Yugasambad.Com.Np
National Weekly
 
Thursday, 03.11.2010, 09:28am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

कमजोर हुँदैगएको
Tuesday, 06.23.2009, 10:12am (GMT+5.5)

कुरो जहाँबाट सुरु गरे पनि असन्तुष्टि सिवाय केही पाइदैन शिक्षा, स्वास्थ्य, समाज, धर्म, संस्कृति, परम्परा, नैतिक मूल्य-मान्यता सामाजिक सुरक्षा जस्ता विषयहरु अब धेरै परको भैसकेको जिम्मेवारी लिनेले पदकै लागि आफ्नो व्यक्तिगत लाभका लागि मात्र र्सार्वजनिक पदधारण गरेको देखिन्छ त्यस्ता पदधारीहरुले देश जनताका लागि के गरे - भन्ने प्रश्न ज्वलन्त रुपमा उठिरहेका छन् विगत वर्षो अवधिमा मुलुकमा यति धेरै वेथिति बढ्यो, यति विकृति-विसंगतिको बिउ छरियो- त्यो अब हर्ुर्किएर जताततै विषै विषयको रुपमा पोखिंदैछ नेपाली समाज यस्तै विषको प्रभावले पक्षघाततिर उन्मुख भैरहेको शिक्षा प्रदान गर्ने शिक्षक कुटिन्छन्, त्यस्ता अपराधीलाई कार्बाही गर्न प्रशासन चलमलायो भने त्यसको विपक्षमा शर्ीष्ा राजनीतिक संगठन नै अग्रसर हुन्छन् स्वास्थ्यकर्मी कुटिन्छन्, राजनीतिक नेता, कार्यकर्ता कुटिन्छन्, मारिन्छन् उनीहरुको पनि सुरक्षा छैन मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउने त्यसका लागि सहायक भूमिका निर्वाह गर्ने जनशक्ति नै असुरक्षित भएपछि र्सवसाधारण नागरिकको के गति होला - सहजै अनुमान गर्न सकिन्छ

यतिबेला सवभन्दा सस्तो हाँसोको विषय बनेको - मानवीय सम्वेदना हो मान्छेले आफूले पाउनुपर्ने अधिकार पाउनै सकेका छैनन् नागरिक सर्वोच्चता राजकीय सत्ताको स्रोत मानिएका जनता आफ्नो हैसियतबारे आफैंसंग प्रश्न गर्न थालेका छन् हिजो राजकीय सत्ताको स्रोत अरुकै हातमा हुँदाको अवस्था आफ्नै हातमा हुँदाको अवस्थाबीचको अन्तर जनताले केलाउन थालेका छन् जनताको धर्ैयको बाँध टुट्न मात्र बाँकी

आफ्नो बाहेक अरुको स्वार्थ देख्नै नचाहने, बुझ्नै नचाहने महसुस नै गर्न नचाहने प्रवृत्तिको बढोत्तरी सत्ता शक्तिमा रहेकाहरु जनतालाई न्यूनतम अधिकार प्रत्याभूति हुने किसिमको कार्यक्रम ल्याउन असफल भैरहेका छन् कसरी सत्ताको भागवण्डा मिलाउने कसरी बढीभन्दा बढी आफ्नो हितमा निर्ण्र्ाागराउने भन्ने सोचले सवै पक्ष ग्रसित छन् शिक्षाशास्त्री, समाजशास्त्री, अर्थशास्त्री, योजनाविद्हरुको कुनै मूल्यांकन छैन जसलाई जे मनलाग्यो त्यही गरिरहेका छन् यसरी मुलुक कतिन्जेल चल्ने हो सवैले भट्याइरहेको 'नयाँ नेपाल'को स्वरुप कस्तो हुने हो - चिन्ता सिवाय केही भेटि्दैन

नयाँ नेपालको संरचनाको विकास कहाँबाट कसरी गर्ने भन्ने विषयमा यसका ठेकेदारी लिएकाहरुबीचमै बाझाबाझको स्थिति अर्कोतिर दक्षिणतिरबाट सीमा अतिक्रमण हुने जनतालाई लखेट्ने काम जारी सुस्ता होस् वा कालापानी, कोइलाबास होस् वा बारा- नेपाली भूमि घटिरहेको त्यहाँ मानव हृदय पीडाले चित्कार गरिरहेको तर सुन्ने कसले - शहरमा नागरिक सर्वोच्चताको उच्च नारा घन्काउनेहरु सीमा क्षेत्रमा आफ्ना नागरिक लखेटिंदा नागरिक सर्वोच्चता खोसिएको अनुभूति नै गर्दैनन् यस विषयमा राजनीतिक तहबाट कोही कसैले एक शब्द बोल्दैनन् सवलाई पद चाहिएको , प्रतिष्ठा चाहिएको सम्पत्ति थुपार्ने धुन चढेको मुलुक मुलुकबासीको हितमा कामगर्ने फर्ुसद कसैलाई छैन र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरु जनताप्रति कत्ति पनि जिम्मेवार छैनन् मानवीय सम्वेदनशीलता यसै गरी हराउँदै गएको

