"सरकारले शिक्षामा गरेको लगानीको चाहेजस्तो र लगानी अनुरुपको नतिजा छैन । सरकारले विद्यालय शिक्षाका लागि खर्च गरेको अर्बौं रुपैयाँ बालुवामा पानी खन्याएजस्तो मात्र छ । शिक्षकहरूलाई जागीर खुवाउने र बेरोजगार उत्पादन गर्ने बाहेक सरकारी विद्यालयको कुनै योगदान छैन ।" यो आरोप एकजना शिक्षाविद्को हो । विद्यालय शिक्षा नै बालबालिकाको उज्वल भविष्यको आधार हो तापनि नेपालमा विद्यालय शिक्षामा वर्ग विभाजनको रेखा कोरिएको छ । अलिकति हुनेखानेहरू, केही रकमको जोहो गर्न सक्नेहरू निजी विद्यालयतिर आकषिर्त भैरहेका छन् भने गरिब, असहाय, निम्न आय भएका वर्गका छोराछोरी मात्र सरकारी वा सामुदायिक विद्यालयका विद्यार्थी हुने गरेका छन् ।
यो एउटा अर्कै सर्न्दर्भ हो । यहाँ चर्चा गर्न लागिएको मुख्य विषय भनेको नेपालमा स्थापित विद्यालयहरूको नामको हो । नेपाली भाषा-संस्कृतिमाथि चारैतिरबाट प्रहार गर्ने नियोजित षड्यन्त्र भैरहेको छ भन्ने आरोप लागिरहेकै बेला निजी क्षेत्रका विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरूले भने आफ्नो नाम समेत विदेशी राख्ने गरेका छन् । नेपालका शिक्षासेवी, साहित्यकार, राष्ट्रिय विभुति, राष्ट्रका लागि योगदान गरेका महान व्यक्तिहरूको नाम र उनीहरूको त्याग, तपस्याको अवमूल्यन भैरहेको छ । आजकल काठमाडौंमा मात्र होइन देशभरि नै खुल्ने र खुलिरहेका विद्यालयहरूको नाम विदेशी नेता, विदेशको शहर वा अन्य नामहरूसंग मिल्ने गरी राखिएको हुन्छ । 'लिंकन', 'हृवाइट हाउस', युनिभर्सल, 'क्लिन्टन', जस्ता नामहरू विद्यालयका हुने गरेका छन् । ती नाम र त्यसको अर्थ तथा त्यससंग सम्बन्धित व्यक्ति, पात्र वा विषयवस्तुको नेपालमा के योगदान रहृयो - यस विषयमा सम्बन्धित पक्षहरू जानकार छैनन् । 'अरुणोदय', 'सगरमाथा', 'जयपृथ्वीबहादुर सिंह', र्'धर्मभक्त', 'शुक्रराज शास्त्री', 'मदन भण्डारी', मनमोहन अधिकारी' लगायतका युगपुरुषहरूको नाममा पनि विद्यालयहरू खुलेका छन् । राजमार्गको नाम पनि राखिएको छ ।
नेपालीपनको आभाष अहिलेदेखि नै विद्यार्थीहरूलाई दिन सकिएन भने भोलि हाम्रो आफ्नो भन्ने केही रहँदैन । बालबालिकाले टुटेफेटेकै अंग्रेजी बोलेपछि अभिभावक दङ्गदास हुने र त्यसैलाई आफूहरूको सफता ठान्ने विद्यालय संचालकहरूले आफ्नो भाषा, संस्कृति र पहिचान कायम राख्ने र विद्यार्थीहरूलाई यसबारे शिक्षा दिनुपर्ने आवश्यकताबोध नै गर्दैनन् ।
शिक्षाले नै राष्ट्रियताको जगर्ेना गर्दछ । आजका अधिकांश विद्यार्थीहरूको एउटै उद्देश्य कसरी विदेश पलायन हुने भन्ने मात्र रहेको पाइन्छ । राष्ट्रकै लागि योगदान दिने चाहनाको विकास गर्न किन शिक्षालयहरूले सकिरहेका छैनन् - महत्वपर्ूण्ा सवाल नै यही बनेको छ । विद्यार्थीहरूलाई राष्ट्रप्रति जिम्मेवार बनाउनुको साटो उनीहरूलाई विदेश पलायन गराउने शिक्षा प्रदान गर्ने विद्यालयहरूले आफ्नो नाम पनि विदेशी नेता, विदेशी शहरको राख्नु कुनै आर्श्चर्यको विषय नभएको तर्कलाई पनि नजरअन्दाज गर्नसकिने अवस्था छैन ।
बालबालिकालाई कस्तो शिक्षा प्रदान गर्ने भन्ने विषय विद्यालयको नामसंग होइन उनीहरूको अभियानलाई महत्व दिनुपर्ने कुराहरू पनि उठ्न सक्छन् । यो नाजायज पनि होइन । तर विदेशीका नाममा खुलेका विद्यालयहरूले विदेश पठाउने विद्यार्थी तयार पार्ने अभियान चलाउनु चाहिं कत्तिको जायज हो भन्ने बहसको विषय हो । विज्ञान-प्रविधिको उच्चतम् विकास गरेको अमेरिकी विद्यालयहरूमा अमेरिकी धर्म, संस्कृति, साहित्य, सामाजिक, आर्थिक विषयहरूको अध्यापन गराइन्छ । विद्यार्थीहरूलाई आफ्नो मुलुकको धर्म, संस्कृति, रितीरिवाज, आर्थिक, राजनीतिक, सामाजिक अवस्थाबारे राम्रो जानकारी दिइन्छ । त्यसपछि मात्र उनीहरू आफूले चाहेको विषयमा उच्चशिक्षा प्राप्त गर्दछन् । यो एउटा सामान्य उदाहरण मात्र हो । अमेरिकाको पाठ्यक्रम कस्तो छ वा त्यहाँको अध्यापन शैलीतिर नजाउ तर अध्यापन गराइने विषयवस्तुलाई मनन् गर्नुपर्छ । अमेरिकाकै नेताको नाममा खुलेका विद्यालयहरूले नेपालका बारेमा अध्यापन गराइरहेका छन् कि अमेरिकाको बारेमा - महत्वपर्ूण्ा सवाल हो ।
वितेका केही वर्षता नेपालको मौलिक परिचयबोधक चिन्हहरू मेट्ने होडवाजी नै सुरु भएको छ । नेपाली भाषामाथि नै ठूलो प्रहार भैरहेको छ । आयातित संस्कृति थोपरेर मौलिक संस्कृति ध्वस्त पार्ने र मुलुकलाई भाषिक-सांस्कृतिक उपनिवेश बनाउने प्रयास जिम्मेवार तहबाटै जानी नजानी भैरहेको छ । यसैको एउटा कडीको रुपमा नेपालमा विदेशीहरूको नाममा विद्यालय खुल्न थालेका त होइनन् भन्ने ज्वलन्त प्रश्न उठिरहेको छ । अब उठाउनैपर्ने महत्वपर्ूण्ा र र्सवाधिक चासो र चिन्तायुक्त प्रश्न के भने नेपाली विद्यार्थीहरूलाई पढाउने के र उनीहरूले सिक्ने कुरा के हो - नेपालीपन सिक्ने कि विदेशीको मात्र - यसतर्फशिक्षाशास्त्री, समाजशास्त्रीहरूको कस्तो प्रतिक्रिया हुन्छ - आम चासोको विषय यही हो ।