नेपालको मधेश तर्राई र चीनको तिब्बत भू-अवस्थिती र वातावरणीय दृष्टिले जति फरक होलान्, राजनीतिक अस्तित्व र प्रशासकीय इकाइगत दृष्टिले त्यत्ति नै समान देखिन्छन् । र यी दुवै तर्राई-मधेश, र तिब्बतको छुट्टै अस्तित्व नभएकोले खासै चर्चा हुनपर्ने होइन, छैन । तर विडम्बना आज यी पटक्कै चर्चाका विषय नहुनुपर्ने क्षेत्र नै मूल राष्ट्रभन्दा निकै चासो र चिन्ताको विषय बनिदिए । अझ यसलाई त "बनाइयो" भनेर भन्दा बढी सही हुनसक्ला -
"एक्काइसौं शताब्दीका सञ्चार माध्यमहरूले बीसौं शताब्दी र त्यसपर्ूवका कालखण्डका अत्याधुनिक शस्शास्त्र र सैन्यबलले पराजित गर्न नसकेका सत्ता र शक्तिलाई धराशायी गर्ने सामर्थ्य राख्न सक्छन्" भन्ने अनुमान सत्य साबित गर्न बीसौं शताब्दीका अन्तिम दर्ुइ दशकदेखि सबैतिरबाट निकै प्रयास भएको थियो । विश्वका समानान्तर दर्ुइ परमशक्तिमध्येको सोभियतसंघ नै त्यसको पहिलो ठेठ उदाहरण बन्यो । अमेरिकी अत्याधुनिक शस्शास्त्रले आँक्न नसकेको तत्कालीन 'साम्यवादी शक्ति शिखर'लाई ध्वस्त गरेर मैदानमा रूपान्तरित गर्ने गैरसाम्यवादी विश्वको परिकल्पनाको उद्देश्य -मिशन) त्यसबेलाका गैरकम्युनिष्ट सबै सञ्चार माध्यमले बोकेका थिए । सन् नब्बेको दशकको प्रारम्भमा उनीहरूले सफलता प्राप्त गरे । त्यसपछि "एक्काइसौं शताब्दीमा सञ्चार र सूचना प्रविधिले् आफ्नो साम्राज्य स्थापीत गर्ने" पर्ूवानुमान गरिएको थियो, त्यस्का पनि नगन्य उदाहरणहरू विश्वसामु पेश भइसकेका छन् । तर त्यसको गणना गर्ने यहाँको प्रसङ्ग होइन, त्यता नजाउँ ।
नेपालजस्तो संसारमा सबैभन्दा उपेक्षित र ओझेलमा परेको देशको अन्तिम चरणको दृष्टान्त लिउँ । पश्चिम, अर्थात् कम्युनिष्ट विरोधी दुनियाले, २०४६ सालको परिवर्तन पश्चात् २०४८ र २०५१ को संसदीय निर्वाचनमा कम्युनिष्टको झण्डा बोकेर मत माग्न गएका पार्टर्ीीई नेपाली जनताले निकै माथिल्लो सम्मानजनक स्थान र सम्मान दिएको देख्यो । त्यसपछि उनीहरूले नेपालका आन्तरिक विषयमा निकै चासो राख्ने गरेका थिए । उनीहरूले २०६३ को दोस्रो जनआन्दोलनमा जब कम्युष्टि दल बलको झण्डै एकतर्फी बर्चस्व र त्यसले ल्याएको परिवर्तन देखें, तत् पश्चात् नेपाल विश्वको चिन्ता र चासो बोकेको मुलुकको रूपमा देखियो ।
