Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 05:22am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
यो कथा हो- पेट्रोलको !
Monday, 08.04.2008, 06:28pm (GMT+5.5)

अहिले देशमा पेट्रोलको ठूलो संकट छ । संकट नहोस् पनि किन त्यो चिज यहाँ पाइदैन । विदेशबाट महंगोमा किनेर सस्तोमा बेच्नुपरेको तयारी उत्तर बोकेर बसेको नेपाल आयल निगमले न आमउपभोक्ताको सकसलाई बुझ्न सकेको छ न त आयल निगमबाट मोटो रकम करवापत असुल्न पल्केको सरकारले नै त्यो जिम्मेवारीबोध गरेको छ । झण्डै दर्ुइ वर्षहुनलाग्यो नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । उपभोग्यदेखि जनसरोकारका हरेक विषयहरुसंग सम्बन्धित इन्धनको हालत यस्तो भए पनि निरपेक्ष गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर कस्तो होला - राजधानीमा सुकिला पोशाकमा सजिएर महंगो गाडीमा सयर गर्ने नेताहरुलाई जनताले भोग्नुपरेको सकससंग कुनै चासो छैन । उनीहरुको घरमा ग्यास बलेकै छ, उनीहरुको मोटर गुडेकै छन् ।

जनताको सेवा गर्ने शपथ खाएकाहरु जनताको कस्तो सेवा गरिरहेका छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो पेट्रोलियमको यो हाहाकार । एकातिर चाहिएजति पेट्रोलियम उपलब्ध हुन सकेको छैन भने अर्कातिर वितरण गरिएको पेट्रोलियममा पनि मिसावट मात्र हैन कालोबजारी नै हुने गरेको छ । सरकारले एक लिटर पेट्रोलको एक सय रुपैयाँ मूल्य निर्धारण गरेको भए पनि पम्पहरुले त्यसमा ५० पैसा थपेका छन् । उता उपभोक्ताहरु कालोबजारमा एक लिटर पेट्रोलको दर्ुइ सय रुपैयाँसम्म तिर्न विवश छन् । एकातिर अभाव छ अर्कोतिर कालोबजारी उत्तिकै फस्टाएको छ । आयल निगम, उपभोक्तासंग सम्बन्धित रकमी संघसंस्था, गुणस्तर तथा तापतौल लगायत बजार अनुगमन गर्न सरकारी तवरबाट गठित कसैले पनि यस विषयमा कुनै चासो देखाएका छैनन् । लुट्नेले लुटिरहेका छन्, मारमा पर्ने जनता परिरहेका छन् र हैरानी भोग्नेहरु हैरानीमै छन् । जिम्मेवारी लिएकाहरु अनेक वहानामा आफू उम्कने प्रपञ्चमात्रै रचिरहन्छन् ।

बजारको अनुगमन नभएपछि, जिम्मेवारहरु गैरजिम्मेवार बनेपछि र जनताको हित गर्ने शपथ खाएकाहरु जनहितका लागि प्रतिवद्ध नभएर आफ्नै स्वार्थमा अल्भिmएपछि त्यहाँका जनताले सास्ती नखेपे कसले खेप्ने - नेपालको विडम्वना नै हो- राजनीतिक परिवर्ततको यो ऐतिहासिक मोडमा आइपुग्दा जनता अलमलमा छन्, परिवर्तन कसलाई भयो भन्ने अनेक प्रश्न उब्जिरहेका छन् । विगतमा २१ महिनादेखि मुलुकमा पेट्रोलियमको संकट छ । राजनीतिक कारणले उत्पन्न भएका समस्याहरुलाई जनताले सहज रुपमा स्वीकारेका थिए । तर अहिले लापरवाही र नालायकीले यो संकट उब्जिरहेको छ । सत्ता र शक्ति आर्जनको होडवाजीमा लाग्दा मुलुक दर्ुदान्त अवस्थामा पुगेको छ तापनि नेतृत्वको चेतना खुलेको छैन ।

संविधानसभाको निर्वाचन भएपछि सवै कुराको समाधान हुन्छ भनेर भन्ने नेताहरु अहिले कुन मुखले जनहितका कुरा गरिरहेका छन् - निर्वाचन सम्पन्न भएको चार महिना वित्न लाग्यो, अहिलेसम्म सरकार समेत गठन गर्न सकेका छैनन् । आज-आज, भोलि-भोलि भन्दाभन्दै मुलुकमा संकटमाथि संकट थुप्रिदो छ । तैपनि कसैको चेत खुलेको छैन । इन्धनको अभावले चौतर्फी संकटका संकेतहरु देखापर्न थालेका छन् । खाद्यान्नको मूल्य अकाशिंदैछ । बजारमा कालोबजारी छ्याप्छ्याप्ती छ । सहज आपर्ूर्ति र वितरणको कुनै गुञ्जायस छैन । तैपनि जनहितका नारा फलाक्न भने छोडिएको छैन ।

