Yugasambad.Com.Np

सादा जीवन उच्च विचारको
Tuesday, 02.02.2010, 08:29am (GMT5.5)

जिज्ञासा राख्दै गयो भने अनेक रहस्यहरूको पत्ता लाग्दछ विश्वमा भएका अनेक वैज्ञानिक आविष्कार खोजहरूको एउटै कारण जिज्ञासुहरूको निरन्तरको मेहेनत नै हो यसका लागि व्यक्तिको आचरण, व्यवहार दैनिक जीवनशैली महत्वपर्ूण्ा मानिन्छन् आज संसारमा भएका जति पनि भौतिक विकास छन् त्यसको आविष्कार गर्ने अधिकांश वैज्ञानिक गरिब परिवारका तथ दृढ आत्मविश्वासी सादा जीवन उच्च विचारका धनी थिए त्यसै भएर संसारमा मानिसको स्मरण गर्दा उसको जीवनशैलीलाई अग्रपंक्तिमा राखिन्छ सादा जीवन उच्च विचारको कदर गर्दै राजदरबारमा जन्मिएर राजा हुने अधिकार लिएका सिर्द्धार्थ गौतम अहिले भगवानका रुपमा चिनिए भौतिक सुख-सयल दरबारी भोग विलासलाई त्यागेर मानव शान्तिका लागि ज्ञानको खोजीमा हिंडेका सिर्द्धार्थ गौतमको जीवनदर्शन अहिले विश्वको आधा जनसंख्याका लागि धर्मको रुपमा स्थापित भएको त्यसैले मानिसले बहुजनको हित गर्ने एउटा निश्चित उद्देश्य राखेर अघि बढ्यो भने मात्र इतिहासमा स्मरणीय हुनेछ

मानव जीवनको लक्ष्य मै खाउँ मै लाउँ मात्र होइन अरुका लागि केही दिनु पनि हो यसका लागि असल आचरण मुख्य रुपमा रहेको नेपालमा अहिले सबैभन्दा कमजोर पक्ष भनेकै आचरण भएको सदाचारी हुनुपर्नेहरू भ्रष्टाचारी हुन थालेका छन् सदाचार सद्व्यवहारबाट मुलुक मुलुकबासीको हित हुने कार्यतर्फअग्रसर हुनुपर्नेहरू आफ्नो व्यक्तिगत स्वार्थ पर्ूर्तिका लागि तल्लिन छन्

नेपाल अति नै भ्रष्टहरूको मुलुकमा गनिन थालिएको भ्रष्ट आचरणमा पर्नेहरू भनी नेता, नीति निर्माता, कार्यान्वयनकर्ता, बुद्धिजीवी लगायत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका सवै अङ्ग-प्रत्यङ्गका पदाधिकारी डामिएका छन् वैदिक सनातन धर्म-संस्कृतिको पावन भूमि नेपालमा धर्म-संस्कृतिको सकारात्मक पक्षलाई पर्ूण्ारुपमा ओझेलमा पारेर अनेक विकृतजन्य कुविचारहरू घोलिएका छन् जीवन जगतकै लागि सदाचारयुक्त जीवन व्यतित गरेका कैयौं ऋषिमु्निहरू मात्र होइनन् आधुनिक कालमा समेत त्यस्ता सत्पात्रहरूको चर्चा हुने गरेको तर उनीहरूलाई समेत विस्मृतिमा पारिएको राणा शासनको अन्त्यका लागि जनतामा जागरण पैदा गर्दै हाँसी हाँसी मातृभूमिका लागि आफ्नो प्राणको आहुति दिने चार महान शहीदहरूको सम्झना मात्रले पनि हामीहरूको शिर उच्च हुन्छ तर ती शहीदहरूले देखाएको बाटो हिंड्नुपर्ने मुलुकलाई नेतृत्व गर्नुपर्नेहरूको जीवनमा सदाचार हराउँदै भ्रष्टाचार मात्र मौलाइरहेको सदाचारको नितान्त अभाव जताततै भ्रष्टाचारै भ्रष्टाचार

भ्रष्टाचारभित्र आर्थिक अपचलन मात्र पर्दैन जनता भ्रम र्छर्नु, जनतामा विभाजनको रेखा कोर्नु, जनतामा रहेको धार्मिक-सामाजिक सद्भाव सहिष्णुता खल्बल्याउनु पनि भ्रष्टाचार नै हो यी भ्रष्टाचार आर्थिक भ्रष्टाचारको तुलनामा सयौं गुणा बढी हानिकारक छन् यस्तो भ्रष्टाचारविरुद्ध सदाचारी रुपमा आफूलाई उभ्याउनसक्ने सोही अनुरुपको जीवनशैली व्यतित गर्नसक्ने योग्य पात्रको खोजी नेपाली समाजमा भैरहेको आर्थिक-राजनीतिक क्षेत्रमा दक्षता हाँसिल गरेका व्यक्तिहरू पनि आफ्नो योग्यताअनुसार, आफूले आर्जन गरेको ज्ञान क्षमताले सबैको हित गर्नुपर्छ भन्ने मान्यतामा छैनन् उनीहरूमा कसरी आफू धनी हुने कसरी समृद्धिको भर्याङ ठड्याउँदै जाने भन्ने चिन्ता मात्र मुलुकको वर्तमान अवस्थाको एकमात्र कारण यही हो आफू मात्र सम्पन्न हुनुपर्ने, आफूमात्र अरुका अगाडि ठूलो देखिनुपर्ने आफूले मात्र सारा सुविधा भोग गर्नुपर्ने अनि आफूले भनेको सबैले मान्नुपर्ने अहंकारको बोलवाला हुनु सादा जीवन उच्च विचारको मान्यतालाई वेवास्ता गर्नु हो मुलुक यसरी बन्दैन