त्यसरी दर्ुइ वर्षपहिले नेपालमा आएको राज्यको शासकीय प्रणालीगत परिवर्तन पश्चात् विश्वको ध्यान अहिले हिमाल पारीको चिनिया भू-प्रदेश 'तिब्बत'तिर पुगेको छ । अथवा त्यसलाई अर्को शब्दमा वा शैलीमा भन्ने हो भने "अमेरिकी-भारतीयहरूको सञ्चार माध्यमहरूको 'मिशन' नेपालमा आप\mनो मिशन पूरा गरेर खासा हुँदै ल्हासा पुगेछौं" भनेर भन्दा हुन्छ ।
त्यसरी पश्चिमी पूँजीवादी दुनियाँलाई २९ औं ग्रीष्म ओलम्पिकको ठीक पर्ूव-सन्ध्यामा नेपालको मधेश, तर्राई घुमाउँदै हिमालपारीको चिनिया भूमिमा पुर्याउने भरियाको काम दक्षिण एशियाको 'दादा' भारतले गर्दै आएको छ । ऊ आफूले भोगेको सयौं वर्षो अंग्रेजी दासताको हर्जाना छिमेकीहरूमाथी आप\mनो हैकमवाद -ओभर्रलर्ड शिप) स्थापित गरेर असुल्न खोज्दैछ । सन् १९६२ मा साम्यवादी चीनसँग खानुपरेको पराजयको बदला लिन नेपालमा बढ्दो कम्युनिष्ट शक्ति विमाख पार्ने प्रपञ्च रच्दै आएको छ । तिब्बतसम्म छाएको चिनिया कम्युनिष्ट प्रभाव रोक्न पश्चिमा जगत्लाई गुहार्दैछ ।
तिब्बतको परिचयः
विश्वमान चित्रमा ३२.३०' उत्तरी अक्षांश तथा ८६' पर्ूर्वी देशान्तरमा अवस्थित छ तिब्बत । यसलाई विश्वको छाना भनेर पनि भनिन्छ । यो मध्य एशियाको 'कुनलुन'को काखमा हिन्दकुशको विस्तर्ीण्ा हिम शृङ्खलाले भारतीय उपमहादीपबाट काटेर उत्तरमा पारिदिएको विस्तर्ीण्ा खण्डमा पर्दछ । यस्को सबैभन्दा कम उचाई -समुद्रसतहदेखि) को भूमी विभिन्न नदी-किनार र खोचमा रहेको भए पनि त्यसको सतह पाँच फीट हजारभन्दा कमको सायद छैन । अत्यधिक शीत-प्रदेशीय मरुभूमिका कारण यसक्षेत्रमा जनघनत्व संसारकै न्यून प्राय देशको भन्दा बढी छैन । "यहाँको विशिष्टता भन्नु नै झण्डै आठहजारदेखि अठार हजार औसत उचाई, न्यूनतम वा नगन्य मात्र बर्ष हुने हिम-मरु प्रदेशीयता, न्यूनतम जन घनत्व र अतिशीतता हो" भन्दा हुन्छ ।
"तिब्बतको प्रामाणिक इतिहास सातौं शताब्दीपछिको मात्र उपलब्ध भएको छ" भनिन्छ । आठौं शताब्दीमा यहाँ वौद्ध धर्मले प्रवेश गरेको भएपनि, सन् १०१३ र १०४२ भारतबाट क्रमशः र्'धर्मपाल' र 'दीपंकर श्रीज्ञान अतिशा' ले तिब्बतमा गएर वौद्ध धर्मको व्यवस्थित प्रचार शुरु गरेका थिए । '१२०७ मा शाक्य वंशीय शासन प्रणालीको थालनी गरेको, त्यसपछि चीन समेतका सम्राट 'कुवलव खान'को शासन कालमा तिब्बत पनि उसकै अधीनमा रहेको र सन्१७२० मा तिब्बतमा "मन्चू" वंशीयहरूले आप\mनो शासन कायम गरेको जस्ता संक्षिप्त इतिहासले तिब्बत कुनै बेला छुट्टै राज्य र कुनै कालखण्डमा विशाल चीनको यौटा अंगको रूपमा रहेको थियो भन्ने स्पष्ट हुन्छ ।
