गत आइतबार र सोमबार नेपालमा होली मनाइयो । असत्यमाथि सत्यले प्राप्त गरेको विजयलाई उत्सवका रुपमा हेरिने सांस्कृतिक पर्व होलीले आपसमा खुसीयाली बाँड्ने र कटुताको अन्त्य गर्ने परम्परा भए पनि यसले विस्तारै विकृतिको रुपधारण गर्दैछ । होलीको नाममा युवाहरूले युवतीलाई सताउने गलत संस्कारको विकास भैरहेको छ । विद्यालय र कलेजका विद्यार्थीहरूले बाटो हिंड्ने युवतीहरूलाई ताकी ताकी प्लाष्टिकको थैलोमा पानी भरेर हिर्काउने र त्यसैको बहानामा हातपात समेत गरेको देखियो । यो गलत परम्परा विस्तारै बढ्दैछ । विगत एक दशकयता होलीको आसपासका दिनहरूमा युवतीहरू शहर बजारमा हिंड्नै मुस्किल पर्ने अवस्थाको सिर्जना भैरहेको छ ।
नेपाल यतिबेला अतिक्रमणको पीडाले छटपटिएको छ । सीमा अतिक्रमण, राजनीतिक अतिक्रमण, धार्मिक अतिक्रमण, सांस्कृतिक अतिक्रमण, आर्थिक अतिक्रमणका अलावा साहित्य, कला, गीत संगीत र खेलकूद क्षेत्र समेत अतिक्रमणमा परेको छ । यस्तो अतिक्रमणमध्ये सीमा अतिक्रमण नेपालको र्सार्वभौमिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो भने अर्को प्रमुख विषय धार्मिक अतिक्रमण हो । ८६ प्रतिशत हिन्दु धर्मावलम्बी भएको मुलुकलाई धर्म निरपेक्ष बनाइनु पाश्चात्य जगतको धार्मिक अतिक्रमण र नेपाललाई इर्साईकरणको बाटोमा उद्यत गराउने षड्यन्त्र हो । विगतमा प्रजातन्त्र समेत नभएको बेला -अहिले लोकतन्त्र र २०४६ देखि २०६४ सम्म प्रजातन्त्र) नेपालमा धार्मिक-सांस्कृतिक, जातिय सहिष्णुता थियो । एउटा जातिको धार्मिक-सांस्कृतिक परम्परामा अर्को जाति वा धर्म-सम्प्रदाय सामेल हुने सुखद् प्रसङ्गहरू अब इतिहास भएका छन् । हाम्रो सामाजिक परम्परा नै धार्मिक सहिष्णुताको बेजोड नमूना थियो । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता भएको देशमा हरेक मन्दिरमा भगवान बुद्धको मर्ूर्ति स्थापित भएको यद्यपि पाइन्छ । बन्ने नयाँ मन्दिरहरूमा पनि बुद्धको मर्ूर्ति प्राथमिकतासाथ राखिन्छ । अर्कोतिर इर्साई र मुस्लिम धर्मावलम्बीहरूले आफूलाई अल्पसंख्यकको रुपमा उभ्याउनुपर्ने अवस्था थिएन । तर अहिले आएर अल्पसंख्यक, बहुसंख्यकको नारा घन्किन थालेको छ । यसको संकेत के हो - बुझन कठिन छैन । यो मुलकमा कायम रहेको सहिष्णुता भताभुङ्ग पारेर आफ्नो स्वार्थ पूरा गर्ने परचक्रीको षड्यन्त्र हो र यसैलाई नेपालमा रहेको अनेक नाम र रुपधारीहरूले मलजल गरिरहेका छन् ।
नेपाल कला, संस्कृतिको लागि विश्वमै अग्रस्थानमा रहने देशमध्ये एक हो । यहाँको जैविक, धार्मिक, सांस्कृतिक र सामाजिक विविधता विश्वकै अनुपम उदाहरणको रुपमा रहेको छ । हाम्रा यी सम्पदाहरूको सही सदुपयोग र यसको उचित संरक्षण र सर्म्वर्द्धन हुने हो भने यो राष्ट्रिय आयआर्जनको बलियो स्रोत हुनेछ । तर यसलाई राजनीतिक स्वार्थको औजार मात्र बनाइएको छ । पर्यटन व्यवसायका लागि उर्वर मानिएको नेपालका कला, संस्कृति नै