Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 06:07am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
जनसेनाको भरणपोषण र राष्ट्रिय दायित्व
Monday, 08.11.2008, 06:27pm (GMT+5.5)

सरकारी ढुकुटीबाट सुविधा लिने जो कोही पनि राष्ट्रप्रति जिम्मेवार हुनर्ुपर्छ । जो राष्ट्रको सेवामा समर्पित छ उसैलाई मात्र राज्यले भरणपोषणको जिम्मेवारी लिन्छ । राज्यको तर्फाट तलब सुविधा प्राप्त गरेपछि यसको पहिलो कर्तव्य राष्ट्रप्रति नै हुनर्ुपर्छ ।

प्रसंग जनसेनाको हो । दश वर्षम्म सशस्त्र संर्घष्ामा होमिएको माओवादी जनसेनाको भरणपोषण र उनीहरुको व्यवस्थापन अहिले पनि ठूलो राजनीतिक मुद्दा र बहसको विषय बनिरहेको छ । मुलुकमा गणतन्त्र स्थापनाका लागि जनसेनाले गरेको योगदान र उनीहरुको बलिदानीको हामी सवैले सम्मान गर्नुपर्ने भए पनि अहिले जनसेनाको जीवन निकै कष्टकर रहेको छ । विस्तृत शान्ति सम्झौतापछि स्थायी शिविरमा बसिरहेका जनसेनालाई सरकारले तलब खुवाइरहेको छ । उनीहरुको तलब पनि विवादकै घेरामा छ । कहिले सरकारले दिएजति तलब जनसेनाले नपाएको कुरा बाहिर आउँछ त कहिले सरकारले महिनौंसम्म तलब नदिएको विषय बाहिर आउँछ । यसरी विवाद र समस्याको घेराभित्र रहेको जनसेनालाई राष्ट्रिय सेना वा प्रहरीमा समाहित गर्ने कि उनीहरुलाई छुट्टै एउटा सुरक्षा अंग बनाएर परिचालन गर्ने भन्ने विषयमा भने राजनीतिक नेतृत्वको ध्यानै गएको छैन ।

औद्योगिक, विकास निर्माण, सीमा, भन्सार नाका तथा अन्य कतिपय स्थानको सुरक्षाका लागि जनसेनालाई परिचालित गर्न सकिने भए पनि यस विषयतिर नेकपा माओवादीले समेत चासो दिएको छैन । माओवादी नेतृत्वलाई आफ्नो सेना राष्ट्रिय सेना अर्थात् नेपाली सेनामा गाभ्ने भूत सवार भएको छ । राजनीतिक प्रशिक्षण प्राप्त सेनालाई राष्ट्रिय सेनामा मिसाउँदा त्यसबाट पर्नसक्ने नकारात्मक प्रभावको कुनै सोच नराखी तत्कालको अप्ठेरो सल्टाउनका लागि मात्र काम गर्ने परिपाटीको विकास हुँदा जनसेनाको व्यवस्थापन हुन सकिरहेको छैन । राजनीतिक रुपमा टाढै राखेर राष्ट्रिय जिम्मेवारी सुम्पिनुपर्ने जनसेनालाई कष्टकर जीवन बिताउन बाध्य पारिएको छ । अहिले उनी उनीहरुको जीवन नारकीय नै छ । मानवीय नाताले पनि उनीहरुलाई त्यो कष्टकर जीवन भोगाइबाट बाहिर ल्याउन प्रयास गर्नुपर्ने हो । तर त्यस्तो केही भैरहेको छैन । सेनालाई सेनामै मिलाउनुपर्ने एकोहोरो रटानले समस्या समाधानमा व्यवधान उत्पन्न गरिरहेको छ ।

सरकारले तलब सुविधा दिएपछि त्यो माओवादीको मात्र सेना होइन, अब त उ पनि राष्ट्रको एउटा अंग बनिसकेको छ । माओवादीले आफूसंग सेना रहेको दम्भ नैतिक रुपमा राख्न सक्दैन । जनताको तिरोबाट गाँस जुटाउने सेना कसरी एउटा पार्टर्ीीे मात्र सेना हुन्छ - हो हिजो उनीहरु माओवादीबाट प्रशिक्षित र परिचालित थिए, तर अहिले परिस्थिति बदलिएको छ । मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा त्यसैका लागि संर्घष्ा गरेको दलले छुट्टै सेना राख्ने दम्भ गर्नु अनैतिक हुन जान्छ भने राज्यको ढुकुटीबाट तलब सुविधा दिएपछि उनीहरुलाई उपयुक्त जिम्मेवारी दिने दायित्व राज्यको हो । तर यस्ता कुनै पनि काम हुन सकिरहेको छैन ।

