Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:56am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

एक वर्षा एक सय बा
Tuesday, 04.14.2009, 09:51am (GMT+5.5)

आर्थिक टिप्पणीकारबाट

केही समयभित्रै औद्योगिक सुरक्षा बल गठन गर्ने गरी अवधारणापत्र तयार भएको समाचारले औद्योगिक-व्यावसायिक क्षेत्रलाई केही मात्रामा भए पनि राहतको अनुभूति दिलाएको औद्योगिक सुरक्षा बलको गठन गर्ने अवधारणापत्र छिट्टै मन्त्रिपरिषद्मा प्रस्तुत गरिने समाचार औद्योगिक सुरक्षा दण्डहीनता बढ्दै जाँदा वितेको वर्ष२०६५ सालमा बन्द, हड्तालका कारण मात्र औद्योगिक-व्यावसायिक क्षेत्रले १२ अर्ब रुपैयाँ घाटा व्यहोरेको तथ्यांक हालै मात्र र्सार्वजनिक गरियो नेपाल चेम्बर अफ कमर्सको साधारणसभामा उक्त कुराको जानकारी दिइएको हो चेम्बरका अनुसार यस वर्षर्सार्वजनिक साप्ताहिक विदा बाहेक १२२ दिन बन्द भएको थियो जसबाट १२ अर्ब रुपैयाँको घाटा औद्योगिक-व्यावसायिक क्षेत्रले भोग्नुपर्यो यसका अतिरिक्त वस्तुको अभाव, रोजगारीमा भएको कमी लगायतको हिसाव गर्ने हो भने यो अंक अझै बढ्छ

लोडसेडिङको चर्को मारसंगै दैनिकजसो बन्द, हड्ताले मुलुकको आर्थिक गतिविधि अस्तव्यस्त बन्न पुगेको विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक सहायता रेमिट्यान्समा आउने कमीसंगै आन्तरिक उत्पादन समेत राजनीतिक अस्थिरताको शिकार हुने हो भने नेपालको अर्थतन्त्र तहसनहस हुने चेतावनी अर्थविद्हरुले दिंदैआएका छन् अहिलेकै गतिविधि आगामी दिनमा पनि जारी नै हुने भने हो मुलुकलाई आर्थिक रुपमा टाट पल्टने अवस्थाबाट कसैले जोगाउन नसक्ने बताइन्छ

मुलुकको आर्थिक गतिविधि सन्तोषजनक नरहे पनि औद्योगिक-व्यावसायिक क्षेत्र भने विभिन्न अवधारणा तयार गर्ने सरकार समक्ष बुझाउने काममा सक्रिय नै भैरहेका छन् सरकार पनि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपर्ूण्ा हुने भन्दै फकाउने अनेक झमेलामा पनि फसाउने दोहोरो रणनीतिमा प्रस्तुत भैरहेको हालै मात्र नेपाल उद्योग वाणिज्य महासंघले ४३ औं वाषिर्क साधारणसभा सम्पन्न गरेको भने महासंघकै पहलमा आयोजना गरिएको 'राष्ट्रिय कृषि मेला-२०६५' आज सम्पन्न हुँदैछ मेला राष्ट्रपति डा. रामवरण यादवबाट गत चैत्र २८ गते समुद्घाटन भएको थियो सोही दिन 'उद्योग वाणिज्य दिवस'का रुपमा पनि मनाइयो

"आर्थिक उत्थानका लागि कृषि व्यवसायको विकास" भन्ने मूल नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रले नेपाल सरकारका विभिन्न निकाय तथा वस्तुगत संघहरुको सहयोगमा आयोजित राष्ट्रिय कृषि मेला-२०६५ मा सयवटा स्टल मार्फ व्यावसायिक कृषिको झलक प्रस्तुत गरिएको