यहाँको सम्पत्ति हो र यसैको माध्यमबाट हामी हाम्रो आर्थिक अवस्थालाई मजबुत बनाउन सक्छौं । तर हाम्रो कला, संस्कृति र धार्मिक-सामाजिक परम्परा तथा सहिष्णुताको बेजोड नमूना भत्काएर नेपाललाई इतिहासविहीन बनाउने षड्यन्त्र भैरहेको छ । इर्साईहरूको पैसा खाएर वैदिक सनातन धर्म संस्कृति मास्न उद्यत हुनेहरूले यही धर्मको आडमा कायम भएको सहिष्णु समाजलाई क्रमशः भत्काइरहेका छन् । यो क्रम अझै तेज गतिमा बढ्दो छ । यो सब विदेशी अतिक्रमणको परिणाम हो । राजनीतिक नेतृत्वमा स्पष्ट सोच, सुदूर भविष्यसम्म हर्ेर्ने दृष्टिकोणको अभावका कारण मुलुक कमजोर बनिरहेको छ । 'सौताको रिसले लोग्नेको खुट्टा काट्ने' प्रवृत्ति बलवती हुँदैछ । नेपालको धार्मिक-सांस्कृतिक मूल्य मान्यताको संरक्षण गर्नेतर्फकहीं कतैबाट पहल भएको छैन । अर्कोतिर संचारको विश्वव्यापी सरलता र सञ्जालले गर्दा पश्चिमाको सिको गरिएका भारतीय च्यानलहरूको निर्वाध पर््रदर्शनले शहरी क्षेत्र मात्र होइन ग्रामीण क्षेत्र समेत प्रताडित बनिरहेको छ । केवल र स्याटलाइट टेलिभिजनको निर्वाध आगमनले ज्ञान, सूचना र मनोरञ्जनका लागि मानिसलाई जति सहज बनाइदिएको छ त्यति नै विकृतिहरू थुप्रिएका छन् । हर्ेन हुने र नहुने, आफ्नो मूल्य-मान्यता र सामाजिक व्यवस्था विरोधी उच्छृङ्खल कार्यक्रमहरूको प्रवाहले बालबालिकादेखि युवावर्गसम्मलाई विकृत बनाइरहेको छ । परम्परागत सांस्कृतिक महत्वका पक्षहरू हराउँदै गएका छन् वा त्यसलाई परिमार्जनको नाममा विकृत पारिएका छन् । नेपाल यतिबेला धार्मिक-सांस्कृतिक अतिक्रमणको मारमा परिरहेको छ ।
अहिलेकै गतिमा सांस्कृतिक अतिक्रमण हुँदै जाने हो र राज्यले यस विषयमा कुनै सोच नबनाउने हो भने हाम्रो आफ्नोपन खोज्न पेरिस वा लण्डनको 'म्युजियम'मा जानुपर्ने अवस्था सिर्जना हुनसक्छ । आज आधुनिकता र व्यावसायिकताको नाममा आफ्नो मौलिकतालाई मार्ने काम विशेषतः जिम्मेवार निकायबाटै भइरहेका छन् । चाहें त्यो टेलिभिजन होस् वा रेडियो । उनीहरू प्रतिस्पर्धा र व्यावसायिकताको नाममा विदेशी कार्यक्रम, विदेशी गीत, संगीत बढी मात्रामा प्रशारण गरिनु कत्तिको उचित हुन्छ - यो गम्भीर प्रश्न हो । अन्य मुलुकमा आफ्नोपन र मौलिकताको संरक्षण गर्न दिलोज्यानले लागिपरेका हुन्छन् तर हाम्रा पुरातात्विक महत्वको संरक्षण र सर्म्बर्द्धन गर्न कुनै विदेशी संस्थाले सहयोग नगरेसम्म अगाडि बढ्न सक्दैनौं । आफ्नो वर्कतले भ्याएसम्म गर्दै जानुपर्ने र अन्तिम अवस्थामा मात्र विदेशी सहायता लिनुपर्नेमा प्रारम्भदेखि अन्तिमसम्म नै विदेशीले आएर गरिदेला भनेर बसिरहने हो भने आगामी पुस्ताले हाम्रो आफ्नो भनेर गर्व गर्ने कुन चिज होला र - यसतर्फबेलैमा सचेत भइ कला, संस्कृतिको संरक्षण र सर्म्वर्द्धन गर्ने सवालमा व्यापक जनचेतना जगाउने र सरकारी स्तरबाट पनि स्पष्ट नीति नियमहरू तयार पारी अगाडि बढ्नुपर्ने बेला भइसकेको छ ।