किन माओवादी जनसेनाको व्यवस्थापन र उनीहरुको उपयुक्त परिचालन भैरहेको छैन त - यसका दर्ुइवटा प्रमुख कारणहरु रहेका छन् । पहिलो कारणमा माओवादी जनसेनाको भरण पोषणका नाममा सरकारले विदेशीसंग आर्थिक सहायता माग्न पाइरहन्छ भने यही सेनाको धाक जमाएर माओवादी अरु पार्टर्ीीमाथि हावी हुन पाइरहेछ । अहिलेसम्म माओवादी आफ्नो जनसेनाकै बलले मात्र यहाँसम्म आइपुगेको हो । उनीहरुले जतिसुकै वैचारिक अडान र प्रविद्धताका कुरा गरे पनि लोकतन्त्र प्राप्तिपछिको यो समयावधिमा त्यो भुत्ते भैसकेको छ । राष्ट्रियताका कुरा, आर्थिक-सामाजिक रुपान्तरणका कुरा र शिक्षा-स्वास्थ्य जस्ता विषयहरुमा माओवादीको धारणा के हो भन्ने नै स्पष्ट छैन । समाजवादी व्यवस्थाको निर्माण गर्ने कि पूँजीवादी व्यवस्थालाई नै निरन्तरता दिने भन्नेमा माओवादीभित्रै विमती छ । त्यसैले माओवादीको हतियार भनेको अबका दिनमा विचार नभएर जनसेना मात्रै हो । त्यसकारण उनीहरु यसैको नाममा आफ्नो राजनीतिलाई शिखरमा चढाइरहन चाहन्छ ।

त्यस्तै सरकारमा रहेकाहरु, कमिशनखोरहरु जनसेनाको भरणपोषणका नाममा विदेशी सहायता भित्र्याएर त्यसैमा दाइ गरिरहेका छन् । हालै मात्र कुन्नि कसले हो जनसेनाको भरणपोषणका लागि भनेर तीन अर्बभन्दा बढी सहायता दिने घोषणा गरेको छ । यस अवधिमा झण्डै आधा खर्बभन्दा बढी अतिरिक्त वैदेशिक सहायता नेपालमा भित्रिसकेको छ । तर त्यसको उपयोग र उपलब्धि भने हातलाग्यो शून्यकै अवस्थामा छ ।

यी सब हुनुको एउटै मात्र कारण भनेको राजनीतिक बेइमानी हो । जव नेतृत्वतहमा पुगेकाहरु बेइमानी गर्छन्, तब कुनै पनि क्षेत्र चोखो रहँदैन । अहिले जनसेनाको नाममा जेजति राजनीति भैरहेको छ त्यो मानवताविरोधी कार्य हो । जनसेनाकै बलमा राजधानी छिरेका माओवादीका शर्ीष्ा नेताहरुको जीवनशैली र जनसेनाको नारकीय जीवन भोगाइको तुलना गर्ने हो भने यसैबाट प्रष्टिन्छ कि उनीहरुलाई राष्ट्रिय जिम्मेवारी दिन किन चाहिएको छैन र उनीहरुको नाममा कसरी राजनीति भैरहेको छ भनेर । अनि यो पनि बुझ्न सकिन्छ कि जनसेनाको कष्टकर जीवनयापनले कतिपयको जीवन कसरी अत्यन्त विलासी बनिरहेको छ भनेर ।

जनसेना वषर्ाका रातभर रुझ्दै र जाडोमा कठ्याङ्ग्रिएर बस्नुको अर्थ नेताहरु वातातुकुलित भव्य महलमा बस्नु होइन । उनीहरुलाई कम्तिमा मानवीयताको आधारमा मानवीय व्यवहार हुनर्ुपर्छ । स्पष्ट जिम्मेवारी तोकेर शिविरबाट बाहिर निकाल्नर्ुपर्छ । यति गर्न सकियो भने सम्पर्ूण्ा राजनीतिक अहंकार, गतिरोध र बेइमानीलाई समेत निस्तेज पार्न सकिन्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
यो कथा हो- पेट्रोलको ! (08.04.2008)
पानी, पेट्रोल र अभागी नेपाली जनताअझै कति अग्निपरीक्षा दिनुपर्ने हो ? (07.29.2008)
अब बाँच्ने नयाँ कला सिक्नर्ुपर्छ (07.21.2008)
बाल यौन दर्ुर्ब्यवहारको कहालिलाग्दो अवस्थाशहरीया र शिक्षित नै र्सवाधिक हिंस् (07.07.2008)
शमशेरगञ्ज घटना ः हर्ेदा सानो तर गम्भीरबुढी मरेकोमा भन्दा काल सल्किएकोमा चिन्ता (06.30.2008)
फोहरसंगको राजनीति र फोहरी राजनेता (06.24.2008)
राजा ज्ञानेन्द्रको सहज वहिर्गमनसमयको माग र लोकसम्मतिको सम्मान (06.16.2008)
आस्थाका पर्खालहरु यसरी भत्किदैछन् (06.09.2008)
अरण्यरोदन नबोस् राष्ट्रियताको विषय (06.02.2008)
गरौं अब निर्ण्ाायक राजनीतिक चमत्कार (05.26.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]