र्समर्पण ः राष्ट्रपतिमा होइन राष्ट्रप्रति
Monday, 03.24.2008, 06:33pm (GMT+5.5)
कुनै अकल्पनीय दर्ुघटना भएन भने अबको १६ दिनपछि संविधानसभाको निर्वाचन सम्पन्न हुनेछ । यो निर्वाचनको नतिजाले नै नयाँ नेपालको खाका कोर्ने र नेपालमा एउटा युग परिवर्तन हुने उद्घोषण विभिन्न नेताहरुले गरिरहेका छन् । यो युग परिवर्तन कोही राष्ट्रपति बनेर, कोही प्रधानमन्त्री भएर हुने हो कि सवैले आफूलाई राष्ट्रप्रति समर्पित गराएर हुने हो - यो विवेचनाको अकाट्य सत्य हो । तर अहिलेसम्मको चुनावी सरगर्मीले नयाँ नेपाल बनाउनेहरुले राष्ट्रप्रतिभन्दा राष्ट्रपतिका लागि बढी मोह राखेको देखियो । यो नै र्सवाधिक विडम्वनापर्ूण्ा पक्ष बन्न पुगेको छ । वितेका दर्ुइ महिनायता चुनावी वातावरणले हृवात्तै गति लिएको भए पनि यसले निर्वाचनको भयमुक्त वातावरणमा अझै पनि सुधार ल्याउन सकेको छैन । मुलुकको संविधान निर्माण गर्ने यो निर्वाचनलाई राजनीतिक दलहरुले आवधिक निर्वाचनकै शैलीमा राष्ट्रपति बन्नेदेखि लिएर अबको प्रधानमन्त्री मै हुँ भन्दै पदीय दावी गर्न थालिसकेका छन् । संविधानसभाको निर्वाचनलाई पदीय महत्वकांक्षामा लगेर जोड्ने कामको सुरुवात नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले गर्नुभयो । प्रचारप्रसारका क्रममा 'गणतन्त्र नेपालका भावी प्रथम राष्ट्रपति क. प्रचण्ड' भनेर उल्लेख गरियो । यसको चौतर्फी आलोचना भएपछि उहाँले आफूलाई राष्ट्रपतिमा मोह नभएको तर मुलुकमा देखिएको नेतृत्व संकट हटाउन आफूले राष्ट्रपतिको दावेदारी गरेको भन्नुभयो । प्रचण्डको राष्ट्रपति बन्ने विज्ञापनलाई राजनीतिक नेताहरुले व्यंग्यको विषय बनाएर 'भित्ते राष्ट्रपति'को उपमा नै दिन थालियो । हालैका दिनमा नेपाली कांग्रेसका नेता तथा पर्ूवप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा निर्वाचनपछि देशको शक्तिशाली प्रधानमन्त्री आफू बन्ने दावी गर्नुभयो । त्यस्तै नेकपा एमालेले पनि पार्टर्ीीहासचिव माधवकुमार नेपाल भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालिसकेको छ । यी पदीय आकांक्षाले गर्दा नै संविधानसभाको निर्वाचन हिंसात्मक मुठभेडको स्थितिमा पुगेको छ । जसरी पनि आफ्नो आकांक्षा पूरा गर्ने होडवाजीले संविधानसभा निर्वाचन संसदीय निर्वाचनभन्दा पनि कम विश्वसनीय बन्दै जान थालेको छ । यो सव राष्ट्रप्रतिको र्समर्पणभावको कमीले गर्दा हो । मुलुकको भाग्य फर्ेर्ने, नेपाली जनताको भाग्यको फैसला उनीहरुले नै गर्ने र नयाँ नेपालको खाका कोर्ने निर्वाचनले कसलाई राष्ट्रपति बनाउने वा कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयले प्राथमिकता नपाउनुपर्ने हो । समग्रतामा अहिले राष्ट्रपतिका लागि नभएर राष्ट्रप्रति समर्पित भएर