कुरा पेट्रोलकै हो, एउटा पम्पलाई तीन हजार पेट्रोल वितरण भयो भने उसले त्यसलाई चार हजार बनाउँछ । अनि दर्ुइ हजार लुकाएर दर्ुइ हजार मात्र उपभोक्तालाई वितरण गर्छ । बाँकी दर्ुइ हजार लिटरको कालोबजारी हुन्छ । आधारातमा ट्यांकरबाट पेट्रोल खन्याएर त्यसमा भरपूर मिसावट गर्ने र चाहिनेजति लुकाउने गरिएको छ । अर्कातिर दादागिरीको कुनै सीमा छैन । कता हराए समाज सुधार गर्ने ठेकेदारहरु - वाईसीएल र युथ फोर्सको कुनै उपस्थिति हुँदैन पेट्रोल पम्पहरुमा । आयल निगमको बिल बमोजिमको पेट्रोल वितरण गर्ने व्यवस्था गर्न उनीहरुले किन आवश्यक ठानिरहेका छैनन् - के उनीहरुको समाजसेवा आफूहरुलाई लाभ हुने क्षेत्रमा मात्र हो - अहिले जनस्तरबाट सुन्न थालिएका गुनासाहरु यस्तै छन् । विहान ३ बजेदेखि लाइन बस्दा पनि पेट्रोल पाइने अवस्था छैन । आधारातमा उठेर पम्प कुरेर बस्यो आँखै अगाडि कालोबजारी हुन्छ - जनताको बोली करुण क्रन्दन सावित भैरहेको छ । प्रहरी नजिकै भए पनि उसले आफ्नो निरीहता प्रकट गर्दछ । यसरी कतिन्जेल मुलुक चल्ने हो - बुझिनसक्नु छ ।

अभाव छ, त्यो सवैले स्वीकारेको विषय हो । महंगोमा ल्याएर सस्तोमा बेच्नु परेको छ त्यो पनि सवैलाई थाहा छ । तर जति वितरण हुन्छ त्यसमा सामान्य उपभोक्ताको पहुँच हुनुपर्ने कि नपर्ने - हुँदाहुँदा अब पेट्रोल पम्पमा विभिन्न क्लबका शुल्क तिरेर कुपन काटेर पम्पभित्र छिराएर चाहिएजति पेट्रोल दिने काम हुन थालेको छ । रातारात गैरकानुनी रुपमा 'मसलदारहरुको समूह'ले तयार गरेकोे कुपनलाई आधिकारिक मान्ने आधार के छ - यस दिशातर्फप्रशासको मौनता बुझिनसक्नु छ । हुन त केही दिन अगाडि मात्रै काठमाडौंका प्रमुख जिल्ला अधिकारीले पेट्रोलियममा भैरहेको अनियमितताको छानविन गर्ने र कारबाही गर्ने अधिकार आफूलाई नभएको भनेर जुन निरिहता प्रकट गरे त्यसबाटै थाहा हुन्छ, यो देशमा माफिया, कालोबजारी र गुण्डागर्दी गर्नेहरुको मात्रै राज हुन्छ । प्रहरीको पम्पको हालत पनि उस्तै छ । बाहिर उपभोक्ताको लम्मेतान भीड हुँदा पनि भित्र 'निवास' र '.... साबको मान्छे' भन्दै तेल भर्नेको प्रतिस्पर्धा हुन्छ । सामान्य उपभोक्ता भने लाचार बनेर रमिते मात्रै बन्नुपरेको छ ।

यस्तै छ- पेट्रोलको कथा । यो अभावले सामान्य जनतालाई आहत दिए पनि केही मुठ्ठीभरकालाई राम्रो आयस्रोत बनिरहेको छ । यसबाट मुलुक कतिञ्जेल धानिने हो, कतिञ्जेल यस्तो वेथिती कायमै हुने हो - थाहा छैन । तर एउटा सत्य के हो भने जनताको धर्ैयता टुट्न मात्र बाँकी छ । जुन दिन त्यो धर्ैयता टुट्छ यहाँ मै हुँ भन्नेहरुको हैसियत एकैछिनमा धुलोमा मिल्न जानेछ । मुलुकमा पेट्रोलकै कारण स्वस्फर्ूतरुपमा अर्को एउटा जनक्रान्ति नहोला भन्न सकिन्न । आखिर पेट्रोलको राजनीतिले कतिपय मुलुकमा सत्ता नै उलटपुलट भएका घटना त सुनिएकै हो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पानी, पेट्रोल र अभागी नेपाली जनताअझै कति अग्निपरीक्षा दिनुपर्ने हो ? (07.29.2008)
अब बाँच्ने नयाँ कला सिक्नर्ुपर्छ (07.21.2008)
बाल यौन दर्ुर्ब्यवहारको कहालिलाग्दो अवस्थाशहरीया र शिक्षित नै र्सवाधिक हिंस् (07.07.2008)
शमशेरगञ्ज घटना ः हर्ेदा सानो तर गम्भीरबुढी मरेकोमा भन्दा काल सल्किएकोमा चिन्ता (06.30.2008)
फोहरसंगको राजनीति र फोहरी राजनेता (06.24.2008)
राजा ज्ञानेन्द्रको सहज वहिर्गमनसमयको माग र लोकसम्मतिको सम्मान (06.16.2008)
आस्थाका पर्खालहरु यसरी भत्किदैछन् (06.09.2008)
अरण्यरोदन नबोस् राष्ट्रियताको विषय (06.02.2008)
गरौं अब निर्ण्ाायक राजनीतिक चमत्कार (05.26.2008)
रुझेको बिरालो च्यापेर अर्कै बाटोतिर (05.19.2008)



 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 

© Neeraz.Com 2007
[Top Page]