पर्ूव राजा ज्ञानेन्द्रको नारायणहिटी दरबारबाट वहिर्गमन र सहज रुपमा सामान्य नागरिक सरह जीवनवरण एवं स्वदेशभित्रै बसेर देश सेवा गर्ने प्रण जो कोहीले पनि कल्पना गरेको र विश्वास गरेकोभन्दा वेग्लै रुपमा प्रदर्शित हुनु वर्तमान कालखण्डकै एउटा रोमाञ्चक घटना हो । जेठ २९ गते पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरु र्सार्वजनिक गर्दै आफू र आफ्नो परिवारमाथि ठूलो षड्यन्त्र भएको पीडादायी अभिव्यक्ति समेत दिनुभएका पर्ूव राजा ज्ञानेन्द्रले देशबाट पलायन नहुने, आफू देश र देशवासीको हितमा समर्पित भैरहने र जनादेशको पर्ूण्ा पालना गर्ने बताएर उच्च मनोबल र लोकतान्त्रिक चरित्र समेत पर््रदर्शन गर्नुभएको प्रसंगलाई राजनीतिक क्षेत्रले सुखद् आर्श्चर्यका रुपमा अनुभूत गरेको प्रष्ट देखियो ।
संविधानसभाको निर्वाचन सम्पन्न भएको दर्ुइ महिना वितिसक्दा समेत नयाँ सरकार गठन हुन नसकेको र शर्ीष्ा दलहरु पदीय किचलोमै बाझाबाझ गरिरहेको बेलामा जनमतलाई स्वीकार गर्दै दर्ुइ सय ४० वर्षलामो शासकीय अधिकार चटक्कै छोड्दा ज्ञानेन्द्रमा कुनै पीडाबोध महसुस भएको आभास पाउन सकिएन । राष्ट्रप्रेम, जनमतको सम्मान र लोकसम्मतिका आधारमा शासन व्यवस्था संचालन गर्ने शाहवंशीय परम्पराअनुरुप नै आफूले गद्दी त्यागेको उदाहरण पेश गरेर उहाँले विश्वलाई नै चकित पार्नुभएको कुरामा कुनै सन्देह छैन ।
श्री ५ ज्ञानेन्द्रबाट मात्र ज्ञानेन्द्र शाहमा परिणत हुनुभएका पर्ूव राजाले आफूलाई लोकतान्त्रिक चरित्रको मात्र नदेखाएर राष्ट्रप्रेमले ओतप्रोत भएको समेत देखाउने प्रयास गर्नुभयो । 'राजनीतिक नेताहरुलाई दर्ुइ वर्षबसेको कर्ुर्सर्ीीोड्न यति असहज भैरहेको बेला दर्ुइ सय ४० वर्षेखि निरन्तर चल्दैआएको शाहवंशीय राजगद्दी सहजरुपमा छाड्नुलाई अहिलेका नेताहरुका लागि एउटा नैतिक पाठ हो' भन्ने धारणा समेत जनमानसमा प्रवाहित भैरहेको पाइन्छ । राजनीतिक विश्लेषकहरु ज्ञानेन्द्र शाहले जुन रुपमा आफूलाई सहज सावित गरिदिनुभयो र पद तथा शक्तिको कुनै लोभ नरहेको देखाउनुभयो, यो लोकतान्त्रिक मूल्य र मान्यता स्थापनाका लागि उत्कृष्ट मार्ग हो । नेपालको राजतन्त्र अब इतिहासकै पानामा मात्र अंकित भएझैं पर्ूव राजा ज्ञानेन्द्रले नागरिकमा परिणत हुँदा देखाएको सहजता पनि राजनीतिक रुपान्तरणका क्रममा इतिहासकै पानामा अंकित हुने घटना बन्न पुगेको छ ।
राजा हुन्जेलसम्म ज्ञानेन्द्रमाथि चारैतिरबाट प्रहार भयो । देशभित्र र बाहिरबाट समेत अनेक किसिमबाट लाञ्छना लगाउने काम निरन्तर भैरहे । अझ गणतन्त्र कार्यान्वयन भैसकेपछि समेत देशभित्र र बाहिरबाट अनेक प्रहारहरु भएका थिए । विशेष गरेर भारतीय स्वार्थमा सधैं अवरोध बन्दै आएकोे नेपालको राजतन्त्रको उन्मुलनपछि भारतीय पत्रिका 'द टाइम्स अफ इण्डिया'ले 'राजदण्ड र श्रीपेच लण्डनमा बेचेको' जस्ता भ्रामक र नेपाली जनमानसमा घृणा फैलाउने समाचार प्रकाशित गर्यो र केही नेपाली प्रकाशनहरुले त्यसलाई निकै महत्व दिएर छापे । एकपछि अर्को प्रहारलाई खेप्दै ज्ञानेन्द्रले अन्ततः आफूलाई सहजरुपमा नागरिकमा परिणत गर्नुभयो । अब हर्ेर्नुपर्ने के मात्र बाँकी छ भने आगामी दिनमा उहाँले देश र जनताको सेवा कसरी गर्नुहुनेछ । उहाँले जुनसुकै हैसियत र अवस्थामा रहे पनि देशसेवामा निरन्तर लागिरहने प्रण गर्नुभएको छ ।
