कुरो जहाँबाट सुरु गरे पनि असन्तुष्टि सिवाय केही पाइदैन । शिक्षा, स्वास्थ्य, समाज, धर्म, संस्कृति, परम्परा, नैतिक मूल्य-मान्यता र सामाजिक सुरक्षा जस्ता विषयहरु अब धेरै परको भैसकेको छ । जिम्मेवारी लिनेले पदकै लागि र आफ्नो व्यक्तिगत लाभका लागि मात्र र्सार्वजनिक पदधारण गरेको देखिन्छ । त्यस्ता पदधारीहरुले देश र जनताका लागि के गरे - भन्ने प्रश्न ज्वलन्त रुपमा उठिरहेका छन् । विगत ३ वर्षो अवधिमा मुलुकमा यति धेरै वेथिति बढ्यो, यति विकृति-विसंगतिको बिउ छरियो- त्यो अब हर्ुर्किएर जताततै विषै विषयको रुपमा पोखिंदैछ । नेपाली समाज यस्तै विषको प्रभावले पक्षघाततिर उन्मुख भैरहेको छ । शिक्षा प्रदान गर्ने शिक्षक कुटिन्छन्, त्यस्ता अपराधीलाई कार्बाही गर्न प्रशासन चलमलायो भने त्यसको विपक्षमा शर्ीष्ा राजनीतिक संगठन नै अग्रसर हुन्छन् । स्वास्थ्यकर्मी कुटिन्छन्, राजनीतिक नेता, कार्यकर्ता कुटिन्छन्, मारिन्छन् । उनीहरुको पनि सुरक्षा छैन । मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउने र त्यसका लागि सहायक भूमिका निर्वाह गर्ने जनशक्ति नै असुरक्षित भएपछि र्सवसाधारण नागरिकको के गति होला - सहजै अनुमान गर्न सकिन्छ ।
यतिबेला सवभन्दा सस्तो र हाँसोको विषय बनेको छ- मानवीय सम्वेदना हो । मान्छेले आफूले पाउनुपर्ने अधिकार पाउनै सकेका छैनन् । नागरिक सर्वोच्चता र राजकीय सत्ताको स्रोत मानिएका जनता आफ्नो हैसियतबारे आफैंसंग प्रश्न गर्न थालेका छन् । हिजो राजकीय सत्ताको स्रोत अरुकै हातमा हुँदाको अवस्था र आफ्नै हातमा हुँदाको अवस्थाबीचको अन्तर जनताले केलाउन थालेका छन् । जनताको धर्ैयको बाँध टुट्न मात्र बाँकी छ ।
आफ्नो बाहेक अरुको स्वार्थ देख्नै नचाहने, बुझ्नै नचाहने र महसुस नै गर्न नचाहने प्रवृत्तिको बढोत्तरी छ । सत्ता र शक्तिमा रहेकाहरु जनतालाई न्यूनतम अधिकार प्रत्याभूति हुने किसिमको कार्यक्रम ल्याउन असफल भैरहेका छन् । कसरी सत्ताको भागवण्डा मिलाउने र कसरी बढीभन्दा बढी आफ्नो हितमा निर्ण्र्ाागराउने भन्ने सोचले सवै पक्ष ग्रसित छन् । शिक्षाशास्त्री, समाजशास्त्री, अर्थशास्त्री, योजनाविद्हरुको कुनै मूल्यांकन छैन । जसलाई जे मनलाग्यो त्यही गरिरहेका छन् । यसरी मुलुक कतिन्जेल चल्ने हो र सवैले भट्याइरहेको 'नयाँ नेपाल'को स्वरुप कस्तो हुने हो - चिन्ता सिवाय केही भेटि्दैन ।
नयाँ नेपालको संरचनाको विकास कहाँबाट कसरी गर्ने भन्ने विषयमा यसका ठेकेदारी लिएकाहरुबीचमै बाझाबाझको स्थिति छ । अर्कोतिर दक्षिणतिरबाट सीमा अतिक्रमण हुने र जनतालाई लखेट्ने काम जारी छ । सुस्ता होस् वा कालापानी, कोइलाबास होस् वा बारा- नेपाली भूमि घटिरहेको छ । त्यहाँ मानव हृदय पीडाले चित्कार गरिरहेको छ तर सुन्ने कसले - शहरमा नागरिक सर्वोच्चताको उच्च नारा घन्काउनेहरु सीमा क्षेत्रमा आफ्ना नागरिक लखेटिंदा नागरिक सर्वोच्चता