Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:57am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

साठी वर्षो प्रजातन्त्रको फल
Tuesday, 02.23.2010, 08:24am (GMT+5.5)

१०४ वर्षो जहानिया राणा शासनको पञ्जाबाट मुलुक मुक्त भएको ६० वर्षबित्यो यो साठी वर्षो अवधिमा नेपालमा राजनीतिक परिवर्तनका लागि पटकपटक संर्घष्ा भए, प्रजातन्त्र कहिले दरबारमा, कहिले कुन पार्टर्ीीे कार्यालयमा कहिले कुन पार्टर्ीीे कार्यालयमा पुग्यो अहिले नेता विशेषको खल्तीको शोभा भएको - प्रजातन्त्र जनताको जीवनस्तर जहाँको तहीं जस्ताको तस्तै यति लामो समय वितिसक्दा पनि जनता भने प्रजातन्त्रको फल कस्तो हुन्छ भनेर प्रतिक्षारत नै छन्

राजनीतिक व्यवस्था परिवर्तनलाई मात्र सबथोक ठान्ने त्यसलाई मात्र पर्ूण्ा प्रजातन्त्र ठान्ने परिपाटीको विकास हुँदा मुलुकमा प्रजातन्त्रका मेरुदण्ड मानिएका राजनीतिक दलहरू जनताबाट टाढा हुँदैछन् २०६३ सालसम्मको प्रजातन्त्र त्यसयताको लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गर्दा पनि मुलुकमा कुनै सुधारको संकेत छैन जनता झन्झन् समस्याको भूमरीमा परिरहेका छन् शासन व्यवस्था त्यसको नाम अनि पात्रको फेरवदलले मुलुकमा परिवर्तनको अनुभूति दिनसक्ने रहेनछ भन्ने ज्वलन्त उदाहरण लोकतन्त्रपछिको वर्तमान अवधिलाई लिन सकिन्छ

प्रजातन्त्र भने पनि, लोकतन्त्र भने पनि आखिर जनताकै शासन हो तर यहाँ प्रजातन्त्र लोकतन्त्र शब्दलाई लिएर झगडा हुने गरेको प्रजातन्त्र वा लोकतन्त्रको तात्विक अर्थ जनताको आर्थिक-सामाजिक जीवनमा परिवर्तन सुधार गर्नु हो जनतालाई अधिकारसम्पन्न गराउनु हो प्रजातन्त्र वा लोकतन्त्रले जनतालाई दिन प्रतिदन माथि उठाउँदै जानुपर्ने हो तर नेपालको विडम्वना के हो भने हाम्रो आर्थिक उन्नति कागजमा मात्र सीमित हुने गरेको कागजमा आर्थिक उन्नति भएको गरिबी निवारण हुँदै गएको तथ्यांक र्सार्वजनिक भएकै दिन जनता औषधिमुलो गर्न नपाएर सामूहिक आत्महत्या गर्त विवश भएको समाचार आउँछ यो प्रजातन्त्रको उपहास हो प्रजातन्त्रका नाममा सीमित व्यक्तिहरूले गरेको कुशासनको फल हो जनतालाई झुक्यानमा पारेर नेताहरू आफू मोज गर्ने आफ्नो सत्ता बलियो बनाइराख्ने काममा मात्र बढी अग्रसर देखिनुको परिणाम हो यो प्रजातन्त्रको गलत व्याख्या उपयोगको नतिजा हो अझ कतिसम्म भने प्रजातन्त्रकै नाममा तोडफोड, प्रजातन्त्रकै नाममा मान्छे अपहरण, प्रजातन्त्रकै नाममा हत्या-हिंसा अर्थात् यी सब जनअधिकार वहालीका नाममा हुने गरेका छन्

जनताको जीवनपद्धति बन्नुपर्ने प्रजातन्त्र सडकको नारा भाषण मञ्चका कलुषित वाक्य बनिरहेका छन् प्रजातन्त्रलाई संस्थागत विकास गर्ने नाममा भएका अप्रजातान्त्रिक क्रियाकलाप, बहुलवादी संस्कृतिको अभावले सहकार्य हुन नसक्दा अबको तीन महिनापछि मुलुक कस्तो दर्ुघटनाको शिकार हुने हो - यसै भन्न सकिने स्थिति छैन राजनीतिक दलहरूमा मौलाइरहेको अप्रजातान्त्रिक गैरजिम्मेवार चरित्रले मुलुकलाई दिन प्रतिदिन कमजोर मात्र बनाइरहेको अहिले प्रमुख दलहरूभित्र राष्ट्रभन्दा माथि पार्टर्ीी पार्टर्ीीदा माथि पार्टर्ीीेता ठान्ने अप्रजातान्त्रिक शैलीको बोलवाला विदेशीहरूको इशारा, निर्देशन अरोट-परोट पनि उत्तिकै कहिले खुल्लमखुला कहिले गोप्य रुपमा अनेक निर्देशन आउने गरेका छन् प्रजातन्त्रको नाममा योभन्दा ठूलो कलंक अरु केही छैन

मुलुक एउटा आदर्श, सिद्धान्त दर्शनमा चल्छ आफ्नो माटो सुहाउँदो प्रजातान्त्रिक व्यवस्था अभ्यास हामीले रोज्न सक्यौं भने त्यो विश्वकै लागि अनुकरणीय हुनेछ समय अझै बितिसकेको छैन अरुकै उक्साहटमा लागेर धेरै अनर्थ गरिसकियो अब संविधानसभाबाट नेपाली माटो सुहाउँदो प्रजातान्त्रिक संविधान जारी गरियोस्, जसले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता कायम राख्दै नेपाली जनताको जीवनस्तर उकास्दै मुलुकमा औद्योगिक-कृषि क्रान्तिको मुल फुटाओस् के यस्तो प्रतिवद्धता जनाउन प्रजातन्त्रमा विश्वास गर्ने दलहरूले हिम्मत गर्लान् ?


Comments (0)        Print        Tell friend        Top


Other Articles:
चाटुकारहरूको भीडमा देशभक्तको (02.16.2010)
ढाकामा भाँच्चियो राष्ट्रको ढा (02.09.2010)
सादा जीवन उच्च विचारको (02.02.2010)
निकृष्टताको चरम नमूना (01.26.2010)
मदारीको काम बाँदर नचाउने नै हो (01.18.2010)
जनताको नाममा जनता नै & (01.12.2010)
यो सब मुलुक बर्वाद (01.04.2010)
भारतीय हस्तक्षेप कम गर्न (12.28.2009)
मानवता नै थिलथिलो भैरहँदा मानवअधिकार दिवसवेदरा (12.15.2009)
कस्तो बनाउनेभन्दा कस्को बनाउन (12.07.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]