बाहिर जेजस्तो हल्ला चलाइए पनि पर्ूवराजा ज्ञानेन्द्रले शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षितरूपमा राख्ने गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी समेत पत्रकार सम्मेलनमा दिनुभएको थियो ।
शाहवंशीय राजाहरुले मुलुकको स्वाधिनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सफल भएको राजतन्त्रको अन्त्यपछि अब राष्ट्रिय एकताको बलियो आधार के हुने भन्ने कौतुहलता पनि जनमानसमा व्याप्त छ । राष्ट्रिय एकता, राष्ट्रिय अखण्डताको रक्षा गर्न शाहवंशीय राजाहरुले खेलेको भूमिकाको इतिहासले अवश्य मूल्यांकन गर्नेछ । यति हुँदाहुँदै पनि लोकसम्मतिलाई सम्मान गर्दै आफू कुनै न कुनै रुपमा सक्रिय रहने पर्ूव राजा ज्ञानेन्द्रको प्रतिवद्धताले भने निकै महत्वपर्ूण्ा अर्थ राख्दछ ।
पर्ूव राजा ज्ञानेन्द्रले राष्ट्राध्यक्षका रूपमा काम गर्दा कसैको र कुनै प्रकारको अधिकार हनन् हुने किसिमबाट काम नगरेको उल्लेख गर्दै आफू र आफ्ना परिवारका कुनै सदस्यले विगतमा भए गरेका कामलाई अञ्जानमा भएको वास्तविकता भनेर बुझिदिनसमेत आग्रह गर्नुभएको छ ।
बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक हिन्दु अधिराज्य नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । तर यसबीचमा देखापर्ने चुनौती र सामना गर्नुपर्ने अप्ठ्याराहरुको अहिलेदेखि नै पहिचान गरिनर्ुपर्दछ । राजा हटेपछि सवै समस्या समाधान हुन्छन् भन्ने एकोहोरो रटानले मुलुक बन्दैन । राजाले म असफल भएँ, मलाई जनताले रुचाएनन् भन्दै गद्दी छाडेर सामान्य नागरिक बन्न स्वीकार गरे । अब जनताको मत पाएकाहरुले मुलुकको राष्ट्रिय एकताको आधार केलाई बनाउने हुन् - त्यस दिशातिर कुनै सोच विकसित भएको छैन । हिजो जेजस्तो अवस्थामा भए पनि नेपाल एक थियो, नेपालीहरुबीच सद्भावपर्ूण्ा बन्धुत्व कायम थियो र धार्मिक, सांस्कृतिक, भौगोलिक, जातीय एकता कायम थियो । अब यसलाई अझ मजबुत बनाउनर्ुपर्छ । राजाहरुले कायम गरेको राष्ट्रिय एकतालाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी अब राजनीतिक दलहरुको काँधमा आएको छ ।
पर्ूव राजा ज्ञानेन्द्रले आफूले नारायणहिटी छाड्नु अघि केही गम्भीर सवालहरु बहसका लागि छाडिदिनुभएको छ । राजतन्त्रको अन्त्य नगरी मुलुक सप्रदैन भन्नेदेखि लिएर राजतन्त्र कायम रहेसम्म आफ्नो स्वार्थ पर्ूण्ारुपमा पूरा गर्न सकिंदैन भन्ने विदेशी शक्तिहरुको षड्यन्त्रले राम्रैसंग काम गरेको अहिलेको सर्न्दर्भमा पर्ूव राजा ज्ञानेन्द्रले देखाउनुभएको सहजतालाई नेपालको मात्र होइन विश्व राजनीतिक इतिहासमै एउटा अपर्ूव क्षण मान्न सकिन्छ । तानशाह र निरंकुश भनेर प्रचार गरिएका राजाले जनमतको सम्मान गर्दै आफ्नो विरासत नेपाली जनताकै काँधमा राखेर लोकतान्त्रिक चरित्रको उत्कृष्ट नमूना प्रस्तुत गर्नु आफैंमा उल्लेखनीय घटना हो ।
समय बलवान् छ, समयको गतिलाई सवैले पछ्याउनर्ैपर्छ । समयको गति र परिवर्तनको लहरले राजा र रंक भनेर विभेद गर्दैन । आमूल परिवर्तनको अपरिहार्यता युगकै आवाज हो । राजा ज्ञानेन्द्रबाट समयको आवाज अनुरुप लोकसम्मतिको जुनरुपमा सम्मान भएको देखियो त्यस्तै समयको माग र लोकसम्मतिको सम्मान गर्दै नयाँ नेपाल निर्माण गर्ने अभियानमा राजनीतिक दलहरु समाहित हुनुपर्ने सन्देश समयले नै दिएको छ ।