खोसिएको अनुभूति नै गर्दैनन् । यस विषयमा राजनीतिक तहबाट कोही कसैले एक शब्द बोल्दैनन् । सवलाई पद चाहिएको छ, प्रतिष्ठा चाहिएको छ र सम्पत्ति थुपार्ने धुन चढेको छ । मुलुक र मुलुकबासीको हितमा कामगर्ने फर्ुसद कसैलाई छैन । र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरु जनताप्रति कत्ति पनि जिम्मेवार छैनन् । मानवीय सम्वेदनशीलता यसै गरी हराउँदै गएको छ ।
र्सार्वजनिक ओहदाधारीमा व्यक्तिगत स्वार्थ हावी भयो भने त्यसले सिंगो मुलुकलाई ध्वस्त पार्दछ । कसैको स्वार्थकै लागि मुलुकको ऐन-नियम, कानुनको पालना गर्ने गराउने काम निस्तेज पारिन्छ भने त्यो समाज निश्चित रुपमा भताभुङ्ग हुन्छ र अराजकताको जन्म हुन्छ । सवैको समान हैसियत र अस्तित्व हुन्छ । जनता सवै हुन् । तर यहाँ कांग्रेसको जनता, माओवादीको जनता, एमालेको जनता, 'मधेसी' पार्टर्ीीे जनता । जनतालाई विभाजित गरिएको छ । कोही बाहुन जनता, कोही क्षेत्री जनता, कोही नेवार, र्राई, लिम्बु, खम्बु, शर्ेपा, तामाङ, थारु, मैथिल, अवधि के के हो, के के । सयभन्दा बढी जातजाति रहेको देशमा यी सवै उनीहरुका कथित नेताहरुको मात्र जनता । सिंगो मुलुकबासी साझा जनता हुन सकिरहेको अवस्था छैन । जनता आखिर जनतै हुन् भन्ने भावनाको विकास हुन सकेको छैन । मानवीय सम्वेदनशीलता यसरी हराइरहेको छ । राजनीतिक स्वार्थका लागि हिन्दु, बौद्ध, मुस्लिम, इर्साई लगायत अनेक धर्म-सम्प्रदायबीच विभेदको खाडल खनियो । प्रत्येक जातबीचमा यस्तै विद्वेषको विजारोपण गरियो । नेपाल जस्तो थियो अब त्यस्तै रहन्छ वा रहन्न भन्ने गम्भीर र चिन्ताजनक प्रश्नहरु उठ्न थालेका छन् । कतिपय स्वार्थी तत्वहरु त नेपालको नाम नै मेटाउनर्ुपर्छ भन्नेसम्मका अभिव्यक्ति दिन थालेका छन् । अर्कोतिर स्वदेशकै नेताहरु जातीय आधारमा राज्यको बाँडफाँड गरेर कहिल्यै नटुंगिने द्वन्द्वको सुरुवात गर्ने प्रयासमा छन् ।
मान्छेको अन्तरहृदयबाट निस्किएको चित्कार जसले सुन्छ उही वास्तविक नेता हो । नेपालमा यस्तो नेताको सधैं अभाव नै भयो । राष्ट्र र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने नेताको अभावले मुलुक आज यो अवस्थामा पुगेको हो । भाइचारा, सहिष्णुता र सुमधुर सम्बन्धहरु कटुतामा परिणत भैरहेका छन् । सिंगो समाज टुक्रा-टुक्रामा विभक्त हुनेक्रम जारी छ । एकले अर्कोको अस्तित्व स्वीकार गर्नै गाह्रो छ । यो सव गलत राजनीतिक शिक्षाको कारणले हो । राजनीतिले समाजलाई अग्रंगति दिनुपर्नेमा यसलाई भत्काउने दिशातिर उन्मुख गराइरहेको छ । दलगत र व्यक्ति स्वार्थलाई प्राथमिकतामा राख्नुको परिणाम- मुलुकमा मानवीय सम्वेदनशीलता हराउँदै गएको छ । मान्छे मरिनु र मारिनु सामान्य कुरा बन्न थालेको छ । प्राध्यापकदेखि- चिकित्सकसम्म कुटपिट र दर्ुर्व्यवहारको शिकार भैरहेका छन् । यस्तो अवस्थामा असल र चलायमान समाजको कल्पना कसरी गर्ने ?