Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 08:50am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
गोर्खाहरुको बेलायत बसाइ ः फाइदा कसलाई ?
Monday, 10.20.2008, 04:27pm (GMT+5.5)

बेलायती सेनामा सेवा गरेका भूतपर्ूव गोर्खा सैनिकहरुलाई बेलायतको एउटा अदालतले उनीहरुलाई बेलायत सरकारले आवासीय सुविधा उपलब्ध गराउने आदेश दिएको समाचारले नेपालमा हल्लिखल्ली मच्चियो । लामो समयदेखि बेलायतमा आवासीय सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलन र मुद्दा मामिलामा अल्भिmएका ब्रिटिस गोर्खा भूतपर्ूव सैनिक नेताहरुले यसलाई ऐतिहासिक विजयका रुपमा लिए । नेपालभित्र पनि यसलाई ठूलै विजयको रुपमा हेरियो । बेलायती सेनामा कार्य गरेका सेवानिवृत्तहरुले बेलायतमा बसोबास गर्न पाउनर्ुपर्छ भन्नेमा दर्ुइमत नभए पनि त्यसबाट नेपालमा पर्ने नकारात्मक प्रभावका बारेमा भने कमै मात्र विश्लेषण गरिएको छ ।

यसअघि बेलायती सरकारले सन् १९९७ भन्दा पछि सेवानिवृत्त भएका भूतपर्ूव ब्रिटिस गोर्खाहरुलाई मात्र आवासीय सुविधा दिने निर्ण्र्ाागरेको थियो । सो निर्ण्र्ााछि झण्डै १५ सय नेपालीहरु बेलायत प्रवासिए । उनीहरुको पलायनसंगै नेपालले वाषिर्क ५ अर्ब रुपैयाँ गुमायो । बेलायती अदालतको फैसलालाई त्यहाँको सरकारले कार्यान्वयन गरेपछि झण्डै २० हजार नेपालीले आफ्नो राष्ट्रियता परित्याग गरी बेलायती बन्नेछन् । उनीहरुसंगै नेपालले कति रकम गुमाउँला अनुमान गर्न गाह्रो छ । त्यसो त भूतपर्ूव गोर्खाहरुले प्राप्त गर्ने पेन्सन पनि समान नभएको हुँदा अनुपातमा हिसाब गर्न गाह्रो भने पक्कै हुनेछ ।

ब्रिटिस गोर्खा र बेलायती सेनाले अवकाशपछि प्राप्त गर्ने सेवामा ठूलो अन्तर रहेकोमा त्यसलाई सच्याउनुपर्ने मागको सम्पर्ूण्ा नेपालीले र्समर्थन गरेका छन् । भूतपर्ूव ब्रिटिस गोर्खाहरुले प्राप्त गरेको यो विजय उनीहरुको नैतिक विजय र एउटा सम्मान पनि हो । अहिले गोर्खाहरुले पनि गोराहरुसरह पेन्सन पाउने भएका छन् र गोराहरुसंगै उनीहरु पनि बेलायतमै बस्नेछन् । बेलायतले पेन्सन पनि बढायो र बसोबास पनि दियो । यसो भएपछि उसको पैसा उसकै मुलुकमा रहने भयो - त्यत्रो प्रचारवाजी गरिएको, त्यत्रो ऐतिहासिक विजय भनिएको विषयबाट नेपालले प्राप्त गर्ने उपलब्धि के त - खै यसको लेखाजोखा गरेको - आगामी दिनमा कस्तो कदम चाल्ने भन्ने कुरा भूतपर्ूव गोर्खा सैनिकले नै निर्ण्र्ाागर्ने विषय हो । यति हुँदाहुँदै पनि सरकारले पनि यमा गम्भीर भएर बहस चलाउनु पर्दछ ।

त्यसो त यो फैसलापछि सवै भूतपर्ूव गोर्खा बेलायत जान्छन् भन्ने पनि होइन र यो फैसला पर्ूण्ारुपमा गलत छ भन्ने तर्क गर्न खोजिएको पनि होइन । महत्वपर्ूण्ा पक्ष के हो भने बेलायतको यो फैसलापछि अब नेपालको निर्ण्र्ाागर्ने पालो आएको छ । भूतपर्ूव ब्रिटिस गोर्खाहरुलाई स्वदेशमै बस्न आकषिर्त गर्ने र उनीहरुले आर्जन गर्ने रकमको स्वदेशमै सदुपयोग गर्ने स्पष्ट नीति तथा कार्यक्रम आउनु पर्दछ । वाषिर्क अर्बौ रुपैयाँ अहिले भूतपर्ूव ब्रिटिस गोर्खाकै कारण भित्रिरहेको छ भने उनीहरु सवै बेलायतमै बसोबास गर्ने हो भने नेपाललाई आर्थिक संकट पर्ने स्पष्ट छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
फरक सर्न्दर्भ फरक कुरा (09.29.2008)
सुशासन र मपाइवादको दोहोरी (09.23.2008)
राजधानीको रात्री जीवन ः खोजी महिलावादीहरुको (09.15.2008)
शिक्षामा कुनै पनि 'वाद' लादिनु हुँदैन (09.08.2008)
राष्ट्रिय एकताका प्रतीक चिन्ह र विभाजित दृष्टिकोण (09.01.2008)
सत्ता स्वार्थको घेराभित्र रुमल्लिएको राजनीतिपुरानै रोगबाट सवै ग्रस्त (08.25.2008)
सर्न्दर्भ ः अन्तर्रर्ााट्रय युवा दिवसयुवाहरुको प्रयोग राजनीतिक लाभहानीमा मात (08.19.2008)
जनसेनाको भरणपोषण र राष्ट्रिय दायित्व (08.11.2008)
यो कथा हो- पेट्रोलको ! (08.04.2008)
पानी, पेट्रोल र अभागी नेपाली जनताअझै कति अग्निपरीक्षा दिनुपर्ने हो ? (07.29.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]