| Yugasambad.Com.Np | ||||
|
सर्न्दर्भTuesday, 06.30.2009, 11:58am (GMT5.5)
अघिल्लो हप्ताको अन्त्यतिर यातना विरुद्धको दिवस मनाइयो । यो दिवसमा प्रहरीले हिरासतमा दिने यातना, सोधपुछका क्रममा हुने कुटपीट, राजनीतिक रुपमा बन्दी बनाइएकाहरुलाई दिने मानसिक शारीरिक यातना लगायत अरु विभिन्न पक्षहरुको खुबै चर्चा भयो । विशेष गरेर प्रजातन्त्र नभएका मुलुकहरुमा राजनीतिक, आपराधिक तथा अन्य असामाजिक गतिविधिमा लागेकाहरुलाई यातना दिने गरिन्छ भन्ने भनाइहरु र्सार्वजनिक भैरहेका हुन्छन् । नेपालमा पनि यातनाविरुद्ध लाग्ने विभिन्न संघसंस्थाहरु छन् । उनीहरुको काम राजनीतिक रुपमा हिरासतमा रहेका, अपराधमा संलग्न भएकाहरुलाई प्रहरीले दिने यातनाका विरोधमा स्वर उठाउनु रहेको छ । यो उनीहरुको विधान बमोजिमको कर्तव्य हो । जे काम गर्नका लागि जुन संगठन खुलेको हुन्छ त्यसले त्यस्तै काम गर्ने हो । यातना विरुद्ध आवाज उठाउन सहयोग दिनेहरुको निर्देशन बमोजिम आवाज उठ्नु त्यसलाई सामान्य रुपमा लिनुको विकल्प छैन । नेपालमा यस्ता संघसंस्थाहरु कति छन् र उनीहरुले नेपाली जनताको समग्र हितका लागि के कस्तो उपलब्धिमूलक कार्य गरे भन्ने लेखाजोखा कुनै न कुनै दिन अवश्य हुनेछ । यातनाका अनेक रुप हुन्छन् । कसले कसलाई दिएको पीडालाई यातना मान्ने यो गम्भीर प्रश्न बनेको छ । संसारमा अधिकारका जति चर्का नारा लगाइन्छन् त्यति नै अधिकार हनन्का घटनाहरु घटिरहेका हुन्छन् । नेपालकै सर्न्दर्भमा कुरा गर्ने हो भने पछिल्लो समयमा 'नागरिक सर्वोच्चता' स्थापित गर्ने नाममा र्सवसाधारणले पाएको दुःख र हण्डरको कसैले ख्याल गरेनन् । कुनै राजनीतिक दलको स्वार्थका लागि जनताले सकस पाउनु जनअधिकार हनन्को विषय हो । चर्को घाममा फोहरको डुंगुरका बीच पैदल हिंड्नु त्यो पनि भयपर्ूवक- कुनबेला कताबाट ढुङ्गा वषिर्ने हो कि भन्ने त्राससंगै नागरिक सर्वोच्चताको खोजी भैरहेको छ । सरकार आफ्नो उपस्थिति देखाउँनै सक्दैन । नागरिक अपहरणमा परिरहेका छन्, शान्ति सुरक्षाको कुनै गुञ्जायस छैन । जनता यति ठूलो मानसिक यातनामा बाँचिरहनु परेको छ कि यसको बयान गरेरै सकिंदैन । अपराध गर्नेहरुले उन्मुक्ति पाएका छन् । राजनीतिक संरक्षणले अपराधीहरु प्रोत्साहित भैरहेका समाचार बारम्बार आइरहेकै छन् । राजनीतिक दलका नाममा हुने अपराधलाई प्रशासनले आँखा चिम्लेर नदेखेझैं गर्ने गर्दछ । यस्तो अवस्थामा यातना विरुद्धको दिवस मनाउनुको र्सार्थकता कति होला - गम्भीर प्रश्न बनेको छ । जनता खानेपानी समेत नपाएर छट्पटिंदा, औषधि उपचार नपाएर पीडाले चिच्याइरहेका बेला मानवअधिकार दिवस मनाए जस्तै जनता चारैतिरको यातनाले थिलथिलो भएका बेला यातना विरुद्धको दिवसमा नीतिगत भाषण छाट्ने बाहेक केही काम भएन । वितेका तीन वर्षा अपराध यति बढ्यो कि यसको बयान गरी साध्य छैन । टोपीवाल देखेपछि धोतीवाल डराउने र धोतीवाल देखेपछि टोपीवाल डराउनुपर्ने अवस्था छ । नाक चुच्चे र थेप्चे, अग्लो र होचो, कालो र गोरो, लुङ्गी र कछाडबीच जसरी द्वन्द्व चकाइएको छ यसले आम जनतामा राजनीतिक यातनाको सुरुवात गरेको छ । यो यातनाले कुनदिन गृहयुद्धको मोड लिने हो पत्तो छैन । राजनीतिदेखि समाजशास्त्रीसम्मले अहिले मानवीय सम्वेदनशील पक्ष ध्वस्त हुँदैगएको बताइरहेका