Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:05pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

सांस्कृतिक विकृति अतिक्रमणक
Tuesday, 03.02.2010, 07:50am (GMT+5.5)

गत आइतबार सोमबार नेपालमा होली मनाइयो असत्यमाथि सत्यले प्राप्त गरेको विजयलाई उत्सवका रुपमा हेरिने सांस्कृतिक पर्व होलीले आपसमा खुसीयाली बाँड्ने कटुताको अन्त्य गर्ने परम्परा भए पनि यसले विस्तारै विकृतिको रुपधारण गर्दैछ होलीको नाममा युवाहरूले युवतीलाई सताउने गलत संस्कारको विकास भैरहेको विद्यालय कलेजका विद्यार्थीहरूले बाटो हिंड्ने युवतीहरूलाई ताकी ताकी प्लाष्टिकको थैलोमा पानी भरेर हिर्काउने त्यसैको बहानामा हातपात समेत गरेको देखियो यो गलत परम्परा विस्तारै बढ्दैछ विगत एक दशकयता होलीको आसपासका दिनहरूमा युवतीहरू शहर बजारमा हिंड्नै मुस्किल पर्ने अवस्थाको सिर्जना भैरहेको

नेपाल यतिबेला अतिक्रमणको पीडाले छटपटिएको सीमा अतिक्रमण, राजनीतिक अतिक्रमण, धार्मिक अतिक्रमण, सांस्कृतिक अतिक्रमण, आर्थिक अतिक्रमणका अलावा साहित्य, कला, गीत संगीत खेलकूद क्षेत्र समेत अतिक्रमणमा परेको यस्तो अतिक्रमणमध्ये सीमा अतिक्रमण नेपालको र्सार्वभौमिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो भने अर्को प्रमुख विषय धार्मिक अतिक्रमण हो ८६ प्रतिशत हिन्दु धर्मावलम्बी भएको मुलुकलाई धर्म निरपेक्ष बनाइनु पाश्चात्य जगतको धार्मिक अतिक्रमण नेपाललाई इर्साईकरणको बाटोमा उद्यत गराउने षड्यन्त्र हो विगतमा प्रजातन्त्र समेत नभएको बेला -अहिले लोकतन्त्र २०४६ देखि २०६४ सम्म प्रजातन्त्र) नेपालमा धार्मिक-सांस्कृतिक, जातिय सहिष्णुता थियो एउटा जातिको धार्मिक-सांस्कृतिक परम्परामा अर्को जाति वा धर्म-सम्प्रदाय सामेल हुने सुखद् प्रसङ्गहरू अब इतिहास भएका छन् हाम्रो सामाजिक परम्परा नै धार्मिक सहिष्णुताको बेजोड नमूना थियो हिन्दु बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता भएको देशमा हरेक मन्दिरमा भगवान बुद्धको मर्ूर्ति स्थापित भएको यद्यपि पाइन्छ बन्ने नयाँ मन्दिरहरूमा पनि बुद्धको मर्ूर्ति प्राथमिकतासाथ राखिन्छ अर्कोतिर इर्साई मुस्लिम धर्मावलम्बीहरूले आफूलाई अल्पसंख्यकको रुपमा उभ्याउनुपर्ने अवस्था थिएन तर अहिले आएर अल्पसंख्यक, बहुसंख्यकको नारा घन्किन थालेको यसको संकेत के हो - बुझन कठिन छैन यो मुलकमा कायम रहेको सहिष्णुता भताभुङ्ग पारेर आफ्नो स्वार्थ पूरा गर्ने परचक्रीको षड्यन्त्र हो यसैलाई नेपालमा रहेको अनेक नाम रुपधारीहरूले मलजल गरिरहेका छन्

