Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 06:57pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
सर्न्दर्भ ः अन्तर्रर्ााट्रय युवा दिवस
युवाहरुको प्रयोग राजनीतिक लाभहानीमा मात

Tuesday, 08.19.2008, 09:49am (GMT+5.5)

हरेक वर्षmैं यस वर्षपनि अन्तर्रर्ााट्रय युवा दिवस मनाइयो । ठूलठूला राजनीतिक परिवर्तनदेखि भौतिक, सामाजिक, आर्थिक विकासका लागि युवाहरुको महत्वपर्ूण्ा भूमिका हुन्छ । युवाहरुकै बलिदानी, संर्घष्ा र त्यागले नेताहरु सत्ता र शक्तिमा पुग्छन् । मुलुकको रुपान्तरणका लागि युवाहरुको भूमिका अहम् हुने हुँदा उनीहरुलाई राष्ट्रको कर्ण्र्ाार पनि भनिन्छ । विश्वको कुनै पनि मुलुकमा युवाहरुको सक्रिय सहभागिताविना परिवर्तन भएको छैन । यस्तै नीतिगत फर्ुकाहरु गाँसेर युवाहरुको भूमिका र महत्वका बारेमा भाषण पनि छाटिए । तर युवाहरुलाई नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने तहमा पुर्‍याउने प्रतिवद्धता कसैले व्यक्त गरेनन् ।

असल विचार र सोच राखेर नेतृत्व प्रदान गर्नेहरुले युवाहरुलाई आफ्नो कारिन्दा होइन सहयात्रीको रुपमा अघि बढाएर आफूसंगै परिचालित गर्दछन् । यस्तै हुनुपर्ने हो नेपालमा पनि । तर नेपालको राजनीतिक मानचित्रमा युवाहरुको प्रयोग नारा, जुलुश र तोडफोडका लागि मात्र भैरहेको छ । युवाहरुलाई सही रुपमा उपयोग गर्ने र राज्यको रुपान्तरण गर्ने नीति अहिलेसम्म बनेको छैन । भर्खरै मात्र युवा आयोग बन्ने भन्ने सुनिएको छ । त्यसले कस्ता युवालाई समेट्छ र कस्तो कस्तो कार्यनीति अगाडि ल्याउनेछ - त्यसपछि मात्र भन्न सकिन्छ- देशमा युवाहरुको सही परिचालन गर्ने जमर्को भयो भनेर ।

नेपालका युवाहरु दिग्भ्रमित छन्, उनीहरु अवसरको खोजीमा भौतारिएका छन् । शिक्षा, सीप, श्रम गर्ने प्रचूर सम्भावना हुँदाहुँदै पनि उनीहरुले काम गर्ने अवसर पाइरहेका छैनन् । आज ३० लाखभन्दा बढी नेपाली युवा विदेशिएका छन् । हाम्रा शासकहरु उनीहरुले विदेशमा रगत बगाएर कमाएको पैसामा मुलुकको अर्थतन्त्र धानिएकोमा मख्ख छन् । विदेशमा चुहेको त्यो पसिना स्वदेशमै चुहाउने जमर्को राजनीतिक नेतृत्वले गर्न चाहिरहेको छैन । यसको एउटै मात्र कारण के हो भने- राजनीतिक रुपमा बेइमानी गर्नेहरुलाई तह लगाउने पनि युवाहरु नै हुन् । युवाहरुकै कारण ठूलठूला परिवर्तन भएका छन् । युवाहरुलाई नै विदेशतिर लखेटिदिएपछि राजनीतिक बेइमानीको धन्दा निर्वाध चलिरहन्छ । अहिले भैरहेको यही हो । यो प्रवृत्तिबाट मुलुकले मुक्ति नपाएसम्म नेपालको स्थिति यहाँभन्दा माथिको हुने छैन ।

