कुनै पनि वस्तु, पदार्थ, पद्धति वा सिद्धान्त र व्यवहारमा आउने परिवर्तनले सकारात्मक बाटो पहिल्याउनु पर्छ । सकारात्मक र अशल कुराकै लागि परिवर्तन हुन्छ र गरिन्छ । पुराना कुराहरुको खराब पक्षलाई मेटेर नयाँ संस्कारको विकास गर्ने र सवैलाई खुसी हुने गरी त्यसको प्रभाव विस्तार गर्ने काम परिवर्तनले गर्छ । धानबाट चामल हुँदै त्यो पकाएपछि भातमा परिवर्तन हुँदा त्यसले मानिसको भोक मेटाउछ, शरीरमा उर्जा दिन्छ र जीवन धानिरहन्छ । त्यस्तै राजनीतिक व्यवस्थाको परिवर्तनबाट पनि जनता र मुलुकले नयाँ जीवन पाउनर्ुपर्छ- परिवर्तनको र्सार्थकता त्यसो हुनसके मात्र हुन्छ ।
व्यवस्थाहरु परिवर्तन भैरहन्छन् तर मुलुक परिवर्तन हुँदैन । व्यवस्थाका संचालकहरु परिवर्तन हुन्छन् तर त्यसको सिद्धान्त र गन्तव्य फरक हुँदैनन् । सुनलाई जस्तोसुकै आकार दिए पनि अन्ततः त्यो सुन नै हो । तिलहरीलाई गालेर मुन्द्री बनाए पनि वा औंठी बनाए पनि सुनको स्वरुप बदलिंदैन । मुलुक पनि त्यस्तै हो । राजतन्त्र होस् या गणतन्त्र होस्, मुलुक मुलुक नै हो र त्यसको स्वरुप र अस्तित्वमा परिवर्तन आउँदैन । यसका भौगोलिक, प्राकृतिक मानचित्रहरुमा राजनीतिक परिवर्तनले मात्रै परिवर्तन आउँदैनन् । जवर्जस्ती त्यसमा परिवर्तन गर्न खोजियो भने त्यसले हानी बाहेक केही दिंदैन । धान कुटेर चामल बनाई भात पकाउनुभन्दा धान नै खान्छु भन्यो भने त्यो मर्ुखता मात्रै हुन्छ र त्यसले लाभभन्दा हानी नै बढी हुन्छ । यो परिवर्तनका नियमभित्रका पक्षहरु हुन् । परिवर्तन जहिले पनि सकारात्मक नै हुन्छ र त्यसले वृहत्तर हित गर्ने भन्ने सामान्य तथ्य हो ।
नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भयो । त्यो परिवर्तनले समग्रतामा सकारात्मक सोच र संस्कारको विकास गर्नुपथ्र्यो र जनताले गरेको आशा पनि त्यस्तै थियो । तर भैरहेछ सवै उल्टो मात्र । व्यवस्था बदलिंदैमा भूगोल नै बदल्ने हुँकार गर्नु मर्ुखता मात्र हो । जनताको परिचय नेपाली हुनुमा जति गौरवशाली हुन्छ भोलि मधेसी, पहाडी, हिमाली वा लिम्बुवानी, खम्बुवानी, खस प्रदेशी वा किराँत प्रदेशीको हुनुमा रहँदैन । तर अहिले यस्तै विडम्वनापर्ूण्ा आवाजहरुले प्रश्रय पाइरहेको छ । धानको अस्तित्व रहे मात्र भात पाक्ने हो । त्यस्तै नेपालको अस्तित्व रहे मात्र नेपाली रहने हो । जनआन्दोलन-२ को परिवर्तनले हामीलाई धानबाट चामल हुँदै भात होइन धानको बर्ेनातिर पो धकेल्ने हो कि भन्ने चिन्ता जागृत भैरहेको छ । राजनीतिभित्र घुसेका अनेक विकृतिले मुलुकलाई छिन्नभिन्न पार्दैगएको छ ।
यतिबेला केही टाठाबाठालाई नेपाली हुनुभन्दा र नेपालीको परिचयले चिनिनुभन्दा कुनै जाती विशेष वा प्रदेश विशेषबाट चिनिने रहर पलाएको छ । परिवर्तनले दिन नसकेको संस्कार यही हो । एक किसिमले भन्ने हो भने यत्रो ठूलो राजनीतिक परिवर्तनको उपलब्धि भनेको जातजातबीचको आपसी बेमेल र विद्वेष त होइन भन्ने शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मुलुकलाई एकतासूत्रमा बाँधेर राजनीति संचालन गर्ने जिम्मेवारी लिएकाहरुले यो कुरा बुझ्नै चाहेनन् । उनीहरुमा परिवर्तन भनेको आफूहरुको सत्ता वा आफ्नो वर्ग र समूहको सुखसयल मात्र हो भन्ने ठानिरहेका छन् । मुलुकको यो अवस्था आउनुमा परिवर्तनका संवाहक शक्ति भनिएकाहरुमा विकसित हुन नसकेको अशल संस्कार र गुणको अभावले नै हो ।
परिवर्तन कसरी हुन्छ र अन्ततः त्यसको उपलब्धि के हुन्छ भन्ने बुझ्नका लागि एउटा फूलको बोटलाई लिए पुग्छ । एउटा सुगन्धित फूल फुलाउनका लागि कम्ति मेहेनत गर्नुपर्दैन । विरुवा रोप, त्यसको गोडमेल गर्यो, समय समयमा मल-पानी दियो अन्ततः एउटा कोपिला लाग्दै सुगन्धित र सुन्दर फूल फक्रन्छ । मुलुक त्यस्तै फूल हो । यसलाई समयदेखि नै अशल विचारहरुले डोर्याएको भए अहिले यस्तो अवस्था आउने थिएन । अब त मुलुक एउटा भर्भराउँदो फूलको बोट नभएर मल-जल नपाएर र मालीको अभावमा सुकेर काँडामात्र बाँकी रहेको अवस्थामा पुग्न लागेको अनुभूति धेरैले गरिरहेका छन् । फूलबारी जोगाउने जिम्मा मालिको मात्र होइन त्यो बगैंचाको मालिकको पनि हो । तर यतिबेला जनतामा मुलुकप्रति जति चिन्ता र चासो छ राजनीति गर्नेहरुमा पटक्कै छैन । आफूलाई बौद्धिक क्षेत्रका अगुवा भनेर नथाक्नेहरुमा पनि त्यस्तो चेतना जागृत छैन । उनीहरु कसलाई रिझाएर के कस्तो लाभ हातपार्न सकिन्छ भन्ने चिन्तनकै लागि बौद्धिक व्यायाम गरिरहेका छन् । यही हो परिवर्तनले दिन नसकेको सकारात्मक सन्देश ।
मुलुकमा गणतन्त्र स्थापना भयो । त्यसबाट नेपाली जनता निकै उत्साहित थिए । जसरी धानको बाला लहलह झुल्दा किसानहरु दङ्ग पर्छन् गणतन्त्र स्थापनापछि नेपाली जनता त्यसरी नै दङ्गदास थिए । तर त्यो खुसी असिनाले धानको बाला चुटेजस्तै नेताहरुले चकनाचुर पारिदिए । अहिलेको र्सवाधिक दुःखद् पक्ष यही हो । यत्रो परिवर्तनले के दियो भनेर खोज्ने हो भने अधिकांश पक्ष नकारात्मक मात्रै भेटिन्छन् । खै त परिवर्तनले सकारात्मक र उर्जा प्रदान गरेको -