शिक्षा भनेको ज्ञान प्राप्त गर्नु हो । शिक्षा मानव जीवनको यस्तो अभिन्न अंग हो जसलाई हरेक क्षण छुट्टाछुट्टै रुपबाट व्याख्या, विश्लेषण र प्रयोग गर्न सकिन्छ । शिक्षा आज र्सवव्यापी, जीवनपर्यन्त र आवश्यकीय मान्यताका रुपमा स्थापित भएको छ । शिक्षालाई अनुशासित, मर्यादित र र्सवश्रेष्ठ मान्यताका रुपमा विकसित गर्नुपर्ने जरुरी भएको छ । यसले मानव जीवन, राष्ट्र र समाजलाई जगाई उज्यालो ज्योति प्रकाशित गरी विकासको मूल प्रवाहमा डोर्याउँछ । शिक्षालाई मानवहित र राष्ट्र विकासको लक्ष्य सम्झेर अघि बढ्नर्ुपर्छ । शिक्षा क्षेत्रलाई विभिन्न 'वाद'को चंगुलबाट मुक्त बनाउने प्रण गरी विकासमूलक, रोजगामूलक, खोज र अनुसन्धानमूलक बनाएर अन्तर्रर्ााट्रय जगतमा प्रतिस्पर्धात्मक एवं चुनौति दिनसक्ने वैज्ञानिक शिक्षाको शुभारम्भ गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र नयाँ नेपालको कल्पना गर्न सकिन्छ ।
एकीकरणकालको शिक्षा प्रणाली:
नेपालको एकीकरणपछि आफ्ना सैनिक जवानका टुहुरा बच्चाहरुलाई राष्ट्रको तर्फाट सैनिक शिक्षा दिने काम सुरु भएको थियो र राज्यको तर्फाट छात्रवृत्ति दिने प्रथाको सुरुवात पृथ्वीनारायण शाहले गरेका थिए । उनले संस्कृत र फारसी पढ्न तथा विभिन्न ज्ञान आर्जन गर्न छात्रवृत्ति दिएर आफ्ना नागरिकलाई देश बाहिर पठाएका थिए । एकीकरणकालमा अधिकांश समय लडाइँ र सैनिक सुदृढिकरणमा खर्च गर्नुपरेकाले शिक्षाको विकासमा खासै ध्यान पुग्न सकेको थिएन । भीमसेन थापाले प|mेन्च अफिसर झिकाई आधुनिक सैनिक शिक्षा दिएका थिए र गृह कलहका कारण पृथ्वीनारायण शाहपछिका सत्तरी वर्षो अवधिमा शिक्षाको विकासमा खासै उल्लेखनीय कार्यहरु हुन सकेनन् ।
राणाकालीन शिक्षा प्रणाली
शिक्षाका दृष्टिले राणाकाललाई अँध्यारो युग मानिएको छ । राणाकालीन शिक्षा र्सवसाधारणका लागि खुला गरिएको थिएन । वि.सं. १९०७ तिर बेलायतको सिको गरेर राणाहरुले आफ्ना सन्तानलाई अंंग्रेजी शिक्षा दिन थालेका थिए । वि.सं. १९१० मा बेलायतको शिक्षा प्रणली अनुसार अंग्रेजी स्कूल स्थापना पनि भयो । जंगबहादुरको छोरा बबरजंगलाई १९१५ मा शिक्षा विभागको पहिलो डाइरेक्टर बनाइयो । त्यसपछि दरबारका भाइ भारदारलाई दरबार हाइस्कूलमा कक्षा १० सम्म पढाउने व्यवस्था गरियो । देवशमशेरले नेपालमा प्राथमिक शिक्षा व्यापक गराउन घोषणा गरेका थिए । उनको पालामा ५७ वटा भाषा पाठशाला खुलेका थिए । देवशमशेरले विद्यार्थीहरुलाई लेख्ने सिलोट र अक्षरांक शिक्षा नामको पुस्तक निःशुल्क वितरण गर्ने व्यवस्था समेत मिलाएका थिए । अक्षरांक शिक्षा जयपृथ्वीबहादुर सिंहले तयार पारेको नेपाली भाषाको प्राथमिक कक्षाको पाठ्यपुस्तक थियो । यस्तै काम उनले गरेकाले देवशमशेर राणा प्रधानमन्त्रीभन्दा शिक्षाप्रेमी देखिए तर उनको सो कार्य राणाहरुलाई मन नपरेकाले उनलाई सत्ताच्यूत गरी प्र.