हरेक राजनीतिक परिवर्तनपछि मुलुकको कालापलट गर्ने घोषणा हुन्छ तर त्यो परिवर्तनका असली संवाहक युवाहरुलाई कुनै भूमिका दिइदैन । राजनीतिक दलहरुका भातृ संगठनमा आवद्ध भएर एकले अर्कोलाई निषेध गर्ने र पार्टर्ीीथा नेताहरुको स्वार्थका लागि परिचालन गर्नेबाहेक अहिलेसम्म कुनै भूमिका युवाहरुलाई दिइएको छैन । राजनीतिक कार्यकर्ताको रुपमा युवाहरुले जति भूमिका निर्वाह गरे त्यसको एक छेउ पनि मुलुकको विकासका लागि उनीहरुलाई परिचालन गरिएको छैन ।

ठूलठूला राजनीतिक नारा र सपना बाँडेर युवाहरुलाई उपयोग गर्ने गरिएको छ । स्वयं युवाहरुको नेतृत्व गर्नेहरु पनि आफ्नो माउ पार्टर्ीीे निर्देशन वेगर एक पाइला अघि बढ्नसक्ने अवस्थामा छैनन् । नेताहरुको गुलामी गरेकै भरमा उनीहरुको हरेक क्रियाकलाप र व्यवहारको ढाकछोप गर्ने जमर्को युवाहरुबाट पनि भैरहेको छ । युवाहरुमा स्वच्छ राजनीतिक विकास र समाजप्रति उत्तरदायी बनाउने जिम्मेवारी लिएकाहरु र त्यो जिम्मेवारी बहन गर्दै समाज रुपान्तरणमा लाग्नुपर्नेहरु पनि बाटो बिराएरै बसेका छन् । अहिले एकथरि युवाहरु अस्थायी शिविरमा नारकीय जीवन बिताएर बसिरहेका छन् । उनीहरुकै संर्घष्ा र बलिदानको बलमा राजधानी छिरेकाहरु सत्ताको नजिक पुगिसक्दा पनि ती युवाहरुको जीवनमा कुनै सुधार आएको छैन । संर्घष्ा र बलिदानीको नाममा न्यूनतम अधिकारबाट समेत वञ्चित भैरहेको अवस्था छ ।

कोही कुनै न कुनै दल वा नेता विशेषको शरणमा नपरी अवसर नपाइने गलत परम्परा तोड्ने हिम्मत र साहस कसैमा छ भने त्यो युवाहरुमै छ । तर विडम्वनापर्ूण्ा अवस्था के छ भने युवा दिवसकै दिन विभिन्न राजनीतिक दलमा विभक्त भएका युवाहरु आपसमा मारपिटमा उत्रिएर गलत राजनीतिक संस्कारको ज्वलन्त उदाहरण प्रस्तुत गरे । युवाहरुमा राजनीतिक चेतना हुन्छ, उनीहरुमा वैचारिक र सैद्धान्तिक प्रतिवद्धता पनि हुनछ । तर त्यो चेतना र प्रतिवद्धता दल र नेताका लागि कि मुलुकका लागि भन्ने चाहिं महत्वपर्ूण्ा पक्ष हो । श्रमगर्ने अथाह शक्ति भएको युवालाई राजनीतिक नाराको पछि कुदाएर दिग्भ्रमित पार्ने नेताहरु र उनीहरुलाई विदेशमा श्रमगर्न पठाएर मुलुकको अर्थतन्त्र धानिएकोमा मख्ख पर्ने शासकहरुबाट व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थले प्राथमिकता दिने काम भयो भने मुलुकका युवाहरु अवसरको खोजीमा खाडीको मरुभूमिमा भौतारिनु पर्दैन, कुनै राजनीतिक दलको झोले मात्र बनेर जीवन गुजानु पनि पर्दैन र दलीय प्रतिष्ठा आर्जन गर्ने नाममा एकले अर्को शक्तिमाथि धावा बोल्ने कार्य पनि हुँदैन । एक किसिमबाट भन्ने हो भने नेपाली युवाहरुलाई अहिले भत्काउन जति प्रयोग गरिन्छ सिर्जनाका लागि त्यसको एक छेउ पनि उपयोग गरिएको छैन- दुःखद् पक्ष यही हो । युवाहरुको विशेषता नै उनीहरुमा रहेको सिर्जनशीलता हो तर त्यो सिर्जनशीलतालाई लत्याएर उनीहरुको उर्जाको गलत तरिकाले दोहन गर्दै नेताहरुले आफ्नो शक्ति आर्जनको बाटो मात्र बनाइरहेका छन् । नेपाल जस्ता मुलुकका युवाहरुको नियति नै यस्तै हो कि उनीहरु राजनीतिक शक्ति आर्जनको बलियो हतियार मात्र बनिरहेका छन् र उनीहरु केवल 'टिस्यू पेपर'को रुपमा प्रयोगमा आइरहेका छन ।

