Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 06:01pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
बाल यौन दर्ुर्ब्यवहारको कहालिलाग्दो अवस्था
शहरीया र शिक्षित नै र्सवाधिक हिंस्

Monday, 07.07.2008, 06:45pm (GMT+5.5)

पछिल्लोपटक एउटा प्रतिवेदन र्सार्वजनिक भएपछि एउटा सत्य उजागर भयो । त्यो के भने नेपालको शहरी जीवन अत्यन्तै हिंस्रक र अमानवीय छ । अशिक्षित, अविकसित तथा पुरातन सोच र संस्कारले जकडिएका भनेर भन्ने गरिएको ग्रामीण क्षेत्रका सकारात्मक पक्षहरु शहरी जीवनभन्दा कता हो कता उत्कृष्ट र तारिफयोग्य देखियो ।

ग्रामीण जीवन धार्मिक, सांस्कृतिक र परम्परागत सामाजिक मूल्य-मान्यताबाट परिचालित छ । यसमा कतिपय नकारात्मक पक्षहरु पनि नभएका भने होइनन्, तर त्यसको तुलनामा सकारात्मक पक्ष पनि निकै बलवान भएर उभिएको देखियो । महिलालाई देवीको अवतार मान्ने संस्कारदेखि लिएर बालबालिकामा भगवानको रुप देख्ने ग्रामीण समाजमा यही मान्यताले बाल यौन दुराचाले प्रश्रय पाएको देखिएन ।

बालबालिका देशका भविष्य हुन् । उनीहरुको सुरक्षित वर्तमानले नै राष्ट्रको भविष्य निर्धारण गर्दछ । तर नेपालका भविष्यमाथि हुने गरेका दर्ुर्व्यवहारले र त्यो पनि उच्चशिक्षित, उच्च ओहदामा रहिसकेका राजनीतिक व्यक्तित्व र शिक्षक नै दर्ुर्व्यवहारमा संलग्न हुन्छन् भने त्यो देशको भविष्य कस्तो होला - घटना हालैको हो पर्ूवमन्त्री र्सवधन र्राईले घरमा काम गर्न राखेको आठ वर्षो बालकलाई निर्घर्ााकुटपीट गरेको घटना र्सार्वजनिक भयो । घटनापछि उनले एक लाख रुपैयाँ क्षतिपर्ूर्ति दिने कवुल गरे । तर यसले नेपाली समाजमा हुनेखाने, शिक्षित, राजनीतिक व्यक्ति नै यति निच व्यवहारमा उत्रन्छन् भने अरुको के कुरा गर्नु - समाज सुधारमा सक्रिय रहनुपर्नेहरु नै सामाजिक अपराध गर्न उद्यत हुन्छन् भने तिनीहरुबाट के आशा गर्ने -

बाल दर्ुर्व्यवहारभित्र यौन दर्ुर्व्यवहार र्सवाधिक दर्दनाक छ । नेपालमा सभ्य, शिक्षित र उच्च ओहदामा रहेकाहरु घरमा काम गर्न राखिएकी बालिकामाथि आफ्नो प्यास खन्याउन जाइलाग्छन् । हालै र्सार्वजनिक भएको प्रतिवेदनले यस्तै संकेत गरेको छ । पछिल्लो समय विद्यालयमा हुने यौन दर्ुर्व्यवहारका घटनाहरु प्नि र्सार्वजनिक हुने गरेका छन् । शिक्षकहरु नै कलिला बालिकामाथि यौन दर्ुर्व्यवहार गरेका घटनाले जो कोहीलाई झसंग बनाउछ ।

