छलफलको अर्थ हुन्छ आपसमा बसेर उत्पन्न समस्या समाधान गर्ने सहमति गरी हातेमालो गर्दै अघि बढ्ने गृहकार्य । तर नेपालको वर्तमान राजनीतिक परिस्थिति हर्ेदा यस्तो लाग्छ छलफल एउटै शब्द नभएर दर्ुइ फरक 'छल' र 'फल' हुन् कि भन्ने अनुभूति हुन थालेको छ । दलहरू छलफलमा बस्छन् तर निकास केही निस्कदैन । आफ्नो जिम्मेवारी र जनताले दिएको अभिमतको वेवास्ता गर्दै जनतालाई छल मात्रै गरिरहेका छन् । एकीकृत नेकपा माओवादीको 'नागरिक सर्वोच्चता'को विषय होस् या सत्तारुढ दलहरूको 'लोकतान्त्रिक विधि'को नारा होस् यसमा दलहरूले जनतालाई छल मात्र गरिरहेका छन् ।
दलहरूको पछिल्लो अभिव्यक्ति र क्रियाकलाप जनतालाई छल गर्ने र त्यो छल गरेवापत फल भने आफूहरूले मात्र खाने रहेको छ । संविधान निर्माण गर्ने गहन दायित्वलाई बिर्सर्ेेसरकार निर्माण गर्ने र सरकार टिकाउने दाउमा दलहरू सक्रिय छन् । जतिसुकै 'पाल्से' कुरा गरे पनि जनताले बुझेको एउटा सत्य के हो भने कुनै पनि दल संविधान निर्माण गरेर जनतालाई सर्वोच्च स्थानमा राख्न चाहँदैनन् । यसको पुष्टिका लागि कुनै पनि नेताले एकै दिनमा दिएको अभिव्यक्तिहरूलाई नै सुने पुग्छ । मुलुकमा उत्पन्न समस्याको समाधान र गतिरोध अन्त्यका लागि चालिनुपर्ने कदमहरू आ-आफ्नो स्वार्थको भकारोले ढाकिएको छ । दलहरू कसरी हुन्छ फल मात्रै खाने दाउँमा भएका हुनाले उनीहरूले आपसमै छल गरिरहेका छन् र यो छल अन्ततः जनघातमा परिणत हुने दिन धेरै ढाटा छैन ।
सहमति र सहकार्यको विकल्प छैन भनेर नेताहरू बारम्बार भन्छन् । त्यसो भए त्यो विकल्परहित सहमति किन कायम हुन सकेन । विकल्परहित काम-कुरा हुन वा प्राप्त गर्न यति लामो समय लाग्छ - यसमा दलका नेताहरूमा एकले अर्कोलाई पराजित गरेको देख्न चाहने मानसिकताकै कारण र जनतालाई छलकपट गरेर रनभुल्लमा पार्ने अनि आफ्नो अभीष्ट पूरा गर्ने स्वार्थ गढेकै कारण सहमति हुन सकेको छैन । जनतालाई कसैले पनि सर्वोच्च स्थानमा राख्न चाहेका छैनन् । आफ्ना कार्यकर्ताको भरमा शासन सत्तानमा टिक्ने र त्यस्तै बलमा शासनमा पुग्ने दाउ सबैको छ । हिजोको गल्तीलाई कोट्याइरहृयो भने त्यसले झन बढी पीडा दिन्छ । खाटा परेको घाउ कोट्याउनु हुन्न । त्यसलाई कोट्याइयो भने त्यो निको हुन अझै धेरै समय र धन खर्च हुन्छ । अहिले यस्तै भैरहेको छ मुलुकको राजनीतिमा । झण्डै आधा वर्षअघि तत्कालीन प्रधान सेनापति प्रकरणमा उत्पन्न विवादले अहिलेसम्म निकास पाएको छैन । कोही त्यो विषयमा कुरै गर्न नचाहने र कोही त्यो विषयमा स्पष्ट रुपमा किटानी गरेर गल्ती गरेको अनुभूत गराएर अपमानित गराउन चाहने । यी दर्ुइ पक्षको लडाइँमा अन्ततः पराजित हुने भनेको मुलुक र जनता नै हुन् ।