म. बनेका चन्द्र शमशेरका पालामा देवशमशेरले खोलेको पाठशाला बन्द गरिदिएका थिए । त्यसपपछि भीमशमशेरको पालामा टेक्निकल स्कूल खुल्यो । जुद्ध शमशेरले कृषि स्कूलको स्थापना गरेका थिए । चन्द्रशमशेरले १९७६ तिर बाध्य भएर त्रिचन्द्र कलेज खोलेका हुन् ।
आधुनिककालको शिक्षा प्रणाली
नेपालीहरुले आफ्नो इच्छा र आवश्यकता अनुसार शिक्षा लिनका लागि २००७ सालसम्म कर्ुर्नुपर्यो । प्रजातन्त्रका साथसाथै शिक्षाको आवश्यकता फेरि पनि महसुस भयो । तत्पश्चात् मेचीदेखि महाकाली र हिमालदेखि तर्राईसम्म देशभरि शिक्षा विस्तारको आवश्यकता ठहर्याई जनस्तरबाट विद्यालयहरु खोल्नेक्रम तीब्र भए पनि नेपाली राजनीतिको तरलतासंगै पञ्चायती व्यवस्थाको स्थापना भयो । त्यो अवधिमा शिक्षाले केही फड्को मारेको देखिए पनि शिक्षामा हुनुपर्ने गुणात्मक विकास भएको पाइदैन । अहिलेको अवस्था पनि त्यहाँभन्दा माथि छैन । उतिबेला र यतिबेलाको शिक्षा प्रणालीमा एउटै मात्र अन्तर के रहेको छ भने शिक्षा क्षेत्रमा व्यापक राजनीतिकरण भएको छ । शिक्षा क्षेत्रमा राजनीतिक दलका नेता-कार्यकर्ता भर्तीकेन्द्र बनाउने दुष्कर्मको फल मुलुकले अहिले भोगिरहेको छ । विगतमा राजाका गुणगानको शिक्षा दिइन्थ्यो भने अहिले आएर सोही सूत्रमा राजनीतिक सिद्धान्त र विचारको आधारमा शिक्षा प्रणाली अपनाउने कुरा भैरहेकै छ ।
विगतको तीतो हाम्रासामु र्छलङ्ग छन् । केही गर्न चाहनेहरुका लागि यो नै एउटा गतिलो उदाहरण र पाठ पनि हो । गल्ती, कमजोरी, शासकीय असक्षमता, राजनीतिकरणको मार, भेदभाव र व्यक्तिगत तथा दलगत स्वार्थको परिणातीले नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने एउटा कारखाना मात्र बनिरहेको छ । यही नै हो शिक्षामा राजनीतिकरणको दुष्प्रभाव । अबको आवश्यकता शिक्षा कुनै वाद र विचारको आधारमा होइन- मुलुकको आवश्यकताको आधारमा विकसित गरिनर्ुपर्छ जसले राष्ट्र निर्माणमा टेवा पुर्याओस् । शिक्षा दिवसमा यस्तै प्रण गरियोस् । नीति निर्माता, योजनाविद्, शिक्षाविद्हरुले नयाँ नेपाल निर्माणको आधारशिला शैक्षिक रुपान्तरणबाट गर्नुपर्छ भन्ने अनुभूति गर्न सकुन् ।