Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 04:31am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
पानी, पेट्रोल र अभागी नेपाली जनता
अझै कति अग्निपरीक्षा दिनुपर्ने हो ?

Tuesday, 07.29.2008, 10:04am (GMT+5.5)

जलस्रोतको लागि विश्वमै दोस्रो धनी मुलुक नेपालमा पानी त फालाफाल नै होला भन्ने अनुमान विदेशीले गर्नु अस्वाभाविक होइन । तर त्यही कुराको समेत यहाँ व्यापक अभाव छ । अहिले पेट्रोलियम पदार्थ र खानेपानीको समस्या लगभग उस्तै उस्तै छ । पेट्रोलियम पदार्थ भर्न पम्पहरुमा उपभोक्ताहरुको निकै लामो लाइन लगेजस्तै खानेपानी भर्नका लागि पनि गृहणीहरु गाग्री, बाल्टिन र जर्किन बोकेर खानेपानीको ट्यांकर वरिपरी ठेलमठेल गरिरहेका हुन्छन् । यो नेपाल र नेपालीका लागि ठूलो विडम्वनायुक्त विषय बनेको छ । विदेशबाट खरीद गर्नुपर्ने पेट्रोलियम पदार्थका लागि लाइन बस्नु एक हदसम्म सामान्य जस्तै मान्ने हो भने पनि खानेपानीका लागि त त्यस्तो नहुनुपर्ने हो । तर विडम्वना नै भन्नर्ुपर्छ यहाँ यस्तै भैरहेको छ । यसरी नै नेपाली जनताले आफूलाई अग्नीपरीक्षामा होमिरहेका छन् । परीक्षा लिने को हो - त्यसले कस्तो नतिजा दिने हो र मुलुकले चौतर्फी सहजताको वातावरण कहिले पाउने हो - अहिले यस्तै प्रश्नहरु चारैतिर सुनिन थालिएको छ ।

जलस्रोतको धनी मुलुकमा पानीको हाहाकार छ । पैसा तिरेर पनि भनिएको समयमा इन्धन पाइदैन । महंगी र अभावले पनि ग्रस्त पार्दैछ । धन्न ! नेपाली जनताको धर्ैयतालाई सलाम गर्नैपर्छ । आफ्नो सवारी साधनमा पोट्रोल भर्नका लागि २४ घण्टा लाइन बस्नुपर्ने अवस्था छ । खाना पकाउने मट्टतिेल र ग्यासको अवस्था पनि त्यस्तै छ । खेत जोत्ने र पानी तान्ने औजारलाई चाहिने इन्धन नहुँदा धान रोपाई समेत हुन नसकेका विडम्वनापर्ूण्ा समाचारहरु आइरहेका छन् ।

यो एउटा सामान्य शब्दचित्र मात्र हो । यसका अतिरिक्त मुलुकमा समस्याहरुको चट्टाने पहाड खडा भैसकेको छ । ती समस्या समाधान गर्ने कुनै सूत्र अहिलेसम्म पत्ता लागेको छैन । विगत २० महिनाको अवधिमा जनताले कहिल्यै सहजतापर्ूवक पेट्रोलियम पदार्थ पाएनन् । सरकारले अहिलेसम्म ७ अर्ब रुपैयाँ आयल निगमलाई अनुदान दिइसक्यो तर पनि सहजता छैन । अन्तर्रर्ााट्रय बजारमा आकाशिंदै गएको पेट्रोलियम पदार्थका मूल्यका अनुपातमा नेपालमा समायोजन हुन सकेको छैन । तर सरकारले पर्याप्त अनुदान पनि दिएको छैन । राजधानी र सुविधासम्पन्न शहरका बासिन्दाको हितमा दर्ुगम र विकट हिमाली जिल्लाका जनताको गाँस काटेर अनुदान दिइएको छ । हुम्ला, जुम्ला, डोल्पा लगायतका जनताले अहिले पेट्रोल र ग्यासमा कर तिरिरहेका छन् । यो विडम्वनापर्ूण्ा र लज्जास्पद पक्ष हो । राजनीतिक महत्वकांक्षाले जनताले सास्ती पाइरहेका छन् ।