कुनै पनि बहस वा संवाद कपटरहित भयो भने त्यसबाट निकास निस्कन्छ । तर गतिरोध अन्त्यका लागि भनेर नेपालमा राजनीतिक दलका नेताहरूबीच जति पनि बहस र संवाद भए त्यसमा छलकपटकै मात्र गन्ध आयो । अहिले एकीकृत नेकपा माओवादी आन्दोलनमा छ । सरकार शान्ति सुरक्षा कायम गर्न जस्तोसुकै कडा कदम चाल्न पनि पछिनपर्ने हुँकार गरिरहेको छ । आन्दोलनले क-कसलाई बढारेर कहाँ कहाँ पुर्याउने हो र मुलुकको लोकतन्त्र तथा गणतन्त्रको के हविगत हुने हो पत्तो छैन । राष्ट्रिय स्वार्थलाई दलहरूले आफ्नो एकमात्र मूल एजेण्डा मानेर कार्य गरेका भए अहिलेको स्थिति सिर्जना हुने थिएन । तर हरेक दलका हरेक नेताहरू अहंकार र स्वार्थले बास गरेको छ । त्यही स्वार्थका कारण जनतालाई छल गरिरहेका छन् र कसरी, कुन तरिकाबाट फल खान पाइन्छ भन्ने ध्याउन्नमै नेताहरू रल्लिइरहेका छन् ।
जनताको भावना बुझेका भए, जनताको अभिमतको कदर गर्थे । संविधानसभालाई सरकार बनाउने र गिराउने थलोका रुपमा परिणत गर्ने थिएनन् । जनताप्रति उत्तरदायी भएका भए, सहमति कायम गर्न कुनै ढिलाई हुन्थेन । बहुमत र अल्पतको खेल पनि हुने थिएन । पार्टर्ीी नेतापिच्छेको स्वार्थले मुलुकलाई असफल राष्ट्रको श्रेणीतिर हुत्याइरहेको छ । मुलुकको चिन्ता कसैलाई पनि छैन । दलगत र व्यक्तिगत स्वार्थको भकारोमा डुबेका नेताहरूले अब ७ महिनाभित्र कसरी नयाँ र जनमुखी संविधान जारी गर्लान् - आम जनमानसमा व्यापक कुतुहलता जागृत छ । नेताहरूको वर्तमान कार्यशैली सच्चिनै नचाहने प्रवृत्तिको छ । जनमतको बललाई भन्दा बाहुबललाई बढी प्राथमिकता दिने एकाथरिको प्रवृत्ति रहेको छ भने अर्काथरिको जनमतको उपेक्षा गरेरै भए पनि विदेशी रिझाएर सत्ताको चास्नीमा डुबुल्की मारिरहने राष्ट्रघाती प्रवृत्ति हावी छ । यी दुवै प्रवृत्तिले अन्ततः मुलुकलाई भड्खालोमा जाक्ने बाहेक अरु कुनै रचनात्मक नतिजा दिँदैन ।
छलफलका लागि नेतापिच्छेले भोज भतेरको आयोजना गर्छन् । स्वादिष्ट व्यञ्जन जीभ्रो पड्काउँदै खान्छन् र खाइसकेपछि सहमति हुन सकेन भन्दै बाहिरिन्छन् । यो सब जनतालाई झुक्याउने प्रपञ्च मात्र हो । नेताहरू छलफलमा बस्छन् तर त्यो बर्साईमा जनतालाई 'छल' मात्र गरिरहन्छन् र आफू भने 'फल' मात्र खाइरहन्छन् । अहिलेको वास्तविकता यही हो । यसमा सुधार गर्ने कोही महापुरुषको जन्म होला ?