संविधानसभा निर्वाचनपछि हरेक समस्या समाधान हुन्छ भनिएको थियो । निर्वाचन सम्पन्न भएको पनि ३ साता वितिसक्यो । यसबीचमा खाद्यान्न संकट र मूल्यवृद्धि चरम अवस्थामा पुगेको छ भने इन्धनको अभाव पुनः सुरु भैसक्यो । विगत डेढ वर्षेखि कायम रहेको इन्धनको संकट निर्वाचनका मुखमा केही सहज भए पनि अघिल्लो सातादेखि यसमा व्यापक अभाव सिर्जना भएको छ । आयल नियमले अहिले नियमित आपर्ूर्तिको ४० प्रतिशत मात्र आयात गरिरहेको छ । पेट्रोलियम पदार्थको अभावसंगै मुलुकका आधारभूत आवश्यकताका सवै वस्तुहरुको व्यापक अभाव भएको छ । खाद्यान्न, इन्धन, खानेपानी सवैको हाहाकार छ ।
राजनीतिक रुपमा मुलुक आमूल परिवर्तनको संघारमा रहेको भए पनि नेपाली जनताको जीवनस्तरमा त्यसको कुनै संकेत छैन । संविधानसभा निर्वाचनपछि शक्तिमा आएका राजनीतिक दलहरुको अहिलेको चिन्ता केवल सरकार गठनमा मात्रै केन्द्रित छ । जनताको दैनिकीमा परिरहेको सकसले उनीहरुको आत्मालाई छुन सकेको छैन । जनता एक गाग्री पानीका लागि घण्टौं भौतारिनुपर्ने अवस्था छ, एक लिटर मट्टतिेलका लागि त्यस्तै अवस्था छ भने खाद्यान्नको अभाव नभए पनि न्यून आय भएका कतिपयको घरमा दिनमा एकपटक मात्र चुलो बल्ने गरेका छन् ।
नया" नेपालको पर्ूवसन्ध्याको दृश्य बडो उदेकलाग्दो छ । आमाको भाञ्छामा इन्धन, खाद्य वस्तु र पानीको अभाव छ, केटाकेटीको झोलामा पाठ्यपुस्तक छैन । सवारी साधनमा प्रयोग हुने डिजेल पेट्रोलका अवस्था त्यस्तै छ । साना सवारी साधन हुने उपभोक्ताहरु काम छाडेर दिनभरि पेट्रोलको लाइन बस्नुपर्ने स्थिति छ । यसको समुचित व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी लिएकाहरुको कानमा बतास पसेको छैन । जनतामा अभावले निम्त्याएको छटपटिको सानो अंशमात्र पनि सत्तामा रहनेहरुले अनुभूति गरेको भए केही राहत हुने थियो तर जिम्मेवारी लिएकाहरु सम्वेदनहीन नभएर बसिरहेका छन् । नया" सरकार गठन भएको छैन, पुरानो सरकार कानमा तेल हालेर बसेको छ । यति हु"दाहु"दै पनि जो शक्तिमा छन् उनीहरुले राष्ट्रिय जिम्मेवारी महसुस गरेका भए आपर्ूर्ति सहज बनाउने काम पक्कै हुने थियो । यहा" विकास निर्माणका ठूलठूला नारा फलाक्न जान्ने धेरै भए तर वास्तवमै विकास गर्नसक्ने र त्यो खुबी भएकाहरुको भने व्यापक अभाव देखियो । नया" नेपाल निर्माणको सुरुवातमा लागेको यो झड्काले आगामी दिनमा कस्तो कुरुप चित्र प्रस्तुत गर्ने हो पत्तो छैन ।