बेरोजगारी, अभाव, महंगी र बढ्दो महात्वाकांक्षालाई भजाएर नेताहरुले मात्र होइन अपराधीहरुले समेत युवाहरुको उपयोग गर्ने गरेका छन् । अहिले राजधानी लगायत देशका विभिन्न भागमा बढिरहेको संगठित अपराधको एउटै मात्र कारण भनेको युवाहरुको समयोचित उपयोग गर्न नसक्नु हो । यसको एउटै मात्र कारण भनेको युवाहरुप्रति राष्ट्रले जिम्मेवारीबोध नगर्नु र युवाहरुको आकांक्षा, उनीहरुको सोच तथा चेतनाको वेवास्ता गर्नु हो । समग्रमा जे जस्ता घटनाहरु घटिरहेका छन्, यी सवमा युवाकै हात छ, राम्रो काममा उपयोग गर्न नसकेपछि नराम्रो कामका लागि प्रयोग गर्नेहरु देखापर्नु स्वाभाविक हो । राजनीतिक नेतृत्वले आफूहरुले युवाहरुको प्रयोग कुन स्वार्थका लागि गरिरहेका छौं भन्ने मात्र बुझिदिए भने अन्तर्रर्ााट्रय युवा दिवसका दिन मात्र भए पनि युवाहरुले आफूहरुमा रहेको कुण्ठालाई व्यक्त गर्दै हिंड्नुपर्ने थिएन ।

मुलुकको राजनीतिक परिस्थिति बदलिएको छ, समयले कोल्टे फेरेको छ । अब युवाहरुको उपयोग सत्ता र शक्ति आर्जनका लागि वा राजनीतिक लाभहानीका लागि मात्र नभएर समग्र मुलुकको हितका लागि हुनेछ । नेपाल र नेपालीको भविष्य यसैमा निर्भर छ । यसका लागि स्वयं युवाहरु पनि प्रतिवद्ध हुनर्ुपर्छ कि उनीहरु राजनीतिक दलको कारिन्दा मात्र बन्ने कि मुलुक रुपान्तरणको अभियानकारी - चिन्तन-मनन् गर्ने जिम्मा युवाहरुलाई नै ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
जनसेनाको भरणपोषण र राष्ट्रिय दायित्व (08.11.2008)
यो कथा हो- पेट्रोलको ! (08.04.2008)
पानी, पेट्रोल र अभागी नेपाली जनताअझै कति अग्निपरीक्षा दिनुपर्ने हो ? (07.29.2008)
अब बाँच्ने नयाँ कला सिक्नर्ुपर्छ (07.21.2008)
बाल यौन दर्ुर्ब्यवहारको कहालिलाग्दो अवस्थाशहरीया र शिक्षित नै र्सवाधिक हिंस् (07.07.2008)
शमशेरगञ्ज घटना ः हर्ेदा सानो तर गम्भीरबुढी मरेकोमा भन्दा काल सल्किएकोमा चिन्ता (06.30.2008)
फोहरसंगको राजनीति र फोहरी राजनेता (06.24.2008)
राजा ज्ञानेन्द्रको सहज वहिर्गमनसमयको माग र लोकसम्मतिको सम्मान (06.16.2008)
आस्थाका पर्खालहरु यसरी भत्किदैछन् (06.09.2008)
अरण्यरोदन नबोस् राष्ट्रियताको विषय (06.02.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]