Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 01:52pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
सत्ता स्वार्थको घेराभित्र रुमल्लिएको राजनीति
पुरानै रोगबाट सवै ग्रस्त

Monday, 08.25.2008, 07:15pm (GMT+5.5)

संर्घष्ाका अनेक रुपहरुमध्ये सत्ता संर्घष्ा र्सवाधिक लाभप्रद छ । राजनीतिक संर्घष्ाको अन्तिम दाउपेच र रणनीति नै सत्ता हो । सत्तालाई अन्तिम लक्ष्य मानेर विगतमा संर्घष्ा गरेकाहरु सत्ताको नजिक पुगेपछि, सत्ता आफ्नो हातमा आउने अवस्था सिर्जना भएपछि कसरी लोभ देखाउँछन् र कसरी आफ्नो प्रतिष्ठा र संर्घष्ाका दिनहरुलाई भुल्छन् भन्ने उदाहरण हालका दिनमा सरकार गठनमा देखिएको किचलो र मन्त्रालयको भागवण्डामा उत्पन्न विवादले नै सिद्ध गर्छ ।

मुलुकमा आमूल परिवर्तन गर्नेहरुले सत्ताका लागि हिरिन हालेर बस्दैनन् । सत्ताभन्दा बाहिरै रहे पनि अतुलनीय योगदान दिन सकिन्छ । विश्व राजनीतिमा यस्ता अनगिन्ती उदाहरण छन् । सत्तालाई राजनीतिक संर्घष्ाको एकमात्र ध्येय मानेर अघि बढ्नेहरुले मुलुकलाई केही दिनुको साटो खोक्रो मात्रै पार्दै लैजान्छन् । सत्ता संर्घष्ा यसैको कडीका रुपमा खडा भएको छ । अहिले त्रिदलीय गठबन्धनमा भागवण्डा र मर्यादारुपी असन्तुष्टिको बीउ रोपिएको छ । यसले प्रचण्डको सरकारलाई पूरा कार्यकाल काम गर्न दिने हो वा होइन भन्ने प्रश्नहरु पनि जन्माइसकेको छ । प्रधानमन्त्रीको शपथग्रहणसंगै मन्त्रीहरुको पनि शपथग्रहण हुनुपर्नेमा भागवण्डै नमिलेका कारण त्यसो हुन सकेन । बल्लबल्ल मन्त्रालय भागवण्डाको कुरा मिलेको थियो फेरि मर्यादाक्रमले खलनायकी भूमिका निभायो - दलहरुबीच साझा सहमति र कार्यक्रममा हस्ताक्षर भैसकेर पनि सरकारले पर्ूण्ाता पाउन सकेन । मुलुक अभाव, असुरक्षा, महंगी, बाढी, पहिरोको समस्याले आक्रान्त छ । सप्तकोशीको तटबन्ध फुटेर लाखौं मानिस घरबारविहीन भए । सरकारी संयन्त्र नभएकै कारण उद्धार र राहत वितरण प्रभावकारी हुन नसकेकोमा पीडितहरुले आक्रोश पोखिरहेका छन् । यी सब सत्ता लिप्साकै कारणले गर्दा भएको हो ।

इमान्दार ढंगले मुलुकको रुपान्तरण गर्ने सोचमा कोही हुन्थ्यो भने मन्त्रालयकै विषयमा त्यत्रो मतभेद उत्पन्न हुने थिएन र मर्यादाको प्रश्न पनि आउने थिएन । विश्व राजनीतिमा प्रधानमन्त्री भैसकेका व्यक्ति मन्त्री भएर राष्ट्रसेवा गरेको अनगिन्ती उदाहरण छन् । तर नेपालमा त्यस्तो हुन सकेन । यहाँ लोभ र अहंकारले डेरा जमाएको छ र भैदियो यस्तै- सत्ताको जात नै यस्तै छ । नपाउन्जेल केही होइन, पाएपछि छोड्नै मन नलाग्ने- सवै शक्ति आफ्नै हातमा भए हुन्थ्यो भनेजस्तो गर्ने । कुनै पनि साम्राज्यका उत्थान, पतन र शासकहरुका वंश र जाति प्रजातिको विनाशमा सत्ता संर्घष्ाको अधिक भूमिका भएको इतिहास छ । अहिले पनि विश्वमा सत्ताकै वरपर सत्ताको भोकले छटपटाएकाहरुको उपस्थितिबोध गर्न सकिने घटनाक्रमहरु गनेर वा भनेर नसकिने असंख्य क्रियाकलाप क्षण क्षण घटिरहेका छन् । राजनीतिक अस्थिरता नै सत्ता संर्घष्ाको एकमात्र कारकतत्व हो । जवसम्म मुलुकमा स्थिरता कायम हुँदैन यस्ता संर्घष्ाहरु जारी रहन्छन् । एकले अर्कोलाई पछार्ने, एउटापछि अर्को गठबन्धन, एक पछि अर्को प्रधानमन्त्री, दलबदल, सांसद् किनबेच, यी यावत प्रसंगहरु अस्थिरताकै जड हो । स्थिर राजनीतिक वातावरणले सत्ता संर्घष्ालाई उत्तेजित हुन दिंदैन र सत्तालिप्सामा रमाउनेहरु पनि त्यति सक्रिय हुन सक्दैनन् ।