नेपालमा जलस्रोतका अथाह भण्डार छ । ८२ हजार मेघावाट विद्युत उत्पादन क्षमता यहाँका नदीनालाहरुको रहेको तथ्यांक अहिले पनि बडो गर्वसाथ फलाकिन्छ । तर कुल उत्पादन भने पुग नपुग छ सय मेघावाट । कुल जनसंख्याको २० प्रतिशतले पनि जलविद्युत उपभोग गर्न पाएका छैनन् । त्यस्तै अवस्था छ खानेपानीको । स्वच्छ खानेपानी उपभोग गर्ने जनसंख्या पनि सोही हाराहारीमा छ । जलस्रोतका लागि विश्वमै दोस्रो धनी मुलुकका जनता खानेपानीका लागि काकाकुल बनिरहेका छन् । एक गाग्री पानीका लागि घण्टौं भौतारिनुपर्ने वाध्यताबाट छुटकारा पाउने कुनै योजना छैन । अर्कोतिर ८४ प्रतिशत जनता आश्रति रहेको कृषिका लागि पनि सिंचाईको पर्याप्त सुविधा छैन । जलस्रोतको विकास गर्ने र यसैबाट मुलुक धनी हुने कोरा सपना बाँडेको दशकौं भैसक्यो तर जनता धनी हुने, पर्याप्त खानेपानी र सिंचाई सुविधा अनि घरघरमै विजुलीको उज्यालो पुग्ने दिन आउन अझै कति दशक लाग्ने हो पत्तो छैन ।

राजनीतिक आकर्ष नाराले जनता लठि्ठएका छन् । स्याटलाइटबाट विजुली बेच्ने सपना बाँडिएको त कति भयो कति । अब १० वर्षा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सपना बाँडिएको छ । यो कसरी पूरा हुन्छ - कुनै योजना छैन । हालैका दिनमा झण्डै १० हजार मेघावाटका तीनवटा जलविद्युत परियोजना विदेशीको हातमा परिसके । यसैगरी हो कि १० वर्षा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने । यस्तै हो भने त्यो विजुलीबाट नेपाली होइन लगानीकर्ता मात्रै धनी हुनेछन् ।

हाम्रो पानी हाम्रै लागि कुनै उपयोगमा आउन सकेको छैन । छिमेकीको स्वार्थपर्ूर्ति गर्दागर्दै हाम्रा नदीनालाहरु सुकिसके । जनता अझै धर्ैयतापर्ूवक बसिरहेका छन् । कुनै न कुनै दिन त त्यस्तो क्षण पनि आउला - जुन दिन हामी सवैले सुविधा प्राप्त गर्नेछौं । अहिले मुलुकले गणतन्त्रको संस्थागत गर्ने अभियानमा चारैतिर अभावै अभावले ग्रस्त पारेको बेलामा परिवर्तनको सानो झलक समेत तपाउँदा पनि जनता आफूलाई अग्निपरीक्षामा होमिरहेका छन् । हेरौं, यो परीक्षाको नतिजा कस्तो आउने हो -


Comments (0)        Print        Tell friend        Top


Other Articles:
अब बाँच्ने नयाँ कला सिक्नर्ुपर्छ (07.21.2008)
बाल यौन दर्ुर्ब्यवहारको कहालिलाग्दो अवस्थाशहरीया र शिक्षित नै र्सवाधिक हिंस् (07.07.2008)
शमशेरगञ्ज घटना ः हर्ेदा सानो तर गम्भीरबुढी मरेकोमा भन्दा काल सल्किएकोमा चिन्ता (06.30.2008)
फोहरसंगको राजनीति र फोहरी राजनेता (06.24.2008)
राजा ज्ञानेन्द्रको सहज वहिर्गमनसमयको माग र लोकसम्मतिको सम्मान (06.16.2008)
आस्थाका पर्खालहरु यसरी भत्किदैछन् (06.09.2008)
अरण्यरोदन नबोस् राष्ट्रियताको विषय (06.02.2008)
गरौं अब निर्ण्ाायक राजनीतिक चमत्कार (05.26.2008)
रुझेको बिरालो च्यापेर अर्कै बाटोतिर (05.19.2008)
चारैतिर हाहाकार ः बा"च्ने उपाय सिकाइदेउ (05.12.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]