Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 08:31pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

बजेटको मध्यावधि समीक्षाः अपेक्षित लक्ष्य पूरा भएन


Tuesday, 03.17.2009, 10:22am (GMT+5.5)

काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षो बजेटको मध्यावधि प्रतिवेदन र्सार्वजनिक गरेको छ । प्रतिवेदन र्सार्वजनिक कार्यक्रममा बजेटको लक्ष्य आंशिक रुपमा पूरा भएको अर्थमन्त्रीले दाबी गर्नुभएको छ ।

बजेटको मध्यावधि मूल्यांकन प्रतिवेदन र्सार्वजनिक कार्यक्रममा अर्थमन्त्री बाबुराम भट्टर्राईले राजस्व असुली लक्ष्य गरेभन्दा बढी भएको तर पूँजीगत खर्च भने लक्ष्यअनुसार हुन नसकेको बताउनुभयो । यस हिसाबले बजेटमा विनियोजित करिब २१ अर्ब रुपैया" प्रिmज हुने अनुमान गरिएको अर्थमन्त्री भट्टर्राईले बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षा दर्ुइ खर्ब ३६ अर्ब रुपैया" खर्च गर्ने लक्ष्य राखेको थियो । फागुन २३ सम्म सरकारी नगद खर्च ८८ अर्ब ७ करोड भएको छ । यो अघिल्लो वर्षो तुलनामा साँढे १७ प्रतिशत वृद्धि भएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

विनियोजित गरिएको बजेट लक्ष्य अनुरुप खर्च हुन नसक्नुमा स्थानीय निकाय गठनमा भएको ढिलाइ मुख्य कारण भएको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि राष्ट्रबैंकको समीक्षामा पनि यही कारणले बजेट खर्च हुन नसकेको जनाइएको थियो । स्थानीय निकाय गत पुससम्ममा गठन गरिने भनिए पनि राजनीतिक दलबीच सहमति हुन नसकेकाले गठन हुन सकेको छैन ।

सरकारले बजेटमा ल्याएको नीतिका कारण चालु आवको मध्यावधि अवधिमा राजस्व असुली भने राम्रो भएको छ । अर्थ मन्त्रालयका अनुसार फागुन २३ गतेसम्म ७९ अर्ब राजस्व असुली भएको छ । सरकारले राजस्व असुलीको वृद्धिदर ३२ प्रतिशत हुने लक्ष्य राखेको थियो । तर, अहिलेको असुली प्रतिशत भने ३६ प्रतिशत पुगेकेा मन्त्रालयले जनाएको छ । बजेटमा कूल एक खर्ब ४२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य छ ।

यता आर्थिक वृद्धिदरमा भने सरकारी लक्ष्य पूरा हुने संकेत देखिएको छैन । बजेटमा सात प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य छ । तर, विश्व आर्थिक मन्दी, कोशी बाढी, बर्ड प\mलू, ऊर्जा संकट, चक्काजाम, हड्ताल लगायतका कारणले गर्दा आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन नसक्ने अवस्था रहेको अर्थमन्त्रालयले जनाएको छ । तर, वृद्धिदरमा चर्को गिरावट नआउने अर्थमन्त्रीको दाबी छ ।

बजेटमा मुद्रा स्फीति पनि साँढे सात प्रतिशत कायम राख्ने उल्लेख छ । तर, सो अनुसार सरकारले मूल्य नियन्त्रण गर्न सेकेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुससम्म मुद्रास्फीति १४ प्रतिशतभन्दा बढी छ । सरकारले बजारमा हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्ने जनाए पनि त्यस अनुरुप प्रभावकारी काम हुन सकेको छैन । यद्यपि सरकारले काला बजारीलाई कारबाही गरेर मूल्य घटाउने दाबी गरेको छ ।

यसैगरी वैदेशिक सहयोग भने चालू आवमा अपेक्षा गरिए अनुरुप प्राप्त हुन सकेको छैन । वैदेशिक सहायता परिचालन लक्ष्यमा हालसम्म न्यून प्रगति देखिएको छ । फागुन २३ गतेसम्म अनुमान गरिएको परिमाणको २८ प्रतिशत मात्र परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आवमा ६५ अर्ब ७९ करोड वैदेशिक सहायता परिचालन हुने अनुमान गरिएको थियो । तर, हालसम्म जम्मा १८ अर्ब ५१ करोड मात्र परिचालन भएको छ । यो अनुपात अन्त्यसम्म रहने अनुमान अर्थविद्हरुले गरेका छन् । त्यसैले वैदेशिक सहायता परिचालन लक्ष्य अनुसार हुनसक्ने देखिएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मुद्रास्फीति उकालोतिर ः बजार अनियन्त्रित (03.10.2009)
आर्थिक संकटको सुरुवात ः बैंकहरुमा रकमको अभाव (03.03.2009)
मुलुकमा लगानीका मैत्री वातावरणको अभाव (03.01.2009)
आर्थिक संकटप्रति सरकारी मौनताआन्त (03.01.2009)
वैदेशिक रोजगारीमा वित्तीय संकटको प्रत्यक्ष मार (02.10.2009)
सरकारको गैरजिम्मेवारिताले आमउपभोक्ता मर्कामाबजार अनुगमन संयन्त्रलाई कालाबज (02.03.2009)
आर्थिक मन्दीले वेरोजगारी समस्या चर्किने (01.27.2009)
समग्र (01.09.2009)
विद्युत संकटकालपछि औद्योगिक संकटको पालोतत्काल उपयुक्त कदम चाल्न विज्ञहरुको आ (12.30.2008)
औद्योगिक वातावरणको तयारीसंगै ऊर्जा संकटतत्काल कदम नचाले अर्को संकट निम्तिने (12.23.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]