वर्षो एकपटक मेलाको आयोजना गरेर कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको प्रसंशा गर्नुको साटो कृषि क्षेत्रलाई आत्मनिर्भर निर्यातमुलक व्यवसायको रुपमा विकसित गर्न निजी क्षेत्रले पनि पहल गर्नुपर्ने आवश्यक भैसकेको सरकारको प्राथमिकतामा नपरेको भए पनि कृषि क्षेत्रले मुलुकको कुल उत्पादकत्वको ३५ प्रतिशत हिस्सा ओगटेको निर्यातमुखी नभए पनि निर्वाहमुखी रहेको नेपालको कृषिलाई अब व्यावासायिक बनाउँदै जानु अत्यावश्यक भैसकेको विश्व आर्थिक मन्दीले देखापरेको आर्थिक संकटबाट मुक्ति पाउने एउटै मात्र आधार कृषि उत्पादनको प्राथमिकता नै हो कृषि उद्यम गर्न चाहनेलाई ऋण-सहुलियतको व्यवस्था, कृषि औजार तथा मल-बीउको उपलब्धता कृषि प्राविधिकहरुको सहज पहुँच हुने हो भने नेपालको कृषि उत्पादनले अहिलेको गतिलाई अझै रफ्तारमा कुदाउने देखिन्छ

मेलाको आयोजना गरेर छनोटमा परेका कृषि उत्पादनहरुको प्रशंसा गरेर मात्र कृषिको विकास हुँदैन खाद्यान्न, तेलहन तथा नगदे बाली, फलफूल खेती तथा पशुपालनमा देखिएको ह्रासको कारण पत्ता लगाउनु आवश्यक विश्वव्यापी मौसम परिवर्तनसंगै नेपालको वातावरणमा समेत प्रभाव परिसकेको यस वर्षो हिउँदमा वषर्ा नहुँदा हिउँदे बालीमा ठूलै असर गरेको बताइन्छ सिंचाईको सुविधा छैन समयमै पानी परेन भने गाउँघरमा भोखमरीको त्रास पैदा हुन्छ त्यस्तै वेरोजगार युवाहरु कृषि उद्यममा संलग्न हुने चाहना राख्नै चाहँदैनन् उनीहरु भएको खेतबारी बन्धक राखेरै भए विदेश जाने सोचमा हुन्छन् अब त्यो सम्भावना पनि कम हुँदै गैरहेको विकल्पका रुपमा कृषि क्षेत्रमा युवाहरुको रुचि जागृत गराउने आकर्ष 'प्याकेज'को घोषणा गर्नुपर्छ युवाहरुलाई स्वदेशमै कृषि उद्यम गर्नसक्ने गरी अवसर सुविधा उपलब्ध गराउनु आवश्यक यसो गर्न सके मात्र नेपालको कृषि विकासमा उल्लेखनीय छलाङ्ग मार्न सकिन्छ


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सहकारी ः नारा आकर्ष कार्यान्वयन जस्ताको तस्तै (04.07.2009)
अर्थतन्त्र सुदृढ हुनुको साटो जर्जर बन्दै (03.31.2009)
आर्थिक-मौद्रिक नीति असफल ः राष्ट्र बैंक (03.24.2009)
बजेटको मध्यावधि समीक्षाः अपेक्षित लक्ष्य पूरा भएन (03.17.2009)
मुद्रास्फीति उकालोतिर ः बजार अनियन्त्रित (03.10.2009)
आर्थिक संकटको सुरुवात ः बैंकहरुमा रकमको अभाव (03.03.2009)
मुलुकमा लगानीका मैत्री वातावरणको अभाव (03.01.2009)
आर्थिक संकटप्रति सरकारी मौनताआन्त (03.01.2009)
वैदेशिक रोजगारीमा वित्तीय संकटको प्रत्यक्ष मार (02.10.2009)
सरकारको गैरजिम्मेवारिताले आमउपभोक्ता मर्कामाबजार अनुगमन संयन्त्रलाई कालाबज (02.03.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]