नेपाल कला, संस्कृतिको लागि विश्वमै अग्रस्थानमा रहने देशमध्ये एक हो यहाँको जैविक, धार्मिक, सांस्कृतिक सामाजिक विविधता विश्वकै अनुपम उदाहरणको रुपमा रहेको हाम्रा यी सम्पदाहरूको सही सदुपयोग यसको उचित संरक्षण सर्म्वर्द्धन हुने हो भने यो राष्ट्रिय आयआर्जनको बलियो स्रोत हुनेछ तर यसलाई राजनीतिक स्वार्थको औजार मात्र बनाइएको पर्यटन व्यवसायका लागि उर्वर मानिएको नेपालका कला, संस्कृति नै यहाँको सम्पत्ति हो यसैको माध्यमबाट हामी हाम्रो आर्थिक अवस्थालाई मजबुत बनाउन सक्छौं तर हाम्रो कला, संस्कृति धार्मिक-सामाजिक परम्परा तथा सहिष्णुताको बेजोड नमूना भत्काएर नेपाललाई इतिहासविहीन बनाउने षड्यन्त्र भैरहेको इर्साईहरूको पैसा खाएर वैदिक सनातन धर्म संस्कृति मास्न उद्यत हुनेहरूले यही धर्मको आडमा कायम भएको सहिष्णु समाजलाई क्रमशः भत्काइरहेका छन् यो क्रम अझै तेज गतिमा बढ्दो यो सब विदेशी अतिक्रमणको परिणाम हो राजनीतिक नेतृत्वमा स्पष्ट सोच, सुदूर भविष्यसम्म हर्ेर्ने दृष्टिकोणको अभावका कारण मुलुक कमजोर बनिरहेको 'सौताको रिसले लोग्नेको खुट्टा काट्ने' प्रवृत्ति बलवती हुँदैछ नेपालको धार्मिक-सांस्कृतिक मूल्य मान्यताको संरक्षण गर्नेतर्फकहीं कतैबाट पहल भएको छैन अर्कोतिर संचारको विश्वव्यापी सरलता सञ्जालले गर्दा पश्चिमाको सिको गरिएका भारतीय च्यानलहरूको निर्वाध पर््रदर्शनले शहरी क्षेत्र मात्र होइन ग्रामीण क्षेत्र समेत प्रताडित बनिरहेको केवल स्याटलाइट टेलिभिजनको निर्वाध आगमनले ज्ञान, सूचना मनोरञ्जनका लागि मानिसलाई जति सहज बनाइदिएको त्यति नै विकृतिहरू थुप्रिएका छन् हर्ेन हुने नहुने, आफ्नो मूल्य-मान्यता सामाजिक व्यवस्था विरोधी उच्छृङ्खल कार्यक्रमहरूको प्रवाहले बालबालिकादेखि युवावर्गसम्मलाई विकृत बनाइरहेको परम्परागत सांस्कृतिक महत्वका पक्षहरू हराउँदै गएका छन् वा त्यसलाई परिमार्जनको नाममा विकृत पारिएका छन् नेपाल यतिबेला धार्मिक-सांस्कृतिक अतिक्रमणको मारमा परिरहेको

अहिलेकै गतिमा सांस्कृतिक अतिक्रमण हुँदै जाने हो राज्यले यस विषयमा कुनै सोच नबनाउने हो भने हाम्रो आफ्नोपन खोज्न पेरिस वा लण्डनको 'म्युजियम'मा जानुपर्ने अवस्था सिर्जना हुनसक्छ आज आधुनिकता व्यावसायिकताको नाममा आफ्नो मौलिकतालाई मार्ने काम विशेषतः जिम्मेवार निकायबाटै भइरहेका छन् चाहें त्यो टेलिभिजन होस् वा रेडियो उनीहरू प्रतिस्पर्धा व्यावसायिकताको नाममा विदेशी कार्यक्रम, विदेशी गीत, संगीत बढी मात्रामा प्रशारण गरिनु कत्तिको उचित हुन्छ - यो गम्भीर प्रश्न हो अन्य मुलुकमा आफ्नोपन मौलिकताको संरक्षण गर्न दिलोज्यानले लागिपरेका हुन्छन् तर हाम्रा पुरातात्विक महत्वको संरक्षण सर्म्बर्द्धन गर्न कुनै विदेशी संस्थाले सहयोग नगरेसम्म अगाडि बढ्न सक्दैनौं आफ्नो वर्कतले भ्याएसम्म गर्दै जानुपर्ने अन्तिम अवस्थामा मात्र विदेशी सहायता लिनुपर्नेमा प्रारम्भदेखि अन्तिमसम्म नै विदेशीले आएर गरिदेला भनेर बसिरहने हो भने आगामी पुस्ताले हाम्रो आफ्नो भनेर गर्व गर्ने कुन चिज होला - यसतर्फबेलैमा सचेत भइ कला, संस्कृतिको संरक्षण सर्म्वर्द्धन गर्ने सवालमा व्यापक जनचेतना जगाउने सरकारी स्तरबाट पनि स्पष्ट नीति नियमहरू तयार पारी अगाडि बढ्नुपर्ने बेला भइसकेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
साठी वर्षो प्रजातन्त्रको फल (02.23.2010)
चाटुकारहरूको भीडमा देशभक्तको (02.16.2010)
ढाकामा भाँच्चियो राष्ट्रको ढा (02.09.2010)
सादा जीवन उच्च विचारको (02.02.2010)
निकृष्टताको चरम नमूना (01.26.2010)
मदारीको काम बाँदर नचाउने नै हो (01.18.2010)
जनताको नाममा जनता नै & (01.12.2010)
यो सब मुलुक बर्वाद (01.04.2010)
भारतीय हस्तक्षेप कम गर्न (12.28.2009)
मानवता नै थिलथिलो भैरहँदा मानवअधिकार दिवसवेदरा (12.15.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]