Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 12:24pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
एकसाथ दर्ुइवटा चमत्कार
Monday, 04.21.2008, 05:37pm (GMT+5.5)

संसारमा ठूलठूला चमत्कार भएको छ । त्यस्तै एउटा चमत्कार नेपालमा भयो । कसैले नसोचेको र कल्पनै नगरेको दृश्य पर्दाबाहिर आएको छ । संसारलाई नै चकित तुल्याउने गरी संविधानसभा निर्वाचनको परिणाम आयो । यो परिणामको अपेक्षा स्वयं माओवादीले पनि गरेको थियो कि थिएन त्यो वेग्लै कुरा हो तर माओवादी नेताहरु 'हामी बहुमत ल्याउँछौं' भनेर कहिल्यै थाक्नुभएको थिएन । यो चुनावी प्रतिस्पर्धा हो र मैदानमा उत्रेको जो कोहीले पनि आफूले जित्ने दावी गर्नु स्वाभाविक हो तर माओवादी नेताहरुले भनेको कुरा जनताले पूरा गरिदिए । नेपाली जनतामा रहेको असीमित परिवर्तनको चाहना मुखरित भयो । त्यो परिवर्तनको चाहनाले माओवादीलाई निर्वाचित र बहुमत प्राप्त पहिलो वामपन्थी सरकार गठन गर्ने ढोका समेत खोलिदियो । २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेले संसद्मा सवभन्दा ठूलो पार्टर्ीीे हैसियतले वामपन्थीहरुको एकलौटी सरकार चलाएर संसारलाई चकित पारेको थियो । अहिले संविधानसभाको निर्वाचनमा माओवादीले बहुमत ल्याएर दुनियाँलाई चकित पार्दै चमत्कार गरेको छ ।
नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले संविधानसभा निर्वाचनपर्ूव 'मुलुकमा चमत्कार हुँदैछ' भन्नुभएको थियो । त्यो चमत्कारका बारेमा धेरैथरिले धेरै किसिमका विश्लेषण गरे । कतिले त्यो चमत्कार माओवादीले व्रि्रोहद्वारा सत्ता कब्जा गरेर हुन्छ भन्थे भने कतिले चाहिं माओवादीले निर्वाचनका बेला बुथ कब्जा गरेर हुन्छ भन्ने विश्लेषण गरेका थिए । आखिर ती कुनै पनि तर्क मिलेन । निर्वाचनको दिन चैत्र २८ गते अनपेक्षित अत्यधिक शान्तिपर्ूण्ा रहृयोे भने निर्वाचनको परिणाम पनि त्यस्तै आयो । नेकपा माओवादीले संविधानसभामा तेस्रो स्थान हाँसिल गर्ने राजनीतिक पण्डितहरुको विश्लेषणले जसरी हावा खायो त्यसरी नै विश्वमा राजनीतिक हैकम कायम गर्न चाहनेहरुले पनि हावा खाए । 'सिआईए'देखि 'रअ'सम्मको विश्लेषण र अनुमान गलत सावित भयो । रातारात नेपाल 'लालमय' भयो ।
निर्वाचनका पर्ूवसन्ध्यामा नेकपा माओवादीको भातृ संगठन योङ् कम्युनिष्ट लिग' -वाईसीएल)का गतिविधिलाई लिएर धेरैले चिन्ता व्यक्त गरेका थिए । त्यो चिन्ता स्वाभाविक पनि थियो । एक युगमा एकपटक आउने संविधानसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र र शान्तिपर्ूण्ा वातावरणमा सम्पन्न हुनुपर्ने शाश्वत मान्यतामा सवै अडिग थिए र त्यो चाहना राख्नु प्रजातान्त्रिक संस्कारको एउटा अंग पनि हो । वाईसीएलले गाउँघरमा अन्य दलका नेता-कार्यकर्ताको प्रवेशमा रोक लगाउनेदेखि कुटपिट गर्नेसम्मका घटना र्सार्वजनिक भैरहेका थिए भने माओवादीका कार्यकर्ताको हत्याक्रम पनि रोकिएको थिएन । निर्वाचनको अघिल्लो दिन मात्र दाङमा सातजना माओवादी कार्यकर्ताको प्रहरीको गोलीबाट हत्या भयो भने सर्ुर्खेत निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या भयो । यी घटनाले निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र शान्तिपर्ूण्ा वातावरणलाई चुनौती दिइरहेका थिए । मतदान प्रारम्भ नहुँदासम्म अनेक किसिमका तर्कनाहरु नेतादेखि जनतासम्म आइरहेको थियो ।