नेपाली जनताको आजको आवश्यकतासंग राजनीतिक नेताहरुको नाराले पटक्कै मेल खा"दैन । उनीहरु राजनीतिलाई बढी प्राथमिकता दिइरहेका छन् भने जनता तत्कालको अभाव र सकसको जिन्दगीबाट मुक्ति चाहन्छन् । जनता राष्ट्रियताको सर्म्वर्द्धन होस्, स्वाभिमानी नेपालीको शिर नझुकोस् भन्ने चाहन्छन् तर नेताहरु कसरी सत्तमा हालिमुहाली कायम गर्ने भन्नेमै छन् । के गर्दा, कसलाई भेट्दा र कसको निर्देशन पालना गर्दा सत्तामा पुगिन्छ त्यसकै चिन्तनमा अहिले नेताहरु भौतारिइरहेका छन् । नया" नेपालको खाका कस्तो बनाउने - संविधानसभाको बैठक कसरी संचालन गर्ने - पहिलो बैठकमा के के कुराहरु प्रस्तुत गर्ने - गणतन्त्रको कार्यान्वयन कसरी गर्ने - जस्ता विषयवस्तुमा कुनै गृहकार्य छैन । संविधानसभाको महत्व र गरिमालाई सत्तागमन र वहिर्गमनसंग लगेर जोडिएको छ । मैले नेतृत्व गर्न पाउनर्ुपर्छ, होइन तैले यो यो गरेपछि मात्र सत्तामा जान पाउछन्, हैन अहिलेकै नेतृत्व चाहिन्छ । दर्ुइ तिहाई बहुमतले हटाओ, जस्ता अवाञ्छित र अनैतिक नाराहरुको कोलाहलले नेपाली जनताको कान टट्टाइसक्यो । तैपनि उनीहरु अझै केही हुन्छ कि भन्ने आशामा छन् ।
धर्ैयको एउटा सीमा हुन्छ । जनता आफ्नो सीमाभित्र संकुचित रुपमा व्यापक अभावको जिन्दगी बा"चिरहेका छन् । जनतामा कायम धर्ैयको यो सीमा नटुट्दै सरकारले केही गरेन भने त्यसपछि उत्पन्न हुने आ"धीबेहेरीले कस-कसलाई सोहोरेर कहा" पुर्याउने हो पत्तो छैन । समय छ"दै गरेको उपचारले मात्र काम गर्छ । अहिले खाद्यान्न र इन्धनमा देखिएको समस्याको यथोचित समाधान गर्ने गृहकार्य भएको छैन । यो मुलुककै लागि दर्ुभाग्य हो । खानेपानीको हाहाकार तत्काल सामान्य हुने सपना देख्नु दिउ"सै तारा देखेसरह हो तैपनि यति वर्षभत्र हामी सवैलाई खानेपानी उपलब्ध गराउ"छौं भन्ने दर्ीघकालीन योजना छैन । एउटा मेलम्चीको सपना देखाएर राजधानीबासीको प्यासमाथि रजाइ गरिएको छ । मेलम्चीभन्दा अगाडि हुनसक्ने योजनाहरुको खोजविन भएको छैन ।
जनताको दुःख र कष्टमा सरकार कत्ति पनि सम्वेदनशील देखिएको छैन । खाद्यान्न सञ्चय गर्न कस्तो पहल गरिएको - जनता अनभिज्ञ छन् । इन्धनको सहज आपर्ूर्तिका लागि सरकारी अनुदानबाहेक अर्को स्रोत देखिएको छैन । मूल्यवृद्धि नगरी नहुने अवस्थामा जनतालाई आश्वस्त पार्नसक्ने नैतिक खुबी सरकारसंग छैन । संसारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको यथार्थसंगै जनतालाई सही सूचना दिएर अहिले कायम रहेका कर, कमिशन र चुहावटलाई नियन्त्रण गर्ने प्रतिवद्धतासहित काम गर्ने हो भने जनआक्रोश खेप्नु पर्दैन । तर यी सवका लागि लोभ, लालच त्याग्नर्ुपर्छ । त्यो हिम्मत छ -
जेहोस्, मुलुक परिवर्तनको संघारमा छ । यो परिवर्तनले यथास्थितिमा रहेको नेपाली समाजलाई रुपान्तरण गरोस् । नेपाली जनतामा पलाएको र कायम रहेको आमूल परिवर्तनको आकांक्षा राजनीतिक रुपमा मात्र नहोस् । जनताको आर्थिक-सामाजिक जीवनमा पनि रुपान्तरण होस् । नेपाली जनताले चारैतिरको हाहाकारमा कसरी बा"च्ने भन्ने सूत्र जान्न पाउनु । चाहिएको यत्ति हो ।