| Yugasambad.Com.Np | ||||
|
अब बाँच्ने नयाँ कला सिक्नर्ुपर्छ Monday, 07.21.2008, 05:34pm (GMT5.5) प्रकृतिले हरेक प्राणीलाई बाँच्ने कला दिएको हुन्छ । त्यही कलाको बलमा हरेकले कुनै न कुनै रुपमा आफ्नो उपस्थिति जनाइरहेका हुन्छन् । जुन दिन प्राणी शक्तिहीन हुन्छ, त्यही दिन उसको अस्तित्व समाप्त हुन्छ । अर्थात् जतिबेला जसले बाँच्ने नयाँ कलाको विकास गर्न सक्दैन त्यसपछि ऊ सकिन्छ । यो प्राकृतिक नियम हो र यही नियम र परिधिमा पृथ्वीमा सन्तुलन कायम भैरहेको छ । यही प्राकृतिक नियम र अनुशासनमा राज्यहरुले आ-आफ्नो अस्तित्व स्थापित गर्नका लागि शक्ति आर्जन गर्ने होडवाजीमा पृथ्वीलाई विनाशतिर धकेलिरहेका छन् । पृथ्वीको जैविक विविधता, भौगोलिक जटिलता र वातावरणीय प्रभावलाई ख्यालै नगरी विकास र उन्नतिका नाममा गरिएका अन्धाधुन्ध प्रहारले अहिले मानव सभ्यता नै थिलथिलो भएको छ । मानिसले बाँच्न पाउने आफ्नो नैर्सर्गिक अधिकार धनी र शक्तिशालीहरुकै कारण गुमाउँदै गएका छन् । जोसंग शक्ति र धन छ उसैले मात्र बाँच्ने र उसैले मात्र सारा सुखभोग गर्ने गरी अहिले बलशालीहरुको हैकम चलिरहेको छ । अमेरिकादेखि बेलायत हुँदै भारत र चीनसमेत यो मामलामा कम छैनन् । पृथ्वीलाई आफ्नो अनुशासनमा रहन दिने हो भने यो कुपित हुँदैन । पृथ्वीलाई आफ्नो सन्तुलन विगार्न दबाब नदिने हो भने 'सुनामी' र 'नरगीस' जस्ता विनाशकारी लीला पनि देख्नु पर्दैन । प्रकृतिको अत्यधिक र क्रुर दोहन नगर्ने हो भने विश्वमा खाद्यान्नको यस्तो संकट पनि देखिने थिएन । प्राकृतिक स्रोत साधनहरु मानवकै लागि हुन्, तर पनि यसको उपभोग गर्ने अधिकार यहाँ रहेका जीव-जन्तु, चरा-चुरुङगी लगायत स्वास लिने र नलिने सवैको समान रहेको छ । पृथ्वीमा मानव सभ्यताको सुरुवात नदी किनारबाटै भएको इतिहास छ । नाइल नदीको सभ्यता होस् वा सिन्धु सभ्यता यहीबाट मानवलेे व्यस्थित जीवनयापन सुरु भएको पाइन्छ । त्यसैले त सिन्धुबाट हिन्दु भएको भनिने सनातन धर्मशास्त्रहरुले नदी सभ्यता, पर्वत सभ्यता लगायत यसका विविध पक्ष र संस्कृतिहरुको चर्चा गर्छ । नदी प्रदूषण गर्नु हुन्न, पर्वतलाई बढी खलबल्याउनु हुन्न । शहरी सभ्यताको विकास गर्ने धुनमा वनजंगल फडानी गर्नु हुन्न । मानवलाई चाहिने महौषधिय वनस्पतिहरु यही पाइन्छन् भन्ने तथ्य उल्लेख गरिएको छ । हिमाल र सगरबीचको गहिरो सम्बन्धलाई हिन्दु धर्मशास्त्रहरुले चर्चा गरेको छ । सागरको सन्तुलनमा गडबडी आयो भने हिमाल असन्तुलित हुन्छ र हिमालमा गडबडी आयो भने सागर असन्तुलित हुन्छ । हिजोको जीवन सरल र सहज थियो । ऋषिमुनीहरु रुखको फेदमै बसेर वैज्ञानिक आविष्कार गर्थे । आविष्कार त हिजो पनि भएकै थियो र आज पनि भैरहेको छ । हिजोको आविष्कार समग्र जगतको भलाइको लागि थियो भने आजको आविष्कार केवल धनी र शक्तिशालीहरुका लागि मात्र छ । गरिबहरुले खाने कुरा माग्दा उनीहरुको हातमा बन्दुक थमाइन्छ भने संसार विज्ञान, प्रविधि र विकासको चरम चुलीमा पुगेको छ भनेर कसरी मान्ने - त्यसलाई कसरी प्रष्ट्याउने र यसले जगत र जीवन हितका लागि के योगदान दियो भनेर व्याख्यान गर्ने - आज पर्ूव र पश्चिमबीच भिन्नताको खाडल झन् झन् गहिरो र फराकिलो बन्दैछ । विज्ञान र प्रविधिको विकासले उन्मत्त भएको पश्चिम भौतिक सुखले अघाइसकेको छ । ऊ आध्यात्मिक सुखको खोजीमा भौतारिइरहेको छ । तर हामी भने आफूसंगै भएको सम्पत्तिको प्रयोग गर्न हिच्किचाइरहेका छौं । आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा यसमाथि प्रहारका अनेक निम्तो दिइएको छ । आफ्नो मौलिक संस्कृति छिन्नभिन्न पार्ने क्रुर प्रयास भैरहेको छ । संस्कृतिको लोप भयो भने हामी आफूखुसी बाँच्न सक्छौं कि सक्दैनौं - भन्ने सवालको जवाफ अब केही समयपछि हरेकले खोज्ने छन् । क्रान्तिकारी बन्ने भूत सवार भएकाहरुको विकृत मस्तिष्कमा यस्ता विषयहरुले प्रवेश गर्न अझै दशकौं पनि लाग्छ सक्छ । यहाँ उठाउन खोजिएको विषय धर्म निरपेक्ष वा सापेक्षता होइन, नेपाली संस्कृति र नेपालीपनको हो । अनि प्रश्न त जिम्मेवारी लिएकाहरुमा देखिएको खराब नियतको पनि हो । विश्वमा एकमात्र हिन्दु राष्ट्र रहेको नेपाललाई षड्यन्त्रमूलक ढंगले धर्म निरपेक्ष बनाइयो । संसारमा एउटै मात्र धर्म मान्ने मुलुक पाउनु स्यालकै सिङ बराबर छ । तर अधिकांश कुन धर्मावलम्बी छन् र त्यो धर्मले राष्ट्रको पहिचानमा कस्तो भूमिका निर्वाह गरेको छ - अनि त्यो धर्मले अन्य धर्मप्रति कस्तो व्यवहार गरेको छ - भन्ने मुल प्रश्न हो । कुनै पनि राष्ट्रमा मानिने हरेक धर्मलाई संरक्षण गर्नुपर्छ र धर्म त्यो राष्ट्रकै सम्पत्ति हो । तर नेपालमा विडम्वनापर्ूवक बहुसंख्यक नेपालीले मान्ने धर्म मास्ने अभियान चलेको छ । हाम्रा ऋषिमुनीले आविष्कार गरेका योग र ध्यानमा सारा विश्व केन्द्रित भैरहेको बेला तिनै ऋषिका सन्तान हामीहरु भने उनीहरुकै योगदान र देनलाई माटोमा मिलाउने दुष्प्रयासमा छौं । यसको अर्थ धर्मलाई जस्ताको तस्तै मान्नर्ुपर्छ भन्ने होइन । यसभित्र रहेको विकृति, विसंगती र अन्यायपर्ूण्ा पक्षहरुमा व्यापक सुधार आवश्यक छ । धर्मका ज्ञाताहरुले यसको सुरुवात गर्नुपर्छ । विश्व परिवेशमा जेजस्ता घटनाहरु विकसित भैरहेका छन्, यसबाट हामी नेपाली मात्र अछुतो रहन सक्दैनौं । नेपालको कला, संस्कृति, धर्म र सामाजिक क्रियाकलापहरुमा यसै गरी चौतर्फी प्रहार हुने हो भने हामीले अब बाँच्ने नयाँ कला सिक्नु पर्छ । नेपाली सभ्यता अझ भनौं सतानन धर्म संस्कृति मानवताको पक्षमा वकालत गर्ने एउटा सशक्त अध्याय हो । तर अहिले यही धर्म-संस्कृतिलाई विधर्मीहरुले चारैतिरबाट प्रहार गरिरहेका छन् । यही संस्कृतिको देन र योगदान भरपूर उपयोग गर्नेहरु यसका सच्चा अनुयायीलाई आर्थिक प्रलोभन दिएर धर्म परिवर्तन गराइरहेका छन् । अरुमाथि आक्रमण गरेर आफ्नो समृद्धिको सोपान ठड्याउने पश्चिमी राष्ट्रहरुको कुटिल चालकै कारण हिजोसम्म मानव-मानवबीच रहेको सद्भाव मेटिने क्रममा छ । रोटीको ठाउँ बन्दुक दिइएको छ र भाइभाइबीच कटुता बढाएर दानवी प्रवृत्तिलाई बढावा दिइएको छ । अब हामीले आफ्नो बाँच्ने नयाँ आधार खोज्नर्ुपर्छ । हिजो जसरी एक आपसमा मिलेर बसेका थियौं, त्यो आधार भत्किसक्यो । अब नयाँ सिराबाट बाँच्ने कला सिक्नर्ुपर्छ । |
||||