राष्ट्रिय र अन्तर्रर्ााट्रय रुपमा वाईसीएलको गतिविधिलाई लिएर निकै नै आलोचना भएपछि माओवादी अध्यक्ष क. प्रचण्डले राजधानीको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै 'सात दिनका लागि गान्धी बनिदिनुस्' भन्ने आग्रह गर्नुभयो । निर्वाचनको माहोल वाईसीएल गतिविधिको कारण देखाएर विथोलिनसक्नेप्रति सचेत रहनुभएका प्रचण्डको गान्धी बन्ने सल्लाहले कति काम गर्‍यो त्यो वेग्लै विश्लेषणको विषय हो तर निर्वाचन सोचेभन्दा बढी शान्तिपर्ूण्ा ढंगमा सम्पन्न भयो । दुनियाँको आँखाले निर्वाचन स्वतन्त्रतापर्ूवक सम्पन्न भएको देख्यो । यही नै एउटा चमत्कार हो । यो चमत्कारले मुलुकको पुनःसंरचना गर्ने नारालाई मात्र र्सार्थकता प्रदान गरेन कि नेपाली जनताले चाहेको परिवर्तनको आकांक्षालाई समेत मुखरित गर्‍यो । यसैको परिणामस्वरुप नेकपा माओवादीले स्पष्ट बहुमत ल्यायो ।
राजनीतिक पण्डितहरुको पण्डित्याई यतिखेर भनेर असफल भयो । नेपालको राजनीतिमा एकाएक महाशक्तिको रुपमा उदाएको नेकपा माओवादीको वेग थेग्न मूलधारको राजनीति गर्ने भनेर चिनिएका त्यतिबेलाका ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले नराम्रोसंग खुम्चिन वाध्य भए । वर्तमान राजनीतिक सर्न्दर्भको यही नै र्सवाधिक चाखलाग्दो चमत्कार हो । यो चमत्कार आगामी दिनमा कसरी कार्यान्वयन तहमा उत्रनेछ र जनतालाई दिएका आश्वासन, देखाइएका सपना र बाँडिएका राहतका पोकाहरु कसरी वितरण हुनेछन् । मुलुकको संवैधानिक राजमार्गमा यात्रा गर्ने अन्य राजनीतिक शक्ति र विचारको कसरी सम्मान गरिन्छ - लोकतन्त्रको संस्थागत विकास गर्न अब कस्तो बाटो रोजिन्छ - चाखलाग्दो र उत्सुकतापर्ूण्ा जिज्ञासाहरु अहिले र्सवत्र व्याप्त छ । आर्थिक, सामाजिक, विकास, जलस्रोत नीतिहरु कस्ता आउने हुन् - र्सवत्र उत्कण्ठा जागृत छ ।
नेकपा माओवादीले जसरी चामत्कारिक रुपमा बहुमत प्राप्त गर्‍यो यसको मूल म्याण्डेट भनेको शान्ति र स्थिरता नै हो । त्यसपछि मात्र आर्थिक-सामाजिक रुपान्तरणको बाटो खुल्ने छ । जनताले अहिले दिएको 'म्याण्डेट' गणतन्त्र र राजतन्त्रको लडाइसंगभन्दा पनि शान्ति र स्थिरतासंग बढी सम्बन्धित छ । जनताको अभिमतलाई स्वीकार गर्ने जो कोहीले यसलाई आत्मसात गर्नैपर्छ ।

Comments (0)        Print        Tell friend        Top


Other Articles:
सधैंलाई गान्धी बने कसो होला ? (04.07.2008)
नयाँ भन्दाभन्दै पुरानै नरहने त्राश (03.31.2008)
र्समर्पण ः राष्ट्रपतिमा होइन राष्ट्रप्रति (03.24.2008)
मलेखुको माछा, संविधानसभा र जनउत्साहयादब देवकोटा (03.24.2008)
चुनाव हारे जनव्रि्रोह ः गूर्ढार्थको खोजीमहेश्वर शर्मा (03.24.2008)
तिब्बतको द्वन्द्वमा नेपाल कसरी फस्यो -तारा सुवेदी (03.24.2008)
नागरिकता वितरणमा गल्ती भयो !के के गरेपछि दैले देखियो जस्तै (03.17.2008)
अब चमत्कारै चमत्कार हुँदैछ (03.10.2008)
मर्ुर्सरफशैली र नेपालको लोकतन्त्र (03.03.2008)
सुकिलो पोशाकभित्र र्सवाङ्ग नांगा नेताहरु (02.25.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]