अंग्रेजले तिब्बत माथि शासन गर्ने र आप\mनो अधीनस्थ गर्ने सोच सफलताको नजिक पुर्याएको थियो । तर सन् १७८८-१७९० बीचको गोर्खालीहरू -नेपाल)सँगको युद्धले, उसले तिब्बतलाई आफ्नो कब्जामा लिन सकेन । त्यसबाट उन्नाइसौं शताब्दी सम्म तिब्बतलाई स्वतन्त्र राख्नेमा नेपालको ठूलो योगदान रहेको देखिन्छ । सन् १९१२ मा चीनमा मञ्चूशासन कालको अन्त भए लगत्तै तिब्बतले पुन आफूलाई स्वतन्त्र मुलुक घोषणा गर्यो ।
सन् १९१३ - १४ मा चीन भारत र तिब्बत शिमलामा यौटा वैठक भयो र त्यसले तिवेतलाई पर्ूर्वी भाग र पश्चिमी भाग गरी दर्ुइ भागमा विभाजित गरेको थियो ।
सन् १९३३ मा '१३ औं दलाई लामा'को मृत्यु भएपछि पश्चिमी भागको रूपमा विभक्त तिवेतपनि स्वेच्छया क्रमशः बिशाल चीनको प्रभाव र आश्रयजीवी हुन गयो । र पुरानो ग्रेटर तिवेत र पछि चीनको क्षेत्र चिङ्धाईमा जन्मेका "तेन्जिङ्ग ग्यात्सो" सन् १९४० मा १४ औं दलाई लामा बने । र तिवेतको शासन हत्याए । सन् १९५० मा पञ्चेल लामाको निर्वाचनमा चीनसँग मत भेद मात्रै नभई शक्ति पर््रदर्शनको स्थिति समेत उत्पन्न भयो । सन् १०५१ मा कम्युष्टि चीनको प्रादेशिकताको दर्जालाई स्वीकार गरेर यिनै चौधौं र्-वर्तमान) दलाई लामाले सन्धीमा हस्ताक्षर गरेका थिए । तर सीमान्त्त जर्जर तिवेती गेलप्या पन्थी-जुन पन्थीहरू लामाको मलमुत्रलाई प्रसादीको रूपमा लिन्छन् भनेर स्पेस टाइम नेपाली दैनिक पत्रिकाको विशेषमा गणेश खत्रीले 'वुद्ध र विवाहित अनुयायी' लेखमा लेखेका थिए । त्यस्तो जर्जर अन्धधर्मवादी राज्यका निरंकुश प्रतिनिधि दलाई लामा र महान् क्रान्तिकारी साम्यावादी पद्धति संस्थापना गर्ने उद्देश्य बोकेर स्थापित विशाल चीनका बीचको अस्वाभाविक सहयात्रा धेरै दिन सम्भव भएन । अन्त्ततोगत्वा बीसौँ शताब्दीको उत्तर्रार्द्धसम्म पनि धर्मसम्प्रदायको आड भरमा शासन गर्ने सोच बोकेका दलाई लामा तिवेतबाट भागेर भारतको हिमाञ्चल प्रदेशमा पर्ने धर्मशालामा आएर बसे ।
त्यसरी यौटा आदिम दासयुगकालखण्ड तिरको परम्परावादी धर्मतन्त्रको 'तन्तु' समातेर हिडेका कठमुल्लावादी दलाई लामालाई आज अमेरिकी राष्ट्रपति वुश देखि सोही राष्ट्रको प्रतिनिधि सभा ९ज्यगकभ या च्भउचभकभलतबतष्खभ० का सभामुख 'न्यासी पेलोसी'ले जुन अस्वाभाविक एवं उपहासात्मक संमान दिए, त्यसले प्रजातन्त्रको ठेकेदारी लिएको ठान्ने अमेरिका कठमुल्लावादी दलाई लामाको कठ पुतली बोकेर तिब्बतका अस्थीरता पर््रदर्शन गर्ने र आउँदो ओलम्पिकमा विश्वसामु चीनलाई नीच देखाउन चाहन्छ भन्ने माथिका भनाईलाई पुष्टिगर्नथप प्रमाणको अपेक्षा गर्दैन भन्ने लाग्छ । जेहोस् त्यो अत्यन्त विवादको बाटो र पाटोतिर नजाउँ ।