छन् । लोकतन्त्रहुँदै गणतन्त्रसम्मको यात्रा गरेका राजनीतिक नेताहरु नै वितेको ३ वर्षा मुलुक अग्रगमनतिर नभएर पश्चगमनतिर गैरहेको घोषणा गर्न थालेका छन् । हिजोसम्म सुन्दै नसुनिएको अपहरण र फिरौतीले नेपाली जनता अहिले अत्यन्त तनावमा छन् । उनीहरुको उपचार गर्ने कुनै एनजीओ वा आइएनजीओ छैन । सायद अब खुल्छ होला । समग्र जनताले सुख र शान्ति प्राप्त गर्ने सवाललाई कसैले पनि प्राथमिकता दिएका छैनन् । सवैलाई आ-आफ्नै स्वार्थ र महत्वकांक्षा प्यारो छ । यातना पीडितको कुरा गर्नेहरुले हिरासतभित्रको आरोपीलाई प्रहरीले हानेको दर्ुइ मुड्कीको ठूलो स्वरमा विरोध गर्दछन् तर समाजमा बोक्सीको नाममा एउटी महिलालाई समाजका अगुवा भनिनेहरुले दिएको शारीरिक तथा मानसिक यातनाको कुनै चर्चा हुँदैन । यस्ता यातना पाउनेहरुको ठूलो लिष्ट नै तयार भैसकेको छ । छुवाछुत, जातीय विभेद, धार्मिक विभेद, भाषिक विभेद जस्ता पक्षहरु एकले अर्कोलाई दिने यातना नै हुन् । यिनीहरु गम्भीर मानवीय अपराधका रुपमा स्वीकार्नुको साटो यसलाई राजनीतिक चेतना र जनतामा जागेको स्वतन्त्रताको भोकको संज्ञा दिएर लत्याउने गरिएको छ । नेपालमा मात्र होइन बलियाले दिएको यातना अनुसन्धानको एउटा पक्ष बन्छ भने निर्धाले दिएको यातना मानवअधिकार हनन्को विषय बन्छ । अमेरिकाले इराक र अफगानिस्तानमा गरेको व्यवहारले ती देशका जनताले कति यातना पाएका छन्, यसको न राष्ट्रसंघले खोजी गर्छ न अरु मानवअधिकार संगठनहरुले नै । भारतले नेपालको सीमा अतिक्रमण गरिरहेको छ । सीमावर्ती क्षेत्रका नेपालीहरुलाई दर्ुर्व्यवहार गर्दै लखेटिरहेको छ यस्तोमा यातना विरुद्ध कार्य गर्ने संस्थाहरुको बोली बन्द हुन्छ । एउटा प्रहरीले कुनै अपराधीलाई दर्ुइ चार मुक्का हानेको पाइयो भने यो ठूलो विषय बन्छ । त्यसको रंगीन फोटो शहरका भित्ता भित्तामा सजाएर मानवअधिकार रक्षाको गुहार मागिन्छ । यस्तोमा मुलुकको स्वतन्त्रता, नागरिक सर्वोच्चता, मौलिक हक जस्ता सैद्धान्तिक पक्षहरुको कसरी संरक्षण होला । राष्ट्रियताका पक्षमा कोही केही बोल्दैनन् । शान्ति सुरक्षा कायम गर्ने सवालमा पनि सवैको बोली बन्द छ । जति धेरै विकृति र विसंगति बढ्यो उति धेरै डलर भित्र्याउन पाइने लोभमा लागेकाहरुले मुलुकलाई शान्तिपर्ूण्ा रुपमा अघिबढ्न नदिने अनेक षड्यन्त्र गरिरहेका छन् । यही नै अहिलेको दर्ुभाग्य हो । राजनीतिक दलहरु पनि आम नागरिकको भावनाको कदर गर्नुको साटो यस्तै षड्यन्त्रकारीहरुको फन्दामा पर्ने गरेका छन् । यसै कारण नेपाली जनताले अहिले हरक्षण यातना खेप्नु परिरहेको छ । विद्यालय गएको छोरा, कलेज गएकी छोरी वा कार्यालय गएका पतिको गृह प्रवेश नहुन्जेलसम्म हरक्षण यातनाले सताइरहेको छ । कहिले होला यस्तो अवस्थाको अन्त्य - यातनाका स्वरुप अनेक हुन्छन् । नेपाली जनताले पाइरहेको अहिलेको यातना विश्वव्यापी चासोको विषय बन्नुपर्ने हो । सरकार, राजनीतिक दल तथा नागरिक अगुवा भनिनेहरुले यस्ता विषयहरुमा गम्भीर ध्यान दिनुपर्ने हो । मुलुकमा बढिरहेको दण्डहीनता, राजनीतिक असमझदारी, तथा हर क्षणको त्रास र भयले जनताले देशमा सरकार छ भन्नसक्ने अवस्थै नरहेको बेला मनाइएको यातना विरुद्धको दिवसको अर्थ र उपादेयता के रहला - जिम्मेवारहरुको चेतनाको घैंटोमा लागेको बिर्को खुल्थ्यो कि - |
||||