Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 01:20am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
सधैंलाई गान्धी बने कसो होला ?
Monday, 04.07.2008, 06:30pm (GMT+5.5)

नेकपा माओवादी अध्यक्ष क. प्रचण्डले गत बुधबार टुँडिखेल खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा धेरै कुरा गर्नुभयो । उहाँले कति यस्ता कुराहरु पनि र्सार्वजनिक गर्नुभयो जुन नेपाली जनताले थाहा पाउनैपर्ने थियो । निर्वाचनको परिणाम स्वीकार्ने वा अस्वीकार्ने विषयदेखि लिएर माओवादीको बढ्दो प्रभाव, निर्वाचनमा हुनसक्ने धाँधली लगायत अहिले प्रचारमा आएका निर्वाचन आचारसंहिताका विषयमा उहाँले सारगर्भित रुपमा आफ्ना गुनासाहरु पनि प्रकटगर्नुभयो । निर्वाचन प्रचार प्रसारका क्रममा नेकपा माओवादीबाट भएका आक्रमणका घटनालाई बढाइचढाइ गरेको आरोप लगाउन पनि प्रचण्ड चुक्नु भएन । यसबीचमा १२ जना माओवादी कार्यकर्ताको हत्या हुँदा चुप लाग्ने संचारमाध्यमले वाईसीएलको सानो गल्तीलाई ठूलो मुद्दा बनाएको दुःखेसो पोख्नुभयो । यी सम्पर्ूण्ा विषयहरुका अतिरिक्त क. प्रचण्डले एउटा अन्यत्न महत्वपर्ूण्ा कुरा बोल्नुभयो । उहाँले आफ्ना कार्यकर्तालाई भन्नुभयो- 'सात दिनलाई गान्धी बनिदिनुस्' ।
प्रश्न यहीनेर उठ्छ, गान्धी भनेका अहिंसाका पर््रवर्तक हुन् । उनी हिंसाबाट होइन विचारबाट युद्ध जितिन्छ भन्ने मान्यतामा जीवनभर रहे र सोही माध्यमबाट भारतलाई अंग्रेजबाट मुक्त गराए । माओवादी अध्यक्ष प्रचण्डले पनि त्यसै गरी हामी अहिंसाबाटै चुनाव जित्दैछौं भने तिमीहरु किन हिंसामा उत्रन्छौं कम्तिमा चुनावसम्म त चुप लागेर बस भन्ने शैलीमा निर्देशन दिनुभयो । उहाँले सात दिनलाई आफ्ना कार्यकर्तालाई कुनै पनि हिंसात्मक गतिविधि नगर्न निर्देशन दिनुभएपछि कुरा त प्रष्टै भयो कि- माओवादी कार्यकर्ताहरुले हिंसा गरेकै छन् । उम्मेदवारहरु गाउँ जान नपाएकै हुन्, उनीहरुमाथि भौतिक आक्रमण भएकै हो । फरक के मात्र हो भने कतिपय कुराहरु बढाइचढाइ गरेर प्रचारित भए होलान् - यो तथ्यलाई चाहिं नकार्न सकिन्न । तर गान्धी सात दिनका लागि मात्र बन्ने कि सदाका लागि - नेपाललाई शान्ति क्षेत्र बनाउने कि अशान्त बनाइराख्ने भन्ने मुल विषय हो । सशस्त्र संर्घष्ाबाट शान्तिपर्ूण्ा बाटोमा आएकाहरुलाई त्यही मार्गमा पर्ूण्ारुपमा परिवर्तन गराउन केही समय अवश्य लाग्छ तर त्यसो भन्दैमा उनीहरुका कानुनविपरीतका कार्यहरुलाई क्षम्य मान्न सकिन्न । अहिले त्यस्तै भैरहेको छ । माओवादीका नाममा कतिपय अपराधिक गिरोहरु पनि सक्रिय भएका छन् । यस दिशातर्फभने सवै चनाखो हुनर्ुपर्छ ।
