चुनाव हारे जनव्रि्रोह ः गूर्ढार्थको खोजी महेश्वर शर्मा
Monday, 03.24.2008, 06:27pm (GMT+5.5)
संविधानसभा निर्वाचनमा हार भएमा जनव्रि्रोह गराउने घोषणा नेकपा -माओवादी)ले निर्वाचन प्रचारकै क्रममा गरिरहेका छन् । सामान्य कार्यकर्ताले त कतिपय ठाउँमा आफ्नो पार्टर्ीीई मत नदिएमा भौतिक कार्वाही गर्ने धम्की दिएको समेत चर्चा छ । खास गरी प्रचण्ड र बाबुरामका भनाइबाट के बुझिन्छ भने उनीहरु जनमतमा विश्वास गर्दैनन् । अक्टोबर क्रान्तिपछि रुसमा लेनिनकै सहमतिमा संविधानसभाको चुनाव गराउँदा लेनिनको बोल्सेभिक पार्टर्ीी हारेपछि उनले जनमतको उपेक्षा गरेर लालसेनाद्वारा संविधानसभा घेराएर बलात् विघटन गराएर सोभियतलाई र्सवाधिकार सम्पन्न गराएका थिए । त्यसैको परिणाम त्यहाँ समाजवादी शक्तिहरु छिरलिएर अनिश्चयको स्थिति आयो । अनि सन् १९१८-२२ -पाँच वर्षसम्म गृहयुद्ध भोग्नुपरेको थियो । यहाँ पनि माओवादी नेताले निर्वाचन नजिते व्रि्रोह गर्र्छौ भन्नुका पछाडि संविधानसभामा आफ्नो बहुमत नआए तात्कालीक रुसमा लेनिनले गरेजस्तै जनमुक्ति सेनाद्वारा घेराउ गरेर संविधानसभाको ठाउँमा जनमुक्ति सेनालाई स्थापित गर्र्छौं भन्न खोजेका त होइनन् - भन्ने राजनीतिक वृत्तमा शंका उब्जन थालेका प्रसंगमा राजनीतिक विश्लेषकहरु त्यस भनाइको गूर्ढार्थ खोज्दैछन् । त्यसै क्रममा शान्ति सुरक्षा कायम गर्न नसकेर अथवा त्यस्तै कुनै कारणले निर्वाचन भएन भने त्यसको दोष दरबारलाई दिन अहिलेदेखि नै भूमिका तयार पार्दैरहेको पनि बुझ्न सकिन्छ, तापनि त्यो निर्रथक अभ्यास जस्तो लाग्छ र वास्तवमा त्यो मनको बाघले तर्सर्ााो मनस्थितिको द्योतक मात्र हो भन्ने विश्लेषकहरुको भनाइ छ । विगत ११ वर्षो जनयुद्धको अपास जनधनको क्षति -आजसम्म लेखाजोखा नै भएको छैन)को जिम्मेवारी बहन गर्नै नपरी अर्को विनाशको बाटो समात्ने चेतावनी आउनु गम्भीर कुरा हो । यदि यी कुरा माओवादी नेताका मनोगत चिन्तन मात्र होइनन् र उनीहरुले र्सार्वजनिक गरेजस्तै हुने हो भने जनताका निम्ति प्रजातन्त्र सपना मात्र हुने निश्चित छ र यसलाई एउटा अर्को अनिष्टको संकेत सम्झनुपर्ने हुन्छ । माओवादीका लागि युद्ध सामान्य जस्तो भए पनि विगत युद्धकालमा भोगेका कष्ट र विध्वंशका सम्झनाले जनता त्रस्त पार्दछ । नेताका राजनीतिक स्वार्थका खेलमा जनता सधैं भकुण्डो भैरहनुपर्ने यो कस्तो विडम्वना हो कुन्नि - नेताका राजनीतिक आकांक्षा पर्ूर्तिका निम्ति जनताले कहिलेसम्म गर्धन थापिरहने - आजसम्मको स्थिति हर्ेदा जनतालाई सुखसुविधा होइन, नेताकै मात्र स्वार्थका लागि जनताले ज्यूधन अर्पण गर्नुपरेको छ । गृहयुद्धका बेला रुसमा लालसेनाले दुःख दिएजस्तै विगत ११ वर्षो जनयुद्धमा नेपाली जनताले पनि अकल्पनीय दुःख भोग्नुपरेका नकारात्मक कथा यहाँ छन् । के यस्तै राजनीतिक हठवादिताले जनताको