र्सार्वजनिक भएको प्रतिवेदन अनुसार डोल्पामा भन्दा सर्ुर्खेत वीरेन्द्रनगरमा बाल यौन दर्ुर्व्यवहार बढी भएको पाइयो । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा यौन दर्ुर्व्यवहार बढी हुनुलाई व्यापक बहसको विषय बनाइनु पर्दछ । मुलुकका प्रतिष्ठित र शिक्षित तथा उच्च चेतनशील वर्गहरु नै बालबालिकामाथि यौन दर्ुर्व्यवहार गर्न सक्रिय रहेको पाइनु निकै चिन्ताको विषय भए पनि बालबालिकासंग सम्बन्धित संघसंस्था तथा सरकारी निकायहरु कागजी प्रतिवेदन तयार पारेर आफ्नो जिम्मेवारी पूरा भएको ठानिरहेका छन् । विद्यालयदेखि कलेजसम्म र घरदेखि सडकसम्म यौन दर्ुर्व्यवहारका घटनाहरु घटिरहेका हुन्छन्, तर त्यसको रोकथामका नाममा रकमी प्रतिवेदन तयार पारेर त्यसैका आधारमा केही व्यक्तिको समृद्धिमा बढोत्तरी आउनुबाहेक कुनै प्रतिफल प्राप्त भएको छैन । सडक बालबालिकादेखि घरेलु कामदारका रुपमा रहेका बालबालिका र विद्यालयस्तरका बालबालिकाहरु हरेक क्षण यौन हिंसाको शिकार भैरहेका देखिन्छन् । ठूला र नाम चलेको अन्तर्रर्ााट्रयस्तरका विद्यालयमहरुमा समेत यौन हिंसा हुनेगरेको समाचारहरु र्सार्वजनिक भैरहेका छन् ।

बालबालिकाका सम्बन्धमा अहिले जेजस्ता दर्ुर्व्यवहारका घटना र्सार्वजनिक भैरहेका छन्, यो ज्यादै चिन्ताको विषय हो । यस्ता घटनामा सक्रियहरुलाई सख्त कानुनी कारबाही र स्वयं बालबालिकाहरुलाई यस्ता घटनाहरुका बारेमा मौन रहनुको साटो प्रकाशमा ल्याउनुपर्ने विषयमा सचेत पार्नसके भविष्यका कर्ण्र्ाारहरु कुण्ठा र मानसिक असन्तुलनको शिकार हुने थिएनन् । एउटी आठ वषर्ीया बालिकामाथि आफ्नै शिक्षकले यौन दर्ुर्व्यवहार गर्छ भने उनको भविष्य कस्तो होला - यस्ता विषयहरुमा सम्बन्धित सवैको ध्यान आकृष्ट हुनु जरुरी छ ।

अहिले विद्यालयदेखि घरसम्म यौन दर्ुर्व्यवहारको थलो बनिरहेको छ । मुख खोले मारिदिनेसम्मका धम्कीले गर्दा यस्ता घटनाहरु र्सार्वजनिक हुन सकिरहेका छैनन् । बालबालिकाका क्षेत्रमा कामगर्ने संघसंस्थादेखि लिएर सरकारले समेत यस विषयमा सूक्ष्म दृष्टि दिनु आवश्यक छ । बालबालिकाको भविष्य सुनिश्चित गर्न आगामी दिनमा प्रभावकारी कदम चाल्नर्ैपर्छ । अहिले जेजस्ता घटनाहरु र्सार्वजनिक भैरहेका छन् यसैका माध्यमबाट आगामी दिनको बाटो तय गरिनर्ुपर्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
शमशेरगञ्ज घटना ः हर्ेदा सानो तर गम्भीरबुढी मरेकोमा भन्दा काल सल्किएकोमा चिन्ता (06.30.2008)
फोहरसंगको राजनीति र फोहरी राजनेता (06.24.2008)
राजा ज्ञानेन्द्रको सहज वहिर्गमनसमयको माग र लोकसम्मतिको सम्मान (06.16.2008)
आस्थाका पर्खालहरु यसरी भत्किदैछन् (06.09.2008)
अरण्यरोदन नबोस् राष्ट्रियताको विषय (06.02.2008)
गरौं अब निर्ण्ाायक राजनीतिक चमत्कार (05.26.2008)
रुझेको बिरालो च्यापेर अर्कै बाटोतिर (05.19.2008)
चारैतिर हाहाकार ः बा"च्ने उपाय सिकाइदेउ (05.12.2008)
;j{;'ne lzIff / /fhgLlts gf/fjfhL (05.08.2008)
निर्वाचन परिणामपछिको क्रिया-प्रतिक्रिया (04.28.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]