Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:37am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
क्रमभङ्ग नहोस् यो सक्रियताको
Monday, 11.17.2008, 04:54pm (GMT+5.5)

गृहमन्त्री बामदेव गौतमको शान्ति सुरक्षा कायम गर्ने प्रतिवद्धता र सक्रियता सह्रानीय छ । इतिहासमै पहिलोपटक गृहमन्त्रीले आन्तरिक सुरक्षा व्यवस्था र सामाजिक मूल्य-मान्यतालाई कायम राख्न यत्तिको सक्रियता र अग्रसरता देखाएका हुन् । गृहमन्त्री गौतमले आफूले शान्ति सुरक्षा कायम गर्न नसके अर्थात् तोकिएको जिम्मेवारी पूरा गर्न नसके छ महिनाभित्र मन्त्री पदबाट राजीनामा दिने घोषणा समेत गर्नुभएको थियो । हुन त यसअघिका मन्त्रीहरुले पनि त्यस्तो घोषणा नगरेका होइनन्, तर उनीहरुको कार्यशैली र मन्त्री गौतमको अहिलेको सक्रियताको तुलना हुन सक्दैन ।

क्रमभङ्ग गर्न माहिर मानिनुहुने प्रधानमन्त्री पुष्ककमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा बनेको क्रान्तिकारी र अग्रगामी सरकारको एक सदस्यका हैसियतले वामदेव गौतमले आफ्नो सक्रियतालाई कुनै मूल्यमा पनि क्रमभङ्ग गर्नुहुने छैन भन्ने विश्वास राजधानीबासीमा पलाएको छ । उहाँको यो सक्रियताले अपराध नियन्त्रण र सामाजिक जीवन क्रमशः सहज बन्ने क्रममा छ ।

पेशा-व्यवसायको नाममा अनैतिक क्रियाकलाप गर्ने/गराउनेमाथि कानुनी डण्डा चलाउनर्ैपर्छ । गृहमन्त्री गौतम अहिले यसैमा सक्रिय देखिनुभएको छ । यति हुँदाहुँदै पनि यो सक्रियताले चाहेजस्तो नतिजा ल्याउन सकेको छैन । राजधानीका जूवाघरहरुमा नेपालीहरुको प्रवेश निषेध गरिएको भए पनि त्यो क्रम टुटेको छैन । डान्स रेष्टुरेन्टहरुको अश्लिल क्रियाकलाप अझै टुटेको छैन । निर्वाध हुने त्यस्ता क्रियाकलाप लुकिछिपी हुने गरेका छन् । अझ कतिपय अवस्थामा त सुरक्षाकर्मीकै सुरक्षामा त्यस्ता क्रियाकलाप भैरहेको आरोप समेत लाग्ने गरेको छ । यसतर्फगृहमन्त्रीज्यूको ध्यान आकृष्ट हुनु आवश्यक छ ।

मुलुकको आन्तरिक शान्ति सुरक्षा चुस्त भयो भने त्यसले राज्यका सम्पर्ूण्ा अङ्गहरुमा सकारात्मक प्रभाव पार्दछ । साँझ नपर्दै सुरक्षाकै कारण घर छिर्न हतार गर्नेहरु शान्ति सुरक्षा कायम भयो भने अझै मेहेनत गर्नसक्ने अवस्था रहन्छ । काम गर्छर्ुुन्नेहरुले समेत आफ्नो जोस, जाँगर र सीप मारेरै चाहेजति काम गर्न सक्ने अवस्था छैन । आर्थिक क्रान्तिको विगुल फुकेको सरकारले सामाजिक सुरक्षा प्रदान गर्न सकेन भने त्यो केवल नारा मात्र सावित हुन्छ । बाहृय अनुदान र सहयोगकै भरमा मुलुकमा आर्थिक क्रान्ति सम्भव हुँदैन । त्यसका लागि नेपालभित्रै उत्पादकत्व बढाउनु पर्दछ । यसका लागि शान्ति सुरक्षाको आवश्यकता पर्दछ ।

सडक पेटीमा व्यापार गर्न नपाए आन्दोलन गर्ने, नाङ्गो नाच नचाउन नपाए आन्दोलन गर्ने, नेपालीलाई जूवा खेलाउन नपाए आन्दोलन गर्ने, अनियन्त्रित रुपमा मदिरा विक्री वितरण गर्न नपाए आन्दोलन गर्ने, खुल्लम खुल्ला लागूऔषध सेवन गर्न नपाए आन्दोलन गर्ने, यी यस्ता पक्ष हुन्, जसलाई लोकतन्त्रको यो अवधिले संस्थागत गरिदिएको छ । सानोभन्दा सानो मागका लागि पनि आन्दोलन गर्ने र आन्दोलन सुरु भएपछि सरकार लत्याकलुतुक भएर सम्झौता गर्ने विगतको परिपाटीले दबाब दिएरै आफ्नो अभीष्ट पूरा गर्नेहरु अझ हौसिएका हुन् । यो क्रम अब भङ्ग हुनर्ुपर्छ । क्रमभङ्ग गर्ने सरकारले सकारात्मक कार्यहरुको क्रमवद्धता र नकारात्मक कुराहरुको क्रमभङ्गता गर्नु आवश्यक छ । गृहमन्त्री बामदेव गौतमले सडक खुला राख्ने, देहव्यापारजन्य क्रियाकलाप रोक्ने, मदिराजन्य पदार्थको अनियन्त्रित विक्री वितरणलाई कानुनसम्मत बनाउने, भ्रष्टाचार, दूराचार, व्यभिचारलाई निरुत्साहित गर्ने कार्यहरुको क्रमभङ्गता हुनु हुँदैन । यसले निरन्तरता पाउनर्ुपर्छ । सरकारी सक्रियता निरन्तर भैरहनु पर्दछ । कानुन पालना गराउनेहरुलाई पनि यस विषयमा तालिम तथा शिक्षा दिइनु पर्दछ । जनताको तिरोबाट पालिएका सुरक्षाकर्मीहरुले जनताको सेवा इमान्दारीताका साथ गर्नुपर्छ । यसले क्रमवद्धता पाउनु पर्छ । गृहमन्त्रीको सक्रियतामा क्रमभङ्गता नहोस् । अहिलेलाई यति मात्र भन्न सकिन्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सबैलाई शिक्षा ः नारासंगै अस्थिरताको आशंका (11.10.2008)
गणतन्त्र नेपालको पहिलो चाडबाड र अनुभव (11.03.2008)
गोर्खाहरुको बेलायत बसाइ ः फाइदा कसलाई ? (10.20.2008)
फरक सर्न्दर्भ फरक कुरा (09.29.2008)
सुशासन र मपाइवादको दोहोरी (09.23.2008)
राजधानीको रात्री जीवन ः खोजी महिलावादीहरुको (09.15.2008)
शिक्षामा कुनै पनि 'वाद' लादिनु हुँदैन (09.08.2008)
राष्ट्रिय एकताका प्रतीक चिन्ह र विभाजित दृष्टिकोण (09.01.2008)
सत्ता स्वार्थको घेराभित्र रुमल्लिएको राजनीतिपुरानै रोगबाट सवै ग्रस्त (08.25.2008)
सर्न्दर्भ ः अन्तर्रर्ााट्रय युवा दिवसयुवाहरुको प्रयोग राजनीतिक लाभहानीमा मात (08.19.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]