मन जित्न सकिन्छ - कदापि सकिंदैन । माओवादी नेताहरु आज पनि हाम्रो संर्घष्ा जारी छ भनिरहेका छन् । विगत ११ वर्षो विनाश र विध्वंशलाई महान् उपलब्धि भनिरहेका छन् । जनताले के अनुभव गरेका छन् र विगत जनयुद्धलाई कुन रुपमा लिएका छन् भन्ने कुरा माओवादीले वास्तै गरेका छैनन् । वास्तविकता त त्यो हुन्छ जुन जनताले अनुभव गरेका हुन्छन् । अब पनि जनतासितै गर्ने त होला संर्घष्ा - विगतमा मारिएका बीसौं हजार जनतासित तपाईंहरुले कुन रीस फर्ेर्नुभयो - निर्दोष जनताले के विगारेका थिए - कुन त्यस्तो ठूलो शोषक सामन्त या क्रुर नेता मारियो तपाईको जनयुद्धमा - के सामान्य जनता नै तपाईहरुका शत्रु थिए - आज आफैं सरकारमा सामेल भएर पनि तपाईंले जनयुद्धका नकारात्मक परिणामलाई कम गराउन सक्नुभएन । सरकारमा गएपछिका कामबाट आज पनि जनता पीडित हुनर्ुपर्छ भने भोलिका निम्ति तपाईं कसरी जनतालाई आश्वस्त पार्न सक्नुहुन्छ - सधैं बलजफ्तले मात्रै त काम चल्दैन होला नि - शासनमा बस्ने जोसुकै भए पनि उसले केही गल्ती गरेकै हुन्छ । त्यसका विरोधमा मान्छे भड्काउनु, बेरोजगारलाई उचालेर विध्वंश मच्चाउनु अथवा युद्ध नै गर्नु त्यति गाह्रो हुँदैन, तर युद्धपछिको व्यवस्थापन कठिन हुन्छ । बुद्धि पुर्याउनु पर्ने नै त्यसैबेला हो । त्यसका लागि कार्यकर्तामा अनुशासन चाहिन्छ । युद्धका बेला जस्तासुकै मान्छे पनि लिइन्छन्, तर ती सवै इमान्दार हुँदैनन् । यहाँ पनि को सक्कली माओवादी हो, को अपराधी अथवा ठग हो भन्ने छुट्टएिको छैन । त्यो छुट्याएर जनतालाई आश्वस्त पार्ने काम नेतृत्वको हो तर त्यो काम आजसम्म हुन सकेन । युद्धकालकै जस्तो आज पनि माओवादीका नाममा ठगी भैरहेको छ, अपराध भैराखेका छन् । यो पार्टर्ीीदनाम हुने स्थिति हुनाले त्यस्तालाई केलाएर-निफनेर बदमासहरुलाई निकालेर शुद्धिकरण गर्नुपर्नेमा भएको छैन । एघार वर्षो जनयुद्धपछि अहिले माओवादी पनि निर्वाचन लड्दैछन् । पार्टर्ीीत्र खराब मान्छे छन् भने यस्तो बेलामा निकाल्नर्ुपर्छ, नत्र निर्वाचनमै प्रतिकूल असर पर्छ । त्यस्तै खराब व्यक्तिले गर्दा सन् १९२०-२१ तिरको ट्रेड यूनियन निर्वाचनमा बोल्सेभिक पार्टर्ीीई धक्का लागेको स्मरणीय छ । निर्वाचन प्रचारका क्रममा गाउँ डुल्नेहरु को सक्कली र को नक्कली भन्ने कुरा जनतालाई थाहा हुँदैन । कतिपय ठाउँमा ठगहरुले उल्टो काम पनि गर्छन् । यो कुरा सवै पार्टर्ीी लागु भए पनि माओवादीमा बढी अन्योल देखेका छन् जनताले । नेपालका माओवादीले शान्ति सम्झौतापछि पनि लेनिन र स्टालिनकै बाटो समातेर क्रुर र तानाशाही प्रवृत्ति देखाउन नछोड्ने हुन् भने अवश्य पनि सोचेजस्तो नहुन सक्छ । त्यसैले धम्क्याएर र तर्सर्ाा होइन, बरु विगतका कमी कमजोरी र विकृतिहरु सच्याएर जनर्समर्थन पाउने हिसावबाट काम गर्नु नै आजका लागि उपयुक्त अवसर हुनसक्छ ।
|