गत ११ गते तेस्रो जनआन्दोलन दिवस मनाइयो । नेपालको लोकतन्त्र चौथो वर्षा प्रवेश गरेको छ । राजामा रहेको राजकीय सत्तामा जनताको हातमा आएको यो दिन नेपालीहरुका लागि अपर्ूव उत्साह र खुसीको दिन भए पनि यसपछि नेपाली जनताको अपेक्षा र आकांक्षाको कुनै सुनुवाई भएको छैन । राज्यको पुनःसंरचना गर्दै नेपाली जनतालाई मालिक बनाउने घोषणा गरेका दलहरुको वर्तमान क्रियाकलापले जनतालाई हरेक दिन निराश मात्र बनाइरहेको छ । जनताका नाममा नेताहरुले राज गर्ने क्रम टुटेको छैन । जनआन्दोलन-२ को उपलब्धिलाई संस्थागत गर्ने नाममा कुनै एउटा पार्टर्ीीे अभीष्ट र स्वार्थ लाद्ने अभियान चलिरहेको छ । जनतालाई राजकीय सत्ताको मालिक बनाउने घोषणा गर्नेहरु अहिले जनतालाई रैती बराबर पनि मान्न छाडेका छन् । जनतालाई मालिक बनाउँछौं भन्नेहरु नै जनतालाई गुमराहमा राखेर विभाजिन बनाइरहेका छन् । आफ्नो दलमा आवद्ध हुनेहरु मात्र जनता हुन् भन्ने सोचको विकास भैरहेको छ । जनता मालिक भएको अनुभूति हुन सकेको छैन ।
जनआन्दोलन-२ को स्पष्ट सन्देश थियो- सवै राजनीतिक दलहरु मिलेर मुलुक बनाऊ । तर भैदियो उल्टो । राजनीतिक दलहरु वाध्यकारी अवस्थामा मिले जस्तो त गर्छन् तर उनीहरु कहिल्यै एक हुन सकेका छैनन् । आ-आफ्ना स्वार्थ र आग्रहको बन्धनले यसरी कसिएका छन् त्यसबाट उम्कने सोचकै विकास हुन सकेको छैन । विगतमा सशस्त्र संर्घष्ा गरेको माओवादी र शान्तिपर्ूण्ा आन्दोलन गरिरहेका तत्कालीन पाँच दलप्रति न जनर्समर्थन थियो न उनीहरुको संर्घष्ाले सफलता पाउने लक्षण नै थियो । दिल्लीको सक्रियताले जुटेका दलहरु अहिले पनि उनीहरुकै निर्देशन नभइकन मिल्ने छाँटकाँट नै देखाउँदैनन् । जनताले अपार साथ र सहयोग प्राप्त गरेका भए पनि सत्ता र शक्ति आर्जनको बाटोतिर मात्र लागिरहँदा लोकतन्त्र प्राप्ति भएको ४ वर्षप्रवेश गरिसक्दा पनि मुलुकको अवस्था हिजोभन्दा आज कुनै मानेमा पनि फरक छैन । मात्र सत्ताका पात्रहरु फेरिएका छन् ।
जनआन्दोलनमा जनताको सहभागिता मुलुकको विकास, निर्माण तथा शान्ति र स्थायित्वका लागि हो । उनीहरुले ज्यानको आहुति कसैलाई सत्तामा स्थापित गर्न र कसैलाई विस्थापित गर्न दिएका होइन । नयाँ नेपाल निर्माणका लागि हो । जनआन्दोलनमा घाइते भएकाहरु अझै छट्पटाइरहेका छन् । उनीहरुले गोली र लाठी खाएको राष्ट्रका लागि हो । तर भैदियो उल्टो, राष्ट्रका लागि केही गर्ने सोच नै पलाउन सकेन । लोकतन्त्रको यो तीन वर्षो कालावधिमा मुलुक अनिश्चित र डरलाग्दो भविष्यतिर उन्मुख भैरहेको छ ।
लोकतन्त्र प्राप्तिको चौथो वर्षप्रवेशले धेरै प्रश्नहरु जन्माएका छन् । आज पनि सडकका पेटीहरुमा जनआन्दोलनका घाइतेहरु भेटिन्छन् । सहयोगको याचना गर्दै मन्त्रालय-मन्त्रालय पुगेका पनि देखिन्छन् । जिल्ला प्रशासनमा धाउनेहरु पनि प्रशस्तै छन् । तर उनीहरुले राहत र सहयोग पाइरहेका छैनन् । जसको संर्घष्ाका कारण नेताहरु आज यो हैसियतमा पुगे उनीहरुकै लागि सहयोग गर्न उदासिन रहनुलाई कृतघ्नताको पाराकाष्टा नै मानिएको छ । बेला बेलामा आन्दोलनका योद्धाहरुका स्मरण गरिन्छ, उनीहरुको सपना पूरा गर्ने वाचा पनि खाइन्छ । तर उनीहरुका परिवारले भोगिरहेको समस्यापति ध्यानै दिइदैन । शहीद र योद्धाहरु केवल राजनीतिक नारावाजीको पात्र मात्र हुन पुगेका छन् । आन्दोलनमा ज्यान गुमाउनेहरु अमर भए । तर अङ्गभङ्ग भएका घाइतेहरुको अवस्था अहिले पनि उस्तै छ । उनीहरुलाई राहतको व्यवस्था छैन । विगत ३ वर्षेखि अचेत अवस्थामै रहेका जनआन्दोलनका घाइतेहरुप्रति सरकार र राजनीतिक दलहरुले कुनै सरोकार नै राखेका छैनन् । जनआन्दोलनका घाइतेहरु आफ्नो सहायताका लागि घरघर चहार्दै छन् । बैसाखी र सहायकको भरमा यसरी आफ्नो गुजाराकै लागि माग्दै हिंड्नुपर्ने अवस्था योद्धाहरुको छ । उनीहरुको सम्पर्ूण्ा व्यवस्था राज्यले नै गर्नुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन । जनआन्दोलन-२ को सफलतापछि भएका कतिपय हिंसात्मक घटनामा परेर ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्दै १०-१० लाख आर्थिक सहयोग दिने सरकारले उनीहरुलाई यहाँसम्म ल्याइपुर्याउन आफ्नो ज्यानको पर्वाह नगर्ने योद्धाहरुको उपचारका लागि समेत आवश्यक जोहो गर्ने चासो देखाएको छैन । तोकिएको आर्थिक सहयोग दिंदैमा राज्यको जिम्मेवारी पूरा हुँदैन । यो कुरालाई हेक्का राखिएको पाइएन ।
विभाजित मानसिकतले जनताको परिभाषा नै बदलिएको छ । जनताको अर्थ कुनै राजनीतिक दलका कार्यकर्ता मात्र हुन पुगेका छन् । यस्तोमा समग्र जनता र राष्ट्रको मुक्तिका लागि लडेका योद्धाहरुको सम्मान कसले गर्ने - जनआन्दोलनका घाइतेहरुलाई भन्दा अनेक हथण्डामा परेर घाइते भएकाहरुलाई प्राथमितमा राखिएको छ । कुनै अपराधीले गरेको ज्यादतिको क्षतिपर्ूर्ति सरकारले दिने गरेको सर्न्दर्भमा सिंगो मुलुकका लागि संर्घष्ा गरेकाहरुका लागि कसले हर्ेर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अब शहीद परिवार र जनसंर्घष्ाका क्रमका घाइते भएकाहरुले पनि कुनै राजनीतिक दलको सदस्यता लिनुपर्ने त होइन - प्रश्न गम्भीर बनेर उठिरहेको छ ।