सर्न्दर्भ सात दिनलाई गन्धी बनिदिनस् भन्ने आग्रह वा निर्देशन नै हो । मुलुक शान्ति प्रक्रियाको अन्तिम चरणमा पुगेको छ । अबको दर्ुइ दिनपछि सम्पन्न हुने संविधानसभा निर्वाचनले एउटा चरणलाई समाप्त गरेर नयाँ नेपालको खाका कोर्ने जमर्को गर्नेछ । आशा गरौं यस्तै होस्, मुलुकले चाहेको परिवर्तन दिलाउन सवै दलहरु सक्षम हुन् । तर यसका लागि चाहिने कुरो भने क. प्रचण्डले भनेजस्तै गान्धी बन्ने हो । प्रचण्डले सात दिनसम्म गान्धी बन्न आग्रह गर्नुभयो तर पंक्तिकार जीवनभर गान्धी बन्न आग्रह गर्दछ । यो आग्रह माओवादीलाई मात्र होइन, सम्पर्ूण्ा मुलुकबासीलाई हो । जो हतियारमा विश्वास गर्छन्, जो हिंसामा विश्वास गरेर हतियार उठाइरहेका छन्, जसले आफ्ना असन्तुष्टिलाई निर्दोष जनताको छातीमा गोली ठोकेर व्यक्त गरिरहेका छन्, उनीहरु सवै गान्धी बन्नर्ुपर्छ । नयाँ नेपालको ढोका खोल्ने यो अभियानमा सवै शान्तपर्ूवक सहभागी हुनर्ुपर्छ । यसका लागि निषेध भने कसैले कसैलाई गर्नु हुँदैन । विपक्षी मत राखेकै भरमा आक्रमण गर्ने, मानमर्दन गर्ने जस्ता शैलीको पनि अन्त्य हुनर्ुपर्छ । संविधानसभामा निर्वाचनमा सहभागी दलहरुमध्ये ५० प्रतिशतको प्रतिनिधित्व हुने अनुमान गरिएको छ । प्रत्यक्षमा प्रमुख तीन दलकै हालिमुहाली भए पनि समानुपातिकले धेरैको प्रतिनिधित्व गराउने छ । ती सवैले आफूलाई गान्धीकै रुपमा प्रस्तुत गरेर विचारको मन्थनद्वारा नयाँ नेपालको खाका कोरे कसो होला -
सत्ता जोसुकैले कब्जा गरुन्, त्यो नेपाली जनताको खासै चासोको विषय होइन । नेपाली जनताले चाहेको एउटै मात्र महत्वपर्ूण्ा कुरा भनेको दिगो शान्ति हो र यो शान्तिको मार्गमा कोही पनि अवरोधको रुपमा उपस्थित हुनुहुन्न । सशस्त्र संर्घष्ाबाट शान्तिको मार्गमा आएको नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई नेपाली जनताले के आग्रह गरेका छन् भने उहाँले आफ्ना कार्यकर्तालाई पर्ूण्ारुपमा गान्धी बन्न प्रेरित गर्नुभयो भने त्यो नेपालको लागि एउटा ऐतिहासिक र स्वर्णर्ीम युग हुनेछ । त्यो अभिायनको सिको अरु सवैले सविस्तारै गर्न थाले भने तपाई हामीले परिकल्पना गरेको नयाँ नेपाल सोचेभन्दा कम समयमै निर्माण हुनेछ । अन्त्यमा मुरीमुरी आग्रह छ- सात दिनलाई होइन सधैंलाई सबैलाई गान्धी बन्न प्रेरित गरिदिनुहोस् ।

Comments (0)        Print        Tell friend        Top


Other Articles:
नयाँ भन्दाभन्दै पुरानै नरहने त्राश (03.31.2008)
र्समर्पण ः राष्ट्रपतिमा होइन राष्ट्रप्रति (03.24.2008)
मलेखुको माछा, संविधानसभा र जनउत्साहयादब देवकोटा (03.24.2008)
चुनाव हारे जनव्रि्रोह ः गूर्ढार्थको खोजीमहेश्वर शर्मा (03.24.2008)
तिब्बतको द्वन्द्वमा नेपाल कसरी फस्यो -तारा सुवेदी (03.24.2008)
नागरिकता वितरणमा गल्ती भयो !के के गरेपछि दैले देखियो जस्तै (03.17.2008)
अब चमत्कारै चमत्कार हुँदैछ (03.10.2008)
मर्ुर्सरफशैली र नेपालको लोकतन्त्र (03.03.2008)
सुकिलो पोशाकभित्र र्सवाङ्ग नांगा नेताहरु (02.25.2008)
अप्ठ्यारो लाग्दैछ प्रजातन्त्र दिवस मनाउन (02.18.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]