Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 04:59am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
फोहरसंगको राजनीति र फोहरी राजनेता
Tuesday, 06.24.2008, 09:40am (GMT+5.5)

फोहरमैलामाथि पनि राजनीति हुन्छ र भयो भन्ने सुन्दा जोसुकैलाई अचम्म लाग्नसक्छ । तर नेपालमा राजनीति गर्ने र हुने कुनै ठाउँ बाँकी छैन । देशको मुटु मानिएको काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनमा यस्तै राजनीति र अवसरवादी चरित्र भएकाहरुले बेला बेलामा अवरोध सिर्जन गर्ने गरेका छन् । काठमाडौं उपत्यकाको फोहरमैलाको व्यवस्थापन गर्ने नाममा विगत डेढ दशकमा जेजति रकम खर्च भयो परिणाम त्यसको ठीक विपरीत छ । अहिलेसम्म कति अर्ब रुपैयाँ फोहरमैला व्यवस्थापनको नाममा खर्च भयो र त्यो रकमले कतिको जीवन सुविधासम्पन्न भयो - यसको कुनै दिन हिसाव किताब होला तर अहिले भने राजधानीको फोहरमैलाको व्यवस्थापनसंगै उब्जिएको राजनीतिक प्रदूषणले सिंगो मुलुकलाई विस्तारै रोगी बनाइरहेको छ ।

वातावरण- चाहे त्यो प्राकृतिक होस् वा राजनीतिक, त्यसलाई सन्तुलनमा राख्ने काम गरिएन भने त्यसबाट विपरीत पर्नु स्वाभाविक छ । अहिले मुलुकको राजनीति यस्तै विपरीत दिशातिर डोरिएको अनुभूति भैरहेको छ । जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनायौं भनेर कर्ुलनेहरु जनताको अभिमतको सम्मान गर्नर्ुपर्ने सामान्य दायित्वबाट समेत विमुख भैरहेका छन् । जनताको मतबाट खडा भएको संविधानसभालाई 'रबर छाप' बनाएर नेताहरुले आफ्ना आग्रह-पर्ूवाग्रह र स्वार्थपर्ूर्ति गर्ने चालवाजी गरिरहेका छन् । यो एउटा घीनलाग्दो फोहरी खेल हो । भौतिक फोहरमैलासंग राजनीति गर्नेहरु दर्ुइ चार लाखमा सन्तुष्ट हुन्छन् तर फोहरी राजनीति गर्नेहरु सिंगो मुलुकलाई धरासायी नबनाएसम्म सन्तुष्ट हुनेवाला छैनन् । यिनीहरुले नेपाललाई कुन नियतिको शिकार बनाउने हुन् पत्तो छैन । नेपाली जनताको चाहना, आकांक्षा र अभिमानलाई कुल्चेर अरुको इशारा, निर्देशन र चाहनामा मलजल गर्दै आफूहरुलाई सोही भूमिका पोख्त बनाइरहेका नेताहरुले जनताको आकांक्षा मुताविकको निर्ण्र्ाागर्न सकिरहेका छैनन् । जनताको चाहना र नेताको चाहनाबीचको यही भिन्नताले राजनीति सधैं फोहरीहरुको खेल मात्र हो भन्ने अनुभूति भैरहेको छ ।

राजनीति फोहरी खेल हो कि राजनीति गर्नेहरु फोहरी हुन् - अहिलेको गम्भीर प्रश्न यही हो । राजनीति फोहरी हैन । सवै नीतिहरुलाई समेटेर लैजाने श्रेष्ठ नीति नै राजनीति हो । अर्थनीति, शिक्षानीति, स्वास्थ्यनीति, न्यायनीति सवै नीतिहरुलाई 'कमाण्ड' गर्ने राजनीति फोहरी हुन सक्दैन । तर त्यसलाई फोहरी नेताहरुले त्यस्तै उद्देश्यका लागि प्रयोग गरेका हुनाले राजनीति पनि फोहरी हुन पुग्यो । पोखरीको एउटा माछो कुहियो भने सिंगो पोखरी दर्ुगन्धित हुन्छ । यसको अर्थ पोखरी कुहिएको भनेर लगाउनु हुँदैन । त्यस्तै राजनीतिमा पनि स्वार्थहरु हावी भयो भने त्यो फोहरी हुन्छ । राजनीति स्वयंमा फोहरी नभएर राजनीति गर्नेहरु फोहरी भएका कारण नेपालको राजनीतिले सोचेजस्तो र चाहेजस्तो गति लिन नसकेको हो ।

मुलुकको राजनीतिको केन्द्र मानिएको काठमाडौं उपत्यकामा बेलाबेलामा मानव सिर्जित भौतिक फोहरको समस्या उत्पन्न हुने गरेको छ र यो क्रम अहिले पनि जारी छ । एक वर्षा झण्डै तीन चारपटक फोहर व्यवस्थापनमा अवरोध आउने गरेको छ । यही परिदृश्य राजनीतिमा पनि देखिने गरेको छ । राजधानीमा फोहरको दर्ुगन्ध सुँघेर बैठकमा बस्ने नेताहरुको बुद्धि पनि दर्ुगन्धित भएर हो कि के हो उनीहरुमा सहमति र सहकार्यको ओठेभक्ति बाहेक अन्य केही पनि पाउन सकिन्न । सहमति आवश्यक ठानिन्छ, सहकार्य पनि आवश्यक ठानिन्छ तर 'मेरो गोरुको बाह्रै टका' गर्न भने छोडिन्न । यसो भएपछि कसरी सहमति र सहकार्यको वातावरण बन्छ र राजनीतिले स्वच्छता प्राप्त गर्छ -

विकारयुक्त बुद्धि भएकाहरुसंग विवेक हुँदैन । विवेकशील हुन सोही अनुसारको वातावरणमा हर्ुर्के-बढेको हुनर्ुपर्छ । जो कोहीले पनि जस्तो प्रशिक्षण पायो त्यस्तै चरित्र पर््रदर्शन गर्ने हुनाले अहिले फोहरी र दर्ुगन्धित राजनीतिको प्रशिक्षणमा अभ्यस्त रहेकाहरुले त्योभन्दा अगाडिको सोच्ने, देख्ने, बुझ्ने र जान्ने प्रयास नगर्नु पनि कुनै आर्श्चर्यको विषय होइन । तर पनि परिस्थितिले यत्रो परिवर्तन गरिसकेको सर्न्दर्भमा आफूलाई परिमार्जित गर्दै फोहरको थुप्रोबाट माथि उठेर स्वच्छ र विकारमुक्त राजनीतिक वातावरण बनाउने प्रयास गर्ने समय भने अझै गुज्रिसकेको छैन ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजा ज्ञानेन्द्रको सहज वहिर्गमनसमयको माग र लोकसम्मतिको सम्मान (06.16.2008)
आस्थाका पर्खालहरु यसरी भत्किदैछन् (06.09.2008)
अरण्यरोदन नबोस् राष्ट्रियताको विषय (06.02.2008)
गरौं अब निर्ण्ाायक राजनीतिक चमत्कार (05.26.2008)
रुझेको बिरालो च्यापेर अर्कै बाटोतिर (05.19.2008)
चारैतिर हाहाकार ः बा"च्ने उपाय सिकाइदेउ (05.12.2008)
;j{;'ne lzIff / /fhgLlts gf/fjfhL (05.08.2008)
निर्वाचन परिणामपछिको क्रिया-प्रतिक्रिया (04.28.2008)
एकसाथ दर्ुइवटा चमत्कार (04.21.2008)
सधैंलाई गान्धी बने कसो होला ? (04.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]