र्सार्वजनिक ओहदाधारीमा व्यक्तिगत स्वार्थ हावी भयो भने त्यसले सिंगो मुलुकलाई ध्वस्त पार्दछ कसैको स्वार्थकै लागि मुलुकको ऐन-नियम, कानुनको पालना गर्ने गराउने काम निस्तेज पारिन्छ भने त्यो समाज निश्चित रुपमा भताभुङ्ग हुन्छ अराजकताको जन्म हुन्छ सवैको समान हैसियत अस्तित्व हुन्छ जनता सवै हुन् तर यहाँ कांग्रेसको जनता, माओवादीको जनता, एमालेको जनता, 'मधेसी' पार्टर्ीीे जनता जनतालाई विभाजित गरिएको कोही बाहुन जनता, कोही क्षेत्री जनता, कोही नेवार, र्राई, लिम्बु, खम्बु, शर्ेपा, तामाङ, थारु, मैथिल, अवधि के के हो, के के सयभन्दा बढी जातजाति रहेको देशमा यी सवै उनीहरुका कथित नेताहरुको मात्र जनता सिंगो मुलुकबासी साझा जनता हुन सकिरहेको अवस्था छैन जनता आखिर जनतै हुन् भन्ने भावनाको विकास हुन सकेको छैन मानवीय सम्वेदनशीलता यसरी हराइरहेको राजनीतिक स्वार्थका लागि हिन्दु, बौद्ध, मुस्लिम, इर्साई लगायत अनेक धर्म-सम्प्रदायबीच विभेदको खाडल खनियो प्रत्येक जातबीचमा यस्तै विद्वेषको विजारोपण गरियो नेपाल जस्तो थियो अब त्यस्तै रहन्छ वा रहन्न भन्ने गम्भीर चिन्ताजनक प्रश्नहरु उठ्न थालेका छन् कतिपय स्वार्थी तत्वहरु नेपालको नाम नै मेटाउनर्ुपर्छ भन्नेसम्मका अभिव्यक्ति दिन थालेका छन् अर्कोतिर स्वदेशकै नेताहरु जातीय आधारमा राज्यको बाँडफाँड गरेर कहिल्यै नटुंगिने द्वन्द्वको सुरुवात गर्ने प्रयासमा छन्

मान्छेको अन्तरहृदयबाट निस्किएको चित्कार जसले सुन्छ उही वास्तविक नेता हो नेपालमा यस्तो नेताको सधैं अभाव नै भयो राष्ट्र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने नेताको अभावले मुलुक आज यो अवस्थामा पुगेको हो भाइचारा, सहिष्णुता सुमधुर सम्बन्धहरु कटुतामा परिणत भैरहेका छन् सिंगो समाज टुक्रा-टुक्रामा विभक्त हुनेक्रम जारी एकले अर्कोको अस्तित्व स्वीकार गर्नै गाह्रो यो सव गलत राजनीतिक शिक्षाको कारणले हो राजनीतिले समाजलाई अग्रंगति दिनुपर्नेमा यसलाई भत्काउने दिशातिर उन्मुख गराइरहेको दलगत व्यक्ति स्वार्थलाई प्राथमिकतामा राख्नुको परिणाम- मुलुकमा मानवीय सम्वेदनशीलता हराउँदै गएको मान्छे मरिनु मारिनु सामान्य कुरा बन्न थालेको प्राध्यापकदेखि- चिकित्सकसम्म कुटपिट दर्ुर्व्यवहारको शिकार भैरहेका छन् यस्तो अवस्थामा असल चलायमान समाजको कल्पना कसरी गर्ने ?


Comments (0)        Print        Tell friend        Top


Other Articles:
परिवर्तन ः सकारात्मक र उर्जाशीलताका लागि (06.16.2009)
बाटो राम्रो भए गाडी सलल्ल गुड्छ (06.09.2009)
गणतन्त्र दिवस खल्लो ः भावी बाटो झन् अप्ठ्यारो (06.02.2009)
नयाँ मान्छे देख्दा उत्पन्न भएको त्रास (05.26.2009)
भाँडिएको राजनीति ः अरु क्षेत्रबाट के अपेक्षा गर्ने ? (05.19.2009)
स्थायित्वका लागि (05.12.2009)
लोकतन्त्रको तीन वर्षो यात्राजनता मालिक भएको कहिले अनुभूत गर्ने ? (04.28.2009)
नेपाली समाजको वर्तमान मनोविज्ञानअग्रजको गलत बा (04.21.2009)
सांस्कृतिक अतिक्रमणको लहर ः (04.14.2009)
सभासद्हरुले स्वीकारेको एउटा सत्य (04.07.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 

© Neeraz.Com 2007
[Top Page]