अहिले माओवादी अरु दलको क्रियाकलापप्रति सशंकित छ भने स्वयं माओवादीको गतिविधिबाट पनि अरु दल, त्यसमा पनि सत्तारुढ कांग्रेस-एमाले आश्वस्त हुन सकिरहेको छैन । संविधान निर्माण गर्ने समय ५ महिना पनि बाँकी नरहँदा दलहरूभित्र यसले महत्व नै पाइरहेको छैन । सत्ता र शक्ति आर्जनकै लागि दलहरूको सक्रियता बढिरहेको छ । संविधानसभाको निर्वाचन सम्पन्न भएको यो १९ महिनाको अवधिमा दलहरू केवल सत्ता र शक्ति आर्जनकै लागि कुदे, उनीहरूको सक्रियता त्यसैमा मात्र केन्द्रित भयो । मुलुकको भविष्यको कहीं कतैबाट ख्याल गरिएन र दलहरूबीच जसरी २०६२ मंसिरमा भारतको नयाँदिल्लीमा १२ बुँदे सम्झौता भएको थियो त्यसले गर्नुपर्ने काम गरिसकेको र अब दलहरूलाई जुटाएर होइन फुटाएर आफ्नो अभीष्ट पूरा गर्न सकिने दाउमा १२ बुँदे सम्झौता गराउने शक्ति लागिपरेको विश्लेषण हुन थालेको छ । यो कुरा नेपालका दलहरूले बुझेर पनि बुझपचाइरहेका छन् । उनीहरूमा आत्मनिर्ण्र्ाागर्नसक्ने हैसियत कायम छैन । मुलुकलाई घट्ट बनाएर पिस्ने काम मात्र भैरहेको छ घट्ट एकोहोरो घुमिरहेको छ, त्यसबाट हात लाग्नुपर्ने फल प्राप्त भएको छैन । लोकतन्त्रको उपलब्धि र गणतन्त्रको संस्थागत भन्दै मुलुकमा देखा परिरहेका अनेक विकृतिमूलक संस्कृतिहरूले मौलाउने अवसर पाइरहेका छन्, यो सब राजनीतिक दलहरूबीचको असमझदारी र मदारीको इशारामा नाच्ने बाँदर प्रवृत्तिको परिणाम हो ।
मुलुकमा यतिबेला कसको सरकार छ र को सत्ता पक्ष तथा प्रतिपक्ष भन्ने विभेद नहुनुपर्ने हो । तर यस्तै विभेदको रेखा कोरिएको छ । संविधानसभालाई टाउको गिन्तीको थलो बनाइयो । अर्कोतिर सरकार चल्नुपर्ने जसरी आफ्नै गतिमा चल्न सकेको छैन । सरकारको काम के हो - सरकार राज्य संचालन गर्न असफल भयो भने उसको अस्तित्व रहन्छ कि रहँदैन - यस्ता प्रश्न बारम्बार उठिरहेका छन् । सरकारको उपस्थिति कहीं कतै छन । सरकार कसका लागि गठन भएको हो जनताले भेउ पाउन सकेका छैनन् । सरकार प्रधानमन्त्री र मन्त्री तथा सम्बन्धित दलका नेता-कार्यकर्ताहरूका लागि मात्र गठन भएको आम बुझाइ छ । आफूले भनेका मान्छेलाई राज्यकोषबाट चन्दा वितरण गर्न पाइएन भनेर प्रधानमन्त्रीले आक्रोश पोख्नु राष्ट्रिय जिम्मेवारीबोध गरेको कति ठहर्ला -
मुलुक आर्थिक-सामाजिक र राजनीतिक रुपमा असफलताको शिखर उक्लदैछ तर जिम्मेवार नेताहरूलाई यसको कुनै चिन्ता छैन । दलहरूले यतिबेला आफ्नो दायित्व भुलेका छन् । परचक्रीको शरण परेर उनीहरूकै आड भरोसामा शक्ति आर्जन गर्ने खेल रोकिएको छैन । सानो समस्या आइपर्यो भने विदेश धाउने र उताको सन्देश-निर्देशको भरिया बनेर र्फकने नेताहरूले उनीहरूले नै भनेजस्तो 'नयाँ नेपाल' बनाउने होइन भएको नेपाल पनि स्थिर रहन सक्दैन भन्ने ठम्याई अहिलेको गतिविधिबाट गर्न थालिएको छ ।
जनताको जीवनस्तर दिन प्रतिदिन ओरालो लाग्दैछ । उद्योग-धन्दा, बन्द-व्यापार चौपट छन् । आर्थिक असमानताले सीमा नाघेको छ । तैपनि नेताहरूमा चेतना जागृत हुन सकेको छैन । राष्ट्रियता इतिहासमै र्सवाधिक कमजोर अवस्थामा पुगेको भए नेताहरू नेपाली राष्ट्रियतामाथि गिद्दे नजर लगाइरहेकाहरूकै गुलामी गर्न तँछाड मछाड गरिरहेका छन् । परचक्री रिझाएर, उनीहरूको स्वार्थ पर्ूर्ति गरेर शक्ति आर्जन गर्ने भोक लागेकाहरू मुलुक अरुले निलेपछि मात्र सन्तुष्ट हुन्छन् भन्ने आरोपलाई अहिलेको गतिविधिले मिथ्या सावित गर्न सक्दैन ।
विदेशीको काम नचाउने हो र हाम्रा नेताहरू नाचिरहेका छन् । उनीहरू हातमा डमुरु लिएर हल्लाउँछन् हाम्रा नेताहरू त्यसैको तालमा नाचिरहेका छन् । यसरी मुलुक बन्दैन । यो नयाँ नेपाल बनाउने अभियान नभएर नेपालको परिचय गुमाउने खेल हो । यो खेल तत्काल बन्द हुनर्ुपर्छ र मुलुकलाई नयाँ दिशामा अग्रसर गराउन सबै दल एकजुट हुनर्ुपर्छ । होइन मदारीको तालमा नाच्ने बाँदर मात्रै बन्ने हो भने भावि पुस्ताले सराप्ने छन् ।