.2009)
सभासद्हरुले स्वीकारेको एउटा सत्य (04.07.2009)
यसलाई नियती मान्ने कि भुल ! (03.31.2009)
जलस्रोतको धनी देशमा काकाकुल नियति (03.24.2009)
गल्ती सच्याउने साहस गर्नुपर्छ (03.17.2009)
महिला अधिकार, वर्तमान आन्दोलन र धार्मिक मान्यता (03.10.2009)
अब बन्ने संविधानमा समेटिने कुराहरेकका आ-आफ्नै स्वार्थ कि राष्ट्र ? (03.03.2009)
जे नहुनुपर्ने हो त्यही भैरहेछ ! (03.01.2009)
जस्तो शिक्षा त्यस्तै नतिजामानव (03.01.2009)
आत्मा नै नमान्नेहरुले आत्मनिर्ण्र्ााो अधिकार दिने ! (02.10.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]