जिज्ञासा राख्दै गयो भने अनेक रहस्यहरूको पत्ता लाग्दछ । विश्वमा भएका अनेक वैज्ञानिक आविष्कार र खोजहरूको एउटै कारण जिज्ञासुहरूको निरन्तरको मेहेनत नै हो । यसका लागि व्यक्तिको आचरण, व्यवहार र दैनिक जीवनशैली महत्वपर्ूण्ा मानिन्छन् । आज संसारमा भएका जति पनि भौतिक विकास छन् त्यसको आविष्कार गर्ने अधिकांश वैज्ञानिक गरिब परिवारका तथ दृढ आत्मविश्वासी र सादा जीवन उच्च विचारका धनी थिए । त्यसै भएर संसारमा मानिसको स्मरण गर्दा उसको जीवनशैलीलाई अग्रपंक्तिमा राखिन्छ । सादा जीवन उच्च विचारको कदर गर्दै राजदरबारमा जन्मिएर राजा हुने अधिकार लिएका सिर्द्धार्थ गौतम अहिले भगवानका रुपमा चिनिए । भौतिक सुख-सयल र दरबारी भोग विलासलाई त्यागेर मानव शान्तिका लागि ज्ञानको खोजीमा हिंडेका सिर्द्धार्थ गौतमको जीवनदर्शन अहिले विश्वको आधा जनसंख्याका लागि धर्मको रुपमा स्थापित भएको छ । त्यसैले मानिसले बहुजनको हित गर्ने एउटा निश्चित उद्देश्य राखेर अघि बढ्यो भने मात्र ऊ इतिहासमा स्मरणीय हुनेछ ।
मानव जीवनको लक्ष्य मै खाउँ मै लाउँ मात्र होइन । अरुका लागि केही दिनु पनि हो । यसका लागि असल आचरण मुख्य रुपमा रहेको छ । नेपालमा अहिले सबैभन्दा कमजोर पक्ष भनेकै आचरण भएको छ । सदाचारी हुनुपर्नेहरू भ्रष्टाचारी हुन थालेका छन् । सदाचार र सद्व्यवहारबाट मुलुक र मुलुकबासीको हित हुने कार्यतर्फअग्रसर हुनुपर्नेहरू आफ्नो व्यक्तिगत स्वार्थ पर्ूर्तिका लागि तल्लिन छन् ।
नेपाल अति नै भ्रष्टहरूको मुलुकमा गनिन थालिएको छ । भ्रष्ट आचरणमा पर्नेहरू भनी नेता, नीति निर्माता, कार्यान्वयनकर्ता, बुद्धिजीवी लगायत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका सवै अङ्ग-प्रत्यङ्गका पदाधिकारी डामिएका छन् । वैदिक सनातन धर्म-संस्कृतिको पावन भूमि नेपालमा धर्म-संस्कृतिको सकारात्मक पक्षलाई पर्ूण्ारुपमा ओझेलमा पारेर अनेक विकृतजन्य कुविचारहरू घोलिएका छन् । जीवन र जगतकै लागि सदाचारयुक्त जीवन व्यतित गरेका कैयौं ऋषिमु्निहरू मात्र होइनन् आधुनिक कालमा समेत त्यस्ता सत्पात्रहरूको चर्चा हुने गरेको छ । तर उनीहरूलाई समेत विस्मृतिमा पारिएको छ । राणा शासनको अन्त्यका लागि जनतामा जागरण पैदा गर्दै हाँसी हाँसी मातृभूमिका लागि आफ्नो प्राणको आहुति दिने चार महान शहीदहरूको सम्झना मात्रले पनि हामीहरूको शिर उच्च हुन्छ । तर ती शहीदहरूले देखाएको बाटो हिंड्नुपर्ने र मुलुकलाई नेतृत्व गर्नुपर्नेहरूको जीवनमा सदाचार हराउँदै भ्रष्टाचार मात्र मौलाइरहेको छ । सदाचारको नितान्त अभाव छ । जताततै भ्रष्टाचारै भ्रष्टाचार छ ।
भ्रष्टाचारभित्र आर्थिक अपचलन मात्र पर्दैन । जनता भ्रम र्छर्नु, जनतामा विभाजनको रेखा कोर्नु, जनतामा रहेको धार्मिक-सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउनु पनि भ्रष्टाचार नै हो । यी भ्रष्टाचार आर्थिक भ्रष्टाचारको तुलनामा सयौं गुणा बढी हानिकारक छन् । यस्तो भ्रष्टाचारविरुद्ध सदाचारी रुपमा आफूलाई उभ्याउनसक्ने र सोही अनुरुपको जीवनशैली व्यतित गर्नसक्ने योग्य पात्रको खोजी नेपाली समाजमा भैरहेको छ । आर्थिक-राजनीतिक क्षेत्रमा दक्षता हाँसिल गरेका व्यक्तिहरू पनि आफ्नो योग्यताअनुसार, आफूले आर्जन गरेको ज्ञान र क्षमताले सबैको हित गर्नुपर्छ भन्ने मान्यतामा छैनन् । उनीहरूमा कसरी आफू धनी हुने र कसरी समृद्धिको भर्याङ ठड्याउँदै जाने भन्ने चिन्ता मात्र । मुलुकको वर्तमान अवस्थाको एकमात्र कारण यही हो । आफू मात्र सम्पन्न हुनुपर्ने, आफूमात्र अरुका अगाडि ठूलो देखिनुपर्ने र आफूले मात्र सारा सुविधा भोग गर्नुपर्ने अनि आफूले भनेको सबैले मान्नुपर्ने अहंकारको बोलवाला हुनु सादा जीवन उच्च विचारको मान्यतालाई वेवास्ता गर्नु हो । मुलुक यसरी बन्दैन ।