निर्वाचनलाई भयमुक्त वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने चिन्तनमा लाग्नुपर्नेमा आफ्नो दलीय विजयलाई सुनिश्चित गर्न जस्तोसुकै हथकण्डा अपनाउने गरिएको छ । निर्वाचन आयोगको आचारसंहिताको कही कतै पालना भएको छैन । विशेष गरेर तीन ठूला दलहरु नेपाली कांग्रेस, एमाले र माओवादीले आचारसंहिताको पर्ूण्ा पालना नगरेको विवरणहरु र्सार्वजनिक भैरहेका छन् । जसरी पनि आफूहरुले नै निर्वाचन जित्नुपर्ने दावी र अहंकारले राष्ट्रप्रति कोही पनि जिम्मेवार नरहेको अनुभूति हुन थालेको छ । नयाँ नेपाल बनाउने सपना कसरी साकार हुन्छ - यसका लागि कसले कति त्याग र र्समर्पण गर्नुपर्छ - यसको चिन्तन-मनन् हुन सकेको छैन । कसरी आफूहरुको पल्ला भारी गर्ने भन्ने चिन्तनले बढोत्तरी पाइरहेको छ । तालमेलका कुरा हुन् वा सहयात्राका प्रसंग हुन्, दलीय स्वार्थले त्यसलाई ओझेलमा पारिदियो । एक दलले अर्को दलमाथि आक्रमण गर्ने क्रम बढ्दो छ । निर्वाचन आयोगदेखि लिएर अन्तर्रर्ााट्रय पर्यवेक्षक समूहहरुले समेत यो कुरालाई उठाइरहेका छन् । आयोगले निर्वाचन परिणाम नै रद्द गर्ने वा उम्मेदवारी नै खारेज गर्नेसम्मको धम्की पुनः दिएको छ । यति हुँदा पनि स्थितिमा सुधार छैन । राजनीतिक सुझबुझका साथ अगाडि बढ्ने हो भने बाटामा पर्ने अप्ठ्याराहरु त्यस्तै सुझबुझका साथ पन्छाउन सकिन्छ । तर अहिले राजनीतिक सुझबुझको प्रचूर अभाव छ । राष्ट्रप्रति समर्पित भएर मुलुकलाई ऐतिहासिक रुपान्तरणको अभियान संचालन गर्ने दायित्व लिनेहरु राष्ट्रपति र प्रधानमन्त्रीको दावेदारीमा अल्भिmएका छन् । एकले अर्कोलाई निषेध गरेर नयाँ नेपाल बन्दैन । एउटाको अस्तित्व अर्कोले अस्वीकार गरेर मुलुकमा रुपान्तरण हुँदैन । अहिले जे चाहिएको थियो त्यसको अभाव छ भने जे चाहिएको छैन त्यो मात्रै भैरहेको छ । नेपालका राजनीतिक नेताहरुको गुण भनेको आकर्ष नारा दिने हो भने दर्ुर्गुण भनेको काम चाहिं त्यसको ठीक विपरीत गर्ने हो । यही गुण र दर्ुर्गुणको बीचमा अहिले मुलुक रुमल्लिएको । संविधानसभाको निर्वाचनलाई पदप्राप्ति र पद गुमाउने खेलको रुपमा मात्र लिने गर्दा राष्ट्रप्रति समर्पितहरु नेताको ठूलो अभाव रहेको अनुभूति जनताले गर्न थालेका छन् । आफूलाई राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नेहरुले राष्ट्रप्रति कस्तो र्समर्पण गर्ने र त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने चिन्ता र चासो चाहिं पटक्कै नगरेको देखिएको छ । मुलुकले संविधानसभा निर्वाचनपछि पनि 'जुन जोगी आए पनि कानै चिरेको' नियती भोग्नुपर्ने विडम्वनापर्ूण्ा स्थिति सिर्जना हुने भय कायमै छ । यो भयलाई चिर्न जिम्मेवार नेताहरुले आफूलाई अग्रसर गराए नयाँ नेपाल बन्ने निश्चित छ ।
|