Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 09:23am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
नयाँ भन्दाभन्दै पुरानै नरहने त्राश
Monday, 03.31.2008, 06:01pm (GMT+5.5)

नेपाल नयाँ बन्दैछ- यो अहिलेको राजनीतिक माहोलले लगाउने आकर्ष नारा हो । यो नाराभित्र नयाँ नेपालको खाका कस्तो हुने हो - कसरी र कहाँबाट यसको सुरुवात हुने हो - यसको भने कुनै टुंगो छैन । राजनीतिका फुच्चेदेखि माहिर खेलाडीसम्मले नयाँ नेपाल बनाउन आफू अघि बढेको दावी गरिरहेका छन् । उनीहरुको कार्यशैली र व्यवहारमा विगतको भन्दा कुनै सुधार नआए पनि नयाँ नेपालको थेगोले सवैलाई आकषिर्त गरेकै छ । दशकौंदेखि अभाव, अशिक्षा, रोग र भोकको जिन्दगी विताइरहेकाहरु नयाँ नेपाल भनेको आफ्नो भोको पेटले खान पाउने, नांगो आङले लाउन पाउने र वषर्ामा रुझेको शरीरले ओत पाउने अवस्था मात्र ठानिरहेका छन् भने राजनीतिका शर्ीष्ा खेलाडीहरु नयाँ नेपाल भनेको राजतन्त्रको स्थानमा गणतन्त्र, राजाको ठाउँमा राष्ट्रपति र अर्कोको ठाउँमा आफ्नो सरकारमा सामेल भएपछि मात्र सुरु हुने बताइरहेका छन् ।
नेपाल कहिले पुरानो थियो र अब नयाँ बनाउने - पुरानो नेपाल भनेको के हो - नेपाललाई नयाँ बनाउने कि नेपाली जनतालाई नयाँ सोच, आदर्श, सिद्धान्त र मूल्य मान्यतामा अगाडि बढाउने भन्ने मूल प्रश्नलाई थाती राखेर नयाँ नेपालको आकर्ष नाराका भरमा सत्ता र शक्तिलाई प्राथमिकता दिइएको अवस्था अहिले छ । नेपालको वर्तमान राजनीति संविधानसभा निर्वाचनमा केन्द्रित छ । यसलाई नयाँ नेपाल निर्माणको दैलोकोे रुपमा सवैले लिएका छन् र यो निर्वाचनले समग्र समस्याहरुको समाधान गर्ने दावी पनि गरिएको छ । अहिलेसम्म जे जति शक्ति र समूहसंग सहमति-सम्झौता भएको छ ती सव समस्याहरुको एकमुष्ट समाधानको सूत्र खोज्ने काम संविधानसभाले गर्नेछ भनिएको छ । यदि यसो हुन सकेन भने नयाँ नेपाल त परै जाओस्, भएको नेपालको के हविगत हुने हो राष्ट्रिय सोच भएकाहरु अहिलेदेखि नै चिन्तामा छन् । आत्मनिर्ण्र्ााो अधिकार, एक मधेस एक प्रदेश, जातीय-क्षेत्रीय आधारमा राज्य व्यवस्था लगायतका विषयहरुले कसरी निकास पाउने हो - निर्वाचनको पर्ूवसन्ध्यामा जेजस्ता हर्कत भएका छन् त्यसलाई आधार मानेर हर्ेर्ने हो भने संविधानसभा निर्वाचनपछि नेपालको भविष्य कस्तो हुनेछ भनेर यकीन गर्न सकिने अवस्था छैन । निर्वाचन अगावै आपसमा जुधाजुध गर्न थालेका दलहरुले भोलि सत्ता र शक्तिको हानथापमै समय कटाउने छन् र त्यसपछि मुलुक झन् जर्जर अवस्थामा पुग्ने आशंका गर्न थालिएको छ ।
