गल्ती मानिसबाटै हुन्छ र गल्ती सुधारेर अघि बढ्नु पनि मानवीय स्वाभाव हो । तर यतिबेला कोही पनि आफ्नो गल्तीलाई सुधारेर अघि बढ्न उत्सुक छैनन् । मुलुक यस्तो नाजुक अवस्थामा पुग्दा पनि नेताहरूमा राष्ट्रिय जिम्मेवारीबोधको अनुभूति हुन सकेको छैन । जनता महंगी, अभाव, असुरक्षाबाट आक्रान्त छन् । जनतालाई राज्यका तर्फाट प्राप्त हुनुपर्ने कुनै पनि सेवा-सुविधा प्राप्त छैनन् । बजार कमिशनखोर र कालाबजारीयाहरूको पकडमा छ । राज्यविहीनता र दण्डहीनताले पराकाष्टा नाघेको छ । मुलुकमा सन्तोष गर्न सकिने कुनै पनि क्षेत्र छैन । संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने अहम् अभिभारा बोकेका दलहरूमा पटक्कै जिम्मेवारीबोध छैन । सत्ता र शक्तिको हानाथापमा मुलुकको भविष्य दिन प्रतिदिन अन्धकारतिर मात्र धकेल्ने काम भैरहेको छ । रोजगारीको समस्या विकराल छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा कुनै सुधार छैन । जनतालाई राहत दिन अग्रसर हुनेहरू नै आहत दिइरहेका छन् । जनताको नाममा जनता नै पीडित हुनुपर्ने अवस्थाको सिर्जना भैरहेको छ । जसलाई जे मनलाग्यो त्यही गर्ने छुट छ । कानुन र बिधिको कुनै गुञ्जायस छैन । मुलुक अपराधिकरणको दिशातिर उन्मुख भैरहेको छ ।
जनआन्दोलन-२ को सफलतापछि मुलुकमा जस्तो परिस्थितिको कल्पना गरिएको थियो त्यो पटक्कै छैन । आम नेपाली जनताको आशामा यतिबेला तुषारापात मात्र भैरहेको छ । दलहरूबीच देखापरेको अन्तरविरोध र आपसी आरोप-प्रत्यारोपले देश दिन प्रतिदिन असफलताको सिंढी उक्लदैछ । राजनीतिक नेतृत्व मनोगत भयले त्रस्त छ । समस्या समाधानमा आ-आफ्नै किसिमका अवरोधहरू आइरहेका छन् । तर, यसको निराकरण गर्ने दायित्व लिएकाहरू गम्भीर हुन सकेको पाइदैन । नेपाली जनताको दिगो शान्तिको चाहनामाथि हरक्षण प्रहार भैरहेको छ । राजनीतिक निकासको नाममा मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाउने काम भैरहेको छ । राजनीतिक दलका नेताहरूमा अहंता र दलीय स्वार्थले नराम्रोसंग डेरा जमाएको छ । यतिबेला कोही पनि आफ्ना गल्ती, कमजोरी पहिल्याएर सुधारको बाटोतिर उन्मुख हुने सोचमा छैनन् । मुलुकको भविष्यप्रति संवेदनशील हुन नेताहरूलाई कहिले चेत आउने जनता यसैको प्रतिक्षामा छन् ।
लोकतन्त्रले जनतालाई व्यापक राजनीतिक अधिकार दियो । जनता नै राष्ट्रका मालिक हुन् भन्ने मान्यता स्थापित गर्यो तर त्यही जनताको टाउकोलाई राजनीतिक भकुण्डो बनाएर खेल्ने क्रम रोकिएको छैन । परम्परागत संस्कारमा कुनै परिवर्तन आएको छैन । क्रान्तिकारीदेखि यथास्थितिवादी सबै दलहरूको प्रवृत्ति उस्तै छ । हिजो जस्तो थियो आज पनि त्यसमा सुधार छैन । जनतामा बढिरहेको असन्तुष्टिको अनुभूति नेताहरूले गर्न सकिरहेका छैनन् । जनताको नाममा नेताको स्वार्थ मात्र हावी भैरहेको छ । आफ्ना कार्यकर्तालाई मात्र जनता ठान्ने र उनीहरूकै बलमा आफ्नो स्वार्थ लागू गराउने अभियामा सबै दल जुटेका छन् ।
आजसम्म भएका गल्ती र कमी-कमजोरी सच्याएर सबै दलहरू सहकार्य गर्दै अघि बढ्ने हो भने समय अझै बितिसकेको छैन । ५ महिनाको अवधिमा संविधान निर्माण गर्न सकिन्छ र शान्ति प्रक्रियाको अभिन्न अङ्ग मानिएको सेना समायोजन तथा व्यवस्थापन पनि गर्न सकिन्छ । तर दलहरूले यसमा इमान्दारिता देखाउँदै विगतको गल्ती र कमजोरीहरू नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्नु आवश्यक छ । जनता राजनीतिक रुपमा मात्र हैन दैनिक जीवनयापनमा सहजता, विधिको शासन स्थापना तथा न्याय र समानता चाहन्छन् । तर, शक्तिमा देखिएका कसैले पनि जनताको आकांक्षा पर्ूर्ति गर्न सकेका छैनन्, यो विडम्बनापर्ूण्ा तीतो यथार्थ हो । जनतामा निराशा उत्पन्न भयो भने त्यसको ज्वालाले अनपेक्षित परिणाम ल्याउन सक्छ । यसतर्फसरकार, राजनीतिक दल सबै गम्भीर हुनर्ुपर्छ । कमजोरीहरूमा आत्मसमीक्षा गर्दै भविष्यलाई सुखद् बनाउने र जनतासमक्ष गरेका वाचा पूरा गर्ने दिशातर्फअग्रसर हुनर्ुपर्छ । प्राविधिक खिचलोमा अल्भिmएर मुलुकलाई बर्वाद गर्ने दिशातिर कोही अग्रसर हुनुहुन्न । सहमति तथा सहकार्यको वातावरण सिर्जना नै अहिलेको आवश्यकता हो ।