शब्द प्रयोग गर्न, त्यसलाई व्याख्या गर्न क. प्रचण्डलाई कसैले भेट्दैनन् । मुलुकका राजनीतिक समस्या समाधान भैसकेको र अब आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता औंल्याउन थाल्नुभएका क. प्रचण्डको हालका अभिव्यक्तिले २०४६ सालको परिवर्तनपछि वीर गणेशमानको सम्झना गरायो । प्रचण्डले अघिल्लो साता मात्र अब मुलुकमा चमत्कार हुन्छ भन्दै जनतालाई एकपटक सोच्न बाध्य पारिदिनुभयो । प्रचण्डले भन्नुभएको त्यो चमत्कार कस्तो हो - त्यो कसरी हुने हो र त्यो चमत्कारपछि मुलुकको अवस्थामा के कति परिवर्तन आउने हो - त्यो भने स्पष्ट छैन । केवल चटके भाषामा अब चमत्कार हुनेछ मात्र भन्नुभो । चमत्कारको अर्थ धेरै हुन्छ । कसैले नसोचेको काम हुनु, गर्नु नै चमत्कार हो - शान्तिपर्ूण्ा राजनीतिको सहज बाटोमा आएर निर्वाचनको माध्यमलाई स्वीकार गरेको नेकपा माओवादीमा अहिलेसम्म पनि १० वर्षो युद्धकालीन धङधङी बाँकी रहेको यसका शर्ीष्ा नेताहरु नै स्वकार्नुहुन्छ । युद्धकालीन अवस्थाको केही प्रभावकै कारण कार्यकर्तालाई कसरी आकषिर्त गर्ने, उनीहरुको परिचालन कसरी गर्ने भन्ने युद्धकौशलता जानेका प्रचण्डले बेलाबेलामा यस्तै आकर्ष भाषण दिने गर्नुभएको छ । तर पछिल्लो चमत्कारले मुलुकको कायापलट गर्ने उहाँको दावी भने सकारात्मक नै मान्नर्ुपर्दछ ।
मुलुक रुपान्तरणको स्पष्ट खाका के हो - कसरी आर्थिक, सामाजिक, क्रान्ति गर्ने, कसरी जनताको जीवनस्तर माथि उठाउने यी विषयहरुमा माओवादीसंग पनि स्पष्ट दृष्टिकोण देखिएन । विगतदेखि नै रट्ने गरिएको जलस्रोतको विकास, उदार अर्थनीति, भूमिको न्यायोचित वितरणबाहेक अहिलेसम्म नौला किसिमका दृष्टिकोणहरु आएका छैनन् । एमालेले २० वर्षो विकास योजना र्सार्वजनिक गर्यो । उता माओवादी पनि के कम उसले पनि ४० वर्षो योजना पेश गर्यो । एमाले र माओवादीबीचको देशलाई रुपान्तरण गर्ने यो २० वर्षो अन्तर पनि एउटा चमत्कार हो कि -
संविधानसभाको निर्वाचन पदीय निर्वाचन होइन । यो मुलुकको संविधान बनाउने निर्वाचन हो । तर माओवादीको चुनाव प्रचार समितिले अध्यक्ष क. प्रचण्डलाई 'गणतन्त्र नेपालको भावी प्रथम राष्ट्रपति'को रुपमा प्रचार गर्यो । यो पनि एउटा चमत्कार नै हो । किनभने यो निर्वाचनले कसलाई राष्ट्रपति वा कसलाई प्रधानमन्त्री बनाउने नभै मुलुकको संविधान बनाउने हो तर माओवादीलाई राष्ट्रपतिमोहले गाँजिहाल्यो- यो पनि चमत्कार नै भयो । अध्यक्ष क. प्रचण्डलाई काठमाडौं क्षेत्र नं. १० बाट विजयी गराउन सोही पार्टर्ीी भातृ संगठनका दर्जनभन्दा बढी नेता, कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिए । यो क्रम देशका अन्य स्थानमा पनि कायम छ । उम्मेदवारले पाउने सम्पर्ूण्ा सुविधा अध्यक्ष प्रचण्डलाई विजयी बनाउन खर्च गरिने उनीहरुको स्पष्टोक्तिले पनि एउटा चमत्कार नै गरेको छ । यस विषयमा पार्टर्ीीे आधिकारिक धारणा र्सार्वजनिक भएको छैन । नेताहरुले अनभिज्ञता देखाइरहेका छन् । आफ्ना कार्यकर्ताको क्रियाकलापबारे थाहा नपाउने माओवादी नेताहरुको विगतदेखिकै बानी हो । यो पनि एउटा चमत्कारभित्रै पर्दछ ।
नेकपा माओवादीको चुनावी सभामा विद्यालयका साना विद्यार्थीलाई उपस्थित नगराएको भन्दै गोर्खाका एक विद्यालयका शिक्षकले वाईसीएलबाट कुटाइ खाए, सरकारी भवनमा सहमतिमा बसेको भन्दै वाईसीएलले डेरा जमाइरहेका छन्, व्यक्तिको निजी सम्पत्तिदेखि र्सार्वजनिक स्थानमा वाईसीएलले दह्रो पकड जमाएर निर्वाचन अभियान चलाइरहेका छन् । यो पनि एउटा चमत्कार नै हो । निर्वाचन र आफ्नो पार्टर्ीीे पकडका लागि माओवादी कार्यकर्ताको लगनशीलता भने वास्तविक चमत्कार हो । अरु दलहरुले पार्टर्ीीे उम्मेदवार समेत चयन नगर्दा माओवादी कार्यकर्ताले चुनाव प्रचार अभियान छेडिसकेका थिए । कार्यकर्ताको यो उत्साह र लगनशीलता पनि अन्य दलहरुका लागि चमत्कार नै हो ।
र्सवाधिक महत्वपर्ूण्ा चमत्कार त त्यतिबेला हुनेछ- जतिबेला संविधानसभाको निर्वाचनमा माओवादीको स्पष्ट बहुमत आउनेछ र विश्वबाट विलाउँदै गएको साम्यवादी राजनीतिले पुनः शिर उठाउन सक्नेछ । त्यति मात्र होइन सशस्त्र संर्घष्ाबाटै सत्ता प्राप्त हुन्छ भन्ने मान्यता विस्थापित भई संसारका कतिपय मुलुकमा सशस्त्र संर्घष्ा गरिरहेका वामपन्थीहरुलाई शान्तिपर्ूण्ा बाटोमा आउन प्रेरित गर्नेछ । यो विश्वकै लागि नयाँ चमत्कार हुनेछ । जादु, टुनामुनामा विश्वास गर्ने हामी नेपालीहरुका लागि माओवादीमा त्यस्तो के शक्ति छ, जसले आगामी दिनमा चमत्कार गर्नेछ भन्ने लागे पनि मानिसको टाउकामा आगो बालेर चिया पकाउने चटकेको चमत्कार जस्तो क. प्रचण्डले उल्लेख गर्नुभएको चमत्कार नहोस् । अहिलेलाई उहाँको चमत्कारका लागि शुभकामना !