किन युद्ध विरोधी बुद्धका अनुयायी नै हिंसा जन्माउँछन् -
आजभन्दा अर्ढाई हजार वर्षन्दा पहिले अष्टाङ्गकि मार्ग -सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक्, सम्यक् कर्म, सम्यक् समाधि) को प्रतिपादन गरेर दश -१०) वर्जनीया विरति - -प्राणघात चोरी, अब्रह्मचर्य, असत्य, मद्य, नशालु पदार्थ, विकाल भोजन, नृत्य, संगीत) आदिबाट बच्नु पर्ने, पिण्डपात, चीवर, शयनासन) आदि जस्ता भिक्षुका चार निश्रयका प्रतिपादक महात्मा बुद्धका मर्ूर्तिपूजन प्रथा निषेधक महात्मा सिर्द्धार्थ गौतमका धर्मचक्र पर््रवर्तकहरूले जे जस्ता 'यान' पृथक धारा निर्माण गरे त्यस पक्षतिर जाने पनि यहाँको उद्देश्य होइन ।
इ.पु. सातौं शताब्दीमा जन्मेको अनीश्वसवादी बुद्धका धर्म र्-दर्शनका अनुयायी उपासक भिक्षुहरूले जसरी एक्काइसौं शताब्दीमा त्यही ज्ञान बैराग्य, सम्यक् मार्ग अनुशीलनको परिचापक पवित्र चीवर भिरेर वा कसैले भिर्राई दिएर म्यानमार हुँदै ल्हासाका शान्त सडकमा किन रक्त पिपासु रौड रूपमा देखापर्दैछन् - त्यस अबुझ पह्ेली बारे सायद सबैको जिज्ञाषा जन्मेकोलाई, लुकाउनु ठीक नहोला -
'राजनीति' राजनीतिकवाद, विचार र दर्शनकै पहिचान, सहित कुनै पनि मौजूदा शासन प्रणाली विरुद्ध आप\mनो ब्रह्म-विवेकले उचित वा उत्तम ठानेको 'तन्त्र' वा 'पन्थ' स्थापित गर्ने समुचित र नैतिक माध्यम हो । तर धर्म वा सम्प्रदायको बल वा आवरणमा शासन सत्ता हत्याउने, चिन्तनले अन्त्ततोगत्वा आत्मघाती परिणाम दिने कुराको पहिलो उदाहरण इन्दिरा गान्धी नै छन् । पञ्जाबका सिख धर्मवादी अकाली दललाई समाप्त गर्न पवित्र गुरुग्रन्थको कन्था बोकाएर जन्माइएका गुरुवचन सिंह भिण्डराँवालेले ठेठ रूपमा देखाइ दिए ।
यौटा विशुद्ध लोकतन्त्रवादी पक्षधर म्यान्मारकी जन नेतृ 'आड सान सूकी'का पक्षमा 'प्रज्ञातन्त्रको मसीहा" आफैलाई ठान्ने अमेरिका र पश्चिमी गैर-कम्युनिष्टहरूले अन्यवाटो नदेखेर चीवर धारीहरूलाई सडकमा उतारेको त्यत्ति अस्वाभाविक नमानिएला --) तर यौटा जर्जर युगको धर्मतन्त्रका हिमायती पवित्र प्रसादको रूपमा मलमूत्र बाढ्ने परम्पराका संवाहक धर्मान्ध १४ औं दलाई लामा तेन्जिङ्ग ग्यासोलाई बोकेर हिड्नुले लोक तन्त्रवादीहरूको छविमा कस्तो दाग लाग्ने हो - त्यो दुनियाले देख्ला !
