जनताले सोचेको कुरा नेताको मस्तिष्कमा घुस्दैन । जनताले दिएको अभिमत नेताका लागि सत्तारोहणको एउटा माध्यम मात्र बनेको छ । नेताका लागि जनता भनेका भकुण्डा हुन्, जसलाई पक्ष-विपक्ष मिलेर हिर्काइरहन्छन् । अहिले जनता र राष्ट्रलाई भकुण्डो बनाइएको छ । कहिले कसले हिर्काउँछ, कहिले कसले हिर्काउँछ, अनुशासनहीत तरिकाले जथाभावी हिर्काइरहेका छन् । अनुशासित भएर राजनीति गर्नुपर्नेहरू बेढङ्गी तरिकाले उप्रिmरहेका छन् । रेप|mीको भूमिका निर्वाह गर्ने कुनै गतिलो पात्र उपस्थित हुन सकिरहेका छैनन् । मुलुकको विडम्वना नै यही हो । रेप|mीविनाको फुटबल खेल जस्तो हुन्छ, नेपालको राजनीति पनि त्यस्तै छ । जनतालाई र्सर्वेर्सवा बनायौं भन्नेहरू जनतैको भकुण्डो खेलिरहेका छन् । यसले मुलुकलाई कुन दर्ुघटनाको शिकार बनाउने हो पत्तो छैन । जनता यस्तै दर्ुर्दिनको चिन्तामा छन् तर नेताहरू अझै पनि कसरी आफ्नो स्वार्थ पूरा गर्ने भन्नेमै केन्द्रित छन् ।
संविधान निर्माण र शान्ति प्रक्रिया तोकिएको समयभित्र सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्नले हिजो जति घर गरेको थियो आज त्यसको दशौं गुणा बढी प्रश्न उठन थालेको छ । हरेक नयाँ विहानीसंगै संविधान निर्माण र शान्ति प्रक्रियाको के गति हुने हो भन्ने प्रश्न नेपाली जनजनको मन-मस्तिष्कमा उठिरहेको छ । संविधान आफैं सक्रिय हुँदैन र शान्ति प्रक्रिया पनि आफैं कार्यान्वयनमा जाँदैन । यी दुबै काम राजनीतिक तहबाटै हुनुपर्ने हो र राजनीतिक तहकै इमानदार प्रयासले मात्र मुलुकले चाहेको जस्तो बाटो पहिल्याउन सक्छ । मुलुक संचालन गर्ने र मुलकमा परिवर्तनको अनुभूति दिलाउने वाचा कसम खाएका नेताहरूमा इमनदार चरित्र हुँदो हो त यतिबेलासम्म मुलुकबासीको हातहातमा नयाँ संविधानको मस्यौदा पुगेको हुने थियो र जनताले यसमा आफ्ना राय-सुझाव दिइरहेका हुने थिए । सभासद्हरू कस्सिएर यसमा बहस गरिरहेका हुने थिए । जनताका कान ठाडा र आँखा तीखा भैरहन्थे, कसले के भन्यो, कसले के गर्यो भन्ने हर्ेन र सुन्न । तर यतिबेला जनताको कान र आँखा नेताहरूले फलाक्ने गरेको 'संविधान समयमै बन्छ र शान्ति प्रक्रिया पनि निष्कर्षा पुग्छ' भन्ने वाक्यांशले टट्टाउन थालिसकेको छ ।
के अब संविधान बन्दैन त - यो प्रश्न अधिकांशको हो । भन्नेहरू संविधान त जसरी पनि बन्छ र बनाउनर्ुपर्छ । नेपालीका लागि होस् वा विदेशीका लागि होस, संविधान त जेठ १४ गतेभित्रै आउँछ भन्छन् । शंका के मात्र हो भने जेठ १४ मा कस्तो र कस्को संविधान आउँछ भन्ने नै हो । धेरै पहिले नै एकजना नेताले भनेको वाक्य यहाँ पुन दोहोर्याउनु सान्दर्भिक नै हुनेछ । ती नेताले भनेका थिए "नेपालको संविधान भारतमा ड्राफ्ट भैरहेछ" । यो भनाइ नपत्याउने आधार कम्तिमा अहिलेको गतिविधिले दिँदैन । नेताहरूको संविधान निर्माणप्रतिको उदासिनता, सत्ताप्राप्तिलाई प्रधान विषय बनाइनु र सहमति-सहकार्यको साटो विमतिमै रमिरहने चरित्रले कतै त्यस्तै दर्ुघटनाको संकेत त गरिरहेको छैन - यति ठूलो राजनीतिक परिवर्तनपछि नेपालको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र र्सार्वभौमिक अखण्डताको रक्षा होला र नेपाली जनताले उन्नतिको फल चाख्न पाउलान् भनेको त उल्टै मुलुककै अस्तित्व रक्षाको प्रश्नले सताउन थालेको छ ।
जनताले जे सोचेर आन्दोलनमा भाग लिए त्यो कुनै पनि काम पूरा भएको छैन । अहिलेको एक मात्र लक्ष्य र उद्देश्य संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनु हो तर संविधान बनाउन ७३ दिन मात्र बाँकी रहेको भए पनि दलहरू सत्ताकै लागि मरिमेटेर लागिपरेका छन् । कसैलाई आफ्नो सरकार चाहिने, कसैलाई आफ्नो सरकार टिकाइरहनुपर्ने । नेपाली जनताका लागि योभन्दा बढी पीडा अरु केही पनि छैन । जनताले जे सोचेका थिए त्यो पटक्कै नहुने र जे नहोस् भनिरहेका छन् त्यही मात्र भैरहेको छ । विपरीत परिणाम ल्याउने गतिविधि मात्र बढेका छन् ।