मुलुकको भविष्यलाई लिएर अहिले व्यापक चिन्ता छ तर चिन्तन गर्नैपर्नेहरु बेखबर बनिरहेका छन् । उनीहरुलाई निर्वाचनको परिणामले मात्र सताएको छ । राष्ट्रियता जतिसुकै कमजोर भए पनि आफ्नो सत्ता स्थापित हुनुपर्ने नभए निर्वाचन परिणामलाई अस्वीकार गर्ने जस्ता धम्कीहरु बारम्बार प्रवाहित भैरहेका छन् । नयाँ नेपालको परिकल्पना गर्नेहरु भएको नेपाललाई समेत जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । एकले अर्कोलाई निषेध गरेर, सत्ताको सेरोफेरोमा फन्को मारेर नयाँ नेपाल कसरी बन्ला - एकपछि अर्को गर्दै असन्तुष्टिका स्वरहरु गुन्जिरहेका छन्, एकपछि अर्को सहमति र सम्झौता भैरहेको छ । निर्वाचनपछि संविधानसभाले संविधान लेख्ने काम गर्ने कि भएका सहमति र सम्झौताको पालना गर्ने काम गर्ने - संविधानसभा भनेको संसद हो कि मुलुकको मुल कानुन लेख्ने विज्ञहरुको समूह हो - यी विषयहरुमा कसैले चासो दिएका छैनन् । 'हामीले नजिते नयाँ नेपाल बन्दैन', 'हामीले नजिते मुलुकमा अधिनायकवाद हावी हुन्छ', 'हामीले नजिते मुलुकमा विदेशी हस्तक्षेप बढ्छ' जस्ता जनतालाई भय, अन्योल र अनिश्चित बनाउने अभिव्यक्तिहरु किन आइरहन्छन् - जनताको अभिमतलाई स्वीकार्छर्ुुन्ने हिम्मत किन कसैमा छैन - जनतालाई र्सार्वभौम बनायौं भन्नेहरु किन जनताको अभिमतमा विश्वास गर्दैनन् -
एकथरिले चुनाव नजिते मुलुकमा विदेशी हस्तक्षेप बढ्छ रे । के अहिले विदेशी हस्तक्षेप छैन - के अहिले नेपाली जनताको चाहनालाईभन्दा विदेशीको चाहना, स्वार्थ र आकांक्षालाई बढी प्राथमिकता दिइएको छैन - अहिलेसम्म भएका निर्ण्र्ाारु नेपाली जनताकोभन्दा विदेशीको चाहना र आकांक्षामा भएका होइनन् - यी प्रश्नहरुको उत्तर नदिइकन विदेशी हस्तक्षेपको त्रास देखाएर जनतालाई आफ्नो पक्षमा पार्न खोज्नु नयाँ नेपाल बनाउने होइन भएको नेपाल पनि भत्काएर बाइसे-चौबीसेमा परिणत गर्ने षड्यन्त्र हो ।
वामपन्थी होस् कि दक्षिणपन्थी नेपाली जनताका लागि राजनीति गरेको, नेपाली जनताका लागि संर्घष्ा गरेको हो भने जनतालाई आकषिर्त गर्न नयाँ नेपालको स्पष्ट खाका दिनुपर्नेमा उल्टै भएको नेपाललाई समेत भताभुंग पार्ने गरी सीमित वर्ग, समूह र बाहिरी शक्तिको स्वार्थलाई मलजल गरिरहँदा कसरी बन्ला नयाँ नेपाल - अहिलेको चिन्ता भनेको दलहरुको यही रवैया कायम रहने हो भने नयाँ नेपाल त कता हो कता- भएको नेपालको अस्तित्व पनि कता विलिन हुने हो कि भन्ने नै हो । जनताको चिन्ता यसैमा छ ।

Comments (0)        Print        Tell friend        Top


Other Articles:
र्समर्पण ः राष्ट्रपतिमा होइन राष्ट्रप्रति (03.24.2008)
मलेखुको माछा, संविधानसभा र जनउत्साहयादब देवकोटा (03.24.2008)
चुनाव हारे जनव्रि्रोह ः गूर्ढार्थको खोजीमहेश्वर शर्मा (03.24.2008)
तिब्बतको द्वन्द्वमा नेपाल कसरी फस्यो -तारा सुवेदी (03.24.2008)
नागरिकता वितरणमा गल्ती भयो !के के गरेपछि दैले देखियो जस्तै (03.17.2008)
अब चमत्कारै चमत्कार हुँदैछ (03.10.2008)
मर्ुर्सरफशैली र नेपालको लोकतन्त्र (03.03.2008)
सुकिलो पोशाकभित्र र्सवाङ्ग नांगा नेताहरु (02.25.2008)
अप्ठ्यारो लाग्दैछ प्रजातन्त्र दिवस मनाउन (02.18.2008)
घर डढाएपछि खरानीको के दुःख ? (02.11.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]