भारतले धेरै पहिले देखि उक्त भगौडा कठमुल्ला धर्मतन्त्रवादीलाई हतियार बनाएर विशाल छिमेकी मित्र राष्ट्र चीनसँग पौठे जोरी खेल्ने बेला आफूले पालेर राखेको चीवर धारीहरूलाई ल्हासाका सडकमा उतार्ने गरेको छ ।
तर नेपाल, खास गरी २०४६ सालको परिवर्तन पश्चात् सत्तामा आएका वामपन्थी भनेर चिनिएका बाहेकका दलहरूले जसरी विदेशी शक्तिलाई चीन विरुद्ध मोर्चा बन्दी गर्ने भूमिको रूपमा दिएर नेपाललाई साँढे जुध्ने फापरबारी बनाउँदै छन्, त्यसले यस देशको भविष्य कुन भड्खारोतिर टुङ्ग्याउला --) अन्दाज गर्न कठिन बनाएको छ ।
ल्हासा र तिवेतको सडक पर््रदर्शनमा पुगेको बौद्ध लामा भिक्षुहरूका चीवरमा लागेका मानव रगतका टाटाले बुद्धको जन्म भूमि भनेर गर्व गर्ने नेपालीलाई कति पीडा वा शर्म लागेको होला --) त्यो त ने.क.पा. एमाले बाहेकका सत्तारुढ दलहरूका नेतृत्वलाई नै थाहा होला - उस्ले ल्हासाको उपद्रवका लागि र नेपाली भूमि प्रयोग गर्न दिएकोमा क्षोभ प्रकट गरेकोले आक्षेपित गर्नु पर्ूवाग्रही र्ठहर्छ । तर विश्वका सबैखाले साम्राज्यवादी, विस्तारवादी र चीन विरोधीहरूलाई नेपालको काँधमा बन्दुक राखेर ल्हासा तिवेत हुँदै वेजिङ्ग सम्मलाई निशाना बनाउन दिएर नेपाललाई कुन हदसम्मको हानी नोक्सानी पर्ला, त्यो भोलीको पुस्ताले हिसाब किताब गरेर यकिन देखाउँला - तथापि नेपाल जस्तो मध्यवर्ती -वफर स्टेट) देशका सत्ता नियन्ता बनेका दलहरूले आफूलाई सिंहदरबारमा सुरक्षित राखिदिएको मूल्य वापत नेपालको राष्ट्रिय स्वतन्त्र-अस्तित्व, अस्मिता र्सार्वभौमिकताको मूल्य चुक्ता गर्न नेपाललाई पश्चिमाहरूको जिम्मा लगाएको भनने स्वतन्त्रता र असंलग्नताका पक्षपाती नेपालीलाई हजम हुन नसकेको यथार्थतालाई भने सबैले स्वीकारनै पर्छ ।
नेपाल किन तिवेतमा अस्थीरताको कारक बन्दैछ -
माथि उल्लेख गरे झैं आज नेपालको भूमिसीमान्त्त परम्परावादी दलाई लामा जस्ता कठमुल्लावादीबाट जसरी तिवेत विरुद्धको विर्वाध खेल मैदान बनाइदैछ, त्यसरी नै नेपाललाई पश्चिमी पूँजीवादीहरूलाई अगुवा बनाएर भारतले आप\mनो कृपाजीवी कठपुतली सरकालाई शिखण्डी बनाएर तिवेततिर अस्थीरतावादी चीवर धारीका तीर वषर्ा गरिरहेको छ ।
यिनै कारणले सहज रूपमा प्रश्न उठिराखेको छ, किन, नेपाललाई यस्तो स्थितिमा पर्नु पर्यो - यस्तो स्थितिमा अरुले पुर्याए, वा आप\mनै दर्ुमति जन्यपरिणतिको कारण यस्तो आत्मघाती संभावनाको नियती व्यहोर्नु परिरहेछ - यसलाई वूँदागत रूपमा संक्षिप्त उत्तर खोज्दा तपसीलमा राख्ने खालका दर्जनौ कारण बाहेक मूलत यी केहीलाई तेर्याईनै पर्ने देखिन्छ ।
