Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:11pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

जनताको नाममा जनता नै &
Tuesday, 01.12.2010, 12:16pm (GMT+5.5)

गल्ती मानिसबाटै हुन्छ गल्ती सुधारेर अघि बढ्नु पनि मानवीय स्वाभाव हो तर यतिबेला कोही पनि आफ्नो गल्तीलाई सुधारेर अघि बढ्न उत्सुक छैनन् मुलुक यस्तो नाजुक अवस्थामा पुग्दा पनि नेताहरूमा राष्ट्रिय जिम्मेवारीबोधको अनुभूति हुन सकेको छैन जनता महंगी, अभाव, असुरक्षाबाट आक्रान्त छन् जनतालाई राज्यका तर्फाट प्राप्त हुनुपर्ने कुनै पनि सेवा-सुविधा प्राप्त छैनन् बजार कमिशनखोर कालाबजारीयाहरूको पकडमा राज्यविहीनता दण्डहीनताले पराकाष्टा नाघेको मुलुकमा सन्तोष गर्न सकिने कुनै पनि क्षेत्र छैन संविधान निर्माण गर्ने शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने अहम् अभिभारा बोकेका दलहरूमा पटक्कै जिम्मेवारीबोध छैन सत्ता शक्तिको हानाथापमा मुलुकको भविष्य दिन प्रतिदिन अन्धकारतिर मात्र धकेल्ने काम भैरहेको रोजगारीको समस्या विकराल शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा कुनै सुधार छैन जनतालाई राहत दिन अग्रसर हुनेहरू नै आहत दिइरहेका छन् जनताको नाममा जनता नै पीडित हुनुपर्ने अवस्थाको सिर्जना भैरहेको जसलाई जे मनलाग्यो त्यही गर्ने छुट कानुन बिधिको कुनै गुञ्जायस छैन मुलुक अपराधिकरणको दिशातिर उन्मुख भैरहेको

जनआन्दोलन- को सफलतापछि मुलुकमा जस्तो परिस्थितिको कल्पना गरिएको थियो त्यो पटक्कै छैन आम नेपाली जनताको आशामा यतिबेला तुषारापात मात्र भैरहेको दलहरूबीच देखापरेको अन्तरविरोध आपसी आरोप-प्रत्यारोपले देश दिन प्रतिदिन असफलताको सिंढी उक्लदैछ राजनीतिक नेतृत्व मनोगत भयले त्रस्त समस्या समाधानमा -आफ्नै किसिमका अवरोधहरू आइरहेका छन् तर, यसको निराकरण गर्ने दायित्व लिएकाहरू गम्भीर हुन सकेको पाइदैन नेपाली जनताको दिगो शान्तिको चाहनामाथि हरक्षण प्रहार भैरहेको राजनीतिक निकासको नाममा मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाउने काम भैरहेको राजनीतिक दलका नेताहरूमा अहंता दलीय स्वार्थले नराम्रोसंग डेरा जमाएको यतिबेला कोही पनि आफ्ना गल्ती, कमजोरी पहिल्याएर सुधारको बाटोतिर उन्मुख हुने सोचमा छैनन् मुलुकको भविष्यप्रति संवेदनशील हुन नेताहरूलाई कहिले चेत आउने जनता यसैको प्रतिक्षामा छन्

लोकतन्त्रले जनतालाई व्यापक राजनीतिक अधिकार दियो जनता नै राष्ट्रका मालिक हुन् भन्ने मान्यता स्थापित गर्यो तर त्यही जनताको टाउकोलाई राजनीतिक भकुण्डो बनाएर खेल्ने क्रम रोकिएको छैन परम्परागत संस्कारमा कुनै परिवर्तन आएको छैन क्रान्तिकारीदेखि यथास्थितिवादी सबै दलहरूको प्रवृत्ति उस्तै हिजो जस्तो थियो आज पनि त्यसमा सुधार छैन जनतामा बढिरहेको असन्तुष्टिको अनुभूति नेताहरूले गर्न सकिरहेका छैनन् जनताको नाममा नेताको स्वार्थ मात्र हावी भैरहेको आफ्ना कार्यकर्तालाई मात्र जनता ठान्ने उनीहरूकै बलमा आफ्नो स्वार्थ लागू गराउने अभियामा सबै दल जुटेका छन्

आजसम्म भएका गल्ती कमी-कमजोरी सच्याएर सबै दलहरू सहकार्य गर्दै अघि बढ्ने हो भने समय अझै बितिसकेको छैन महिनाको अवधिमा संविधान निर्माण गर्न सकिन्छ शान्ति प्रक्रियाको अभिन्न अङ्ग मानिएको सेना समायोजन तथा व्यवस्थापन पनि गर्न सकिन्छ तर दलहरूले यसमा इमान्दारिता देखाउँदै विगतको गल्ती कमजोरीहरू नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्नु आवश्यक जनता राजनीतिक रुपमा मात्र हैन दैनिक जीवनयापनमा सहजता, विधिको शासन स्थापना तथा न्याय समानता चाहन्छन् तर, शक्तिमा देखिएका कसैले पनि जनताको आकांक्षा पर्ूर्ति गर्न सकेका छैनन्, यो विडम्बनापर्ूण्ा तीतो यथार्थ हो जनतामा निराशा उत्पन्न भयो भने त्यसको ज्वालाले अनपेक्षित परिणाम ल्याउन सक्छ यसतर्फसरकार, राजनीतिक दल सबै गम्भीर हुनर्ुपर्छ कमजोरीहरूमा आत्मसमीक्षा गर्दै भविष्यलाई सुखद् बनाउने जनतासमक्ष गरेका वाचा पूरा गर्ने दिशातर्फअग्रसर हुनर्ुपर्छ प्राविधिक खिचलोमा अल्भिmएर मुलुकलाई बर्वाद गर्ने दिशातिर कोही अग्रसर हुनुहुन्न सहमति तथा सहकार्यको वातावरण सिर्जना नै अहिलेको आवश्यकता हो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
यो सब मुलुक बर्वाद (01.04.2010)
भारतीय हस्तक्षेप कम गर्न (12.28.2009)
मानवता नै थिलथिलो भैरहँदा मानवअधिकार दिवसवेदरा (12.15.2009)
कस्तो बनाउनेभन्दा कस्को बनाउन (12.07.2009)
महिला हिंसाविरुद्धको दिवस ः (11.30.2009)
त्रिविको भविष्यमाथि राजनीतिक खेलवाड (11.23.2009)
मन्त्रीहरूको उग्र स्वभाव र वर्तमान राजनीति (11.16.2009)
दलहरूको छलफल ः जनतालाई 'छल', आफूलाई 'फल' (11.09.2009)
हिलो पखाल्न हिलोकै प्रयोग (11.02.2009)
परम्परा नै मान्ने हो भने नारा किन उग्र ? (10.26.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]