द्वन्द्व साम्य पारी मुलुकमा शान्ति सुरक्षा काम गर्ने उद्देश्ले जनताको प्रतिनिधिमूलक थलो संसद्बाट स्थापित सशस्त्र प्रहरी बलको बाँके शमशेरगञ्जस्थित वागेश्वरी गणमा भएको क्रियाकलापले नेपालको सुरक्षा फौजभित्र एउटा तरंग उत्पन्न गरेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरलगत्तै शमशेरगंजका सशस्त्र प्रहरीका जुनियर अधिकृत तथा जवानहरुले प्रस्तुत गरेको असन्तुष्टिलाई एक किसिमको व्रि्रोहको रुपमा लिएमा अन्यथा हुँदैन । यो व्रि्रोह, आन्दोलन वा असन्तुष्टि जे भए पनि तीन दिनसम्म मुलुकका सवैजसो संचारमाध्यमको प्रमुख आकर्षा शमशेरगंज नै बन्न पुगेको थियो । नेपालको इतिहासमै यस्तो प्रकृतिको घटना यो पहिलो भएको बताइन्छ ।
आखिर किन यस्तो घटना घट्यो - यो घटनाको पृष्ठभूमि के होला - र भविष्यमा अपनाउनुपर्ने शतर्कता कति छन् - अहिले विश्लेषण गर्नुपर्ने विषय यिनै हुन् । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन चाल्नुपर्ने कदम र त्यस्ता पक्षहरुबाट फौजलाई जोगाउन देखाउनुपर्ने तदारुकता अहिलेको र्सवाधिक आवश्यक विषय हो ।
शमशेरगञ्जमा जे भयो त्यसको पृष्ठभूमि र कारणहरु अनेक होलान् । जुन विषयवस्तुलाई आधार बनाएर व्रि्रोहकै स्वरुपमा ब्यारेक घेरेर राख्ने काम भयो त्यसले अनेक प्रश्नहरु जन्माएका छन् । नेपालको संक्रमणकालीन राजनीतिको उपयोग गरेर आफ्नो फाइदा उठाउन चाहने देशी विदेशी तत्वको षड्यन्त्र पनि घुसेको हुनसक्छ । यद्यपि घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन भैसकेको हुनाले अहिलेलाई कम्तिमा एक महिनापछि यथार्थ विवरण र्सार्वजनिक हुनेछ भन्ने आशा गरौं ।
फौज अनुशासन र 'चेन कमाण्ड'मा मात्र टिक्न सक्छ । अनुशासन भंग भयो भने त्यो एउटा अराजकहरुको समूह मात्र ठहरिन्छ । त्यसैले फौजभित्र हुने कुनै पनि खराब प्रवृत्तिको अन्त्य गर्दै त्यसलाई समयानुकूल परिवर्तन गर्दै जानर्ुपर्छ । लोकतान्त्रिक विधिअनुसार फौजमा अनुशासनसंगै सवैको मान-सम्मान पनि आवश्यक पक्ष हो । यति हुँदाहुँदै सशस्त्र प्रहरी बलको शमशेरगञ्जस्थित गणमा जे भयो र सहमति कायम गर्ने बेलामा जस्तो विज्ञप्ति पढियो त्यसले भने अनेक आशंका जन्माएको छ । गृह मन्त्रालयका प्रवक्ता मोदराज डोटेल एवं सशस्त्र प्रहरी एआईजी नारायणराज पाण्डेको उपस्थितिमा जुन किसिमको पर्चा पढेर सुनाइयो त्यसपछि भने त्यहाँ उपस्थित पत्रकार, मानवअधिकारवादीहरु समेत अचम्मित हुन पुगेका थिए । चार महिना अघि 'आत्मघाती सेना समूह'को नाममा बाँकेका पत्रकार तथा मानवअधिकारवादीहरुलाई संविधानसभा बिथोल्न र कार्यालय प्रमुखहरुलाई ज्यान मार्ने धम्कीसहित वितरित पर्चा समेत पढेर सुनाइएको थियो । यसले सो घटनालाई अझ रहस्यम बनाएको छ ।
मुलुकको राजनीतिक परिस्थिति बदलिएको छ । बदलिंदो परिस्थितिमा हरेक क्षेत्र, वर्ग र समूहमा रहेकाहरुलाई केही आशा हुनु स्वाभाविक हो र आफ्नो हक अधिकार प्राप्तिका निम्ति सचेत र सजग रहनु पनि सामान्य हो । तर जुन किसिमबाट व्रि्रोहात्मक शैलीमा वागेश्वरी गणका जुनियर अधिकृत तथा जवानहरुले असन्तुष्टि पोखे यो घटनाका विश्लेषणीय पक्ष अनेक छन् । गणलाई घेरावन्दीमा पारेको अवधिमा कुनै एक राजनीतिक दलको पक्षमा नारावाजी गर्नु, स्थानीय बासिन्दालाई कुटपीट गर्नु, गणपति समेतलाई हातपात गर्नु र सिनियर अधिकृतहरुलाई थुनेर राख्नु आफ्ना समस्या समाधानका लागि दवाव दिनुभन्दा पनि अरुकै उद्देश्य प्राप्तिका लागि गराइएको प्रायोजित घटना त हैन भन्ने आशंका समेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
नेपालको राष्ट्रियतामाथि चारैतिरबाट प्रहार भैरहेको समयमा राज्यको एउटा सशक्त सुरक्षा बलभित्र भएको यो घटनाले सम्पर्ूण्ा नेपालीलाई चिन्तित बनाएको छ । यो घटना साम्य भयो र छानविन समितिको प्रतिवेदन आएपछि एउटा अध्याय पनि समाप्त होला तर आगामी दिनमा बूढी मरेकोभन्दा पनि काल पल्किएकोमा सचेत रहनर्ुपर्छ । घटनालाई असामान्य मान्दै आगामी दिनमा सचेत हुनर्ुपर्छ । अहिलेको आवश्यकता पनि यही हो । आन्तरिक सुधारका कामसंगै गम्भीर भएर सूक्ष्म मूल्यांकन र अनुगगमलाई संगसंगै लिएर जानर्ुपर्छ ।