१) नेपालले आफू दर्ुइ विशाल र विपरित धाराका राष्ट्र बीचको मध्यवर्ती राष्ट्र ९द्यगााभच क्तबतभ० को रूपमा रहेको यथार्थतालाई सन् नब्बेको दशकको प्रारम्भबाट क्रमशः बिर्सदै गएको देखियो । यद्यपि विश्वको दर्ुइ ध्रुवीय शक्ति सन्तुलनमा परिवर्तन आएपछि असंलग्न आन्दोलन नै कमजोर भएको थियो । तर पनि नेपालको राज्य हाँक्नेहरूमा आफ्नो देशको भू-अवस्थितलाई दृष्टिगत गर्न सक्ने र देशको स्वार्थभन्दा आफ्नो सत्ता स्वार्थलाई सर्वोपरि देख्ने सोच्ने घटिया नियत हुँदैनथ्यो भने दुवै देशका बीच "समदूरी, सममैत्रीको स्थायी सम्बन्धको नीति" अख्तियार गरिएको हुने थियो । दर्ुभाग्य कै कुरा हो, त्यस्तो हुन सकेन । दक्षिणबाटै निस्तृत सत्ता र शासन शक्तिको गंगोत्रीले आफूलाई राज्यको रजाईको अवसर प्रदान गरेको विश्वास बोकेका राज्य नियन्ताहरूले दक्षिणतिरको एकलव्य भक्ति जाहेर गर्ने गरे । जसको परिणति नेपाललाई ढाल बनाएर तिब्बतभित्र अस्थीरता उत्पन्न गर्ने र पुरानो बैरी चीनलाई जिस्क्याउने खेल भारतले नेपाली भूमिमा गरिहरन पायो । त्यसको परिणति नेपालले मात्रै भोग्नु गर्ने हो, या भारत स्वयंले नै बढि भोग्नु पर्ने हो - हर्ेर्नु बाँकी होला ।
२) विश्व शक्तिको शिखर आरोहणतिर ध्यान केन्द्रित गरेको जनवादी गणतन्त्र चीनको सीमा झण्डै डेढ दर्जन देशसँग जोडीएको होला --) तर पनि नेपालतिरको विशाल हिमालका खांेचबाट भारतीयहरूलाई भरिया बनाएर, पश्चिमी शक्तिले भगुवा दलाई लामालाई ढालको रूपमा प्रयोग गर्दै तिवेततिर प्रवेश गने सम्भावनालाई पूरै उपेक्षा गर्नु हुन्नथ्यो गरिदियो । सन् सत्तरीको दशकको पर्ूवार्ध्द्ध -२०३१ सालतिर) चीन नेपालको सीमावर्ती मुस्ताङ्गमा अमेरिकी सहयोगमा दलाई लामाका सैन्य दस्ताको रूपमा मोर्चावादी गरेर बसेका "खम्बा"हरूलाई नेपालले सफाया गरेपछि नेपाललाई सच्चा हितैषी मित्र ठान्ने गल्ती गर्यो ।
३) २०१७ सालमा नेपालमा शासकीय व्यवस्थामा परिवर्तन भएपछि, देशको शासन सत्ताका परम नियन्त्ता बनेका राजा र, नेपालको कम्युनिष्ट पार्टर्ीीे नेताका रूपमा क. पुष्पलाल सँग स्थापित गर्दै आएको घनिष्ट मित्रताको सम्बन्ध २०३५ सालमा क. पुष्पलालको अकस्मात् देहावसान भएपछि राजाबाहेक चीनको विस्वसनीय नेता कोही ठानिएन । जब मदन भण्डारीले आफू र आफ्नो पार्टर्ीीे.क.पा. एमालेलाई यौटा विश्वास योग्य मित्रको रूपमा स्थापित गर्नेमा सफलता प्राप्त गर्दै गए, यौटा अन्तर्रर्ााट्रय ग्य्राण्ड डिजाइनले उनलाईलगेर दासढुङ्गाबाट त्रिशुलीमा हेलिदियो । त्यसपछि जनवादी चीनले नेपालमा जनस्तरको मैत्री स्थापित गर्नेपट्ट िचासो दिएन । सरकारीस्तरमा मात्रै मित्रता राख्ने नीति अख्तियार गर्दा कतिपयकाल खण्डमा अमेरिकी र भारतीयहरूका लागि काम गर्ने एक प्रकारका सूचना संवाहकहरू चीनका घनिष्ट मित्र बन्न पुगे । जनताले सीमान्त घृणा गर्दै आएका