सत्ता प्राप्ति नै सबथोक हो कि होइन - यो अहम् सवाल हो । सत्ताबाहिर रहेर नै विश्वमा प्रतिष्ठा पाएका र जनतालाई केही दिएका व्यक्तित्वहरु छन् कि छैनन् - यो पनि विश्लेषणकै विषय हो । राजनीतिक इतिहासमै सत्ताप्रति कत्ति पनि तृष्णा नभएका राजनेताहरुको वा शक्तिशाली व्यक्तित्वहरुको दैनन्दिनी विवरण पनि लिपिवद्ध भएको छ । त्यस्तालाई युगपुरुष वा कालजयी महापुरुष भनिएको छ । त्यस्ताको नाम मात्रै सुन्दा पनि कतिपय मानिसहरु आनन्दिन हुने गर्दछन् । यसको विपरीत सत्ता संर्घष्ामा रमाएर उधुम मच्चाउनेहरु कालान्तरमा सत्ताच्यूत भएपछि दुत्कारिएका छन्, उनीहरुको निन्दा मात्र भएको छैन, इतिहासले कलंककै रुपमा चर्चा पनि गरेको छ ।

यहाँ केही सत्ताविमुख भएर लोकोपकार कार्यमा र स्वराष्ट्रको भविष्य निर्माणमा उर्त्र्सग भएका पात्रहरुको चर्चा गर्नु उपयुक्त छ । नेपालको कपिलवस्तुको तिलौराकोटमा राजपरिवारमा युवराजका रुपमा जन्मिएका सिर्द्धार्थ गौतम -बुद्ध)ले सत्तासुख त्यागेर लोकको हितमा क्रियाशील भएकै कारण संसारभर पूज्य भए । एउटा राजपरिवारमा जन्मेको बालक अन्ततः भगवानका रुपमा पूज्य भए । युगयुगान्तरसम्म उनी अमर रहनेछन् । यो नेपाली भूमिकै एउटा त्यागको प्रसंग हो ।

त्यस्तै दक्षिण एसियाका अर्का महापुरुष मोहनचन्द गान्धी जसलाई भारतले राष्ट्रपिता भन्छ- उनले सत्ताको मोह परित्याग मात्र गरेनन्, आफ्नो जीवनयापनका लागि आफैंले चर्खा कातेर धागो उत्पादन गरे । सयौं वर्षसाम्राज्यको फँडा उठाएर बसेको बेलायतलाई एउटा लौरोको भरमा भारत छोड्न वाध्य पारे । आज त्यही मुलुकमा सत्ता संर्घष्ाले चर्को रुप लिइरहेको छ । ती महात्माले स्थापित गरेको आदर्शको प्रतिपादन कति भारतीय नेताहरुले गरे - त्यो अर्को कुरा हो । महात्मा गान्धी भारतको राजनीतिक घटनाक्रमको इतिहासमा मात्र सीमित भएनन्, उनले स्थापना गरेको कर्ीर्तिमान यथास्थानमा अझ कति शताब्दीसम्म रहन्छ भन्न सकिंदैन । 'भारत छोडो' आन्दोलनको दौरान जेलमा बस्दा होस् वा जेलबाहिर रहँदा होस्, कृशकाय शरीरमा जेजस्तो ऊर्जा गान्धीमा प्रवाहित भयो त्यो ऊर्जा भौतिक साधन वा वैभवको स्रोतको ऊर्जा थिएन ।

शरीर आत्माबाट चलाउने कि यन्त्रबाट भन्ने महत्वपर्ूण्ा कुरा हो । जसको आत्माले शरीर चलाउँछ ऊ पक्कै महान बन्छ । विश्वको राजनीतिक मानचित्रमा अब यस्ता पात्रहरुको खोजी समयले गरिरहेको भए पनि त्यो अत्यन्त दर्ुलभ मानिएको छ । हामी बुद्धका सन्तान र महात्मा गान्धीको छिमेकी भएर पनि सत्ता संर्घष्ा र सत्ता लिप्सामा मरिमेटेर लागिरहनु लाजमर्दो कुरा होइन - खै यतातिर विचार गरेको ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सर्न्दर्भ ः अन्तर्रर्ााट्रय युवा दिवसयुवाहरुको प्रयोग राजनीतिक लाभहानीमा मात (08.19.2008)
जनसेनाको भरणपोषण र राष्ट्रिय दायित्व (08.11.2008)
यो कथा हो- पेट्रोलको ! (08.04.2008)
पानी, पेट्रोल र अभागी नेपाली जनताअझै कति अग्निपरीक्षा दिनुपर्ने हो ? (07.29.2008)
अब बाँच्ने नयाँ कला सिक्नर्ुपर्छ (07.21.2008)
बाल यौन दर्ुर्ब्यवहारको कहालिलाग्दो अवस्थाशहरीया र शिक्षित नै र्सवाधिक हिंस् (07.07.2008)
शमशेरगञ्ज घटना ः हर्ेदा सानो तर गम्भीरबुढी मरेकोमा भन्दा काल सल्किएकोमा चिन्ता (06.30.2008)
फोहरसंगको राजनीति र फोहरी राजनेता (06.24.2008)
राजा ज्ञानेन्द्रको सहज वहिर्गमनसमयको माग र लोकसम्मतिको सम्मान (06.16.2008)
आस्थाका पर्खालहरु यसरी भत्किदैछन् (06.09.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]