Yugasambad.Com.Np
National Weekly
 
Friday, 03.12.2010, 04:13am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

निकृष्टताको चरम नमूना


Tuesday, 01.26.2010, 08:11am (GMT+5.5)

आफ्ना मान्छेलाई सुविधा दिलाउन सरकारले कतिसम्म गर्दछ भन्ने उदाहरण सुदूरपश्चिमका पत्रकार जगतप्रसाद जोशीको हत्याको छानविन गर्न गठित आयोगले खर्च गरेको राज्य कोष पीडितका परिवारलाई गरिएको वेवास्ताले उदाङ्ग पारेको छानविन आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको तर सरकारले त्यसलाई र्सार्वजनिक गरेको अभियुक्तहरूको खोजी कार्बाहीलाई नै अगाडि बढाएको पत्रकार जोशीको परिवार दैनिक गुजारा गर्न समेत नसक्ने अवस्थामा छन् उनीहरूका लागि राज्यले दिनुपर्ने सुविधा दिएको छैन अपराधी खुलेआम हिंडिरहेका छन् आयोग गठन गरेर आफ्ना कार्यकर्ता पोस्ने काम बाहेक सरकारले केही गरेन आयोगले ३१ लाख रुपैयाँ खर्च गर्यो तर पीडितका परिवारले ३१ पैसा पनि पाएनन्

जगत जोशीको नाममा भएको यत्रो रकमको खर्च हातलाग्यो शून्यको नतिजाले सुदूरपश्चिमका पत्रकारहरू आन्दोलित छन् उनीहरूको आन्दोलनले पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघलाई जति घच्घच्याउनु पर्ने हो यति भएन आयोगको खर्च प्रतिवेदन र्सार्वजनिक गर्ने माग भने महासंघले गरेको यतिले मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो भने महासंघको औचित्य पुष्टि हुन सकेको छैन हो महासंघले वीरेन्द्र साहदेखि उमा सिंह हुँदै जगत जोशीसम्मको हत्याको विरोधमा विभिन्न कार्यक्रम गर्यो तर त्यसलाई परिणामदायी बनाउने प्रयास कहिल्यै गरेन यतिसम्म कि सुदूरपश्चिमकै अर्का पत्रकार प्रकाश ठकुरी वेपत्ता पारिएको वर्षवितिसक्यो यस विषयमा कोही कसैले आवाज उठाएका छैनन् यतिबेला सुदूरपश्चिमेली पत्रकारहरू जगत जोशीमात्र होइन प्रकाश ठकुरीको अवस्थाका बारेमा समेत आन्दोलित

पत्रकार हत्या हुनु मुलुकको प्रेस स्वतन्त्रता नागरिक सर्वोच्चतामा अंकुश लगाउनु हो मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेदेखि यता मात्र कैयौं पत्रकार मारिएका छन्, कैयौं विस्थापित भएका छन् भने धम्कीको सामना गर्नुपर्ने पत्रकारहरूको संख्या कति कति उनीहरूले आफ्नो पेशालाई निर्वाध रुपमा संचालन गर्न पाइरहेका छैनन् पत्रकारहरूको सुरक्षा उनीहरूको पेशागत मर्यादा कायम राख्न राज्यले कुनै भूमिका निर्वाह गरेको छैन

एउटा पत्रकारको मृत्युलाई आफ्ना कार्यकर्ता पोस्ने अवसरको रुपमा उपयोग गर्नु राजनीतिक नेतृत्वको निकृष्ट कार्य हो योभन्दा तल्लोस्तरको काम अर्को हुनै सक्दैन आयोगले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन आन्दोलित पत्रकारहरूले आयोगलाई आफूले खर्च गरेको रकमको पुष्टि गर्न चुनौति नै दिइसकेका छन् उनीहरू यसै गरी सम्बन्धित पक्ष मौन रहने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्ने सोचमा पुगेका छन् आयोगका पदाधिकारीहरूले जगत जोशीको नाममा जेजसरी ब्रहृमलुट मच्चाए त्यसको तील बराबर अंश पनि जगत जोशीका पीडित परिवारले राहत पाएनन् र्सवाधिक दुःख विडम्वनापर्ूण्ा अवस्था नै यही हो राज्यको चौथो अंगको रुपमा क्रियाशील पत्रकारहरूलाई राज्यले नै यसरी उपेक्षा गर्दा मुलुकको लोकतन्त्रको धज्जी उडेकोमा उनीहरूलाई कुनै चिन्ता देखिएन पत्रकार जोशी मात्र होइन वीरेन्द्र साहका हत्याराहरू खुलेआम र्सार्वजनिक जीवन बिताइरहेका छन् उमा सिंहको हत्यालाई पारिवारिक रंग दिएर सामसुम पारियो प्रकाश ठकुरीको हत्याको अभियोग लागेकाहरूलाई आममाफी दिइयो यतिबेला जगत जोशीको हत्याको छानविन गर्न गठित आयोगले दिएको प्रतिवदेन सरकारले लुकाइराखेको

आयोगका अधिकारीहरू आफूहरूले सम्पर्ूण्ा किटानी प्रतिवेदनमा उल्लेख गरेका बताउँछन् जोशीको हत्यामा संलग्न भएकाहरूदेखि उनको परिवारलाई क्षतिपर्ूर्ति उपलब्ध गराउनेसम्मको विवरण प्रतिवेदनमा भएको उनीहरूको तर्क तर त्यो प्रतिवेदन र्सार्वजनिक पनि नहुनु सोही मुताबिक कार्वाही पनि अगाडि नबढेपछि त्यसको औचित्य के रहृयो - सरकारको योभन्दा निकृष्ट काम अरु के होला ?


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मदारीको काम बाँदर नचाउने नै हो (01.18.2010)
जनताको नाममा जनता नै & (01.12.2010)
यो सब मुलुक बर्वाद (01.04.2010)
भारतीय हस्तक्षेप कम गर्न (12.28.2009)
मानवता नै थिलथिलो भैरहँदा मानवअधिकार दिवसवेदरा (12.15.2009)
कस्तो बनाउनेभन्दा कस्को बनाउन (12.07.2009)
महिला हिंसाविरुद्धको दिवस ः (11.30.2009)
त्रिविको भविष्यमाथि राजनीतिक खेलवाड (11.23.2009)
मन्त्रीहरूको उग्र स्वभाव र वर्तमान राजनीति (11.16.2009)
दलहरूको छलफल ः जनतालाई 'छल', आफूलाई 'फल' (11.09.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 

© Neeraz.Com 2007
[Top Page]