त्यस्ता अस्थायी सत्ता र शक्ति नियन्तासँगको चिनिया घनिष्टताले नेपाली जनता चीनतिर पीठ फर्काएर दक्षिण र पश्चिममुखी बने । जसको कारण नेपालमा "स्वतन्त्र तिवेत" का पक्षधरहरूसँग जनस्तरबाट स्वतः स्फर्ूत रूपमा प्रतिवाद गर्नेको नितान्त अभाव देखियो । यस्तो शून्यताको स्थितिको मौका छोप्ने पेशेवर स्वार्थी तत्वहरू नै स्वयं घोषित चिनिया विश्वास पात्रको रूपमा देखापरिदिए । त्यसले गर्दा नेपाली जनता तिवेतमा दङ्गा व्रि्रोहको डढेलो दन्किएपछि त चीनको आँखा खुल्ला र हामी माथिको विस्तारवादीको चरम आधिपत्य खुकुलो -न्यूट्रल) हुन जाला - भनेर तमासेका रूपमा देखा पर्न पुगें ।
४) नेपाल विज्ञको रूपमा परिचित प्राध्यपक समेत विभिन्न स्तरका चिनिया टोलीहरू नेपाल आए, राजदूतहरूले समेत केन्द्रीत नीतिको डोरो समाएर "नेपालमा घटिरहेका घटनाहरू र राजनीतिक परिवर्तनलाई निकै गम्भीर चासोका साथ नजिकबाट नियालीरहेको भने पनि, कार्य रूपमा कुनै प्रतिकृया देखापरेन । जसले गर्दा कमजोर नेपाली माथि भारतको नाङ्गो हस्तक्षेप शर्मलाग्ने हदमा देखा पर्न थाल्यो । हुँदा-हुँदा नेपालको तर्राई मधेशसम्म सोझै दिल्लीबाट बजेट आउने र गाउँ-गाउँसम्म राजदूत गएर शीलान्यास, उद्घाटन गर्ने र नेपालका राजनीतिक पार्टर्ीीेताका शैलीमा मन नपरेका दलमाथि आक्रमण भएर भाषण गर्ने, गरेको सुन्नु परिरहेको छ । सत्तारुढ राजनीतिक दललाई आचार संहिताको लाठो देखाउने निर्वाचन आयोग राजदूत सामु लाचार छाया बनेर पुच्छर हर्ल्लाउने बाहेक केही गर्न नसक्ने स्थितिमा देखियो । नेपालराज्यको वाषिर्क बजेटको समानान्तर बजेट दिल्लीबाट राजदूतबास मार्फ सोझै हिमाल, तर्राईसम्म खुला रूपमा जुन गयो, त्यसलाई 'तमासर्ेभई हेरेको नेपाली जनतालाई पटक्कै चित्त बुझ्न सकने ।
उक्त केही दृष्टान्तहरूबाट संकेत गरिएका केही कार्य कारणबाट नेपालमाथि जसरी छिमेकी र बाह्रय परम शक्तिशाली राष्ट्रहरूले नेपालको स्वतन्त्र र्सार्वभौम अस्तित्व, अस्मिता र तटस्थतामाथि मनलाग्दो तरबार नाङ्गो बलात्कार गर्ने अनन्त्त उपक्रम शुरु गरे, अस्तित्व विहिन नेपालीहरू विवश वा अवाक् मूकदर्शक बनेर तिब्बतभित्रको डढेलो हर्ेर्नुको विकल्प रहेर, भएन । जस्को अर्थ "नेपालीको मौन र निस्कृयताजन्य स्वीकृति र र्समर्थन तिब्बत व्रि्रोहमा रह्यो" भन्ने हुन सक्छ ।
तर २०५२ मा प्रारम्भ भएको सशस्त्र जनयुद्धमा भएको आम नरसंहारदेखि संघारमा आएको संविधानसभाको निर्वाचनसम्मको चिनिया उपेक्षापर्ूण्ा व्यवहारले नेपाल र नेपालीहरूका मन मस्तिष्कमित्र सम्मान क्रमश फीका हुँदै जुन गइरहेको छ । त्यसले चीनलाई त सायद त्यति धेरैफरक नपर्ला --) नेपालका लागि भने किमार्थ हितकार हुने छैन । त्यो भने ध्रुव सत्य हो ।